काठमाडौँ : मलेसियामा सम्पन्न एसिया कप छनोट प्रतियोगिता खेलेर आज नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। एसिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा रह्यो। नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो। नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स (युएइ) र हङ्कङसँग पराजित भएको थियो। छनोट प्रतियोतगा यही भदौ…
काठमाडौं : फिल्म ‘मदहोस’को प्रि-प्रोडक्सनको काम सुरु भएको छ। निर्माण टिम यतिखेर फिल्मको गीतहरु रेकर्डिङमा व्यस्त छन्। हालै फिल्मको ‘सुन ए गगन रुक जा पवन’ बोलको गीतको रेकर्डिङ भयो। मुभी मेकर्सको ब्यानर तथा सुरज प्रधानको प्रस्तुति रहने फिल्मलाई एस.के अधिकारीको निर्देशन गर्ने भएका हुन्। फिल्ममा विक्रम कार्कीको छायाँकन र राजन महर्जनको कोरियोग्राफी रहनेछ। फिल्ममा नवकलाकार सृजना बस्नेत दिपेन्द्र कोइराला, कसिश दाहाल,…
बलिउड अभिनेता शाहिद कपुरको फेसबुक र इस्टाग्राम अकाउन्ट ह्याक भएको छ। टर्कीका ह्याकरले शाहिदको अकाउन्टबाट विभिन्न क्यापसन लेखेका छन्। शाहिदले पद्मावतमा गरेको राजाको भुमिका चित्त बुज्दो नरहेको ह्याकरले क्याप्सन लेखेका छन्। क्यापसनमा ‘आई लभ यू कट्रिना कैफ’ भनेर लेखिएको छ। हालै सन्तान सुख प्राप्त गरेका चकलेटी हिरो यतिखेर तनावमा छन्। शाहिद अकाउन्ट रिकभरको प्रयासमा छन्। भारतीय मिडियाका अनुसार टर्कीसका उक्त…
काठमाडौं : यो साता शुक्रबार प्रदर्शन अन्तर्गत दुई नेपाली फिल्म छन्। अभिनेता प्रदीप खड्का अभिनित ‘रोज’ र पुजा शर्माको ‘रामकहानी’। फिल्म 'रोज'लाई नीरक पौडेलले निर्देशन गरेका हुन्। फिल्ममा प्रदीपसँगै मिरुना मगर, परमिता राणाको मुख्य अभनय छ। फिल्मलाई गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले निर्माण गरेको हो। क्राइम थ्रीलर बनेको फिल्मलाई नेपाल र टर्कीमा छायाँकन गरिएको हो। त्यस्तै प्रदर्शनमा आएको अर्को फिल्म ‘रामकहानी’लाई…
काठमाडौँः उपभोक्ता संरक्षण कानुनमा सुझाव दिँदै नेपाल उद्योग परिसंघले बजार अनुगमन तथा खानतलासी गर्दा सञ्चारमाध्यमलाई सहभागी नगराउन सुझाव दिएका छन्। परिसंघले बजार निरीक्षण, जाँचबुझ वा खानतलासी गर्दा निरीक्षण अधिकृत वा टोलीले सञ्चारकर्मीलाई साथमा लिएर जाने गरेको भन्दै उक्त कार्य नगर्न सुझाव दिएको हो। उपभोक्ता संरक्षण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सुझाव दिँदै संघले कुनै कसुर प्रमाणित नभएसम्म सञ्चार…
काठमाडौँः एक अर्ब ५० करोड रुपैयाँ बराबरको रकम घोटाला गरेको अभियोगमा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले पक्राउ गरेका तत्कालीन एपेक्स बैंकका अध्यक्ष विष्णु धितालसहित चार जना धरौटीमा छुटेका छन्। उच्च अदालत पाटनको आदेशमा उनीहरू छुटेका हुन्। अदालतले धिताललाई साधारण र धरौटी तारिखमा छोड्न आदेश दिएको हो। अध्यक्ष धितालले शुक्रबार राजधानीमा एपेक्स घोटाला प्रकरणबारे आफ्नो भनाई राख्न पत्रकार सम्मेलन गर्दैछन्। धितालले भने, ‘बैक…
काठमाडौँः सशस्त्र प्रहरी बल नेपालले एकैपटक २०४० जना प्रहरी माग गरेको छ। सशस्त्रले १९३६ जना प्रहरी जवान माग गरेको छ भने सशस्त्र प्रहरी परिचर अन्तर्गत ७४ जना भान्से, ८ जना कुचीकार, ८ जना सुचीकार, ४ जना चर्मकर्मी र १० जना केसकर्तक माग गरेको हो। इच्छुक योग्यता पुगेका नेपाली नागरिकले भदौ २२ गतेदेखि असोज २१ गतेसम्म आवेदन दिन सक्ने सशस्त्र प्रहरी बल…
