काठमाडौं: 'मिस्टर भर्जिन' टिमले प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको मोफसल प्रचार थालेको छ। टिमले आइतबार पोखराको मिड टाउन सिनेमा हलमा कलाकार सहितको साङ्गितिक कार्यक्रम गर्नेछ। टुरमा कलाकार गौरव पहारी, कमलमणि नेपाल, मरिश्का पोख्रेल, रविन्द्र झा सहितको टिम सहभागी छन्। पोखरापछि २१ गते बुटवल र चितवन, २२ गते हेटौंडा धरान, बिर्तामोड, दमकहुँदै टिम काठमाडौं फर्किने निर्देशक बिशारद बस्नेतले जनाए। वोल्ड वाइड फिल्मस्…
काठमाडौँ : सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूदअन्तर्गत महिला फूटबलको छनोट तालिका सार्वजनिक गरिएको छ। पहिलोपटक एसियाली टोलीको छनोट तालिका सार्वजनिक भएको हो। पहिलो चरणको छनोटमा नेपाल समूह ‘सी’ मा परेको छ। नेपालसँगै भारत, बंगलादेश र म्यानमार समूह ‘सी’ मा रहेका छन्। नेपालले पहिलो खेल भारतसँग आगामी ८ नोभेम्बरमा खेल्नेछ। यस्तै ११ नोभेम्बरमा म्यानमार र १३ नोभेम्बरमा बंगलादेशसँग…
काठमाडौँ : ओडिआई क्रिकेटमा पहिलो जित हात पारेको नेपाली क्रिकेट टोली भोली स्वदेश आइपुग्नेछ। नेपाली टोलीका म्यानेजर तथा टेक्निकल एनालिस्ट रमन शिवाकJटीका अनुसार टोली सोमवार बिहान ८:५० बजे त्रिभुवन विमानस्थलमा ल्याण्ड गर्नेछ। नेदरल्याण्ड्सको पहिलो ऐतिहासिक ओडिआई सिरिज अन्तर्गत दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हात पार्दै नेपालले पहिलो ओडिआई जित हात पारेको हो। पहिलो खेलमा भने नेपाल ५५ रनले पराजित…
काठमाडौं: फिल्म 'मेरी मामु'को टिम मोफसल प्रचारमा छ। भदौ १५ गतेबाट प्रदर्शनमा आउने फिल्मको एक टोली पुर्वमा छ। अर्को टिम प्रचारका लागी पश्चिम पुगेको निर्माता सन्तोष सेनले जनाए। सन्तोष फिल्म प्रचारमा निकै मिहिनेत गर्छन्। पछिल्लो फिल्म 'प्रेमगीत २' मा पनि उनले प्रचारमा निकै समय खर्चेका थिए। काठमाडौं र देशका मुख्य शहरहरुमा प्रोजेक्टर क्याम्पियन पनि चलिरहेको छ। जस अन्तर्गत फिल्मको प्रचार सामग्रीहरु…
धादिङः पहिरो आएर घरलाई थिच्दा नीलकण्ठ नगरपालिका–१० भारमालेमा शनिबार राति एक बालकको मृत्यु भएको छ। घरमाथिको पहिरोले घर पुरिएर १३ वर्षीय सुजन पुलामीको घरले चेपिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। घटनापछि गाउँवासीले पहिरो पन्छाए पनि शव निकाल्न नसकेको बताइएको छ। अबिरल वर्षाका कारण पहिरो आउने क्रम नरोकिएपछि घटनास्थलमा प्रहरी आज बिहान पुगेको छ।…
चितवनः नारायणगढ मुग्लिङ सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ। गएराति १०ः२५ बजेबाट अवरुद्ध सडक पहिरो पन्छाएपछि आज बिहान ९ः१५ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो पन्छाएसँगै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन्। सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ। सोही ठाउँमा शनिबार पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको…
पोखराः नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं पूर्व सभासद कमल पङ्गेनीको ह्दयघातका कारण निधन भएको छ। सभापति पङ्गेनीको आज बिहान आफ्नै निवासमा हृदयघातका कारण मृत्यु भएको हो। पङ्गेनी २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। शवलाई अहिले कालिका हस्पिटल हेलुमा राखिएको छ।
