काठमाडौँ : नेपाली यू–१९ टोलीले आगामी भदौ अन्तिम साता भारतमा एक दिवसीय सिरिज खेल्ने भएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई)ले यू–१९ एक दिवसीय सिरिजका लागि नेपालसहित अफगानिस्तानको यू–१९ टोलीलाई भारत बोलाएको हो। आगामी भदौ २४ देखि असोज ४ गतेसम्म हुने प्रतियोतिामा भारतकै यू-१९ र नेशनल क्रिकेट एकेडेमी (एनसिए) को टोली पनि सहभागी हुनेछ। प्रतियोगितामा सहभागिता जनाउन बिसिसिआईले नेपाललाई पत्र…
काठमाडौँः महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध भारतीय रुपैयाँ दुई लाख ६३ हजार २०० र नेपाली एक लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरका ५० वर्षीय ज्योतिरत्न बज्राचार्य, ६१ वर्षीय हरिशरण श्रेष्ठ र ५९ वर्षीय प्रेमलाल श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। दक्षिणकाली नगरपालिका–५ फर्पिङमा विभिन्न सवारी साधन चेकजाँचका क्रममा उनीहरूलाई सोमबार राति पक्राउ गरी आज…
प्रि सिजन टुर अन्तर्गत भइरहेको इन्टरनेशनल च्याम्पियन्स कपको अन्तिम खेलमा रियल मड्रिड र चेल्सी विजयी भएका छन्। स्पानिस जायन्ट रियल मड्रिडले इटालियन क्लब रोमालाई २-१ ले हरायो। रियलका लागि पहिलो हाफमा मार्को असेन्सिओ र गारेथ बेलले गोल गरे। रोमाका लागि दोस्रो हाफमा केभिन स्ट्रुटनले एक गोल फर्काए। यस्तै चेल्सीले पेनाल्टीसुटआउटमा फ्रेन्च क्लब लियोनलाई ५-४ ले पराजित गर्यो। चेल्सीका लागि भेट्रान…
विराटनगरः सुनसरी रामधुनी नगरपालिका–३ स्थित झरना खोलाले बगाएर मंगलबार एक बालिकाको मृत्यु भएको छ भने मृतककी भाइ बेपत्ता भएका छन्। प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार रामधुनी नगरपालिका–३ का दिनेश खड्काको ११ वर्षीया छोरी सृजना खड्का र ७ वर्षीय छोरा अस्मिन खड्का बिहान भाडा माझ्ने क्रममा चिप्लिएर खोलामा खस्दा बगाएर बेपत्ता भएका थिए। इलाका प्रहरी कार्यालय पकलीबाट…
म्याग्दीः अन्नपूर्ण गाउँपालिका–६ घारमा स्थानीयवासीको पहलमा विद्यालय भवन पुनःनिर्माण गरिएको छ। विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण जीर्ण बनेको मुक्तिमार्ग मावि यहाँका बासिन्दाले रु ५० लाख सहयोग जुटाएर पुनःनिर्माण गरेका हुन्। उक्त भवन पुनःनिर्माण गर्न एउटै परिवारले रु ३० लाख सहयोग गरेको छ। विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रामबहादुर खड्काका अनुसार १२ कोठे भवन पुनःनिर्माणका लागि स्थानीयवासी टीकाबहादुर खड्काको परिवारले…
चितवनः गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ। पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना ६ ख १७४१ नम्बरको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो। दुर्घटनामा १७ जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१० भानुचोकमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चपुरका ट्रक चालक ३४ वर्षीय…
पोखरा : इण्डोनेसियामा यही अगष्ट १८ देखि सेप्टेम्वर २ सम्म आयोजना हुने १८औं एसियन गेम्स सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली मंगलवार पोखराबाट प्रस्थान गरेको छ। नेपालबाट ५ पुरुष र ३ महिला गरी कूल ८ खेलाडीले एसियन गेम्समा प्रतिस्पर्धा गर्नेछन्। प्याराग्लाइडिङ टोलीमा रहेका सबै खेलाडी कास्कीका हुन्। यस्तै टिममा सबैभन्दा कान्छा खेलाडी १६ वर्षका युकेश गुरुङ पनि छन्। खेलाडीहरुमा बिमल अधिकारी (टिम कप्तान),…
