काठमाडौं: मकवानपुर राक्सिराङकी गंगामाया प्रजा बाह्र वर्षको उमेरमा आमा बनेकी छिन्। काठमाडौंस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा उनले आज छोरीलाई जन्म दिएकी हुन्। दिउसो १२:५७ बजे शल्यक्रियामार्फत् उनले छोरी जन्माइन्। आमा र छोरी दुवै स्वस्थ रहेको र नवजात शिशुको तौल २.९ केजी रहेको अस्पतालले जनाएको छ। १२ वर्षमा गर्भवती भएकी गंगामाया बारे पहिलोपोस्टमा समाचार प्रकाशित भएको थियो। खबर सार्वजनिक भएसँगै…
काठमाडौं : शुभेच्छा खड्काको डेब्यू फिल्म हो 'रणवीर'। सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल जितेकी शुभेच्छा फिल्ममा सुशील सिटौलाको अपोजिटमा देखिँदैछिन्। यसबीच उनलाई विभिन्न फिल्महरुको अफर आएको थियो। तर उनले सबै नकारिन्। तर, रणवीरको कथा मन परेपछि उनले फिल्म गर्ने निर्णय गरेकी हुन्। भनिन् 'मलाई फिल्ममा आउन मन नलागेको होइन। तर, खोजिएको जस्तो फिल्म अफर आएन। मिस नेपालमा सेकेन्ड रनरअप भएसँगै…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित दुई जनालाई पक्राउ गरेको छ। आयोगको टोलीले मङ्गलवार घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंका प्रमुख प्रशिक्षक (पाँचौँ तह) सरिफा पन्त र कार्यालयमा बिचौलियाको काम गर्ने खगेन्द्र बोहोरालाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए। उनीहरूले घरेलु उद्योग दर्ताको लागि घरधनीको नागरिकता प्रमाणपत्र नरहेकाले लाहाछाप लगाउने उद्योगको अनुमति दिन नमिल्ने भनी सेवाग्रहीसँग…
काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले संसदीय समितिको सम्मान गर्दै न्यायाधीश दीपकराज जोशीलाई आज पेशी नतोकेको प्रस्टिकरण दिएका छन्। पद बहाली गरेपछि पत्रकारहरुसँग कुरा गर्दै जबराले आगामी दिनमा पनि न्यायाधीश जोशीलाई पेशी नतोकिने बताए। 'सार्वभौम संसदीय समितिको सम्मानका लागि मैले पेशी नतोकेको हो,' प्रधान न्यायाधीश जबराले भने, 'मैले संसदीय समितिमा नै समितिको निर्णयको सम्मान गर्छु भनेको थिएँ।' संसदीय समितिबाट अस्वीकृत…
काठमाडौं : सिन्धुपाल्चोकमा एक युवकको १० लाख रुपैयाँ लुटिएको छ। बलेफी गाउँपालिका ५ स्थित चौह्रत्तर किलोमा सुनसरी धरान बराह नगरपालिका १ बस्ने २६ वर्षीय निरोज घिमिरेको नगद १० लाख रुपैयाँ लुटिएको हो। मंलगवार दिउँसो बा ८३ प ६१८६ नम्बरको मोटरसाइकलमा काठमाडौंबाट चौहत्तरकिलोमा पुगेर खाजा खाइरहेको अवस्थामा ३ जना अपरिचित व्यक्तिहरूले घिमिरेको पैसा लुटेको प्रहरीले जनाएको छ। उनीहरूले फलामको रड प्रहार गरी रकम लुटी…
काठमाडौं : मोहियानी हक लागेको जग्गा छुट्ट्याउन निवेदन दिने समय अन्तिम पटक १ महिना थप भएको छ। गत भदौ ४ गते सम्म मोहियानी हक छुट्ट्याउने अन्तिम समय सीमा तोकिएपनि पर्याप्त आवेदन नपरेपछि एक महिना समय थप गरिएको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ। जग्गाको दोहोरो स्वामित्व छुट्ट्याएर आ-आफ्नो नाममा लालपूर्जा लिनका लागि पुस १६ गतेदेखि माघ १५…
काठमाडौं : फिल्म निर्देशन गर्नुअघि मिलन चाम्स म्यूजिक भिडियो निर्देशनमा सक्रिय थिए। म्यूजिक भिडियो निर्देशनको अनुभव बटुलेपछि उनी फिल्म निर्देशनमा अघि सरेका हुन्। पछिल्लो समय मिलन फिल्म निर्देशनमा नै व्यस्त छन्। हालै उनको निर्देशनमा फिल्म 'बीर बिक्रम २'को छायाँकन सकियो। उनको निर्देशनमा फिल्म 'बोबी २' पनि निर्माण हुने घोषणा भइसकेको छ। उता अनमोल केसीको अभिनय रहने 'ब्याचलर बन्टी'लाई उनले नै निर्देशन गर्दैछन्। …
