काठमाडौँ : समूहको अन्तिम खेलमा आयोजक बंगलादेशलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशलाई २-० ले हरायो। समूह ए मा २ जित र १ हारको नतिजा निकालेको नेपाल गोल अन्तरमा अघि रहँदै समूह विजेताको हैसियतमा अन्तिम चारमा पुगेको हो। नेपाल साफको सेमिफाइनल पुगेको यो पाँचौ पटक हो। नेपालका लागि विमल…
साफ च्याम्पियनसिप अन्तर्गत बंगालादेश विरुद्धको खेलमा नेपाललले अग्रता लिएको छ। ३३औँ मिनेटमा विमल घर्ती मगरले फ्रिकिक मार्फत गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएका हुन्। विमलको फ्रिकिक बंगलादेशी गोलकिपर सहिदुल अलामले सही अनुमान लगाएपनि पूर्ण रुपमा रोक्न सफल नहुँदा गोल भएको थियो। बंगलादेशका वाले फैजलले निल बललाई फल गरेपछि नेपालले फ्रिकिक पाएको हो। झन्डै ३५ यार्डबाटबाट विमलको फ्रिकिकमा गोल गरेका…
साफ च्याम्पियनसिप अनतर्गत समूह ए को अन्तिम खेलमा केहीबेरपछि आयोजक बंगलादेश र नेपाल भिड्दैछन्। ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुने खेलमा आज पनि नेपालको नियमित कप्तान विराज महर्जन बेन्चमा छन्। भुटान विरुद्धको खेलेको नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ। विशाल राई र अन्जन विष्टको स्थानमा भरत खवास र निराजन खड्का पहिलो रोजाईँमा छन्। दुवै खेलाडीले दोस्रो हाफमा मैदान छिरेर पनि भुटान…
बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत शनिवार भएको समूह ए को खेलमा पाकिस्तानले भुटानलाई ३-० ले पराजित गरेको छ। पाकिस्तानको लागि मोहम्मद रियाज, हसन बसिर र फहिमले गोल गरे। समूहमा दुई खेल जितेपछि पाकिस्तान सेमिफाइनल नजिक पुगेको छ। समूहमा दोस्रो जित हात पारेको पाकिस्तानले ६ अंक जोडेको छ। दुई खेल खेलेको आयोजक बंगलादेशको ६ अंक नै छ। आजै समूह ए अन्तर्गत…
सविन ढकाल/बसन्तराज उप्रेती काठमाडौँ : काठमाडौँका लागि गोरखा सामागाउँबाट उडेको हेलिकप्टर दुर्घटना अवस्थामा हराएको करिब ८ घण्टापछि फेला पर्यो। भाग्यले हेलिकप्टरमा सवार गोरखा चुमनव्री गाउँपालिका २ ल्होकी आनी होल्मा भने बाँच्न सफल भइन। बाँकी छ जनाको भने ज्यान बचेन। अल्टिच्युड एयरको हेलिकप्टर पाइलट निश्चल केसीले अरूलाई मात्र होइन आफैलाई समेत बचाउन सकेनन्। ४० वर्षीय केसी पाइलको रूपमा निपूर्ण र अनुभवीमा…
कौडिन्य नवराज - मेयरसाबको सेतै टल्किने चिल्लो गाडी हुँइकिँदै आयो। उमेरले झण्डै तीन बीस पुग्न लागेका मेयरसा’बले ड्राइभर भने उम्दा जवान राख्नुभएको थियो। मेयरसाबको उमेर तीन बीसलाई २ कम भए पनि उमेर र व्यवहारको ‘रिदम’ ठ्याक्कै ‘अपोजिट’ थियो। उहाँको व्यवहारले लाग्थ्यो, उहाँ अझै जवान नै हुनुहुन्छ। काम परेको बेला कार्यालय जाने, गाडी चढेर साथीभाइ भेट्न जाने, साँझपख सुकुटीसँग दुई ‘पेग’…
काठमाडौँ: काठमाडौँका लागि गोरखा सामागाउँबाट उडेको हेलिकप्टर करिब सात घण्टापछि लोकेट भएको छ। काठमाडौँबाट खोजी कार्यको लागि गएको हलिकप्टरको सहायताले भेटिएको हो। धादिङ र नुवाकोटको सिमाना पर्ने जङ्गलको बीचमा हेलिकप्टर देखिएको नागरिक उड्ययन प्राधिकरण हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले पहिलोपोस्टलाई जानकारी दिए। उनले भने, 'हेलिकोप्टरको पछाडिको भाग (टेल रोटर) क्षति भएको आकाशबाट देखिएको छ।' घना जङ्गल भएकाले उद्धारमा केही समस्या भएको…