काठमाडौं : पार्टी नेपालको आयोजनामा सर्वाधिक ठूलो 'पुल पार्टी' पुन: आयोजना हुने भएको छ। 'ग्रिन्ड' नाम दिइएको उक्त कार्यक्रमको तेस्रो संस्करण आउँदो सेप्टेम्बरमा हुन लागेको हो। १५ वर्षदेखि देश, विदेशमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको पार्टी नेपालले यसअघि 'ग्रिन्ड'को दुई संस्करण भव्यताका साथ सम्पन्न गरिसकेको थियो। योपटक 'लेट्स गेट आउट अफ द बक्स' भन्ने नारासहित आयोजना गर्न लागेको पार्टीमा सर्वाधिक…
काठमाडौँ : एसियन गेम्सको तयारीका लागि हाल थाइल्याण्डमा रहेको नेपाल यू-२३ टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ। बैँककस्थित पुलिस तेरो एफसीको मैदानमा भएको खेलमा नेपाल यू-२३ टोली पुलिस तेरोको बी टिमसँग १-० ले पराजित भएको हो। आफ्नै खेलाडीले गरेको आत्मघाती गोलमा नेपाली टोली पारजित भयो। खेलको ३९औँ मिनेटमा आदित्य चौधरीले आफ्नै पोष्टतर्फ हानेको बल गोलकिपर एलान न्यौपानेले रोक्न नसक्दा आत्मघाती गोल…
काठमाडौँ : क्यारेबियन प्रिमियर लिग भोलिबाट सुरु हुँदैछ। ६ टोली सहभागी प्रतियोगितामा यस पटक नेपाली युवा स्टार सन्दीप लामिछानेले समेत खेल्दैछन्। सन्दीपलाई क्रिस गेलको टिम सेन्ट नेभिस एण्ड प्याट्रिओट्सले अनुबन्ध गरेको हो। सीपीएल खेल्नका लागि सन्दीप नेदरल्याण्ड्सबाट आइतवार नै वेष्टइन्डिज पुगिसकेका छन्। Getting ready for the biggest party in sport. @CPL @sknpatriots !! pic.twitter.com/b1de1lz9bf — Sandeep Lamichhane (@IamSandeep25) August…
विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीको कीर्तिमान बनाएका इजिप्टमा गोलकिपर एसाम अल हाडारीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन्। रसियामा विश्वकप खेलेको एक महिना नबित्दै ४५ वर्षिय भेट्रान हाडारीले सन्यास लिएका हुन्। २१औँ विश्वकप अन्तर्गत समूह चरणको खेलमा साउदी अरेबिया विरुद्ध मैदा उत्रँदै उनले कीर्तिमान बनाएका हुन्। विश्वकपका एक खेल मात्र खेलन पाएका हाडारी साउदी विरुद्ध खेल्दा ४५ वर्ष १६१…
काठमाडौं : फिल्म 'ब्ल्याक' भदौ १ गतेबाट प्रदर्शनमा आउने फिल्म हो। फिल्मको खासै चर्चा सुनिंदैन। निर्माण टिमले फिल्मको प्रचारमा ढिला सुरु गर्यो। टिमले हालै फिल्मको प्रचार पनि थाल्यो। आकाश श्रेष्ठ र आँचल शर्मा अभिनित फिल्म टिम यतिबेला पुर्वी नेपालमा छ। झापाको बिर्तामोडमा आकाश र आँचलले फिल्मबारे जानकारी दिएका छन्। आँचलले बच्चादेखि बृद्धसम्म सबैलाई समेट्ने किसिमको कथा फिल्मले बोकेको बताइन्। भनिन् 'पछिल्लो…
काठमाडौं : निर्माता सन्तोष सेनको टिम यतिखेर फिल्म प्रचारका लागी मोफसलतिर छन्। ७ वर्षिय छोरो आयुवलाई लिएर उनको टिम मोफसल पुगेको हो। भाद्र १५ देखि प्रदर्शनमा आउने फिल्म 'मेरी मामु'को टिम पुर्वका विभिन्न विद्यालयमा प्रचार गरेको छ। फिल्मका मुख्य कलाकार आयुव र नायिका कुसुम गुरुङका साथमा निर्माता सेन विद्यालय पुगेका हुन्। फिल्म बाल मनोविज्ञानमा आधारित रहेकोले निर्माण टिम विद्यालयमा प्रचारका लागि पुगेको हो। टिमले विद्यालगमा…
