PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

  • वीरगंज महानगरपालिकाको बजेट पारित, यस्ता छन् योजना

    वीरगंज महानगरपालिकाको बजेट पारित, यस्ता छन् योजना

    वीरगंजः वीरगंज महानगरपालिकाको सोमबारको नगर सभाले नगर कार्यपालिकाबाट विभिन्न विषयगत समितिमार्फत पेस भएका कार्यक्रमहरू र उपप्रमुखबाट पेस भएको बजेट स्वीकृत गरेको छ। महानगरले आर्थिक वर्ष २०७५/०७६ का लागि चार अर्ब ९७ करोडको बजेट पारित गरेको हो। असार १० गते सदस्यहरूले सेवासुविधाको माग राखी बैठक बहिष्कार गरेपछि सोमबारको सभाले बजेट पारित गरेको हो। सभाले ११ वटा विधेयक पनि पारित गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • मिटरमा चल्न नमान्ने २२ ट्याक्सी नियन्त्रणमा

    मिटरमा चल्न नमान्ने २२ ट्याक्सी नियन्त्रणमा

    पोखराः पोखरामा मिटरमा जान नमान्ने २२ वटा ट्याक्सीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ। पोखरा महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरूमा मिटरमा जान नमानी बार्गेनिङ गर्दै सर्वसाधारणसँग बढी भाडा लिने २२ वटा ट्याक्सीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए। सोमबार प्रहरीले पोखराका विभिन्न स्थानबाट अनुगमनको क्रममा मिटरमा नचली बार्गेनिङकै भरमा सर्वसाधारणसँग बढी भाडा लिएको…

    विस्तृतमा पढ्नुस्

  • बेल्जियमलाई विश्वकपको क्वाटरफाइनल पुर्‍याउने त्यो ४० सेकेण्ड, हेर्नुस् भिडियोमा

    बेल्जियमलाई विश्वकपको क्वाटरफाइनल पुर्‍याउने त्यो ४० सेकेण्ड, हेर्नुस् भिडियोमा

    रोस्तोभ अन डनमा जापान र बेल्जियमबीच भएको खेल दर्शकका लागि थ्रिलर त थियो नै अन्तिममा गएर जापानका लागि हरर साबित भयो। मध्यान्तरसम्म बिना कुनै गोल बराबरीमा टुङ्गिएको खेलमा असली ड्रामा मध्यान्तरपछि भयो। मध्यान्तरको तेस्रो मिनेटमा नै हारागुचीले गोल गरी जापानलाई अग्रता दिलाए। बेल्जियमले तत्काल जवाफी आक्रमण गरेको थियो तर पोलमा ठोक्किएर बल फर्कियो। त्यसको चार मिनेटमै फेरि गोल भयो तर…

    विस्तृतमा पढ्नुस्

  • सल्यानमा तरकारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

    सल्यानमा तरकारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

    सल्यानः सल्यानमा तरकारी बोकेको पिकअप गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। दाङबाट तरकारी बोकेर सल्यानतर्फ हिँडेको ना ५ ख ७६४५ नम्बरको पिकअप कपुरकोट गाउँपालिका–३ चोरखोलामा सोमबार राति करीब १० बजे भएको दुर्घटनामा सल्यान बागचौर नगरपालिका–८ का ३५ वर्षीय गोरख डाँगीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परेर दाङ जिल्ला घर भएका गोविन्द चौधरी…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीमा भारतीय नम्बरप्लेटको जीप दुर्घटनाः ६ जनाको मृत्यु चार घाइते

    सुनसरीमा भारतीय नम्बरप्लेटको जीप दुर्घटनाः ६ जनाको मृत्यु चार घाइते

    इनरुवाः पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा गएराति सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार र सोही ठाउका गोनु कुमार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ मृतक छ जनामध्ये दुईजनाको मात्र नाम खुलेको र बाँकी चारजनाको नाम खुल्न बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • बाढी पूर्वानुमान शाखाको अपिलः 'मध्य र पूर्वी भूभागमा बुधबारसम्म सतर्क रहनु'

