काठमाडौँ : पहिलो ओडिआई सिरिज खेल्दै नेदरल्याण्ड्स विरुद्ध पहिलो ओडिआई जित हात पारेको नेपाली क्रिकेट टोली सोमबार बिहान काठमाडौँ आइपुगेको छ। ऐतिहासिक ओडिआई जितेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसिचव केशव कुमार विष्ट लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। नेपाली टोलीका युवा स्टार सन्दीप लामिछाने भने सीपीएल खेल्नका लागि नेदरल्याण्ड्सबाटै वेष्टइन्डिज गइसकेका छन्। नेदरल्याण्ड्स पुगेका १९ सदस्यीय टोली मध्ये कप्तान…
रियल मड्रिडबाट व्यावसयिक फुटबल खेल्ने मिडफिल्डर टोनी क्रुस पहिलोपटक जर्मन वर्ष खेलाडी घोषित भएका छन्। फुटबल म्यगाजिन किकरले प्रदान गर्ने उक्त अवार्डका लागि क्रुसले सर्वाधिक १२५ भोट पाए। जर्मनीका खेलपत्रकारले प्रदान गरेको भोटको आधारमा विजेता छनोट गरिएको हो। फेइवर्गका निल पिटरसन (३९) दोस्रो तथा एफसी साल्केका नाल्डो (३८) तेस्रो भए। वर्ष खेलाडी भएपछि क्रुसले आफु एकदमै सम्मानित भएको र जो…
काठमाडौँः संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत भएको जानकारी संवैधानिक परिषदमा पठाएसँगै नयाँ प्रधानन्यायाधीश सिफारिसको प्रक्रिया पुनः अघि बढ्ने भएको छ। संघीय संसद् सचिवालयका तर्फबाट परिषद् सचिवालयमा पत्र पठाइएको हो। शुक्रबार जोशीलाई अस्वीकृत गर्ने निर्णय भए पनि आइतबारमात्र पत्र पठाइएको हो। पत्रमा जोशीका विषयमा भएको मतदान र मतपरिणाबारे जानकारी गराइएको छ। संघीय संसद्को संयुक्त बैठक तथा समिति…
इंग्ल्याण्डका युवा खेलाडी मार्कोस रासफोर्डलाई म्यानचेष्टर युनाइटडको १० नम्बर जर्सी प्रदान गरिएको छ। गएराति भएको वायर्न म्युनिखविरुद्धको मैत्रीपूर्ण खेलमा रासफोर्डले १० नम्बर जर्सी लगाएर खेलेका हुन्। ज्लाटन इब्राहिमोभिचले क्लब छाडेपछि खाली भएको जर्सी युवा खेलाडीलाई दिइएको हो। यसअघि वायन रुनीले पनि नम्बर १० जर्सी लागएका थिए। It's official - @MarcusRashford is #MUFC's new no.10! 👍 pic.twitter.com/aEGPzmz5WB — Manchester United (@ManUtd) August…
काठमाडौँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका इकाइ प्रमुख सुरेन्द्रराज पराजुलीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। इकाइ प्रमुख पराजुलीले रु दुई लाख ८० हजार घुस लिएको अभियोग लागेको छ। विकास निर्माणका कार्यमा अवैधरुपमा रकम उठाई नदिएसम्म तलबभत्ता रोक्का गरिदिने धम्की दिई कार्यालयमा कार्यरत सव–इञ्जिनियरसँग घुस रकम माग्दामाग्दै पक्राउ गरिएको आयोगले जनाएको छ।…
काठमाडौँः नेपाल लेखापढी कानून व्यवसायी मुलुकी देवानी संहिता ऐन तथा अपराध संहिता ऐनका बारे दीक्षित भएका छन्। ती ऐनमा परिमार्जित गरी समावेश भएका मुलुकी फौजदारी कार्यविधि, तारिख, वारिस, प्रमाण परीक्षण, सजाय, जरिवाना, क्षतिपूर्तिसम्बन्धी व्यवस्था, करणीसम्बन्धी कसुर, करार तथा अन्य दायित्वको व्यवस्था, मुलुकी देवानी कार्यविधि, मुलुकी अपराधजस्ता विषयमा सेवाग्राहीलाई लाभान्वित गराउने उद्देश्यले उनीहरुलाई दीक्षित गरिएको छ। नेपाल वार एशोसिएशन र नेपाल…
चितवन: निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान ५ः५५ बजेबाट सडक अवरुद्ध भएको हो। जलविरे इच्छाकामना गाउँपालिका–६ मा र घुमाउने भरतपुर महानगरपालिका–२९ मा पर्दछ ती दुवै ठाउँमा चार दिनयता पहिरो खस्ने र रोकिने क्रम जारी छ। त्यसैगरी पृथ्वी…