वादी समुदायको कथामा आधारित भनिएको पुस्तक नथिया र ऐलानी र फिल्म पण्डित बाजेको लौरी विरुद्ध वादी समुदायले आपत्ती जनाएको छ। दुई पुस्तक र फिल्मले समुदायलाई होच्याएको भन्दै कानूनी उपचारको प्रक्रियामा उत्रने घोषणा भएको हो। बुकहोलिक्सले आयोजना गर्दै आएको चकटी बहसको ५४ औं श्रृङ्खलामा सरस्वती प्रतीक्षाको नथिया र विवेक ओझाको ऐलानमाथि छलफल थियो। उक्त कार्यक्रममा अधिकारकर्मी गोपाल नेपालीले नथिया र ऐलानी पुस्तकले…
काठमाडौं : 'मिस टुरिजम–२०१८' को प्रथम अडिसन आईतबार काठमाडौंमा सम्पन्न भएको छ। प्वाईन्ट मिडिया प्रा.लि द्धारा आयोजित प्रतियोगिताको अडिसनमा १८ जना प्रतिस्पर्धिहरुले अडिसन दिए। अडिसनको निर्णायकमा ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का उपाध्यक्ष खुमबहादुर सुवेदी, युवा पर्यटन व्यवसायि एवम् पुस्तक लेखक राजन सिम्खडा, युवा पर्यटन व्यवसायि विष्णु पाण्डे, मिस टुरिजमका कोरियोग्राफर रोजिन शाक्य, मिस टुरिजम–२०१६ ओरुषा थापा रहेका थिए। आयोजक…
काठमाडौं : अभिनेता पल शाह फेरी म्यूजिक भिडियोमा फर्केका छन्। पछिल्लो समय 'शत्रुगते'मा देखिएका पल नयाँ म्यूजिक भिडियो गर्न व्यस्त देखिन्छन्। 'नाई नभन्नु ल ४' बाट फिल्म क्षेत्रमा डेब्यू गरेका पललाई दर्शकले फिल्ममा पनि रुचाए। म्यूजिक भिडियोबाट फिल्ममा प्रवेश गरेका पलको 'जोनी जेन्टलमेन्ट' खासै चलेन। पुजा शर्मासँग म यस्तोमा देखिएका पल यतिखेर म्यूजिक भिडियोमा फर्किएका हुन्। उनी एक समय म्यूजिक भिडियो…
लमजुङः नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। दुधपोखरी गाउँपालिका २ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो। गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए। परियारले छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले…
काठमाडौँः उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र अमेरिकाबीचको सैन्य सम्बन्धलाई व्यवस्थित र कार्यक्रममा आधारित बनाउनुपर्नेमा जोड दिएका छन्। अमेरिकी सेनाका इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर ब्रायन फेन्टनसँगको भेटमा पोखरेलले नेपाली सेनाको तालिम र कुशलता अभिवृद्धिका लागि अमेरिकी सहयोग महत्वपूर्ण हुने बताए। भेटमा डेपुटी कमाण्डर फेन्टनले नेपाल र अमेरिकाबीच ‘स्टेट पार्टनरसीप प्रोग्राम’ सञ्चालन गर्ने नीतिबारे नेपाललाई पहिलो प्राथमिकता दिएको बताए। नेपाली…
काठमाठौँ : यही अगष्ट अन्तिमबाट मलेसियामा सुरु हुने एसिया कप छनोट क्रिकेटका लागि हङकङ र ओमानले अन्तिम टोली घोषणा गरेका छन्। बाबर हायतको कप्तानीमा हङकङको १५ सदस्यीय टोली घोषणा भएको हो। टोलीका अंशुमन रथ (उपकप्तान), तनविर अफजल, नादिम अहमद, हारोन अर्साद, क्रिस कार्टर, अइजाज खान, एहसान खान, निजाकात खान, वाकास खान, क्यामरन म्याकअस्ला, स्कट म्याकेन्नी, एहसान नवाज, किन्चित शाह र जथा…
उर्लाबारीः सुनवर्षी नगरपालिका–२ झपरतोलमा मोटरसाइकल दुर्घटनामा परी गएराति एकजनाको ज्यान गएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ६६९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ३ प ९३१० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा ६६९४ नम्बरको चालक रतुवामाई नगरपालिका–२ का ५५ वर्षीय जगदीश साहको मृत्यु भएको हो। उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी…