ढाकाः बङ्गलादेशको प्रहरीले निर्वाचनको समय नजिकिँदै गर्दा एक हप्ताको समयमा विपक्षी दलका करिब १० हजार ५०० कार्यकर्तालाई प्रक्राउ गरेको प्रतिपक्षी दलहरूले जनाएका छन्। संयुक्त राज्य अमेरिकाले बङ्गलादेशको प्रधानमन्त्री शेख हसिनाको सरकारलाई निर्वाचन स्वच्छ तथा स्वतन्त्ररूपमा सम्पन्न गर्न सरकारबाट विश्वासको वातावरण बनाउन गरेको आग्रहपछि प्रतिपक्षबाट उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो। तेस्रो कार्यकाल सम्पन्न गरिसकेकी प्रधानमन्त्री हसिनाले चौथो कार्यकाल जितेर कीर्तिमानी कायम…
इनरुवाः सुनसरी सदरमुकाम इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ त ७८१६ नम्बरको ट्रयाक्टरमा सोही दिशातर्फ जाँदै गरेको को १२ प ९५०८ नम्बरको मोटरसाइकल इनरुवा नगरपालिका– ३ पिपल चोकमा ठोक्किँदा मोटरसाइकल चालक स्थानीयवासी सञ्जय पण्डितको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए। गम्भीर घाइते पण्डितलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा…
राजविराजः सरकारी ठेक्का लिएर विद्युत् चोरी गरेको आरोपमा विद्युत् ऐनअनुसार रसुवा रोशन कन्सट्रक्सनले रु ४२ हजार १५२ जरिवाना तिरेको छ। राजविराज नगरपालिकाको गिलेसन बनाउने ठेक्का लिएका रसुवा रोशन कन्सट्रक्सन जनकपुरले विद्युत् चोरी गरी निर्माणको काम गरिरहेको अवस्थामा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको टोलीले पक्राउ गरेको थियो। हटियामा निर्माणाधीन गिलेसनमा एक वर्षदेखि ती निर्माण कम्पनीले डायरेक्ट पोलमा हुकिङ गरी विद्युत् प्रयोग…
काठमाडौँः सभामुख कृष्णबहादुर महराले कालीकोट पलाता गाउँपालिका–१ खाडा गाउँमा आगलागीमा परी घाइते भएका नागरिकहरुलाई स्वास्थ्योपचारको उचित व्यवस्था गर्न र उचित क्षतिपूर्ति दिलाई राज्यको प्रत्याभूति दिलाउन सङ्घ तथा प्रदेश सरकारसँग आग्रह गरेका छन्। सभामुख महराले एक वक्तव्यमार्फत घरबारविहीन भएका नागरिकको तत्काल अल्पकालीन बसोबासको व्यवस्था गर्न र दीर्घकालीन रुपमा यस्ता दुर्घटना रोक्नका लागि खर, फुसका छाना भएका घरहरु हटाउनेतर्फ विशेष पहल गर्नसमेत…
काठमाडौँः सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ। अपराह्न ४ बजेबाट संसद्का दुवै सदनको अधिवेशन प्रारम्भ हुँदैछ। चालु अधिवेशन विधेयक अधिवेशनमा रूपमा अघि बढ्नेछ। सङ्घीय संसद् अधिवेशन सुरु भएको एक वर्षभित्र संविधानसँग बाझिएका कानुन संशोधन चालु अधिवेशनबाटै हुनेछ। चालु अधिवेशनबाट करिब दुई सय कानुन परिमार्जन हुनेछन्। मौजुदा ३३९ कानुनमध्ये १७४ कानुनहरु संशोधन आवश्यक रहेको कानुन मन्त्रालयको निक्र्यौल छ। यस्तै थप ३८…
क्रिस्टियानो रोनाल्डोले दोस्रो हाफमा मैदान प्रवेश गर्दै खेलको अन्त्यतिर गोल गरेपछि इटालियन सिरी ए मा युभेन्ट्स एनलान्टासँग हारबाट जोगिएको छ। अवे मैदानमा भएको खेलमा रोनाल्डोको गोल मद्दतमा दश खेलाडीको युभेनट्सले एटलान्टासँग २-२ को बराबरी खेल्दै अंक बाँडेको हो। आत्मघाती गोल मार्फत खेलको दोस्रो मिनेटमै अग्रता बनाएको युभेन्ट्सको अपराजित यात्रा कायम राख्न ७८औँ मिनेटमा रोनाल्डोले गरेको गोल नै निर्णायक बन्यो। डुभान…
काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिगमा बुधवार हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ४-१ ले पराजित गरेको छ। जितपछि शेर्पा अंक तालिकामा पाँचौ स्थानमा उक्लेको छ। एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा शेर्पाका लागि विश्वास श्रेष्ठले दुई गोल गरे। सबै पाँच दोस्रो हाफमा भएको खेलको ४६औँ मिनेटमा गोह प्याट्रिकले गोल गर्दै शेर्पालाई अग्रता दिलाए। ५४औँ मिनेटमा विसन गुरुङले गोल गर्दै शेर्पाको…
काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाको गत वैशाखमा भएको निर्वाचनमा आर्थिक अनियमितता भएको भन्दै चार जिल्ला संघका अध्यक्षले अडियो टेप सार्वजनिक गरेका छन्। काठमाडौँ, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षले बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै अडियो टेप सार्वजनिक गरेका हुन्। यसअघि एन्फाका पूर्व उपाध्यक्ष तथा वर्तमान एन्फा कार्यसमितिमा अध्यक्षको उम्मेदवारी दिएका मणि कुँवरले एन्फा निर्वाचनमा भ्रष्टाचार भएको…
फास्ट बलर डेल स्टेन दक्षिण अफ्रिकाका लागि टेष्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। पाकिस्तान विरुद्धको बक्सिङ डे टेष्ट अन्तर्गत पहिलो दिन एक विकेट लिँदै स्टेनले कीर्तिमान बनाएका हुन्। ओपनर फकर जमनलाई डेन इलगरको हातबाट क्याच आउट गराएपछि स्टेनले टेष्टमा दक्षिण अफ्रिकाका लागि ४२२औँ विकेट लिएका हुन्। उनले सर्वाधिक विकेट लिने सूचीमा सन पोलकलाई पछि पारे। यसअघि स्टेनलले पोलकै…
काठमाडौँ : ललितपुरको जावलाखेल युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा तेस्रो जित हात पारेको छ। जावलाखेलले बुधवार एन्फा कम्प्लेक्समा भएको खेलमा काठमाडौको मछिन्द्र क्लबलाई २-१ ले हरायो। बुधवारै हलचोकस्थित एपीएफको मैदानमा भएको खेलमा एनआरटी र फ्रेण्ड्सले बराबरी खेल्दै अंक बाँडेका छन्। अरुज सिंहले ५५औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। त्यसको दश मिनेटपछि विदेशी खेलाडी फोडे फोफनाले गोल…
मधुकर दाहाल - काठमाडौं : अघिल्लो वर्ष साउन २६ मा मन्त्रीस्तरको निर्णयपछि प्रभावित बनेको जग्गा कित्ताकाट यतिबेला रोकिएको हो या होइन भन्नेमै अन्योल उत्पन्न भएको छ। तालुक मन्त्रालय तथा मातहतका विभागले जारी गरेका परिपत्रहरुको भाव ‘सरकारद्वारा तोकिएको प्रक्रिया पूरा गरेकालाई कित्ताकाट गर्न बाधा छैन’ भन्ने देखिन्छ। तर, मन्त्रालय र मालपोत तथा नापी कार्यालयका अधिकारीको बुझाइ भने त्योभन्दा फरक भइदिँदा जग्गा…
काठमाडौं : आज नेपालमा ईसाई धर्मावलम्बीहरुको महान पर्व क्रिसमस विश्वका अन्य मुलुकमा झै मनाइयो। हिजो साँझदेखि राजधानीका प्रमुख पर्यटकीय क्षेत्रमा क्रिसमसको विशेष रौनक थियो। क्रिसमस ईसाई धर्मावलम्बीहरुले मात्र मनाएन अरु धर्ममा आस्था राख्नेहरुले पनि मनाएको देखिन्थ्यो। हेर्नुस् रोजन श्रेष्ठको लेन्सबाट कैद भएको क्रिसमसमय काठमाडौंका दृश्य :
मंगलबार लिटरेचर फेस्टिभलको फेस्टिभलको तेस्रो दिन। बुकवर्म फाउन्डेसन र र्यान्डम रिडर्स सोसाइटीको आयोजनामा तालबाराही चोकमा भइरहेको फेस्टिभलमा पहिलो दिनदेखि साहित्य, कला, समाज लगायत विभिन्न विषयवस्तुमाथि पहिलो दिनदेखि चर्चा भइरहेको छ। फेस्टिभलअन्तर्गत सोमबार पनि लेखक पाठकबीच संवाद साथै अन्तरक्रियात्मक कार्यक्रम भए। पहिलो सेसन थियो, ‘अँध्यारो उज्यालो’ रहेको थियो। यो सेसनमा वरिष्ठ पत्रकार विजय कुमार र रवि लामिछानेले अन्तरक्रिया गरे। दुई…