काठमाडौः प्रधान न्यायाधीशमा चोलेन्द्र शम्शेर जबराले आज बिहान सर्वोच्च अदालत पुगेर पदभार सम्हालेका छन्। जबराले आज बिहान नै राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए। शपथ लिए लगतै उनी अदालत पुगेका हुन्। अदालत परिसरमा प्रधान न्यायाधीश जबरालाई न्यायाधीश, अदालतका कर्मचारी लगायतले स्वागत गरेका थिए। संसदीय सुनुवाइ विशेष समितिले मङ्गलवार जबरालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि अनुमोदन गरेको थियो।
काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रधान न्यायाधीशका रूपमा सर्वोच्च अदालतको काम थालेका छन्। प्रधान न्यायाधीशका रूपमा जबराले आज पहिलो पटक इजलास तोकेका छन्। उनले आज तोकेको पेशीको सूचीमा संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका वरिष्ठ न्यायाधीश दीपकराज जोशी आउट भएका छन्। संसदीय सुनुवाइ समितिमा मङ्गलवार राणाले आफू प्रधान न्यायाधीश भएमा समितिको निर्णयको सम्मान गर्ने बताएका थिए। यस्तै प्रधान न्यायाधीश राणाले…
काठमाडौँ : प्रधान न्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेर जबराले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोहबीच जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन्। संसदीय सुनुवाइ समितिले मंगलबार जबरालाई प्रधान न्यायाधीशमा नियुक्तिका लागि अनुमोदन गरेको थियो। समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीश…
काठमाडौं : फिल्म प्रचारका लागि 'चौका दाउ' टिम यतिखेर प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडा पुगेको छ। मंगलबार त्यहाँका पत्रकार र दर्शकबीच टिमले साक्षात्कार कार्यक्रम गर्यो। कार्यक्रममा निर्देशक पूर्णेन्दु झाले फिल्म कमेडी विधामा बनेको जनाए। हालै सार्वजनिक गरेको ट्रेलरबाट पनि सकरात्मक प्रतिक्रिया पाएको उनी बताउँछन्। अभिनेत्री वर्षा राउतले फिल्ममा पुराना कलाकारसँग काम गर्न पाउँदा खुशी व्यक्त गरिन्। फिल्मका अर्का प्रमुख कलाकार सन्तोष…
काठमाडौः महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ। महाशाखाले पटक÷पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो। विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँच अभियान थालिएको हो । महाशाखाले २०६९ मङ्सिर २२ गतेदेखि मापसे गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्न थालेको हो। हालसम्म…
काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा रुपमा अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीलाई बेञ्च नदिने भएका छन्। राणा निकट स्रोतका अनुसार बुधबारदेखि नै जोशीले मुद्दाका लागि इजलास पाउने छैनन्। संसदीय सुनुवाइ समितिमा मंगलबार राणाले आफू प्रधानन्यायाधीश भएमा समितिको निर्णयको सम्मान गर्ने बताएका थिए। न्यायाधीश जोशीका लागि भने बुधबार कुनै पनि इजलास तोकिएको छैन। यस्तै प्रधानन्यायाधीश राणाले वरिष्ठतम न्यायाधीशका रुपमा न्याय…