प्रकाश शर्मा अधिकारी- एक हप्ता लामो यात्राको अन्त्य हुनै लागेको थियो। स्लोभेनियाको ब्लेड शहरबाट हिँड्दा साँझको सात बजिसकेको थियो। बाटोमा फर्कँदै गर्दा पर्ने अष्ट्रियाको क्लिन्सबर्ग शहरमा बसेर केही खाने, योजना बनाइरहेका थिए साथीहरु। करिब साढे आठ बजेतिर हामी स्लोभेनियाको सिमानाबाट अष्ट्रिया प्रवेश गर्दैथियौँ। सिमानामा उभिइरहेको प्रहरीलाई दारेकले देखेनछ। अलिकति अगाडि पुगेपछि उसले गाडी रोक्यो। आफूलाई नटेरेको जस्तो मानेर झोँकिएको प्रहरीले…
काठमाडौँ : पोखराको बेगनास तालमा ढुङगा पल्टिँदा एक जनाको मृत्यु भएको छ। पानीमा डुबेर कृष्णकुमारी बजगाँइको मृत्यु भएको हो। उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन्द्र गुरुङले बताए। ढुङगामा सवार पाँच जना भने अझै वेपत्ता छन्। ढुङगामा ९ जना यात्रु रहेको तीन जनाको उद्धार गरिएको र वेपत्ताहरुको खोजी भइरहेको गुरुङले बताए। डिएसपी गुरुङले भने, 'हामी वेपत्ताहरुको खोजी गरिरहेका…
काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले प्रहरीको अनुगमन गर्न कुनै पनि समिति गठन नभएको बताएका छन्। शनिवार गोरखामा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले समिति गठन भयो भन्ने हल्ला मात्र भएको बताएका हुन्। गृहमन्त्री थापाले भने, 'कुनै पनि प्रहरीलाई अनुगमन गर्ने समिति बनेको छैन। गृहमन्त्रालयले सधैँ प्रहरीको अनुगमन गरिरहेकै छ। यो एउटा भ्रम सिर्जना गर्ने र सुरक्षा निकायलाई उत्तेजित गराउने काम भएको…
काठमाडौं : काठमाडौंका लागि गोरखा सामागाउँबाट उडेको हेलिकप्टर अझै फेल परेको छैन। जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामकुमार महतोले हेलिकप्टर खोजी भइरहेको जानकारी दिए। उनले भने, 'हामीले प्रहरी परिचालन गरिरहेका छौं। तर अहिलेसम्म भेटिएको छैन। ६ जना यात्रु बोकेको अल्टिच्युड एयरको हेलिकप्टर बिहानदेखि सम्पर्कबाहिर पुगेको नागरिक उड्ययन प्राधिकरणले जनाएको थियो। अल्टिच्युड एयरको नाइन एन – एएलएस कलसाइन रहेको हेलिकप्टर बिहान…
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ठूला राष्टहरु ब्राजिल, अर्जेन्टिना, बेल्जियम र उरुग्वेले जित हात पारेका छन्। नेमारलाई ब्राजिलको स्थायी कप्तान बनाएपछिको पहिलो खेलमा ब्राजिलले अमेरिकालाई २-० ले हरायो। उक्त खेलमा नेमार स्वयंले पेनाल्टी मार्फत गोल गरे। अर्को गोल भने रोवर्टो फिर्मिनोले गरे। यस्तै नियमित कप्तान लियोनल मेसीसहित स्टार खेलाडीहरु बिनै खेलेको अर्जेन्टिनाले ग्वाटेमालामाथि ३-० को सहज जित हात पार्यो। अर्जेन्टिनाका लागि गोन्जालो…
जर्जिन्होले पेनाल्टीमार्फत बराबरी गोल फर्काएपछि इटलीले युइएफए नेशन्स लिगमा पोल्याण्ड्ससँग अंक बाँडेको छ। लिग ए अन्तर्गत समूह ए को खेलमा इटली र पोल्याण्डले १-१ को बराबरी खेलेका हुन्। पिओर जेलिन्स्कीले ४०औँ मिनेटमा गोल गर्दै पोल्याण्ड्लाई अग्रता दिलाएका थिए। पहिलो हाफमा इटली एक गोलले पछि थियो। तर ७८औँ मिनेटमा जर्जिन्होले गोल गरेपछि इटलीले बराबरी नतिजा निकालेको हो। यस्तै लिग बी अन्तर्गत…
काठमाडौँ : साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ। नेपालका लागि सेमिफाइनल पुग्न यो खेल महत्वपूर्ण छ। समूह ए अन्तर्गत शनिवारै पाकिस्तान र भुटानबीच पनि खेल हुँदैछ। पाकिस्तान र भुटानबीचको खेल दिउँसो ३:४५ बजे हुने भएकाले नेपालको लागि केही सहज हुनेछ। पहिलो खेलको नतिजापछि नेपालले सेमिफाइनल पुग्न कस्तो नतिजा निकाल्नुपर्छ भन्ने समिकरण बन्नेछ। त्यस खेलको नतिजा हेरेर कस्तो खेल्ने…
तेहरानमा शिखर बैठक सिरियाको इडलिबमा द्वन्द्वका कारण प्रभावित भएका नागरिकहरुका बारेमा इरानको राजधानी तेहरानमा इरान, टर्की र रसियाबीच शिखर बैठक हुँदैछ। बैठकमा लडाकु समूहको नियन्त्रणमा रहेका नागरिकको भविष्यका बारेमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ। बैठकमा इरानी राष्ट्रपति हसन रौहानी, टर्कीका राष्ट्रपति रिसेप तैयप एर्देगान र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुनेछन्। सिरियाको सरकारी सेनाले इडलिबको आसपासका क्षेत्रम आक्रमण थालेको…
बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिपमा माल्दिभ्स र श्रीलंकाले बराबरी खेलेका छन्। समूह बी अन्तर्गत शुक्रवार बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडे। यो बराबरीपछि तीन टिम मात्र रहेको समूह बी बाट भारत एक खेल अघि नै सेमिफाइनल प्रवेश गरेको छ। यस्तै बराबरीपछि माल्दिभ्स र श्रीलंका दुवैको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ। माल्दिभ्स अन्तिम खेलमा भारतसँग फराकिलो…
काठमाडौं : नेपाल गुणस्तर तथा नापतौल विभागले ओम सिमेन्टको ओपिसीको गुणस्तर चिन्ह स्थगन गरेको छ। इन्टरनेशनल सिमेन्ट प्रालिले ओम ब्राण्डमा ओपिसी र पिपिसी ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ।विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ओमको पिपिसीलार्इ समेत ओपिसी भन्दै संखुवासभाको खाँदबारीमा बिक्री गरिएको भेटिएको बताए। ‘उद्योगले पिपिसीलार्इ समेत ओपिसी भनेर बिक्री गरेको भेटियो,’ उनले भने, 'गाउँका जनतालार्इ सिमेन्टको बारेमा जानकारी नहुने भएपछि…
काठमाडौ : १३ वर्षीया निर्मला पन्तको घटनाबारे छानबिन गर्ने गठित समितिले प्रहरीको अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ। समितिले शक्रवार कञ्चनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीको अनुसन्धानमा त्रुटि देखिएको औल्याएको हो। सरकारले कञ्चनपुर घटना विवादस्पद बन्दै गएपछि भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो। केही दिनमा…
काठमाडौं : पक्राउ परेकी नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्व सांसद उमा भुजेललाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य भुजेललाई भदौ दोस्रो साता बालाजुबाट प्रहरीले पक्रेको थियो। भुजेललाई चन्दा उठाएको अभियोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको थियो। न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको इजलासले बन्दीप्रत्यक्षीकरणको मुद्दामा रिहाको आदेश दिएको हो। ‘प्रहरीले…
काठमाडौँ : भारतमा हुने एकदिवसीय क्रिकेट सिरिजका लागि आसिफ शेखको कप्तानीमा नेपाली यू-१९ टोलीको घोषणा भएको छ। राष्ट्रिय टोलीबाट समेत खेलिसकेका आसिफको कप्तानीमा शुक्रवार १९ सदस्यीय टोली घोषणा भएको हो। आसिफले गत वर्ष बंगलादेशमा भएको एसीसी इमर्जिङ कपमा नेपालको लागि दुई खेल खेलेका थिए। आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, यू-१९ का मुख्य प्रशिक्षक विनोद दास तथा सुनोज भट्टराई र राजु खड्काको…