गौशालाः महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–२ स्थित सिंग्याही बजारमा आमा छोरा चढेको मोटरसाइकल शनिबार साँझ दुर्घटना हुँदा आमाको मृत्यु भएको छ। मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–२ बखरी बस्ने ४० वर्षीया लक्ष्मीनियादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए। सोही दुर्घटनामा परेर उनका छोरा १६ वर्षीय मनीष सिंह गम्भीर घाइते भएका छन् भने उनको उपचार अञ्चल अस्पताल जनकपुरमा…
काठमाडौँः प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको संसदीय सुनुवाइ आज हुँदैछ। सुनुवाइ समितिले दिउँसो २ बजे जबरालाई सुनुवाइका लागि आमन्त्रण गरेको छ। समितिले शुक्रवार जबराविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गरेको थियो। सुनुवाइपछि समितिले स्वीकृत वा अस्वीकृतको निर्णय आज नै गर्न सक्नेछ। समितिको दुई तिहाइ बहुमतबाट अस्वीकृत भएको अवस्थामा बाहेक जबरा प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनेछन्। समितिबाट स्वीकृत भएमा जबराको नियुक्तिको बाटो…
कञ्चनपुरः महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रूपमा कब्जा गरी संरचना निर्माण गर्ने २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक मुद्दा दायर गरेको छ। प्रहरीले कञ्चनपुर खोकाछाप्रा समितिका अध्यक्ष देवलसिंह विष्टलगायत २० जनाविरुद्ध सार्वजनिक मुद्दा दायर गरेको हो। प्रदेश सांसद, नेपाली काङ्ग्रेस, नेकपा र तीनका विद्यार्थी सङ्गठनले नगर विकास समितिको जमीनमा अवैध रूपमा निर्माण भइरहेका संरचना भत्काउन र निर्माणमा रोक…
काठमाडौँः महानगरीय प्रहरीवृत्त महाराजगञ्जले हत्या गरेर फरार एक व्यक्तिलाई पक्राउ गरेको छ। वृत्तको टोलीले पुस ११ गते प्यूठान गौमुखी गाउँपालिका–६ का गणेश घर्तीमगरको हत्या गरेर फरार २६ वर्षीय वीरबहादुर खत्रीलाई शनिबार पक्राउ गरेको हो। वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले प्यूठानमा हत्या गरी काठमाडौँ महानगरपालिका –२६ मित्रनगरको ग्यालेक्सी होटलमा लुकेर बसेका अवस्थामा वृत्त र गोंगबु प्रभागको टोलीले खत्रीलाई…
एन गोलो कान्टेले गरेको एक मात्र गोलको मद्दतमा चेल्सीले प्रिमियर लिगमा कार्डिफ सिटीलाई पराजित गरेको छ। आइतवार भएको खेलमा चेल्सीले कार्डिफलाई १-० ले पराजित गर्दै ३ अंक जोडेको छ। कार्डिफको मैदानमा भएको खेलमा कान्टेले खेलको ५५औँ मिनेटमा गोल गरेका हुन्। जितपछि चेल्सीले दोस्रो स्थानको टोटनहम र तेस्रो स्थानको म्यानेचष्टर सिटीसँग अंकदुरी कम गरेको छ। चेल्सीले २० खेलबाट ४३ अंक जोडेको…
सिन्धुपाल्चोकमा ‘क्षितिज सिकाइ मेला’ आयोजना हुने भएको छ। टिच फर नेपालका प्रज्ञार्थी शिक्षक (फेलो)हरुको नेतृत्वमा हुन गइरहेको उक्त शैक्षिक मेला पुस २७ गते हुँदैछ। यो मेलाको दोस्रो संस्करण हो। सिन्धुपाल्चोकको भोताङ ३ स्थित श्री भोताङदेवी माध्यमिक विद्यालयमा हुने कार्यक्रममा सिन्धुपाल्चोकको उत्तरी भेगमा रहेको पाँचवटा माध्यमिक विद्यालयहरुको संयुक्त आयोजना रहनेछ। ‘विज्ञान, प्रविधि र कलाको प्रवर्द्धन, हामी सबैको सम्बोधन’ भन्ने मूल नाराका…