काठमाडौँः भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ। शनिबार राति एक कार्यक्रममा राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा आक्रमण भएको त्यहाँका सञ्चारमन्त्री जोग्रे रोड्रिगेजले जनाएका छन्। शनिबार राति देशको राष्ट्रिय गार्डको ८१ औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै गर्दा आक्रमण भएको सिन्ह्वाले जनाएको छ। विस्फोटक पदार्थ भरिएको ड्रोन राष्ट्रपति मादुरोले सम्बोधन गरिरहेको स्थान नजिकै विस्फोट भएको थियो। तर उनलार्इ केही…
काठमाडौँः संसदीय सुनुवाइबाट अस्वीकृत भएपछि कायम मुकायम प्रधानन्यायाधीश दीजकराज जोशी आजदेखि बिदामा बसेका छन्। संवैधानिक प्रावधान अनुसार शनिबार साँझ कामु प्रधानन्यायाधीश जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बिदामा बस्ने जानकारी गराएका हुन्। उनले १५ दिनका लागि बिदामा बस्ने जानकारी गराएका छन्। पढ्नुस्ः संसदीय सुनुवाईको इतिहासमा पहिलो पटक प्रधान न्यायाधीश अस्वीकृत तर, जोशी निकटहरूका अनुसार भावी प्रधानन्यायाधीशको टुङ्गो नलागेसम्म जोशी बिदामा बस्नेछन्।…
रुपन्देहीः पाल्पाको ठिमुरे ढुस्टुङ्गमा शनिबार साँझ बा १ च ७९७० नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। तानसेनबाट बिद्युतका सामाग्री लिएर ठिमुरेतर्फ जाँदै गरेको निजी हाइलक्स टोयटा जीप ठिमुरे ढुस्टुङ्गमा दुर्घटना भई खोल्सामा खसेको हो। जीपमा सवार विवेक पौडेल र डोल्पाली भनेर चिनिने एक जना गरी दुई जनाको मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले…
बैतडीः छोरी जन्माएबापत बैतडीका दोगडाकेदार गाउँपालिकाका दुई सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन्। गाउँपालिकाभित्र गत आर्थिक वर्षको अवधिमा छोरी जन्माएका २१२ आमालाई प्रोत्साहनस्वरुप एक/एक हजारका दरले भत्ता दिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिए। गत वर्षदेखि नै दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन सुरु गरेको थियो। सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चार…
चितवनः नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति १०ः२५ बजेबाट सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो खसिरहेकाले रातको समयमा सफा गर्न नसकिएको भए पनि बिहानबाट पहिरो पन्छाउने काम सुरु भएको जनाइएको छ। सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ। सोही ठाउँमा शनिबर पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो। सडकको जलबिरेमा…
दक्षिण पश्चिम चीनको गोइजौं प्रान्तमा रहेको एन्सहुनमा आयोजित वाटरफल फ्लाइट कन्फ्रेन्समा विमान र एक्रोबेट्सहरुले निकै जोखिमपूर्ण प्रदर्शनी देखाएका छन्। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले सार्वजनिक गरेका ९ तस्बिरमा हेर्नुस् ती दृष्य :
