हलिउड अभिनेत्री एन्जोलिना जोली २०१६ मा पति ब्राड पिटसँग छुटेकी थिइन्। उनी ६ सन्तानकी आमा हुन्। पति ब्राडसँग डिभोर्सको पक्रिया चलिरहेको छ। हालै एन्जोलिनाले आफ्ना ६ सन्तानसँग समय बिताएकी छिन्। छोराछोरीसँग उनी हाइकिङ गएकी छिन्। ४३ वर्षिया एन्जोलिना छोराछोरीसँग निकै खुशी देखिन्। फिल्मकर्मीमा एन्जोलिना र ब्राडको डिभोर्सका कुरालाई लिएर चर्चा छ। हलिउड मिडियाका अनुसार केहीदिनअघि जोलीले ब्राड जिम्मेवारी वहन नगर्ने…
काठमाडौं : बिम्स्टेक राष्ट्रहरुबीच हुन लागेको संयुक्त सैन्य अभ्यासका विषयमा सत्तारुढ दल नेकपा भित्र विवाद चलिरहेकै अवस्थामा अमेरिकी सेनाको नेपालमा सम्मेलनका विषय पनि विवादित बनेको छ। नेकपा प्रतिनिधिसभाका प्रमुख सचेतक देवप्रसाद गुरुङले नै अमेरिकी सेनाको सम्मेलन नेपालमा किन भएको भन्दै प्रश्न गरेका छन्। आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै गुरुङले सञ्चार माध्यमको हवाला दिँदै अमेरिकी सेना एसिया प्यासिफिकको इन्टेलिजेन्स चिफहरुको सम्मेलन काठमाडौंको…
काठमाडौँ : पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएपछि बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिपमा नेपालको सेमिफाइनल यात्रामा धक्का लागिसकेको छ। नेपालले अब अन्तिम चारमा स्थान बनाउन समूह चरणको बाँकी दुवै खेल जित्नुपर्नेछ। नेपालले अब भुटान र आयोजक बंगलादेशसँग खेल्न बाँकी छ। सेमिफाइनल सम्भावना कायमै राख्ने नेपालले भोली भुटानसँग खेल्दैछ। भुटान नेपालको लागि एउटा त्यस्तो प्रतिद्वन्दी हो जससँग नेपालले अहिलेसम्म कुनै खेल…
काठमाडौं : छायाँकनदेखी विवादमा परेको फिल्म हो 'रोज'। फिल्मको कथा ७ वर्षअघिको रोजी हत्यकाण्डसँग मिलेपछि निर्माण टिमले फिल्मको नाम परिवर्तन गरे। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा टिमले फिल्मको 'रोजी' नाम परिवर्तन गरेर 'रोज' राखे। फिल्ममा पछिल्लो समय दर्शकले रुचाएका अभिनेता प्रदीप खड्काको मुख्य अभिनय छ। प्रदीपसँगै फिल्ममा मिरुना मगर र परमिता राणाको मुख्य अभिनय छ। युवा दर्शकमा प्रदीपको एक किसिमको…
काठमाडौं : फिल्म घोषणा भएदेखी नै चर्चामा रहेको फिल्म हो 'ब्याचलर बन्टी'। फिल्मका लागि अभिनेता अनमोल केसी अनुबन्धित भएसँगै फिल्मको चर्चा सुरु भएको थियो। लामो समय निर्माण टिमले फिल्मका कलाकार छनोटमा समय बिताए। अब भने निर्माण टिम अनमोलका लागि स्क्रिन जोडी खोज्न सफल भएका छन्। फिल्मका लागि 'मिस् एसिया २०१७'की विजेता उकुसा गिरी फाइनल भएकी छिन्। 'हामीले अन्तरवार्ताबाट नै उनलाई चुन्यौं।…
काठमाडौँः नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’लाई अन्तिम रुप दिन दुवै देशका अधिकारीको तेस्रो बैठक आजदेखि काठमाडौँमा सुरू हुँदैछ। दुई दिनसम्म चल्ने बैठकले सन् २०१६ मा केपी ओली प्रधानमन्त्रीको रूपमा पहिलोपटक चीन जाँदा दुर्इ देशबीच भएको व्यापार तथा पारवहन सम्झौताको प्रोटोकललार्इ टुंगो लगाउने बताइएको छ। गत असारमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा प्रोटोकललार्इ अगस्टभित्र टुंग्याउने सहमति भएको थियो। यसबीच गत साउन नेपाली…
गाईघाटः जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ। जिल्ला न्यायाधीश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो। बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए। किटानी जाहेरीपछि कार्की पक्राउ…
इस्लामाबादः प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार भएका आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्। पाकिस्तानको दुबै संसद तथा चारवटा प्रान्तीय सभाका सांसदहरुले राष्ट्रपतिका लागि मङ्गलबार मतदान गरेका थिए। पाकिस्तानमा हाल मामून हुस्सैन राष्ट्रपतिमा छन्। पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको परिणाम बुधबार प्रमाणित गरेसँगै आरिफ अल्भी निर्वाचित भएको घोषणा गरिनेछ। निर्वाचन आयोगका अनुसार, अल्भीले संसदको माथिल्लो र तल्लो…
बेइजिङः अफ्रिकामा अत्यासलाग्दो ऋणबारे विभिन्न क्षेत्रबाट चासो व्यक्त भइरहेका समय चीनका राष्ट्रपति सी चिन फिङले यसबाट अफ्रिकालाई उद्धार गर्ने प्याकेजका रूपमा ६० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहयोग घोषणा गरेका छन्। राष्ट्रपति सीले आर्थिक प्याकेजको घोषणा चीन–अफ्रिका सहकार्य (एफओसीएसी) शिखर सम्मेलनको मञ्चबाट घोषणा गरेका हुन्। सम्मेलनमा विभिन्न ५३ अफ्रिकी राष्ट्रहरूको सहभागिता रहेको सिएनएनले जनाएको छ। यसलाई चीनले आफ्नो प्रभाव अफ्रिकी…
काठमाडौँः तपाईँ सुन किन्ने विचारमा हुनुहुन्छ? त्यो पनि बजारको दर भन्दा कम मूल्यमा? तपाईँलाई कसैले यसो भनेर सुन खरिद गर्न भनिरहेको छ भने होसियार! राजधानीमा अहिले सुन बेच्ने ठगहरू सक्रिय भइरहेका छन्। सस्तोमा सुन बिक्री गर्ने भन्दै तपाईँलाई उनीहरूले नक्कली सुन बचेर फरार हुने गरेको प्रहरी रेकर्डले देखाएको छ। मङ्गलबार मात्र प्रहरीले नक्कली सुन बिक्री गरेर ठगी गर्ने ६ जनालाई…
बैतडीः पछिल्लो तीन वर्षमा नेपाल–भारत सिमानाका झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार गरिएको छ। विभिन्न बहानामा भारत लैजाँदै गरेको अवस्थामा महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा प्रहरी चौकी झुलाघाटका इन्चार्ज, प्रहरी नायब निरीक्षक उमेशकुमार पालले जानकारी दिए। आर्थिक वर्ष २०७२/७३ मा २३ महिला तथा २७ बालबालिकासहित ६० जनाको उद्धार गरिएको थियो। आव २०७३/७४ मा २४ महिला र ४०…
काठमाडौँ : आयोजक बंगलादेशले साफ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। मंगलवार भको समूह ए को दोस्रो खेलमा बंगलादेशले भुटानलाई २-० ले हरायो। ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन टोपु बर्मान र रहमान सुफिलले एक-एक गोल गरे। त्यसअघि मंगलवारै भएको उद्घाटन खेलमा पाकिस्तानले नेपाललाई २-१ ले पराजित गरेको छ। जितपछि समूह ए मा बंगलादेश र पाकिस्तानले ३-३…
पोखरा : इण्डोनेशियामा सम्पन्न १८औँ एशियाली खेलकूद प्रतियोगितामा मुलुकलाई प्याराग्लाइडिङ खेलमार्फत रजत पदक दिलाउने खेलाडीलाई आज पोखरामा भव्य स्वागत गरिएको छ। गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खेलाडीलाई पोखरा विमानस्थलमा स्वागत गरेका थिए। प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्री इभेन्टमा सहभागी विजयी खेलाडी बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ,…
काठमाडौँ : 'दाहिन’ शङ्ख नेपाली समाजमा बहुमूल्य मानिन्छ। घरमा दाहिने शङ्ख भए फलिफाप हुने विश्वास छ। तर, यही शङ्ख धादिङका एक युवकका लागि भने ठीक उल्टो भएको छ। 'दाहिने शङ्ख' महँगो मूल्यमा बिक्री गर्न लागेको अवस्था प्रहरीले पक्राउ गरेपछि फलिफापको विश्वास गरिरहेका युवक फन्दामा परेका हुन्।महानगरीय प्रहरी परिसरको टोलीले धादिङका ती युवकलाई पक्राउ गरेको हो। युवाको नाम भने प्रहरीले गोप्य…
