रत्ननगरः चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ -मुग्लिङ सडकखण्ड अन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। बिहान अन्दाजी ५ः३० बजेतिर पहिरो खसेको प्रहरीले अनुमान गरेको छ। ५० मिटरभन्दा लामो पहिरो खसेको छ। पहिरो पन्छाएर सडक खुलाउन समय लाग्ने प्रहरीको भनाइ रहेको छ। अहिले पनि सिमसिम पानी परिरहेको र पहिरो खस्ने…
ठूला प्रतियोगिताको पेनाल्टी सुटआउटमा बेहोर्दै आएको हारलाई ब्रेक लगाउँदै इंग्ल्याण्डले रसिया विश्वकपको क्वार्टरफाइनल यात्रा तय गरेको छ। मंगलबार भएको अन्तिम प्रिक्वाटरफाइनल खेलमा इंग्ल्याण्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४-३ ले हरायो। विश्वकपमा इंग्ल्याण्डले पेनाल्टी सुटआउटमा पुगेर खेल जितेको यो पहिलोपटक हो। यसबाहेक सन १९९६ को युरोमा पनि इंग्ल्याण्डले पेनाल्टी सुटआउटमा स्पेनलाई हराएको थियो। निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीमा भएको हो।…
रसिया विश्वकपको अन्तिम प्रिक्वाटरफाइनल खेलमा आज राती ११: ४५ बजे इंग्ल्याण्ड र कोलम्बियासँग प्रतिस्पर्धा गर्दैछ। सन् १९९६ मा विश्वकपको उपाधि जितेको इंग्ल्याण्ड त्यसयता भने फाइनलससम्म पनि पुग्न सकेको छैन। यसपटक तुलनात्मक रुपमा सजिलो पोलमा रहेको इंग्ल्याण्ड कोलम्बियालाई हराउँदै अन्तिम ८ मा स्थान सुरक्षित गर्न चाहन्छ। उता कोलम्बिया पनि यसअघिभन्दा फरक नतिजा निकाल्न चाहन्छ इंग्ल्याण्ड विरुद्ध। यी दुई टोली विश्वकपमा अहिलेसम्म एकपटक…
सन् १९५८ मा फाइनलसम्म पुगेको युरोपियन राष्ट्र स्वीडेन २४ वर्षपछि विश्वकप फुटबलको क्वाटरफाइनलमा पुगेको छ। रसियामा भइरहेको विश्वकप अन्तर्गत एमिल फोसबर्गले दोस्रो हाफमा गरेको एक मात्र निर्णायक गोलको मद्दतमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै स्वीडेन १९९४ पछि पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। १९९८ र २००२ को विश्वकपमा छनोट नै हुन नसकेको स्वीडेन २००६ मा राउण्ड अफ १६ बाट बाहिरिएको थियो।…
प्रा. केदारभक्त माथेमा - तीन वर्ष अगाडिको कुरा हो। चिकित्सा क्षेत्रको गुणस्तरका बारेका हामीले चासो राखेका थियौं। गुणस्तरका साथसाथै पहुँचको कुरा पनि उठाएका थियौं। त्यही सेरोफेरोमा हामीले सुझावहरु दिएका थियौं। सुझावमा काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेजलार्इ सम्बन्धन नदिने सुझाव दियौं। सम्बन्धन नदिनलार्इ कारण छ, काठमाडौंमा धेरै मेडिकल कलेजहरु भइसक्यो। त्यसैले हरेक मेडिकल कलेजहरुको आफ्नो अस्पताल हुन्छ। कतिपय मेडिकल कलेजहरुका पूर्वाधार…
सुशीला कार्की - म आजकल किंकर्तव्यविमूढ छु। के बोल्ने, के नबोल्ने? मलाई अचम्म लागिरहेको छ। ‘रघुकुल रीत सदा चली आयो’ भन्ने हाम्रो भनाइ छ। हिजोको सरकार पनि त्यही, आजको सरकार पनि त्यही। जनताले भोट दिन्छन्, आश गर्छन्, फेरि त्यही छ। यो मुलुकमा पञ्चायती व्यवस्थामा पनि त्यही थियो। जस, जसको सरकार आयो, आखिर हुने यही रहेछ। भाषणमा यस्तो हुन्छ, उस्तो हुन्छ…
ह्यारी केन रसिया विश्वकपमा हालसम्म सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले पानामाविरुद्ध ह्याट्रिक र ट्युनिसिया विरुद्ध दुर्इ गोल गरेका छन्। दुवै खेलमा इंग्ल्यान्ड विजयी भएको थियो। तर समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्डसँग बेल्जियम पराजित भयो। सो खेलमा ह्यारी केन खेलेका थिएनन्। सर्वाधिक ५ गोलसहित उनी गोल्डेन बुटका प्रमुख दाबेदार हुन्। रसियामा उत्कृष्ट प्रदर्शन गरेका केनको धेरै प्रशंसा भइरहेको छ। इंग्ल्यान्ड…
फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलार्इ गोल्डेन बुट प्रदान गरिन्छ। यदि खेलाडीहरु बीच गोलहरु बराबरी भएमा त्यसको छिनोफानो उनीहरुले गरेको एसिस्ट र त्यसपछि उनीहरुले मैदानका खेलेको समयका आधारमा गरिन्छ। गोल्डेन बुटलार्इ सन् २००६ सम्म गोल्डेन सु भनिन्थ्यो। स्पेनमा सन् १९८२ मा भएको विश्वकपबाट मात्रै गोल्डेन सु दिन थालिएको हो। इटालीका पाउलो रोसी गोल्डेन सु जित्ने पहिलो खेलाडी हुन्। उनले सो…
फिल्म 'सञ्जु'को यतिखेर चौतर्फी चर्चा छ। फिल्मको व्यवसायिक र समिक्षात्मक पाटो राम्रो भएसँगै फिल्मको चर्चा चुलिएको हो। राजकुमारी हिरानी निर्देशित फिल्मबाट अभिनेता रणवीर कपुरको अभिनयको वाह वाही बढेको पनि छ। यो फिल्म बलिउड अभिनेता संजय दत्तको जीवनी माथि आधारित छ। संजयले पनि यो फिल्म हेरिसकेका छन्। उनले फिल्म हेरेपछि फिल्ममा जे सत्य छ त्यहि देखाइएको बताए। भारतीय मिडियामा उनले रणवीरको अभिनयको…
गीत गाएको भिडियो युट्युबमा सार्वजिनक भएपछि चर्चामा आएका अशोक दर्जीको घर निर्माणका लागि सहयोग संकलन भइरहेको छ। घर निर्माण अभियान अन्तर्गत अवार्ड एवं सांस्कृतिक कार्यक्रममा संकलन भएको १ लाख ८५ हजार ३ सय १५ रुपैँयामध्ये ४० हजार रुपैँया अशोक दर्जीलाई हस्तान्तरण गरिएको छ। संगीतकार टंक बुढाथोकीले दर्जी परिवारका लागि घर बनाइदिने बताएपछि सहयोगार्थ कार्यक्रमहरु आयोजना भइरहेका छन्। असार ८…
अष्ट्रेलियन क्रिकेट आरोन फिन्चले टी-२० इन्टरनेशनल क्रिकेटको एकै खेलमा सर्बाधिक रन बनाउने आफ्नै कीर्तिमान तोडेका छन्। कप्तान फिन्चले मंगलवार जिम्वावे विरुद्ध १७२ रन बनाउँदै यसअघि आफ्नै नाममा रहेको १५६ रनको कीर्तिमान सुधार गरे। पाकिस्तानसहितको टी-२० सिरिज अन्तर्गत जिम्बावेको हरारेमा भएको खेलमा फिन्चले अन्तिम ओभरमा हिट विकेट हुनुअघि ७६ बल खेल्दै १६ चौका र १० छक्का प्रहार गरे। अन्तिम ओभरको पाँचौ…
रसियाको रोस्तोभ अन डन स्टेडियममा भएको खेलमा बेल्जियमले एसियाली पावर हाउस जापानलार्इ पराजित गर्यो। ९० मिनेटको खेलसम्म २-२ को बराबरीका रहेको खेलमा नासेर चाड्लीले इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गरेपछि जापानलार्इ ३-२ ले पराजित गर्दै बेल्जियम रसिया विश्वकपको क्वाटरफाइनलमा पुगेको हो। फिफा वरियतामा तेस्रो स्थानमा रहेको बेल्जियमसँग अन्तिम समयमा पराजित हुँदा जापानी खेलाडी र समर्थकहरु रुँदै थिए। एकले अर्कालार्इ सान्तवना…
काठमाडौं : विश्वकपमा सट्टेबाजी लगाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमवार साँझ तीन जनलाई नियन्त्रणमा लिएको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। पक्राउ पर्नेहरुमा २२ वर्षीय रेजिन महर्जन, २५ वर्षीय सुजन शाही र प्रकट महर्जन रहेका छन्। रेजिनका साथबाट ४ लाख ५० हजार रुपैयाँ र प्रकटको साथबाट २ लाख ३९ हजार रुपैयाँ समेत बरामद गरेको…
सोल : एक उच्च सरकारी अधिकारीले नेतृत्व गरेको दक्षिण कोरियाको बास्केटबल खेलाडीहरुको एक समूह मंगलबार उत्तर कोरिया गएको छ। दक्षिण कोरियाका बास्केटबल खेलाडीहरुसहित सरकारी अधिकारी मंगलबार त्यसतर्फ प्रस्थान गरेका दक्षिण कोरियाको समाचार एजेन्सी योनापले जनाएको छ। उनीहरु अन्तर कोरियाली मैत्री बास्केटबल खेलमा सहभागी हुनेछन्। एक सय जना प्रतिनिधि मण्डलसहितको टोलीलाई दक्षिण कोरियाली वायुसेनाको विमानले प्योङयाङ पुर्यााएको हो। दुई देशबीच पछिल्लो…
आज विश्वकपमा प्रि-क्वाटरफाइनलका अन्तिम दुर्इ खेल हुँदैछ। उरुग्वे, फ्रान्स, ब्राजिल, बेल्जियम, रसिया र क्रोएसिया क्वाटरफाइनलमा पुगिसकेका छन्। आज ७:४५ मा स्वीडेनविरुद्ध स्विटजरल्याण्ड र ११: ४५ मा इंग्ल्याण्डविरुद्ध कोलम्बिया क्वाटरफाइनलमा प्रवेश गर्नका लागि संघर्ष गर्नेछन्। ‘गर या मर’ को अवस्थामा रहेको टोलीका केही खेलाडीमाथि सबैको नजर रहनेछ। मार्कस बर्ग (स्विडेन) मार्कस बर्ग स्विडेनका मुख्य गोलकर्ता हुन्। जुनियर टोलीहरुमा रहेर धेरै गोल…
काठमाडौं : फिल्म 'बोबी'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। मुख्य कलाकार उमेश थापा र कविता गुरुङ फिचर्ड 'अरे सुन' बोलको गीतमा ताराप्रकाश लिम्बुको शब्द/संगीत रहेको छ। गीतमा गायिका प्रविशा अधिकारी र संगीतकार ताराप्रकाशको स्वर छ। गीतको भिडियोमा नवराज कृष्ण थापाको छायाँकन, कविराज गहतराजको कोरियोग्राफी र बनिष शाहको सम्पादन छ।संचारकर्मी नरेश भट्टराई र गिरिराज घिमिरेको कथामा बनेको फिल्ममा वास्तविक कथाका वास्तविक…
काठमाडौं : नेपाल घुम्न आएकी बलिउड अभिनेत्री जुही चावलाले काठमाडौंमा धुँवा, धुलो, ध्वनी प्रदुषण रहेको बताएकी छिन्। पछिल्लो समय उनले बौद्ध स्तुपा भ्रमणका तस्विर सार्वजिक गरेकी थिइन्। उनले काठमाडौं घुम्दाका तस्विरहरु राख्दै समाजिक सञ्जाल टुइटरमा लेखेकी छिन् 'काठमाडौं धेरै धुवाँ, ट्राफिक, डिजेल र पेट्रोलको गन्धले भरिएको छ। जसले गर्दा हामीले हाम्रो मुख छोप्नु पर्यो। यहाँका सर्वसाधारण मास्क लागएर हिँड्ने गर्छन्।' तस्विरमा…
पेरिस : जेल सजाय भोगिरहेका फ्रान्सका एक कुख्यात ग्याङस्टार हेलिकोप्टर प्रयोग गरी जेलबाट फरार भएका छन्। फ्रान्सको रिआउ सहरबाट केही मिनेट टाढा रहेको जेलमा रहेका ४६ वर्षीय रेडोइन फेडलाई हेलिकोप्टरमा आएका केही सशस्त्र व्यक्तिहरूले उनलाई जेलबाट भगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। सन् २०१० मा फ्रान्समा भएको सशस्त्र डकैतिको योजनाकार ठहर गर्दै पुनरावेदन अदालतले उनलाई २५ वर्षको जेल सजाय सुनाएको…
खजुराः निरन्तर भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ। आइतबार साँझदेखि सुरु भएको वर्षाले नेपालगञ्जबाट कर्णाली क्षेत्रअन्तर्गतका जिल्लामा हुने सबै हवाई उडान सोमबारदेखि बन्द रहेको नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण गौतमले बताए। नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरेका छन्। हुम्लाका लागि उडान नहुँदा ५०० भन्दा बढी…
काठमाडौँः त्रिभुवन विश्वविद्यालयको स्थगित सिनेट बैठक आउँदो साउन ५ गते बस्ने भएको छ। गत वैशाख २३ गते तोकिएको सिनेटको कार्यसूचीमा चित्त नबुझेपछि प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको निर्देशनमा बैठक स्थगित भएको थियो। सिनेट नबस्दा आंशिक प्राध्यापकको स्थायी प्रक्रिया, दरबन्दी मिलान, वार्षिक कार्यक्रम, सार्वजनिक खरिद ऐन अनुकूल त्रिविको नियमावली संशोधनलगायत विषय टुंगो लाग्न सकेको छैन। त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले…