प्रिमियर लिग २०१८-१९ को सिजनमा लिभरपुलको अपराजित यात्रा समाप्त भएको छ। गए राति भएको खेलमा साविक विजेता म्यानेष्टर सिटीले लिभरपुललाई २-१ ले पराजित गरेको हो। २० खेलसम्म अपराजित रहेको लिभरपुलले सिजनको पहिलो हार बेहोरेपछि उपाधि होड फेरि रोमाञ्चक स्थितिमा पुगेको छ। सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंकदुरी ४ मा झारेको छ। २१ खेलपछि लिभरपुल ५४ अंककासाथ शीर्ष स्थानमा कायम छ। समान खेलबाट ५०…
स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड र भियारियलले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। घरेलु मैदानमा सान्टी काजोर्लाले दुई गोल गरेपछि भियारियालले रियललाई बराबरीमा रोकेको हो। उनले ८२औँ मिनेटमा गोल गर्दै रियललाई जितबाट रोकेका थिए। खेलको चौथो मिनेटमै काजोर्लाको गोलबाट घरेलु टोली भियारियालले अग्रता बनाएको थियो। तर त्यसको ती मिनेटपछि नै करिम बेनन्जामाले रियलका लागि बराबरी गोल…
इटालियन क्लब युभेन्ट्सबाट खेल्ने पोर्चुगिज फुटबलर क्रिस्टियानो रोनाल्डोले ग्लोब सकर अवार्ड मा बेस्ट प्लेअर अफ दि इअरको अवार्ड जितेका छन्। गत वर्ष उत्कृष्ट खेलाडी बन्दै रोनाल्डोले उक्त अवार्ड प्राप्त गरेका हुन्। ३३ वर्षीय रोनाल्डोले पाँचौ पटक यस अवार्ड आफ्नो पक्षमा पारेका हुन्। उनले अवार्ड जित्न फ्रान्सलाई वर्ल्डकप जिताएका किलिएन एम्बाप्पे र एन्टोनी ग्रीजमनलाई पछि पारे। रोनाल्डोले पछिल्लो तीन वर्षमा यो…
काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमको पूर्व कप्तान एलबी क्षेत्रीको आत्मकथा पुस्तक 'एल बी क्षेत्री : कप्तान १९९८' सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डे, नेपाली पुरुष क्रिकेट टोलीका पहिलो कप्तान उत्तम कर्माचार्य, क्रिकेट टिमकै पट्ठर्व कप्तानद्वय पवन अग्रवाल र विनोद दास, महिला टिमका पूर्व कप्तान निरा रजोपाध्याय र पूर्व कप्तान एलबी क्षेत्रीले शुक्रवार संयुक्त रुपमा विमोचन…
काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ए डिभिजन लिगको १३औँ तथा अन्तिम चरणका खेल तालिकामा केहि परिवर्तन गरेको छ। एन्फाले बिहीवार अन्तिम चरणको खेलतालिका सार्वजनिक गरेको थियो। तर एक दिनपछि नै एन्फाले खेलतालिका हेरफेर गर्दै परिवर्तित तालिका सार्वजनिक गरेको हो। पुरानो तालिका अनुसार च्याम्पियन भइसकेको मनाङ मर्स्याङ्दी र फ्रेण्ड्स क्लबबीचको खेल आइतवार हलचोक मैदानमा खेलाउने तालिका थियो।…
काठमाडौँ : न्यू डायमण्ड स्पोर्टस क्लबको आयोजनामा हुने दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगितामा कूल ८ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। यही पुस २५ देखि २८ गतेसम्म हुने प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, एपीएफ र त्रिभुवन आर्मी,न्यू डायमण्ड एकेडेमी टप्स मावि पोखरा, पारामाउन्ट स्कुल, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र चितवन ताइग्रेसले प्रतिस्पर्धा गर्ने आयोजकले शुक्रवार जानकारी…
काठमाडौँः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजक परिर्वतन भएपछि पुस १० गते सरकारलाई समर्थन फिर्ता लिने चेतावनी दिन संयोजक राजेन्द्र महतो नेतृत्वको अध्यक्ष मण्डल प्रधानमन्त्री निवास बालुवाटार पुग्यो। छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुरानै शैलीमा आफ्नो कथा सुनाउन थाले। त्यसअघि पाँच पटकसम्म ज्ञापन पत्र बुझाएका राजपाका नेताहरु आक्रोशित भए। र, अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले भने,‘यो अन्तिम पटक हो। अब…