काठमाडौं: बाल गायक अशोक दर्जीको नयाँ गीत सार्वजनिक भएको छ। उनी युट्युब अन्तर्वातामा छाउनु अघि रेकर्ड गरिएको भनिएको गीत ‘छर्न चाहन्छु सुगन्ध’ बोलको गीत भिडियोसहित रिलिज भएको हो। गीतमा मञ्जुल मितेरीको शब्द तथा संगीत रहेको छ। गीतको भिडियोमा झापामा दर्जीसँगै सडकमा गीत गाएर हिड्ने भुईंकटहर (स्माइल धिताल), दीपक न्यौपाने, कौशिला राई फिचर्ड छन्। सुमन तामाङको निर्देशन रहेको गीतको भिडियोलाई उज्वल …
काठमाडौँ : नेदरल्याण्ड्सलाई अन्तिम ओभरसम्म पुगेको खेलमा १ रनले पराजित गर्दै नेपालले वान डे इन्टरनेशनल क्रिकेटमा पहिलो जित हात पार्यो। ओडिआई स्ट्याटस पाएको साँढे चार महिनापछि भएको पहिलो सिरिज नेपालले १-१ को बराबरीमा सकायो। पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले दोस्रो खेलमा पुनरागमन गर्दै १ रनको रोमाञ्चक जित हासिल गर्यो। नेपालले पहिले ब्याटिङ गर्दै ४८.५ ओभरमा अलआउट हुँदै २१६…
भारतको चर्चित न्युज च्यानल एबीपी न्युजका दुर्इ सम्पादकले राजीनामा दिनु र एक जनालार्इ १५ दिन भन्दा बढी समयदेखि कामविहीन बनाइएको घटना अहिले भारतीय मिडियामा चर्चाको विषय बनेको छ। उक्त घटनामा नरेन्द्र मोदीको सरकार र भारतीय जनता पार्टीको प्रभाव रहेको र नाम चलेका भारतीय मिडिया हाउसका संचालक नै सत्तासीन दलप्रति नतमस्तक भएको र उनीहरु सत्तामा रहेकालार्इ खुशी बनाउन लागि परेको यसबाट…
नेदरल्यान्डसलाई अन्तिम बलमा एक रनले पराजित गर्दै शुक्रबार भएको रोमाञ्चक खेलमा नेपालले पहिलो ओडिआई जित हात पारेको छ। खेलमा पाँच रोमाञ्चक पल- १) पारसको अर्धशतक अघिल्लो खेलमा ज्ञानेन्द्र मल्लले ५१ रन बनाई नेपालका लागि ओडिआईमा पहिलो अर्धशतक बनाउने कीर्तिमान राखिसकेका थिए। आजको खेलमा ज्ञानेन्द्र १३ रनमै आउट भए। चौथो नम्बरमा ब्याटिङ गर्न आएका पारसले यस पटक अर्धशतक बनाए। ६९ बलमा…
काठमाडौं : नेपालले वान डे इन्टरनेशनल क्रिकेटमा नेदरल्याण्ड्समा सनसनी रुपमा १ रनको जित हात पार्यो। प्रत्येक जितमा टिम इफोर्ट महत्वपूर्ण हुन्छ। कुनै खेलमा मात्र कुनै एक खेलाडीले जित दिलाउन सक्छ। नेपालले पनि ऐतिहासिक ओडिआईमा नेदरल्याण्ड्समाथि रोमाञ्चक जित हात पार्दा सिंगो टिम नै जितको हकदार बन्यो। नेपाली दर्शक र समर्थक त्यसको साक्षी बने। मुटु नै चस्काउने गरी नेपालले सनसनीपूर्ण प्रदर्शन गर्यो…
नेदरल्याण्डस् मा दोस्रो ओडिआई जारी रहँदा नेपाली संस्कृतिको पनि उत्तिकै प्रचार भइरहेको थियो। मैदानमा नेपाललाई समर्थन गर्नेहरु मादल र खैजडी लिएर पुगेका थिए। उनीहरुले खेल अन्त्यतिर नेपालको पक्षमा हुटिङ गरिरहेका थिए। नेपालले रोमाञ्चक र सेन्सेसनल १ रनको जित निकाल्दै गर्दा मैदानमा मादल र खैजडीको आवाज गुन्जिरहेको थियो। त्यतिमात्र होइन मैदान नजिकै मोमो पनि पाकिरहेको थियो। नेदरल्यान्डमा दोस्रो ओडिआई खेल…
नेदरल्यान्डमा दोस्रो ओडिआई खेल क्रिकेटप्रेमीका चासोको विषय हुनु स्वभाविक हो। नेपालले ब्याटिङ गर्दै नेदरल्यान्डलाई २ सय १७ रनको चुनौती पस्किरहँदा मैदान नजिकै मोमो पस्किनेहरु सक्रिय थिए। खेलसँगै नेपालको लोकप्रिय फास्टफुड मोमोको स्टल नेदरल्यान्डको आम्सलिभिनमा मैदान नजिकै तयार थियो। नेपाली क्रिकेटलाई सधै साथ दिँदै आएका इएसपीएनका पत्रकार पिटर डेल्ला पेनाले ट्विट गर्दै मैदानमा मोमोको स्वादबारे उल्लेख गरेका छन्। उनले फोटो हाल्दै…