काठमाडौँः प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेर जबराको आज पद तथा गोपनीयताको शपथ हुँदैछ। राष्ट्रपति भवन शितल निवासमा विशेष समारोहबीच जबराले शपथ लिँदैछन्। संसदीय सुनुवाइ समितिले मंगलबार जबरालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि अनुमोदन गरेको थियो। समितिले अनुमोदन गरेसँगै नियुक्ति र शपथको कार्यक्रम तय भएको हो। आजै बिहान ११ बजे जबराले पदबहाली गर्नेछन्।
काठमाडौँ: न्यायालय क्षेत्रमा चोलेन्द्र शमशेर जबराको नाम ‘भद्र व्यक्ति’को लिष्टमा नपर्न सक्छ। न्याय सम्पादन हिसाबमा मात्र हैन कतिपय अवस्थामा अन्य कारणबाट पनि जबरा चर्चामा रहन्छन। २३ वर्ष न्याय सम्पादनका दौरानमा कुनै न कुनै रुपमा जबरा चर्चाकै बीचमा छन्। उनको सेवा प्रवेश र कार्यशैलीलाई आम नागरिकस्तरबाट समेत बेला-बेलामा प्रश्न बनाइएका छन्। सर्वोच्चमा न्यायाधीशका रुपमा प्रवेश गर्दा हालकै सत्तारुढ दलको असन्तुष्टि झेलेका…
काठमाडौं : सरकारले हतोत्साहित गर्ने नीतिहरु ल्याउन थालेपछि त्यसलाई रोक्न उद्योगी व्यवसायीलाई एकजुट हुन थालेका छन्। सरकारले एकपछि अर्को उद्योग/व्यवसायलाई प्रभावित बनाउने नीति ल्याउन थालेपछि उनीहरु एकजुट हुन थालेका हुन्। उद्योगी/व्यवसायीहरुको संगठनले सरकारले ल्याउन लागेका नीति र संसदमा पेश भएका औद्योगिक व्यवसायसँग सम्वन्धित विधेयकमा समान धारणा बनाएर जाने तयारी गरेका छन्। समान धारणा बनाएर जाने विषयमा नेपाल उद्योग परिसंघ र…
संख्याको आधारमा सबैभन्दा धेरै फिल्म उत्पादन हुने मनोरंजन उद्योग हो बलिउड। बजार निर्देशित र कला नियन्त्रित दुवैखाले फिल्म यो उद्योगको विशेषता हो। सन् २०१८ मा यहाँ धेरै फिल्म बने। तीमध्ये केही बढी नै चर्चित रहे। 'बधाई हो' यो समीक्षकले रुचाइको पछिल्लो बलिउड फिल्म हो। फिल्ममा आयुषमान खुरानाको मुख्य अभिनय छ। अमित शर्मा निर्देशित फिल्मले बुढेसकालमा अभिभवाकले बच्चा जन्माउँदा छोराछोरीमा पर्ने…
काठमाडौँ : अष्ट्रेलियन बिग बास लिगमा डेब्यु सिजनमै तहल्का मच्चाएका नेपालका युवा स्टार क्रिकेटर सन्दीप लामिछाने बंगलादेशतर्फ लागेका छन्। बिग बासलिग (बीबीएल) मा सुरुको चार खेलेपछि बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न सन्दीप बुधवार बिहानै अष्ट्रेलियाबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। It was great playing some early few games for @StarsBBL ! An amazing win last night against @RenegadesBBL and now…
कार्डिफलाई पराजित गर्दै लण्डन क्लब टोटनहम प्रिमियर लिगको दवस्रो स्थानमा उक्लेको छ। मंगलावर भएको खेलमा कार्डिफलाई उसैको मैदानमा ३-० ले पराजित गरेको टोटनहम म्यानचेष्टर सिटीलाई एक अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लेको हो। जितपछि टोटनहमले २१ खेलबाट ४८ अंक जोडेको छ। एक खेल कम खेलेको सिटीको ४७ अंक छ। टोटनहमलाई जित दिलाउन ह्यारी केन, क्रिस्टिएन एरिक्सन र सेउन मिन हेउनले…
काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग २०७५ सुरु हुनुअघि संकटाले ठूलो लक्ष्य राखेको थिएन। प्रशिक्षक सल्यान खड्गीले संकटालाई लिगको टप फाइभ भित्र पुर्याउने लक्ष्य राखेका थिए। त्यही संकटाले यस सिजन लिगमा केही ठूला क्लबलाई पराजित गर्यो र अन्डर डगको छवी बनायो। बुधवार भएको १२औँ चरणको खेलमा ४ पटकको लिग विजेता थ्री स्टारलाई २-१ ले पराजित गर्दै संकटाले यस सिजनको…