काठमाडौं : ‘न्युजकारोबारडटकम’का समाचार सम्पादकलाई प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सम्पादक नवराज कुँवरलाई कार्यकक्षबाटै मंगलवार नियन्त्रणमा लिएको हो। सम्पाद कुँवरले चरित्र हत्या गर्ने किसिमको फोटो सहितको समाचार छापेपछि नियन्त्रणमा लिएको महाशाखाका एक प्रहरी अधिकृतले जानकारी दिए। उदयपुरस्थित बेलका नगरपालिकाका उपमेयर रामकुमरी चौधरीले महाशाखामा उनीविरुद्ध उजुरी दिएकी थिइन्। दुईपक्षबीच सहमति भएकाले कुँवरलाई छोड्ने तयारी भइरहेको…
काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा निर्माण गर्ने भनेको स्याटलाइट सिटीहरुका विषयमा प्रगति नभएको भन्दै संसदले सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले स्याटलाइट सिटीको कामलाई अगाडि बढाउन सरकारलाई निर्देशनसमेत दिएको छ। ‘काठमाडौं उपत्यकाको आसपास विकास गर्ने भनिएका स्याटलाइट सिटीहरुको निर्माणले गति लिन सकेको देखिँदैन। ल्याण्डपुलिङ कार्यमा समेत अपेक्षित प्रगति भएको नदेखिएकाले स्याटलाइट सिटी निर्माणमा देखिएका समस्यालाई तत्काल समाधान…
काठमाडौँ : बंगलादेशमा आजबाट सुरु भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग पराजित भएको छ। मोहम्मद अलीले इन्जुरी टाइममा गोल गरेपछि पाकिस्तानले नेपाललाई २-१ ले पराजित गरेको हो। पाकिस्तानका लागि इन्जुरी टाइमको पाँचौ मिनेटमा अलीले निर्णायक गोल गरे। ढाकास्थित बंथबन्धु नेशनल स्टेडियममा भएको खेलको ३६औँ मिनेटमा हसन बसिरले पेनाल्टीमा गोल गर्दै पाकिस्तानलाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले…
काठमाडौं : प्रहरीले काठमाडौँको दरबारमार्गबाट रेड पाण्डाको छाला सहित दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले पाँच वटा रेड पाण्डाको छाला सहित पक्राउ गरेको हो। प्रहरीले शुक्र राई र अजित बस्नेतलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्लले जानकारी दिए। बौद्धबाट मोटरसाइकलमा राखेर बिक्रीका लागि लैजाँदै गर्दा पक्राउ गरेको हो। हिजोमात्र प्रहरीले चितुवाको छालासहित २६ वर्षीय अनमोल…
काठमाडौं : हराइरहेकी एक किशोरी फेला परेकी छिन्। बानेश्वरको मिलन चोकबाट हराएकी १५ वर्षीया किशोरी निक्की पराजुलीलाई प्रहरीले फेला पारेको हो। महानगरीय प्रहरी परिसरको टोलीले पराजुलीलाई गत आइतवार वीरगंजमा फेला पारेको परिसरका एसपी रामदत्त जोशीले जानकारी दिए। भ्याली बोर्डिङ स्कुलको कक्षा १० मा अध्ययनरत पराजुली गत साउन २८ गते हराएको उजुरी उनका दाजुले महानगरीय प्रहरी बृत्त गौशलामा दिएका थिए। निक्की…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेक सम्मेलनको चौतर्फी प्रशंसा भएको दाबी गरेका छन्। बिम्स्टेक बैठकमा आएका पाहुनाहरुले मुक्तकण्ठले प्रशंसा गरेको ओलीले बताए। बिम्स्टेक सम्मेलन रे संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भने, ‘कसैले हिन्दीमा मुक्तकण्ठले प्रशंसा गर्नु भयो, कसैले इंग्लिसमा मुक्तकण्ठले प्रशंसा गर्नु भयो। कसैले प्रशंसा अनुवाद गराएर अंग्रेजीमा सुनाउनु भयो। तर, प्रशंसा सबैले मुक्तकण्ठले गर्नु…