काठमाडौः बहुमूल्य पत्थर रुबीसहित प्रहरीले एक जनलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट प्रहरी निरीक्षक उज्वल सिंहको कमाण्डमा खटिएको टोलीले आइतवार ४८ वर्षीय दीपक सिजापतीलाई नियन्त्रणमा लिएको हो। सिजापतीको साथबाट प्रहरीले दुई किलो रुबी समेत बरामद गरेको छ। सिजापतिको साथबाट बरामद गरिएको रुबीको मुल्य १० करोड रुपैयाँभन्दा बढी पर्ने प्रहरीले जनाएको छ।
पाल्पाः इलाका प्रहरी कार्यालय रामपुरले लागु औषध दुर्व्यसन विरुद्ध प्रशिक्षण दिएको छ। रामपुर नगरपालिका वार्ड नम्बर ४ स्थित सीताराम माध्यमिक विद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई प्रशिक्षण दिएको हो । कार्यक्रममा विद्यार्थीलाई लागु औषध भनेको के हो? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ? लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात् के…
सर्जियो अगुएरोको दुई गोल मद्दतमा चेल्सीलाई हराउँदै म्यानचेष्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ। लण्डनको वेम्ली स्टेडियममा आइतवार भएको खेलमा सिटीले चेल्सीलाई २-० ले हरायो। सिटीका लागि अगुएरोले दुवै हाफमा एक-एक गोल गरे। पहिलो हाफको १३औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका अगुएरोले दोस्रो हाफको नि १३औँ मिनेटमै गोल गरे। पहिलो गोल गरेसँगै अगुएरोले सिटीका लागि दुई सयौँ गोल पुरा…
काठमाडौँ : इन्डोनेसियामा हुने १८औँ एसियन गेम्स अन्तर्गत फुटबलतर्फ नेपालले पहिलो खेल जापानसँग खेल्ने भएको छ। भदौ २ देखि १७ गतेसम्म जाकार्तामा हुने एसियन गेम्समा नेपाली यू-२३ टोले पहिलो दिनमै एसियन पावर हाउससँग खेल्नेछ। नेपाल र जापानसँगै समूह डी मा भियतनाम र पाकिस्तान छन्। एसियन गेम्सको उद्घाटन भदौ २ मा हुने भएपनि पुरुष फुटबल साउन २९ गतेदेखि नै सुरु हुनेछ। नेपालले…
काठमाडौं : नेपालले थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक थाइल्यान्ड युनिभर्सिटी जुडो च्याम्पियनसिपमा २ स्वर्ण जितेको छ। २ स्वर्णसहित नेपालले थप १ रजत र १ कांस्य पनि जितेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी दिए। पुरुष ६६ केजीमुनी इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण दिलाए। १५ प्रतिस्पर्धी सहभागी स्पर्धामा इन्द्रले ४ खेलाडीलाई पराजित गरे। उनले…
काठमाडौं: उपत्यकामा नाटक 'जिउँदो आकाश' पुन: मञ्चन हुने भएको छ। साइलेन्ट एक्टको प्रस्तुति तथा टुगेदर वी क्यान र बेरी जोन एक्टिङ स्टूडियोको सहकार्यमा ललितपुरको नखिपोटमा नाटक देखाइने भएको हो। अनिल सुब्बाले अभिनय गरेका छन्। चन्द्रप्रसाद पाण्डेको लेखन र आरके मेहता रोशनको निर्देशनमा बनेको नाटक नखिपोटको नयाँ नाटकघर बेरी जोनमा साउन २६ गते शनिबारदेखि २९ सम्म मञ्चन हुनेछ। पहिलोपटक २९ जेठ…
काठमाडौः वर्षौँदेखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको छोरा नुरप्रसादलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले आइतबार नूरप्रसादलाई नियन्त्रणमा लिएर आमा गंगामायालाई बुझाएको महाशाखा एसएसपी धिरजप्रताव सिंहले बताए। पहिलोपोस्टसँगको कुराकानीमा एसएसपी सिंहले भने, 'हामीले उहाँलाई पक्राउ गरेका हैनौँ। चार वर्षदेखि आमासँग सम्पर्क नभएको भनेपछि आमाको आग्रहमा खोजेर बुझाएका मात्र हौँ।' प्रहरीले अधिकारीलाई आइतवार बिहान करिब ११ बजेतिर ललितपुरको सानेपमा…
