बलिउड अभिनेत्री दीपिका पादुकोणको हलिउड डेब्यू फिल्म हो 'ट्रिपल एक्स - रिटर्न अफ जेन्डर केज'। फिल्ममा उनले भिन डिजेलसँग अभिनय गरेकी थिइन्। अब यसै फिल्मका निर्देशकले ट्रिपल एक्सको अर्को फ्रेन्चाइज बनाउने घोषणा गरेका छन्। डिजे कारुसोले फिल्ममा अभिनेत्री दीपिका पनि देखिने बताए। एक्सन जनरामा बन्ने फ्रेन्चाइजमा दीपिका फाइनल भएको खबर भारतीय मिडियामा उल्लेख छन्। पछिल्लो समय फिल्मको प्रमोसनका लागि फिल्मको टिम…
बंगलादेशमा आजबाट सुरु हुने साफ च्याम्पियनसिपअन्तर्गत पाकिस्तान विरुद्धको खेलका लागि नेपालको प्लेइङ ११ सार्वजनिक गरिएको छ। जसमा पहिलो पटक टिममा परेका सुमन अर्यालले डेब्यु गर्दै छन्। बंगलादेशको ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा खेल नेपाली समयअनुसार ३:४५ बजे सुरु हुनेछ। नेपालको प्लेइङ ११ गोलकिपर : किरण चेम्जोङ डिफेन्डर : विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी,सुमन अर्याल मिडफिल्डर : रोहित चन्द, सुजल…
काठमाडौंः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का नेता भीम रावलले बिम्स्टेक सदस्य राष्ट्रहरुबीचको संयुक्त सैन्य अभ्यासको औचित्य पुष्टि गर्न सरकारसँग माग गरेका छन्। मंगलबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कार कार्यक्रममा उनले संयुक्त सैन्य अभ्यास गर्ने निर्णय प्रति आपत्ति जनाउँदै उनले नेपालले सैन्य अभ्यासमा सहभागी हुनुको औचित्य पुष्टि गर्न माग गरेका हुन्। उनले नेपाल राष्ट्र र नेपाली जनताको हितमा नहुने…
काठमाडौँ : युएई र हङकङ मलेसियामा भइरहेको एसिया कप छनोटको फाइनलमा पुगेका छन्। मंगलवार भएको लिगको अन्तिम खेलमा जित हात पार्दै युएई र हङकङले क्रमश: पहिलो र दोस्रो स्थानमा रहदै फाइनलमा स्थान बनाए। यसअघिका चार खेलमा अपराजित रहेपनि अन्तिम खेलमा युएईसँग १३ रनले पराजित भएपछि हङकङ समान ७ अंक जोडेपनि रनरेटमा पछि पर्दै ओमान भने फाइनल पुग्नबाट बञ्चित भयो। अन्तिम…
काठमाडौंः प्रतिनिधिसभा कानुन, न्याय तथा मानव अधिकार समितिले समितिको कार्यविधि पारित गरेको छ। समितिको मंगलवार सिंहदरबारमा बसेको बैठकले समितिको कार्यविधिलाई परिमार्जनसहित पारित गरेको हो। उपसमितिले तयार पारेको समितिको कार्यविधिलाई परिमार्जनसहित पारित गरिएको समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए। समितिको बिहीवार बसेको बैठकले कार्यविधिको मस्यौदा बनाउन कृष्णभक्त पोखरेल, पदमनारायण चौधरी र शशी श्रेष्ठ रहेको तीन सदस्यीय उपसमिति गठन गरेको थियो। …
काठमाडौँ : एसिया कप छनोटअन्तर्गत लिगको अन्तिम खेलमा नेपालले हङकङसँग ३ विकेटले पराजित भएको छ। नेपालले दिएको ९६ रनको सामान्य लक्ष्य हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ५० ओभर पनि ब्याटिङ गर्न सकेन। हङकङका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल ३७.५ ओभरमै ९५ रनमा अलआउट भयो। नेपालको लागि आरिफ शेखले…
नेपाली फिल्म 'माइतीघर'की अभिनेत्री माला सिन्हा एक समयको चर्चित बलिउड अभिनेत्री हुन्। उनले बलिउडका अधिकांश भेट्रान कलाकारसँग काम गरेकी छिन्। उनले बलिउडमा एक दशक राज गरिन्। हाल मुम्बईको बान्द्रामा बस्दै आएकी उनी अहिले ८२ वर्षको भइन्। नेपाली कलाकार सिपीप्रसाद लोहनीसँग बिहे गरेकी उनकी एक छोरी छिन्। छोरी प्रतिभा सिन्हा पनि अभिनयमा नै लागेकी छिन्। मालाले बलिउड अभिनेता अशोक कुमार, अमिताभ बच्चन,…
काठमाडौं : नेपाल चिकित्सक संघले जारी आन्दोलन स्थगित गरेर सरकारलाई २५ गतेसम्मको अल्टिमेटम दिएको छ। हिजो सोमवार स्वास्थ्य मन्त्रालयले ऐन संशोधन गर्ने प्रतिवद्धता जनाएपछि संघले आफ्नो आन्दोलन स्थगित गरेको हो। २५ गतेसम्ममा संदमा संशोधन प्रस्ताव दर्ता नगरे २६ गतेबाट देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका अन्य सेवा बन्द गर्ने संघले चेतावनी दिएको छ। भदौ १ गतेबाट आन्दोलन सुरु गर्ने भनेका डाक्टरहरुले…
मलाई सबैले कर मन्त्रीका रूपमा लिन थाल्नु भएको छ। जग्गा बेच्यो जग्गामै कर लियो भन्नुहुन्छ। गाई बेच्यो गाईमै लियो भन्नुभएको छ। घरजग्गा रजिस्ट्रेसन दस्तुर लगाइदिएको छ भन्नुहुन्छ। म नगरमा बस्छु अनि सम्पत्ति कर लगाइदिएको छ। वास्तवमा हुनुपर्ने चाहिँ कानुन हो तर सबै कुरा गुनासाका रूपमा आइरहेका छन्। हुँदाहुँदा एक जना नगर प्रमुखले त के भन्नुभयो भने मेरो सम्पत्ति मैले बेच्छु,…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले चौथो बिमस्टेक सम्मेलनबारे संसदलाई जानकारी गराउने भएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सम्मेलनबारे जानकारी दिन लागेको सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए। बैठक दिउँसो १ बजे बस्दैछ।
काठमाडौं : 'द म्यान फ्रम काठमाडौं' टिमले फिल्मको प्रचार सुरु गरेको छ। टिमले फिल्मको प्रचार अस्त्र ट्रेलर पनि सार्वजनिक गरेको हो। पाँच करोड लगानीमा निर्माण भएको यो फिल्म नेपालमा बनेको अंग्रेजी फिल्म हो। फिल्मको छायाँकन लस–एन्जलस र काठमाडौंमा गरिएको थियो। आइतबार अमेरिकाको सिकागोमा आयोजित नेपाली नेसनल कन्भेन्सन २०१८ समारोहमा फिल्मको ट्रेलर–पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा फिल्मको मुख्य पात्रको अनुहारलाई मुकुन्डोले छोपिएको…
काठमाडौँ : एसिया कप छनोट अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले हङकङ विरुद्ध खराब ब्याटिङ गर्दा ९५ रनमा अलआउट भएको छ। युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरा ५० ओभर पनि ब्याटिङ गर्न सकेन। हङकङका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल ३७.५ ओभरमै ९५ रनमा अलआउट भएको हो। नेपालको लागि आरिफ शेखले १८, ओपनर अनिल कुमार शाहले १५, कप्तान पारस…
धनुषाः धनुषामा सोमबार राति गोली चलेको छ। अज्ञात समूहले एक युवकमाथि गोली चलाएको हो। मोटरसाइकलमा रहेका लक्ष्मिनिया ६ का ३५ वर्षीय सञ्जय शर्मामाथि गोली चलाइएको हो। गोली लागेर शर्मा घाइते भएका छन्। उनको दाहिने कोखामा एक गोली लागेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी गोविन्द थपलियाले जानकारी दिए। थपलियाले गोली चलाउनेको खोजी भइरहेको बताए। घाइते शर्माको जनकपुर अञ्चल अस्पतालमा उपचार हुन…
काठमाडौँ : एसिया कप छनोट अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले हङकङ विरुद्ध खराब ब्याटिङ गरेको छ। युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २१ ओभरमा जम्मा ५५ रन बनाँदा ६ विकेट गुमाइसकेको छ।
काठमाडौँः मलेसियामा जारी एसिया कप छनोट प्रगियोगितामा नेपाल र हङकङबीचको खेल जारी छ। पहिलो ओभरदेखि नै विकेट गुमाउन सुरु गरेको नेपालको खराब प्रदर्शन जारी छ। नेपालले ५५ रन जोड्दा दुई ओपनरसहित महत्वपूर्ण ५ विकेट गुमाएको छ। नेपालले १९ ओभरमा ५ विकेट गुमाएर ५५ रन जोडेको छ। ओपनरद्वय सुवास खकुरेल र अनिलकुमार साह तथा कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल…
चितवनः स्कुटर नहरमा खस्दा एक जनाको मृत्यु भएको छ भने एक व्यक्ति बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–७ तेह्रसाल चोकमा गएराति स्कुटर नहरमा खस्दा सोही महानगरपालिका–४ का ४७ वर्षीय भविश्वर भण्डारीको मृत्यु भएको हो। स्कुटरमा सवार अर्का व्यक्ति नहरमा बगेर बेपत्ता भएका छन्। उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भरतपुरको पेन्सन क्याम्पबाट तेह्रसाल चोकतर्फ आउँदै गरेको ना…
एसिया कप छनोट अन्तर्गत नेपाल र हङकङबीच अहिले खेल भइरहेको छ। मलेसियामा जारी खेलमा नेपालले खराब सुरुवात गरेको छ। पहिलो ओभरमै ओपनर सुवास खक्ुरेललाई शून्य रनमा गुमाएको नेपालले आठौँ ओभरको अन्तिम बलमा कप्तान पारस खड्कालाई पनि गुमाएको छ। ८औँ ओभरको अन्तिम बलमा कप्तान पारस खड्का व्यक्तिगत १४ रनमा आउट भएका हुन्। पढ्नुस्ः एसिया कप छनोटः नेपाल र हङकङ भिड्दै, नेपालको…
काठमाडौँः मोटरसाइकलको ठक्करबाट कोटेश्वरमा एक पैदलयात्रीको मृत्यु भएको छ। गएराति करिब ९ बजे बालकुमारीबाट काटेश्वर आउँदै गरेको बा ९२ प ५०६६ नम्बरको मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका नाम र ठेगाना नखुलेको अन्दाजी ३०र३२ वर्षीय पुरुष पैदलयात्रीको उपचारको क्रममा सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न मोटरसाइकलसहित चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ।
एसिया कप छनोट प्रतियोगिता अन्तर्गत नेपाल र हङकङबीच खेल भइरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको छ। ओपनर सुवास खकुरेल शून्य रनमै आउट भएका छन्। पहिलो बलमै सुवास तनवीर अफजलको बलमा बोल्ड भएका हुन्। पहिलो ओभरमा नेपालले २ रन जोड्दा १ विकेट गुमाएको हो। ८औँ ओभरको अन्तिम बलमा कप्तान पारस खड्का व्यक्तिगत १४ रनमा आउट भएका…
बैतडी अरिङगालको टोकाइबाट सोमबार एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। अरिङगालको टोकाइबाट पाटन नगरपालिका–४ चिल्लेपानीका तीन वर्षीया सम्झना लुहारको मृत्यु भएको हो। बारीमा मकै भाचिँरहेका बेला उनलाई अरिङ्गालले टोकेको हो। स्थानीयवासी राजेन्द्र विष्टका अनुसार अरिङगालको टोकाइबाट पाँच वर्षीया दीपा लुहार र नौ वर्षीय जगदीश लुहार रहेका छन्। रासस