काठमाडौं : हिन्दु युवासंघ वीरगंजका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्याको आरोपमामा कैद भुक्तान गरिरहेका रौतहट कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई अदालतले सफाइ दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश शारदाप्रसाद घिमिरे र डम्वरबहादुर शाहीको संयुक्त इजलासले सफाइको निर्णय सुनाएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मेयर कुशवाहलाई गत वैसाख २६ गते काठमाडौंबाट पक्राउ गरेको थियो। जिल्ला अदालत बाराले दिएको सफाई उल्टाउँदै जनकपुर…
काभ्रे : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सरुवा गर्दा जान नमान्ने कर्मचारीलाई बिदा गर्नुपर्ने बताएका छन्। सिंहदरबारमा केन्द्रित अधिकार गाउँगाउँमा पुर्याउनका लागि संघीयता र गणतन्त्रको ल्याएको दावी गर्दै उनले नयाँ कर्मचारी भर्ना गरेर भए पनि संविधान कार्यान्वयन गर्नुपर्ने उनको तर्क थियो। ‘राज्यको शक्ति विकेन्द्रित भएर जनताको घरदैलोमा लैजान हजारौंको बलिदान भएको छ,’ काभ्रेको चौरी देउराली —२…
काठमाडौं : सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उप प्रधानमन्त्री उपेन्द्र यादवले संसदको यही अधिवेशनमा संविधान संशोधन हुने दाबी गरेका छन्। आज रिपोटर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री यादवले संसदको चालू हिउँदे अधिवेशनमै संविधान संशोधनको विधयेक दर्ता हुने र पारित हुने दाबी गरे। ‘यही अधिवेशनमा यदि संशोधन प्रस्ताव दर्ता भएन भने जनतामा सरकारप्रति अविश्वास हुन्छ। जनताको विश्वास गुमेपछि…
काठमाडौं : देशको परराष्ट्र तथा कुटनीतिक मामिला केन्द्रीय सरकारले हेर्ने भए पनि स्थानीय तहले संविधानको उल्लंघन गर्दै कुटनीतिक मर्यादा विपरीत कार्य गरिरहेको भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रदेश २ बाट प्रतिनिधित्व गर्ने सांसदहरुले आपत्ति जनाएका छन्। शुक्रवार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेटी स्थानीय सरकारका कुटनीतिक मर्यादा विपरीतका कार्यलाई रोक्न कडाइका साथ लाग्न माग समेत गरेका छन्। ने…
भक्तपुर : लोकगायक बुद्धिकृष्ण लामिछानेको आज मध्याह्न मृत्यु भएको छ। ६३ वर्षको उमेरमा उनको आफ्नै निवासमा मृत्यु भएको हो। उनी लामो समयदेखि विरामी परेका थिए। चाँगुनारायण नगरपालिका– ७ स्थित आफ्नै निवासमा उनको मृत्यु भएको हो। पक्षाघातलगायत विभिन्न रोगले थलिएको उनकी छोरी सम्झनाले जानकारी दिइन्। ‘घाँस काट्ने खुर्केर, आयो जोवन हुर्केर..., ‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई…
काठमाडौं : फिल्म 'जानी नजानी'को गीत सार्वजनिक गरिएको छ। अम्बिका शर्माको शब्द तथा अर्जुन पोखरेलको संगीतमा फिल्मको 'एउटीलाई मुटुमा घर'बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा अर्जुन र दुर्गा खरेलको स्वर छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार मनिष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड छन्। गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्। भिडियोमा डेब्यू कलाकार निरिशा बस्नेत पनि फिचर्ड छिन्। फिल्ममा मनिष र निरिशासँगै सन्नी सिंह,…
तेलगु फिल्म टेम्परको रिमेक फिल्म सिम्बा आजदेखि पर्दामा आएको छ। फर्मुला फिल्मका माहिर निर्देश रोहित सेट्टीको यो रिमेकमा रणवीर सिंह लिड रोलमा छन्। फिल्मबाट रणवीरले आफूलाई भर्सटाइल एक्टरका रुपमा स्थापित गरेका छन्। जुनिएर एनटिआरको लिड रोल रहेको टेम्पर चर्चित र सफल फिल्म हो। यो फिल्मलाई रोहित सेट्टीले एडप्ट गर्दा नयाँ शैली र स्वरुप पनि दिएका छन्। सन् २०१८ को सम्भवत…
काठमाडौं : पहिलो नेपाल आईडल बुद्ध लामाको नयाँ गीत सार्वजनिक भएको छ। उपाधी जितेपछि आफ्नो पहिलो गीत 'सानी नरिसाउन'बाट चर्चामा रहेका उनले 'तिम्रो मायामा'बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा हिमांशु रायमाझीको शब्द छ। दिलिप समनको संगीत रहेको गीतलाई बाबु प्रधानले एरेन्ज गरेका छन्। गीतको भिडियोमा राजु ग्यावक र सिर्जना जिसी फिचर्ड छन्। भिडियोलाई समनले नै निर्देशन गरेका हुन्। भिडियोमा मिलन शंकरको छायाँकन…
काठमाडौं : यो साता शुक्रबार प्रदर्शन अन्तर्गत नेपाली फिल्म 'गोल' प्रदर्शनमा आएको छ। विदेशी फिल्म 'सिम्बा' पनि नेपाल प्रदर्शनमा आएको हो। भीम लामाको निर्देशनमा बनेको 'गोल'मा सविना कार्की र किशोर खतिवडाको मुख्य अभिनय छ। फिल्ममा निर्देशक लामाको कथा छ। फिल्मलाई आइ. पी.भट्टराईले निर्माण गरेका हुन्। त्यस्तै प्रदर्शनमा आएको फिल्म 'सिम्बा'मा रणवीर कपुरको मुख्य अभिनय छ। रोहित सेट्ठी निर्देशित फिल्ममा 'केदारनाथ'बाट डेब्यू…
चितवनः भरतपुर महानगरपालिका – १० र १२ को सिमानामा पर्ने बाइपास रोडमा सवारी साधान दुर्घटनामा परी आज बिहान एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका–३ घर भई हाकिमचोकमा फर्निचरको काम गरी बस्ने १८ वर्षीय श्याम चौधरी रहेका छन्। आँपटारीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको ना ७ ख १३९४ नम्बरको ट्रकले साइकलयात्री चौधरीलाई ठक्कर दिँदा…
काठमाडौंः काठमाडौंको बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। टिपरको ठक्करबाट ठेलागाडामा चिया बेच्ने धादिङ घर भई हाल बाइपास बस्दै आएका ५० वर्षीय दलबहादुर बिसुंखेको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग बालाजुका सहायक ड्युटी अफिसर अनिल अधिकारीले बताए। टिपरको ठक्करका कारण बिसुंखेको श्रीमतीसहित दुई जना घाइते भएका छन्। हाल उनीहरुको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। बिहान करिब ५:३०…
काठमाडौँः सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगको बैङ्क खातामा जम्मा भएको रकम बिना रोकटोक झिक्ने अनुमति दिन नेपाल राष्ट्र बैङ्कका नाममा अन्तरिम आदेश जारी गरेको छ। अल्पकालीन अन्तरिम आदेश जारी गर्दै न्यायाधीश दीपकराज जोशी एकल इजलासले उद्योगको बैङ्क खाता सञ्चालनमा कुनै बाधा अवरोध नगर्न पनि आदेशमा भनेको छ। मुक्तिश्री सिमेन्ट उद्योगका नाममा लगानीबापत प्राप्त चार करोड ५० लाख…
रुकुमः रुकुम पूर्वमा ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका तकसेराबाट कोलतर्फ जाँदै गरेको रा १ त १६९४ नम्बरको ट्याक्टर सोही गाउँपालिका–१२ को गर्खानीमा दुर्घटना हुँदा ट्याक्टरमा सवार भुमे गाउँपालिका–१ पञ्चासेका १६ वर्षीय बिस्मत गुरुङको मृत्यु भएको रुकुम पूर्व जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। सोही दुर्घटनामा परी रुकुम पश्चिम आठबिसकोट…
स्पानिस क्लब बार्सिलोना क्रिसमसको बिदामा ला लिगाको शीर्ष स्थानमा छ। जसमा कप्तान समेत रहेका लियोनल मेसीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। बार्सिलोनाका नम्वर १० खेलाडीले ओसमान डेम्बेलेदेखि एकेडेमी, डिफेन्सिभ ट्रबोल र पारिवारिक जीवनको बारेमा बारेमा स्पानिस अनलाइन मार्कालाई अन्तर्वार्ता दिएका छन्। फेरि अर्को वर्ष, र पाँचौ गोल्डेन बुट। कस्तो अनुभव हुन्छ, तपाईँ यो जितेर थकित हुनुभएको छैन? परिचयका लागि यो राम्रो…