    बाढी पूर्वानुमान शाखाको अपिलः 'मध्य र पूर्वी भूभागमा बुधबारसम्म सतर्क रहनु'

    काठमाडौँः जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले देशको मध्य र पूर्वी भागका नागरिकलाई सतर्क रहन अपिल गरेको छ।  आज देशको पूर्वी तथा मध्य भूभागमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान अनुसार वर्षातबाट ठूला नदी तथा खोलानालामा पानीको बहाव खतराको तहभन्दा माथि पुग्ने सम्भावना रहेको भन्दै शाखाले सतर्क रहन अपिल गरेको हो।  बुधबारदेखि सक्रिय मनसुन कमजोर हुने बताइएको छ।  शाखाका…

    विस्तृतमा पढ्नुस्

  • रसिया विश्वकपमा आज अन्तिम दुई प्रिक्वाटरफाइनल खेल : स्वीडेन vs स्वीट्जरल्याण्ड, कोलम्बिया vs इंगल्याण्ड

    रसिया विश्वकपमा आज अन्तिम दुई प्रिक्वाटरफाइनल खेल : स्वीडेन vs स्वीट्जरल्याण्ड, कोलम्बिया vs इंगल्याण्ड

    रसियामा भइरहेको २१औँ संस्करणको विश्वकप अन्तिम आज अन्तिम दुई प्रिक्वाटरफाइनल खेल हुँदैछन्। क्वाटरफाइनलमा स्थान बनाउन अल युरोपियन खेलमा स्वीडेन र स्वीट्जरल्याण्ड बेलुकी ७: ४५ बजे भिड्दैछन् भने १९६६ यता पहिलो पटक विश्वकप जित्ने लक्ष्यमा रहेको इंग्ल्याण्डले कोलम्बियासँग खेल्दैछ। यी दुई खेलको विजेता नै क्वाटरफाइनलमा भिड्नेछन् र त्यसको विजेता आयोजक रसिया vs क्रोएसियाको विजेतासाग सेमिफाइनल खेल्नेछ। यो पोलबाट यीमध्ये एक टिम…

    विस्तृतमा पढ्नुस्

  • भरुवा बन्दुकसहित सल्यानमा तीन जना पक्राउ

    भरुवा बन्दुकसहित सल्यानमा तीन जना पक्राउ

    रुकुमः सल्यान प्रहरीले चार नाल भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरेको छ। सल्यान जिल्लाको कुमाख गाउँपालिका–३, चिनाली बजारका विभिन्न घर तलासी गर्दा भरुवा बन्दुकसहित उनीहरु पक्राउ परेको सल्यान प्रहरीले जानकारी दिएको छ। प्रहरीले गोप्य सूचनाका आधारमा घरतलास गर्दा कुमाख गाउँपालिका–३ का छविलाल चलाउने, सोही ठाउँका मानबहादुर राना र शेरबहादुर पुनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको सल्यान जिल्ला प्रहरी प्रमुख प्रहरी नायब…

    विस्तृतमा पढ्नुस्

  • सन्दीपको उत्कृष्ट प्रदर्शन (४-१-१९-१) छायाँमा, मोन्ट्रेल टाइगर्सको तेस्रो हार

    सन्दीपको उत्कृष्ट प्रदर्शन (४-१-१९-१) छायाँमा, मोन्ट्रेल टाइगर्सको तेस्रो हार

    सन्दीप लामिछानेले उत्कृष्ट बलिङ प्रदर्शन गरेको खेलमा मोन्ट्रेल टाइगर्स पराजित भएको छ। ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत गएराति भएको तेस्रो खेलमा मोन्ट्रेल टाइगर्स भ्यानकुभर नाइट्ससँग १८ रनले पराजित भएको हो। सन्दीपले ४ ओभरमा १ मेडन राख्दै १९ रन मात्र खर्चेर १ विकेट लिए पनि टिमले राम्रो ब्याटिङ गर्न नसक्दा छायाँमा पर्‍यो। सन्दीपले पहिलो ओभरमै मेडन राख्दै १ विकेट लिएका थिए। उनले…

