काठमाडौं : इनार सफा गर्ने क्रममा काठमाडौँको कपुरधारामा निस्सासिएर तीन जनाको मृत्यु भएको छ। शुक्रवार बिहान करिब १० बजे मेघवर्ण गौतमको घरमा इनार सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा घर धनी ७० वर्षीय गौतम, ३५ वर्षीय भारतीय नागरिक अशोक कुमार र २३ वर्षीय रमेश चौधरी रहेको महानगरी प्रहरी वृत्त लैनचौरका डिएसपी गौतमकुमार केसीले बताए। उनीहरूको उपचारका…
काठमाडौं : कप्तान पारस खड्का र सोमपाल कामीको अर्ध शतकको मद्दतमा नेपालले नेदरल्याण्ड्सलाई २ सय १७ रनको लक्ष्य दिएको छ। दोस्रो ओडिआईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर २ सय १६ रन बनाएको हो। नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए। ४६ बल खेलेका सोमपालले ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै कप्तान पारस…
काठमाडौँ : कप्तान पारस खड्का नेपालका लागि ओडिआईमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका छन्। खड्काले शुक्रवार नेदरल्याण्ड्स विरुद्धको दोस्रो ओडिआईमा अर्धशतक प्रहार गरेका हुन्। ३१औँ ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै पारसले अर्धशतक बनाएका हुन्। उनले ६५ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतमा ५० रन पुरा गरे। अर्धशतक प्रहार गरेलगत्तै खड्कालाई डच कप्तान पटर सिलरले स्नाटरको हातबाट…
काठमाडौं : नेपालले दोस्रो (ओडिआई) क्रिकेटमा अहिले नेदरल्याण्ड्ससँग उसैको मैदानमा खेलिरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १०० रन बनाएको छ। खराब ब्याटिङ गरिरहेको नेपालले २४औँ ओभरमा ५ विकेट गुमाएर १०० रन पुरा गरेको हो। कप्तान पारस खड्का २२ रन बनाएर खेलिरहेका छन्।
काठमाडौं : नेपालले दोस्रो (ओडिआई) क्रिकेटमा अहिले नेदरल्याण्ड्ससँग उसैको मैदानमा खेलिरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गरेको छ। भिआरए ग्राउण्डमा २० ओभर खेलिसक्दा नेपालले ५ विकेट गुमाइसकेको छ भने ८८ रन बनाएको छ। नेपालका लागि सुवास खकुरेल र दीपनेद्र सिंह ऐरी समान १९ रन बनाएर बउट भएका छन्। यस्तै उपकप्तान ज्ञानेन्द्र मल्ले १३ तथा रोहित कुमार…
काठमाडौं: फिल्म 'प्रेमचरी' बन्ने भएको छ। निर्देशक बिचल किराँतीको निर्देशनमा फिल्म बन्ने भएको हो। फिल्ममा चन्द्र भट्टराईको कथा रहनेछ। संजय श्री र मोनिका कुमारी ठाकुरको निर्माणमा बन्ने फिल्ममा पुस्कर रेग्मी, रेश्मा सुबेदी, सपना ओली, संजय श्री र मनमोहन ठाकुरको अभिनय रहनेछ। ६० लाखको बजेटमा फिल्म बनाउने निर्माता संजयले जनाए। फिल्ममा ओम सुनारको संगीत रहनेछ। लभ र एक्सन विधामा बन्ने फिल्ममा पवन…
काठमाडौं : नेपालका युवा ब्याट्सम्यान रोहित कुमार पौडेल वान डे इनटरनेशनल (ओडिआई) क्रिकेटमा डेब्यु गर्ने विश्वकै चौथो कान्छा खेलाडी बनेका छन्। नेपालको पहिलो ऐतिहासिक ओडिआई सिरिज अन्तर्गत आजको दोस्रो खेलमा नेदरल्याण्ड्स विरुद्ध डेब्यु गर्दै उनले उक्त उपलब्धी हासिल गरे। रोहित १५ वर्ष ३३५ दिनको उमेरमा ओडिआणमा डेब्यु गरेका हुन्। ओडिआईमा डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी पाकिस्तानका हसन राजा हुन्। यस्तै…
काठमाडौं : नेदरल्याण्ड्स विरुद्धको दवस्रो ओडिआई क्रिकेमा नेपालका ३ खेलाडीले डेब्यु गर्दैछन्। बुधवार भएको पहिलो ओडिआईमा नेपालका ११ जनै खेलाडीले डेब्यु गरेका थिए। विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेल, ब्याट्सम्यान रोहित कुमार पौडेल र बलर ललित सिंह भण्डारीले दोस्रो खेल मार्फत ओडिआईमा डेब्यु गर्न लागेका हुन्। उनीहरुले खेलअघि डेब्यु क्याप समेत प्राप्त गरेका छन्। पहिलो खेल खेलेका भेट्रान शक्ति गौचन, ब्याट्सम्यान शरद…
काठमाडौं : नेदरल्याण्ड्स विरुद्धको दोस्रो ओडिआई खेलमा नेपालले टस जितेको छ। आम्स्टलभिनस्थिन भिआरए ग्राउण्डमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। पहिलो ओडिआईमा टस हारेको नेपाल ५५ रनले पराजित भएको थियो। नेपाली टिममा आज तीन परिवर्तन गरिएको छ। विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेल, रोहित पौडेल र ललित भण्डारीले आजको खेलबाट ओडिआई डेब्यु गर्दैछन्। पहिलो खेलमा डेब्यु गरेका करण केसी,…
काठमाडौं: थ्रिडी नेपाल र एम.पि. इभन्टस् एण्ड इन्टरटेन्मेन्टको आयोजनामा 'नेपाल नेक्स्ट सुपरस्टार २०१८' आयोजना हुने भएको छ। प्रतियोगिताको आवेदन पनि खुल्ला गरिएको छ। प्रतियोगिता साउन १९ बाट सुरु हुनेछ। काठमाडौंको न्यूरोड, बिशालबजार स्थित बेन्टो लाउन्ज एण्ड बारमा अडिसन हुनेछ। त्यस लगायत धरान, इटहरी, बिरगंज, बिराटनगर, बिर्तामोड, हेटौंडा, बुटवल, नेपालगञ्ज, पोखरा, चितवन हुँदै पुन काठमाडौमा आएर नै सकिनेछ। विजेताले नगद पुरस्कार रु.…
काठमाडौं : बुधवार नेदरल्याण्ड्ससँग पहिलो वान डे इन्टरनेशनल क्रिकेट खेल्दै ओडिआई खेल्ने क्लबमा प्रवेश गरेको नेपालले आज दोस्रो ओडिआई खेलमा नेदरल्याण्ड्ससँग केही बेरपछि खेल्दैछ। पहिलो खेलमा ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा पुनरागमन गर्दै जित हात पार्ने योजनामा छ। पहिलो खेलमा चोट लागेका शरद भेषावकर आजको खेलमा खेल्ने छैनन् भने भेट्रान स्पीनर शक्ति गौचनले समेत खेल्ने सम्भावना कम छ।…
काठमाडौं: मंगलवार सांसद निरु पालमाथि भएको घटनालाई लिएर प्रहरीले छानविन समित गठन गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले एसपीको नेतृत्वमा तीन सदस्य टोली गठन गरेको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए। समितिमा एसपी रामदत्त जोशी, महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी गोविन्द काफ्ले र प्रहरी निरीक्षक सुरेन्द्र केसी रहेका छन्। मगलवार राति करिब ८ बजेतिर सांसद पाललाई अज्ञात व्यक्तिले पेस्तोल…
सर्वाधिक रुचाइएको बलिउड फिल्म 'बाहुबली'को तेस्रो संस्करण बन्ने भएको छ। निर्देशक एस.एस राजमौलीको निर्देशनमा 'बाहुबली द कनक्लुजन' बन्यो। अब भने 'बाहुबली बिफोर द विगनिङ' बन्ने भएको हो। भारतीय मिडियाका अनुसार भारतमा आक्रामक रुपमा अघि बढिरहेको नेटफ्लिक्सले प्रिक्वेलको घोषणा गरेको हो। निर्देशक राजमौली बाहुबलीको यो फ्रेन्चाइजलाई लिएर उत्साहित छन्। अघिल्ला फिल्ममा देखाइएको पात्र शिवगामीको पक्षबाट फिल्म बन्नेछ। फिल्मका लागि अझै कलाकार फाइनल भएको छैन। निर्देशक एस.एसले २०१५ मा 'बाहुबली'…
समय: रातको ९ बजे स्थान:सगरमाथा इन्स्योरेन्सको बिल्डिङ, नक्साल रात जति छिप्पिँदै जान्छ, बिल्डिङको लिफ्ट आफैँ चल्न सुरु हुन्छ अनि विस्तारै तलमाथि गर्न थाल्छ। तर लिफ्टबाट न कोही भित्र पसेको देखिन्छ न कोही बाहिर निस्कन्छ। यहि घटना हरेक रात दोहोरिन थालेपछि सुरक्षा गार्डहरु तर्सिन थाल्छन्। लिफ्ट खोलेर हेर्दा भित्र कोही पनि हुँदैन। डराउँदै उनीहरु बिजुलीको स्विच अफ गरिदिन्छन् तर पनि लिफ्ट तलमाथि…
काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ जना सहसचिवको काज सरुवा गरेको छ। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मन्त्रीस्तरीय निर्णयबाट केही दिनअघि सरुवा गरेका हुन्। सामान्य प्रशासन मन्त्रालयका अनुसार अर्थ मन्त्रालय र मातहतका निकायबाट ४ सहसचिव बाहिरिएका छन्। अर्थ मन्त्रालयमा कसैलाई पनि भित्र्याइएको छैन। स्रोतका अनुसार अर्थ मन्त्रालयको तत्कालीन अन्तर सरकारी वित्त व्यवस्थापन महाशाखा प्रमुख हरिप्रसाद बस्यालको सरुवा भौतिक पूर्वाधार…
काठमाडौंः महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले अनुसन्धानलाई प्रभावकारी र बलियो बनाउन सरकारी वकिलहरूलाई निर्देशन दिएका छन्। शुक्रवार काठमाडौंमा आयोजित सरकारी वकिलहरूको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दे महान्यायाधिवक्ता खरेलले अनुसन्धान अधिकृतसँगको सम्बन्ध मजबुत बनाउनुपर्ने बताए। ‘अनुसन्धान कमजोर भयो भने अभियोजन पनि कमजोर हुन्छ त्यसैले अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्छ,’ उनले भने, ‘अभियोजन प्रभावकारी र परिणाममुखी बनाउनका लागि अनुसन्धान अधिकृतसँगको सम्बन्ध मजबुत बनाउने विषयलाई सधैँ प्राथमिकतामा राख्नुस्।’ …
काठमाडौं : प्रस्तावित प्रधानन्यायाधीश अनुमोदन सम्बन्धी निर्णयका लागि आज बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सिंहदरबारमा सुरु भएको छ। प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशीमाथि सुनुवाइ सम्पन्न भए पनि अनुमोदन सम्बन्धी निर्णय हुन सकेको छैन। साउन १० गते नै सुनुवाइ सम्पन्न भएको हो। जोशीले सुनुवाइ समितिमा पेश गरेको कार्ययोजनासँग असन्तुष्ट समिति प्रमाणपत्र विवादपछि थप छलफलमा छ। तर, पछिल्ला बैठकहरुमा सत्तारुढ र प्रतिपक्ष दुवै दलका सांसद्हरुले…
काठमाडौं : यो साता शुक्रबार प्रदर्शन अन्तर्गत दुई नेपाली फिल्म छन्। 'कायरा' र 'झमक बहादुर' प्रदर्शनमा आएका फिल्महरु हुन्। फिल्म 'कायरा' रोमान्स विधामा बनेको फिल्म हो। लक्ष्मण रिजाल निर्देशित फिल्ममा अभिनेता आर्यन सिग्देलको कथा रहेको छ। फिल्ममा कथाकार आर्यनसँगै अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको पनि मुख्य अभिनय रहेको छ। फिल्मको अधिकांश छायाँकन फिलिपिन्समा गरिएको हो। फिल्ममा आर्यन र सामाग्रीसँगै शिशिर राणा, हितेश…
काठमाडौँ : एसियन गेम्स र साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली फुटबल टोली दिउँसो थाईयल्याण्ड जाँदैछ। टोलीलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले आजै एन्फा कम्प्लेक्समा बिदाई गरे। नेपाली टोली १० दिने क्याम्पका लागि थाइल्याण्ड जान लागेको हो। टोलीमा सिनियर टोलि र यू-२३ टोलीका खेलाडीहरु समावेश छन्। कूल २९ खेलाडि थाइल्याण्ड जादैछन्। यस्तै मुख्य प्रशिक्षक जापानिज नागरिक योतुकु कोजी…
काठमाडौँः निर्णय प्रक्रिया पटक–पटक सारिएको संसदीय सुनुवाइ समितिको बैठक आज पुनः बस्दैछ। प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी सुनुवाइ सम्पन्न भए पनि अनुमोदनसम्बन्धी निर्णय हुन सकेको छैन। शुक्रबार बिहान १० बजे समिति बैठक बोलाइएको छ। साउन १० गते नै सुनुवाइ सम्पन्न भए पनि निर्णय भएको छैन। जोशीले सुनुवाइ समितिमा गरेको पेस गरेको कार्ययोजनासँग असन्तुष्ट समिति प्रमाणपत्र विवादपछि थप छलफलमा छ। तर, पछिल्ला…