काठमाडौं: आफ्नै विवाह समारोहबीच गीती एल्बम विमोचन गराइन् गायिका जीनु जोशीले। आभाष जोशीसँग विवाह गरेकी उनले समारोहमा ‘आभास’ नामकै एल्वम सार्वजनिक गराएकी हुन्। ‘आभास’लाई राजु सिंह, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सागर अधिकारी, आभाष जोशी, धनबहादुर गोपाली र गायिका जीनुलगायतका संगीतकर्मीहरुले संयुक्त रुपमा विमोचन गरेका थिए। एल्बममा ‘मस्ती’, ‘छाया तिमीलाई’, ‘तिमीलाई पाउने आशमा’, ‘भनेको थिए तिमीलाई’, ‘भिजेको नजरले नहेर’, ‘कोही यहाँ…
काठमाडौँ: एसएसके मिडियाद्वारा आयोजित मिस्टर एण्ड मिस टुरिजम नेपाल २०१८ को फिनाले सम्पन्न भएको छ। रिसज पन्त मिस्टर टुरिजम नेपाल र रमुना कार्की मिस टुरिजम बने। पुरुषतर्फ फस्ट रनर्सअप रोहित कुमार बने भने महिलातर्फ सुष्मिता लामाले फस्ट रनर्सअपको उपाधि हासिल गरे। त्यस्तै, मस्ट ट्यालेन्टको उपाधि राजन राई मगरले प्राप्त गरे। वेस्ट फोटोजेनिक उपाधि मनिषा सिलवालले जितिन्। संयुक्त रुपमा आयोजना भएको…
जेपी दत्ताको फिल्म पल्टनमा पछिल्लो पटक देखिएका बलिउडका हिरो अर्जुन रामपालले दिएको चेक बाउन्स भएपछि कानुनी कार्वाही अगाडि बढेको छ। चेक बाउन्स भएपछि वाई टी इन्टरटेनमेन्ट लिमिटेडले उनीविरुद्ध फौजदारी अपराधको मुद्दा दायर गरेको हो। १ करोड रुपैयाँ ऋण र त्यसको वार्षिक १२ प्रतिशत ब्याजसहित तिर्नुपर्ने रकम उनले नतिरेको भन्दै मुद्दा दायर भएको हो। उनले ९० दिनभित्र रकम तिर्नेगरी ऋण लिएका…
काठमाडौँः गोंगबु स्वस्तिक त्रिवेणी गेष्ट हाउसका सञ्चालक प्रवीण कुँवरको आठ वर्षीय छोरा प्रयासको हत्यामा संलग्न महेन्द्र सार्कीलाई जेल चलान गरिएको छ। मङ्सिर ११ गते गोंगबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गमा सञ्चालित स्वस्तिक गेष्ट हाउसबाट प्रयासलाई अपहरण गरी तारकेश्वर नगरपालिका–५ गोलढुङ्गा जङ्गलमा मारेर काठमाडौँ महानगरपालिका–२६ म्हैपी पुलमुनि फाल्ने सार्कीलाई सोमबार जेल चलान गरिएको हो। महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक…
बैतडीः अपरिचित व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उनकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ। प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नै नियन्त्रणमा लिएको छ। मुखमा मास्क लगाएर आएका व्यक्तिले ससुराको हत्या गरेको लक्ष्मीले प्रहरीलाई बयान दिएकी छिन्। टाउकोमा चोट रहेकी लक्ष्मीको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ। इलाका प्रहरी कार्यालय पाटनका…
काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिगमा ११औँ चरणका खेलहरु भोलीदेखि सुरु हुँदैछ। गत असोज १३ गतेदेखि सुरु भएको लिगमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् भने १० चरणसम्मको खेल सकिसकेको छ। कूल ९१ खेल मध्ये ७० खेल भइसकेको छ। अब २१ खेल हुन बाँकी छ। अहिलेसम्म शतप्रतिशत नतिजासहित मनाङ मर्स्याङ्दी क्लब ३० अंकसहित शीर्ष स्थानमा छ र दोस्रो स्थानको संकटामाथि…
काठमाडौँ : धनगढी प्रिमियर लिग (डीपीएल) को आयोजना मिति एक साता पछि धकेलिएको छ। अंग्रेगी नयाँ वर्ष २०१९ को जनवरीमा नेपालले युएईसँग अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएपछि आयोजक धनगढी क्रिकेट एकेडेमीले प्रतियोगितालाई एक साता पछि सारेको हो।र यसअघि माघ १९ देखि फागुन ४ सम्म डीपीएल आयोजना गर्ने घोषणा भएको थियो। तर मंगलवार सार्वजनिक गरिएको नयाँ मितिअनुसार अब डीपीएल माघ २६…