काठमाडौं : रन र विकेटको खेल हो क्रिकेट। अन्तिम बल र विकेट रहेसम्म क्रिकेटको रोमाञ्चकता कायम रहिरहन्छ। अन्तिम बल र विकेट नसकिएसम्म क्रिकेट खेल कसले जित्छ भन्न गाह्रो हुन्छ। नेपालले पनि धेरै खेलमा यस्तै रोमाञ्चक जित हात पारिसकेको छ। पछिल्लो पटक नेपालले युरोपियन राष्ट्र नेदरल्याण्ड्स विरुद्ध हात पारेको १ रनको रोमाञ्चक जित नेपालको लागि ऐतिहासिक बनेको छ र लामो समयसम्म…
काठमाडौँ : यही अगष्ट १८ देखि सेप्टेम्वर २ (भदौ २-२७) सम्म इन्डोनेसियामा हुने १८औँ एसियन गेम्समा स्पोर्ट्स क्लाइम्बिङतर्फ नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। प्रनिलमान श्रेष्ठ र पेम्बा शेर्पा गत वैशाख २३ गतेदेखि बन्द प्रशिक्षणमा रहेर तयारी गरिरहेका छन्। खेलाडीलाई सुनार बहादुर गुरुङले प्रशिक्षण दिइरहेका छन्। तयारीलाई अझै उत्कृष्ट बनाउने अहिले नेपाली खेलाडीद्वय विदेशी प्रशिक्षकबाट विशेष ट्रेनिङ लिइरहेका छन्। विशेष प्रशिक्षणका…
फेब्रुअरीपछि नेमारले पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि पहिलो खेल खेल्दा पिएसजीले मोनाकोलाई हराउँदै फ्रेन्च सुपर कपको उपाधि जितेको छ। अर्जेन्टाइन स्टार एन्जल डि मारियाको दुई गोल मद्दतमा लिग वान प्रतिस्पर्धी मोनाकोलाई ४-० ले हरायो। चीनमा भएको खेलमा यस्तै क्रिस्टोफर एनकुन्कु र तिमोथी वेहले १-१ गोल गरे। चोटका कारण गत फेब्रुअरीदेखि पिएसजीका लागि नखेलेका नेमार दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए।…
मैत्रीपूर्ण खेलमा दुई इंग्लिस क्लब लिभरपुल र आर्सनल विजयी भएका छन् भने टोटनहम पराजित भएको छ। लिभरपुलले इटालियन क्ल नेपोलीलाई ५-० को पराकिलो अन्तरले हरायो। लिभरपुलका लागि जेम्स मिलनर, जर्जिनिओ विज्नाल्डम, मोहम्मद सलाह, ड्यानिएल स्टुरसज र अल्बर्टो मोरेनोले १-१ गोल गरे। यसै सिजन मात्र रोमाबाट लिभरपुल पुगेका ब्राजिलियन गोलकिपर एलिसनले यसै खेलमार्फत डेब्यु गरेका छन्। उनले पहिलो खेलमा क्लिनसिट समेत राखे।…
क्रिस्टियानो रोनाल्डोको पूर्व क्लब रियल मड्रिडले वर्तमान क्लब युभेन्ट्सलाई इन्टरनेशनल च्याम्पियन्स कपमा पराजित गरेको छ। मार्को असेन्सिओको दुई तथा गारेथ बेलको गोल मद्दतमा रियलले युभेन्ट्सलाई ३-१ ले पराजित गरेको हो। रियलका ड्यानी कार्भाजलले आत्मघाती गोल गरेपछि युभेन्ट्सले १२औँ मिनेटमा अग्रता लिएको थियो। तर बेलले ३९औँ मिनेटमा गोल गर्दै पहिलो हाफमै खेल बराबरी गरे। रियलका लागि असेन्सिओले ४७औँ र ५६औँ मिनेटमा…
काठमाडौँ : अखिल नेपाल फूटबल संघ (एन्फा)ले चार वर्षदेखि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन राष्ट्रिय लिग फूटबल प्रतियोगिता आगामी असोजदेखि गर्ने घोषणा गरिसकेको छ। पूर्वराष्ट्रिय खेलाडी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा रहेको लिग कमिटिले ‘ए’ डिभिजन लिगको मिति तय गरेको हो। गत वैशाख २२ गते एन्फा निर्वाचनबाट कर्माछिरिङ शेर्पा प्यानल नै विजयी भएपछि उक्त समूहले राष्ट्रिय लिग गर्ने…