    विस्तृतमा पढ्नुस्

  • लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढ्यो, किनारका बस्तीमा त्रास

    लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढ्यो, किनारका बस्तीमा त्रास

    दार्चुलाः लगातार तीन दिनदेखि पानी परिरहेको र महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनारका बस्तीमा त्रास फैलिएको छ। २०७० सालको बाढीले त्रसित बनेका नदी किनारका बस्तीमा महाकालीमा पानीको बहाव बढेसँगै त्रास फैलिएको हो। पानी पर्ने क्रम नरोकिएकाले महाकालीमा पानीको बहाव अझै बढ्दै जाने अनुमान गरिएको छ। नदीमा पानीको बहाव सोमबार बिहान चारमिटर नौ सेन्टिमिटर रहेकामा बेलुका केही घटेर तीन…

    विस्तृतमा पढ्नुस्

  • २ गोलको अग्रता लिएर पनि जापान पराजित, चाड्लीले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरेपछि बेल्जियम क्वाटरफाइनलमा

    २ गोलको अग्रता लिएर पनि जापान पराजित, चाड्लीले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरेपछि बेल्जियम क्वाटरफाइनलमा

    वैकल्पिक खेलाडी नासेर चाड्लीले इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गरेपछि जापानलाई ३-२ ले पराजित गर्दै बेल्जियम रसिया विश्वकपको क्वाटरफाइनलमा पुगेको छ। २ गोलले पछि परेको परेको अवस्था उल्टाउँदै बेल्जियमले जापानलाई पराजित गरेको हो। बेल्जियमले अब क्वाटरफाइनलमा ब्राजिलसँग खेल्नेछ। सन् १९७० पछि विश्वकपको नटआउट स्टेजमा कुनै टोलीले २ गोलले पछि परेको अवस्था उल्टाउँदै जित हात पारेको यो पहिलो अवसर हो। सन्…

    विस्तृतमा पढ्नुस्

  • ललित स्मृति यू-१८ फुटबल : सेमिफाइनल समिकरण पूरा, आर्मी लगातार तेस्रो पटक अन्तिम चारमा

    ललित स्मृति यू-१८ फुटबल : सेमिफाइनल समिकरण पूरा, आर्मी लगातार तेस्रो पटक अन्तिम चारमा

    काठमाडौं : विभागीय टोली त्रिभुवन आर्मी लगातार तेस्रो पटक अन्तिम चारमा पुग्न सफल हुँदा तेस्रो ललित स्मृति यू-१८ फुटबल च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ। सोमवार एन्फ कम्प्लेम्स सातदोबाटोमा भएको दुई क्वाटरफाइनलमा आर्मी र फ्रेण्ड्सले जित हात पार्‍यो। यसअघि नै मोरङ र ब्रिगेड ब्वाइजले अन्तिम चारमा स्थान बनाइकसेका छन्। अब मोरङले आर्मी तथा ब्रिगेड ब्वाइजले फ्रेण्ड्ससँग सेमिफाइनल खेल्नेछ। सोमवारको पहिलो…

    विस्तृतमा पढ्नुस्

  • इतिहास दोहोर्‍याउने राकिटिकको लक्ष्य

    इतिहास दोहोर्‍याउने राकिटिकको लक्ष्य

    क्रोएसियाले समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनालार्इ ३-० ले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गर्‍यो। तर अन्तिम १६ को खेलमा क्रोएसियाले सोही प्रदर्शन देखाउन सकेन। ड्रामाले भरिएको खेलमा पेनाल्टी सुटआउटमा डेनमार्कलार्इ पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलसम्म पुग्न सफल भयो। बेल्जियम, उरुग्वेसहित क्रोएसिया मात्र समूह चरणमा कुनै खेलमा पराजित नहुँदै अन्तिम १६ मा पुगेको हो। तर क्रोएसियाका मिडफिल्डरहरुले डेनमार्कजस्तो मजबुत विपक्षीका सामु सोचे अनुरुप…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिलले बनायो विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान

    ब्राजिलले बनायो विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान

    पाँच पटकको च्याम्पियन ब्राजिलले विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि आफ्नो नाममा लाएको छ। रसिया विश्वकप अन्तर्गत अन्तिम १६ को खेलमा मेक्सिकोविरुद्ध २ गोल गर्दै ब्राजिलले सर्वाधिक २२८ गोल गर्ने कीर्तिमान बनाएको हो। यस विश्वकपमा ७ गोल गरिसकेको ब्राजिलले २२६ गोल गरेको जर्मनीलाई पछि पारेको हो। चार वर्ष अघि ब्राजिलमै भएको विश्वकप सेमिफाइनलमा जर्मनीले ब्राजिललाई नै ७ गोल गर्दै…

    विस्तृतमा पढ्नुस्

  • वितरक र मल्टिप्लेक्सबीच मिल्यो वार्ता, टिकेट सहुलियत छुटमा 'सञ्जु' प्रदर्शन

    वितरक र मल्टिप्लेक्सबीच मिल्यो वार्ता, टिकेट सहुलियत छुटमा 'सञ्जु' प्रदर्शन

    काठमाडौं : बलिउड फिल्म 'सञ्जु' वितरक र काठमाडौंका मल्टिप्लेक्सबीच वार्ता मिलेको छ। वितरक र मल्टिप्लेक्सबीच सोमबार बसेको बैठकमा वितरक आफ्नो मागबाट पछि हटेसँगै दुइपक्षले मिलेर अघि जाने निर्णय गरेका हुन्। क्यूएफएक्सका सिइओ रोशन अदिगाले सहुलियतमा नै 'सञ्जु' देखाउने निर्णय भएको बताए। उनले भने 'जे पहिला भैइरहेको थियो। त्यसरी नै 'सञ्जु' देखाउने। तर भविष्यमा वितरकहरुका हितका लागी टिकेट सहुलियतमा दुई दिनबाट एकदिन गर्नुस भन्ने…

    विस्तृतमा पढ्नुस्

  • रसियासँग हारेपछि स्पेनका कप्तान रामोसले भने : पराजित हुँदा पनि स्पानिस हुनुमा अझ बढी गर्व छ, चार वर्षपछि कतारमा पनि खेल्नेछु

    रसियासँग हारेपछि स्पेनका कप्तान रामोसले भने : पराजित हुँदा पनि स्पानिस हुनुमा अझ बढी गर्व छ, चार वर्षपछि कतारमा पनि खेल्नेछु

    आयोजक रसियासँग प्रिक्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित हुँदै स्पेन विश्वकपबाट बाहिरिसकेको छ। स्पेनका लेजेन्ड्री खेलाडी आन्द्रेज इनेष्टाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका छन्। यता ३२ वर्षिय स्पेनका कप्तान सर्जियो रामोसले आफूले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने र खैरो दार्‍हीसहित भएपनि २०२२ मा हुने विश्वकपमा खेल्ने बताएका छन्। रियल मड्रिडलार्इ च्याम्पियनस लिग जिताउन अहम भूमिका खेलेका रामोस २०२२ मा ३७ वर्षका हुनेछन्। 'म स्पेनका…