अर्जेन्टाइनल लेजेण्ड डियगो म्याराडोना मेक्सिकोको दोस्रो श्रेणीको क्लब डाराडोस डे सिनालोअको प्रशिक्षक नियुक्त भएका छन्। म्याराडोनाले पछिल्लो पटक युएईको अल-फुजारिह क्लबको प्रशिक्षण सम्हालेका थिए। मेक्सिकन समाचारपत्रका अनुसार म्याराडोनाले अब डोराडोसमा फ्रान्सिस्को गमेजको स्थान लिनेछन्। गमेज बिहीबार बर्खास्तीमा परेका थिए। अर्जेन्टिनाका लागि ९१ खेल खेलेका ५७ वर्षीय म्याराडोनाले सन् २००८ देखि २०१० सम्म ला अल्बिसेलेस्टेको प्रशिक्षण समेत सम्हालेका थिए। सन् २०१०…
युरोपको नयाँ फुटबल प्रतियोगिता युएईएफ नेशन्स लिगमा विश्वविजेता फ्रान्सले बराबरी खेलेको छ। गएराती देखि सुरु भएको उक्त प्रतियोगितामा २०१८ को विश्वकप विजेता फ्रान्स र २०१४ को विश्वकप विजेता जर्मनीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। नेशन्स लिगमा फ्रान्स र जर्मनी लिग ए मा छन्। युरोपको ५५ राष्ट्रलाई विभिन्न चार लिगमा विभाजन गरेर बढुवा/घटुवा प्रणालीमा खेलाइने यो प्रतियोगिताको लिग ए मा…
चितवनः पूर्वी चितवनको भुरझुरेमा बिहीबार राति ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का २९ वर्षीय प्रेमबहादुर मोक्तान रहेका छन्। चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको ना ३ ख ८५३९ नम्बरको ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ग ५ प ६२६० नं को मोटरसाइकललाई राप्ती नगरपालिका–३ झुरझुरेमा…
काठमाडौँ नेपालबाट तेस्रो मुलुकमा हुने व्यापारका लागि भारतीय बन्दरगाह उपयोग गर्नुपर्ने बाध्यता टुंगिएको छ। नेपाल र चीनबीच पारवहन तथा यातायात सम्झौताको कार्यविधि (प्रोटोकल)लाई अन्तिम रुप दिँदै चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने समझदारी बनेको हो। बिहीबार रातिसम्म चलेका दुई देशका उच्च सरकारी अधिकारीबीच यस्तो समझदारी बनेको हो। ‘बैठकमा तस्रो मुलुकबाट चीन हुँदै नेपालमा बस्तु आयात गर्दा प्रयोग हुने खुला सामुन्द्रिक बन्दरगाहरु,…
नयाँ दिल्लीः भारतको सर्वोच्च अदालतले समलिङ्गी यौन सम्बन्धलाई मान्यता दिने फैसला गरेको छ। अदालतले दुई समलिङ्गीको यौन सम्पर्क अपराध नभएको तर्कसहित समलिङ्गी यौन सम्बन्धलाई वैधानिकता दिएको हो। झण्डै १५७ वर्ष पुरानो कानून र सन् २०१३ को एउटा फैसलालाई उल्ट्याउँदै अदालतले ऐतिहासिक फैसला गरेको समाचारमा जनाइएको छ। पुरानो कानूनमा यौन सम्बन्धलाई वर्गीकरण गर्दै समलिङ्गी यौन सम्बन्धलाई अवैध भनिएको थियो। ‘अप्राकृतिक कसूर’ को…
बेंशीशहरः हत्याको अभियोगमा प्रहरीले एक युवकलाई प्रक्राउ गरेको छ। पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल नगरपालिका–१ जीताबेंशीका १९ वर्षीय अशोक दवाडी रहेका छन्। सोही स्थानका ५९ वर्षीया दमन्तीदेवी घिमिरेको हत्या अभियोगमा उनलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए। दमन्तीदेवीको भदौ १३ गते हत्या भएको थियो। धारिलो हतियार प्रहारबाट हत्या भएको भन्ने प्राप्त सूचनाका आधारमा दवाडीलाई प्रक्राउ गरिएको…
बनेपाः अपरणमा संलग्न रहेको आरोपमा धुलिखेल नगरपालिका–५ चौकोटबाट प्रहरीले आज आठ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ का २३ वर्षीय दीपक भुजेल, नमोबुद्ध नगरपालिका–१० का ४० वर्षीय राजन घोरासैनी, जिल्ला सर्लाही घर भई बनेपा बस्ने २६ वर्षीय कृष्णहरि अधिकारी, जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–५ घर भई सूर्यविनायक बस्ने २९ वर्षीय रामेश्वर सिलवाल, जिल्ला रामेछाप खाँडादेवी गाउँपालिका–१ का ३५…
बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिपमा बिहीबार नेपालले भुटानलाई ४-० ले हरायो। ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा नेपाललाई शानदार जित दिलाउन सुनिल बलको योगदान महत्वपूर्ण रह्यो। नेपालले गरेको चार गोलमध्ये तीन गोलमा सुनिलको भूमिका थियो। उनले एक गोल गरे भने दुई गोलका लागि सहयोग गर्यो। फरवार्डद्वय भरत खवास र नवयुग श्रेष्ठ पहिलो रोजाईँमा नपर्दा थ्री स्टारबाट घरेलु फुटबल खेल्ने सुनिलले भुटान विरुद्ध पहिलो…
घरेलु मैदानमा भइरहेको साफ च्याम्पियनसिपमा बंगलादेशले लगातार दोस्रो जित हात पारेको छ। समूह बी अन्तर्गत बिहीवार भएको आफ्नो दोस्रो खेलमा पाकिस्तानलाई १-० ले पराजित गर्दै बंगलादेशले सेमिफाइनल सम्भावनालाई बलियो बनाएको छ। बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जिताउन टोपु बर्मानले ८५औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। पहिलो खेलमा बंगलादेशले भुटानलाई २-० ले पराजित गरेको थियो। अब समूहको अन्तिम खेलमा…
जापानमा भूकम्प जापानको होक्काइदो क्षेत्रमा रहेको उत्तरी टापुमा ६.७ म्याग्निच्युड स्केलको भूकम्प जाँदा आठ जनाको मृत्यु भएको छ। दर्जनौं मानिसहरु बेपत्ता रहेको सयौं संख्यामा मानिसहरु घाइते भएको जनाइएको छ। भूकम्पपछि गएको पहिरोका कारण धेरै घरहरु पुरिएको छ। भूकम्पपछि ४ पहिरो जाँदा भवनहरु भत्किएको जापान सरकारका प्रवक्ता योसिहिडे सुगाले बताएका छन्। त्यस क्षेत्रमा रहेको थर्मल प्लान्ट भूकम्पबाट क्षति भएको कारण ३० लाख…
बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत बिहीवार भएको दोस्रो खेलमा नेपालले भुटानमाथि ४-० को शानदार जित हासिल गर्यो। पहिलो खेलमा पाकिस्तानसँग २-१ ले हारेपछि भुटान विरुद्धको खेल जित्नैपर्ने दबाब नेपाल सामु थियो। यस्तोमा प्रशिक्षक बालगोपाल महर्जनले नियमित कप्तान विराज महर्जनहसित नवयुग श्रेष्ठ र भरत खवासलाई बेन्चमा राख्दै खेल सुरु गरेका थिए। युवा खेलाडीको जोश र जागरका साथ खेलेको नेपालले १० खेलाडीमा…
काठमाडौं : गुन्डा नाइके सुकबहादुर तामाङ (बाघे) पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गुन्डागर्दी गर्दै आएका तामाङलाई बुधवार नियन्त्रणमा लिएको हो। स्वयम्भू, बालाजु लगायतका क्षेत्रमा तामाङले गुन्डागर्दी गर्दै आएका थिए। विभिन्न व्यक्तिलाई धम्काएको अभियोगमा तामाङलाई नियन्त्रणमा लिएको एसएसपी बसन्त लामाले बताए। एसएसपी लामाले भने, 'धम्काएको अभियोगमा नियन्त्रणमा लिएका हौं। थप अनुसन्धान हुन्छ।' तामाङलाई स्वयम्भू क्षेत्रबाट पक्राउ गरिएको हो।…
काठमाडौँ : बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमा नेपालले भुटानमाथि शानदार जित हात पारेको छ। ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको समूह ए को खेलमा नेपालले भुटानलाई ४-० ले हरायो। नेपालको लागि अनन्त तामाङ, सुनिल बल, भरत खवास र निराजन खड्काले गोल गरे। पहिलो हाफमा १ गोल गरेको नेपालले दोस्रो हाफमा ३ गोल थपेको हो। कप्तान विराज महर्जनसहित भरत खवास…