काठमाडौं : सुदूर पश्चिम प्रदेशसभाका चारवटा समितिका सभापति, प्रमुख प्रतिपक्षी दलका नेता र सत्तापक्षका प्रमुख सचेतकले हालसम्मको गाडी भाडा बापतको ३३ लाख रकम माग गरेका छन्। सभापतिहरुले सपथ खाएदेखिको र प्रमुख प्रतिपक्षी दलका नेता तथा सत्तापक्षका प्रमुख सचेतकले जेठ महिनादेखिको गाडी भाडाका लागि प्रदेशसभा सचिवालयमा निवेदन दिएका हुन्। चारवटै समितिका सभापति, विपक्षी दलका नेता र सत्तापक्षको प्रमुख सचेतकलाई सवारी…
काठमाडौं : नेपाल वायुसेवा निगमका लागि खरीद गरिएको वाइड बडी विमानको विषयमा संघीय संसदको सार्वजनिक लेखा समितिमा उप समितिको प्रतिवेदन पेश भएलगत्तै सरकारले अर्को उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। संसदीय समितिले प्रतिवेदन सार्वजनिक गर्नुअघि नै सरकारले त्यसलाई प्रभावित पार्नेगरी अर्को समिति गठन गरेको हो। पूर्व न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन भएको हो। आयोगलाई ४५…
काठमाडौं : हिजोबाटै इजलास नतोकिएका न्यायाधीश दीपकराज जोशीले अब सर्वोच्च अदालतमा हाजिर गर्नेबाहेक अन्य भूमिका नपाउने भएका छन्। आज बसेको न्यायपरिषदको बैठकमा उनलाई सामेल गराइएन भने उनले निर्वाह गर्दै आएको वरिष्ठ न्यायधीशको पद पनि खोसुवामा परिसकेको छ। आज बसेको न्यायपरिषदको बैठकले संवैधानिक इजलास पुनर्गठन गरेको छ। जसअनुसार प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराका अतिरिक्त न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का…
काठमाडौं : नयाँ शक्ति पार्टीले संसदीय छानविन उप समितिले कारवाहीका लागि सिफारिस गरेका बहालवाला मन्त्री, सचिव र महाप्रबन्धक नैतिकताका आधारमा पदमा बस्न नहुने जनाएको छ। 'हामी छानविन समितिको यस कदमको हार्दिक स्वागत गर्दछौं,' नयाँ शक्तिले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'बस्तुत: उक्त संसदीय छानविन उप समितिले गरेको छानविन र ठहरका आधारमा उपरोक्त मन्त्री, सचिव र महाप्रबन्धक समेतलाई अब…
काठमाडौं : थारु भाषामा बनेको फिल्म 'भुरभुरा रहर'को ट्रेलर सार्वजनिक भएको छ। सत्य घट्नाबाट प्रभावित फिल्मले एक थारु युवतीको मनोविज्ञानलाई प्रस्तुत गरेको छ। फिल्ममा भीमा चौधरी, इन्द्र चौधरी, छविलाल कोपिला, सिवनी चौधरी, रामलाल चौधरीलगायतको अभिनय छ। फिल्मलाई पत्रकार मदन चौधरीले निर्देशन गरेका हुन्। फिल्ममा सशील चौधरीको कथा र मित्र डि गुरुङको सम्पादन छ। फिल्मलाई रामलालले निर्माण गरेका हुन्। फिल्मको प्रदर्शन मिति भने सार्वजनिक…
काठमाडौं : फेसन डिजाइन सम्बन्धी प्रतियोगिता 'डिजाइनर अफ द इयर' आयोजना हुने भएको छ। नेक्स्ट मोडल्स नेपालले आयोजना गर्ने यो प्रतियोगिता नेपाल पहिलो पटक हुन लागेको आयोजकको दावी छ। प्रतियोगितामा फेसन डिजाइनरहरुबिच प्रतिस्पर्धा हुनेछ। विजेताको सृजना र प्रतिभालाई अन्तराष्ट्रिय बजारमा प्रस्तुत गर्ने आयोजक रवि धमलाले बताए। 'डिजाइनर अफ द इयर'को विजेताले कोरियामा आयोजना हुने 'एलबिएमए स्टार अवार्डस् २०१९', 'पुणे फेसन विक २०१९' तथा 'फेसन एक्स्पो…
काठमाडौं : फिल्म 'देवता'को चर्चित गीत हो 'पिरतीको मिठो तिर्सना'। गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री सृजना बस्नेतको अभिनय छ। कुसुम गजमेर र तुलसी घिमिरेको शब्द तथा रंजीत गजमेरको संगीत रहेको गीत अहिले पनि दर्शकबीच रुचाइन्छ। गीतलाई भारती घिमिरे र इन्द्रजीत मिजारले गाएका थिए। हालै यो गीतको रिमेक भर्सन सार्वजनिक गरिएको छ। फिल्म 'बीर विक्रम २'मा गीतको रिमेक प्रगोग गरिएको हो।…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या नरहेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको काममा अन्यौलता छाएको नठान्न पनि सबैलाई आग्रह गरे। उनले मेलम्ची खानेपानी आयोजनाको कामले एक वर्ष यता तीव्रता लिएको उल्लेख गर्दै समयमै यसले पूर्णता पाउने दाबी गरे। बिहीवार ललितपुरको बालकुमारीमा ‘फोहोर पानी प्रशोधन केन्द्र’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने,…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रेशम चौधरीको सपथको विरोध गरेको छ। राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै सपथ ग्रहणले कानुनी राज्यको सिद्धान्तको गम्भीर उपहास गरेको जनाएका छन्। 'जघन्य टीकापुर घटनाका अभियुक्त किटान गरी अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा रेशम चौधरीलाई प्रतिनिधिसभा सदस्य पदको सपथ गराउने कार्यले कानुनी राज्यको सिद्धान्तको गम्भीर उपहास गरेको छ,' राप्रापाको विज्ञप्तिमा…
काठमाडौं : प्रहरीले ठूलो मात्रमा चरेश बरामद गरेको छ। लागू औषध नियन्त्रण व्यूरोको टोलीले धादिङको गजुरीबाट २ सय ३५ केजी चरेश बरामद गरेको हो। काठमाडौंबाट फर्किँदै गरेको भारतीय नम्बर प्लेटको एचआर ३८ एस ९३७१ नम्बरको कन्टेनरमा लुकाई छिपाइरहेको अवस्थामा प्रहरीले बरामद गरेको हो। प्रहरीले एक भारतीय नागरिकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। समातिनेमा सत्यन्द्र सिंह वेघल र पर्सा सोनवर्षा ५…
काठमाडौं : बालबालिकाको सौन्दर्य प्रतियोगिता 'लिटिल स्टार अफ द इयर २०१९'को प्रशिक्षण सुरु भएको छ। प्रतियोगितामा अहिले ६५ प्रतियोगीहरु छन्। प्रारम्भिक चरणको अडिसनबाट १२० सहभागीमा यी ६५ प्रतियोगी छानिएका हुन्। मोडल तथा अभिनेता दिक्पाल कार्की, कुन्ती मोक्तान, कलाकार बिरेन्द्र हमाल,तेन्जु योन्जन, सन्तोष भुजेललगायतले प्रतियोगितालाई प्रशिक्षण गरिरहेका छन्। उनीहरुले संगीत, गायन, नृत्य, ब्याक्तित्व विकास, सामाजिक उत्तरदायित्व, बालअधिकार, अनुसासनलगायतको विषयमा ज्ञान लिने आयोजक टिमका गीता पुरीले जानकारी दिइन्।…
काठमाडौं : अर्थ मन्त्रालयले निजी क्षेत्रका कर्मचारीको कल्याणकारी कोषको रकम सरकारी कोषमा लैजाने गरी बोनस विधेयक बनाउँदा सरोकारवाला मन्त्रालयलाई समेत 'गुमराह'मा राखेको पाइएको छ। अर्थले श्रमिकसँग सम्बन्धित वोनस विधेयक बनाउँदा र संसदमा दर्ता गर्दासम्म श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयसँग कुनै छलफल नगरेको पाइएको छ। श्रमिकसँग सम्बन्धित सबै मुद्दा यो मन्त्रालयसँग जोडिन्छ। अझ सामाजिक सुरक्षा कोष पनि यही मन्त्रालय अन्तर्गत पर्छ।…
बलिउड हिरो वरुण धवनको नाम आलिया भट्टसँग जोडिने गर्छ। उनीहरुको स्क्रिन जोडीलाई दर्शकले रुचाएका पनि छन्। तर, उनीहरु एकअर्काका मिल्ने साथि मात्र हुन्। करण जोहरको फिल्म 'स्टूडेन्ट अफ दि इयर'बाट फिल्ममा डेब्यू गरेका उनीहरुले एकसाथ 'बद्री कि दुल्हनिया'मा काम पनि गरेका थिए। वरुणको वास्तविक प्रेमिका को हुन् त? वरुण लामो समयदेखि आफ्नो नताशा दलालसँग प्रेम सम्बन्धमा छन्। नताशा उनको बाल्यकालको मित्र पनि…