    विस्तृतमा पढ्नुस्

  • लिभरपुलसँग सलाहको नयाँ सम्झौता, २०२३ सम्म क्लबमा रहने

    लिभरपुलसँग सलाहको नयाँ सम्झौता, २०२३ सम्म क्लबमा रहने

    प्रिमियर लिग क्लब लिभरपुलसँग मोहमद सलाहले पाँच वर्षको नयाँ सम्झौता गरेका छन्। २६ वर्षीय इजिप्टियन स्टारले एनफिल्ड क्लबका लागि पहिलो सिजनमै क्लबका लागि ५२ खेलमा कीर्तिमानी ४४ गोल गरेका थिए। उनी गत सिजन इटाली क्लब रोमाबाट ३४ मिलियन पाउण्डमा एनफिल्ड पुगेका थिए। नयाँ सम्झौतापछि अब सलाह सन् २०२३ सम्म लिभरपुलमै रहनेछन्। तर उनको रिलिज क्लज भने तोकिएको छैन। 'यसले दुई…

    विस्तृतमा पढ्नुस्

  • प्लेअर्स टु वाच : काउटिन्हो vs लोजानो, हाजार्ड vs कागावा

    प्लेअर्स टु वाच : काउटिन्हो vs लोजानो, हाजार्ड vs कागावा

    रसियामा भइरहेको विश्वकपमा आज पाँच पटक विश्वकप विजेता ब्राजिलले बेलुकी ७:४५ मा मेक्सिकोको सामना गर्दैछ। यस्तै उपाधी दाबेदार मानिएको बेल्जियमले ११:४५ मा एसियाली टोली जापानको सामना गर्दैछ। क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा साथ मैदानमा उत्रने यी टोलीमा रहेका केही खेलाडीको प्रदर्शनमा सबैको नजर रहनेछ।   फिलिप काउटिन्हो (ब्राजिल) २६ वर्षिय फिलिप काउटिन्हो ब्रजिलियन फुटबल टोलीका प्रभानशाली खेलाडी हुन्। समूह चरणको खेलमा स्वीट्जरल्याण्ड…

    विस्तृतमा पढ्नुस्

  • प्रिभ्यू : बेल्जियम vs जापान, के जापानलाई आज पनि भाग्यले साथ देला?

    प्रिभ्यू : बेल्जियम vs जापान, के जापानलाई आज पनि भाग्यले साथ देला?

    रसिया विश्वकपको समूह चरणमा धेरै गोल गर्ने बेल्जियम र एसियाबाट बाँकी रहेको एक्लो प्रतिनिधि जापानबीच आज राति ११:४५ मा छैटौँ प्रिक्वाटरफाइनल खेल हुँदैछ। युरोपियन राष्ट्र बेल्जियम तेस्रो पटक क्वाटरफाइनल पुग्ने दाउमा छ। रेड डेभिल्सको उपनामले चर्चित बेल्जियमको टिमलाई इतिहासकै उत्कृष्ट मानिए पनि अहिलेसम्म विश्वकप जित्न सकेको छैन। उसलाई यस पटक विश्वकपको उपाधि जित्ने अन्डरडग टिमको रुपमा हेरिएको छ। उता जापान रसिया विश्वकप समूह…

    विस्तृतमा पढ्नुस्

  • पोखराबाट 'बोबी: लाइभ कन्सर्ट - नेपाल टुर' सुरु

    पोखराबाट 'बोबी: लाइभ कन्सर्ट - नेपाल टुर' सुरु

    काठमाडौं: फिल्म 'बोबी'को मोफल प्रचार सुरु भएको छ। 'बोबी: लाइभ कन्सर्ट - नेपाल टुर' शिर्षकमा असार १८ मा पोखराबाट प्रचार सुरु भएको हो। टुरमा गायक राजेशपायल राई, टिभी सिरियल 'भद्रगोल' टिमबाट कक्रोज र बलेका साथ कलाकार/विमान चालक विजय लामा, गायक ताराप्रकाश लिम्बु, गायिका दीपा लामा र 'बोबी'का मुख्य पात्र कविता गुरुङ/उमेश थापा सहभागी हुनेछन्। निर्देशक मिलन चाम्स सहितको टिमको टुर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell