काठमाडौं : नेपालका प्रबिन थापा र रुबिना घलेले थाईल्याण्डमा जारी चौथो हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्। आइतबार थाइल्यान्डको बैंककमा भएको च्याम्पियनसिपको पुरूष ६८ केजी तौल समुहमा प्रबिन थापाले र महिला ५८ केजी तौलसमूहमा रुबीना घल्ले नेपाललाई स्वर्ण दिलाए। च्याम्पियनसिपको पुम्सेतर्फ ग्रीन बेल्टमा मानस आचार्यले कास्य पदक प्राप्त गरे। पुम्सेकै ब्ल्याक बेल्टमा रत्न महर्जनले तथा फाइटमा केशव थापा…
काठमाडौः प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, प्राविधिक प्रहरी नायव उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। आइतवार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबिच गत शुक्रवार सरकारले बढुवा गरिएका प्रहरीलाई दर्ज्यानी चिन्ह लगाएका हुन्। महानिरीक्षक खनालले प्राविधिक प्रहरी नायव महानिरीक्षकमा पदोन्नति भएका २ जना, प्राविधिक प्रहरी…
किलियन एमबापेले अर्जेन्टिनाविरुद्ध चार मिनेटको अन्तरमा दुई गोल गर्दै लियोनल मेस्सीको विश्वकप जित्ने सपनालार्इ यसपाली पूर्णविराम लगाएदिए। अन्तिम १६ को खेलमा फ्रान्सले अर्जेन्टिनालार्इ ४-३ ले स्तब्ध बनाएको थियो। फ्रान्सका पउल पोग्बाले आफ्नो फ्रान्सेली टोलीका खेलाडी किलिएन एमबापेको प्रशंसा गर्दै १९ वर्षीया एमबापेसँग आफू त्यही उमेरको हुँदा भन्दा धेरै अधिक प्रतिभा रहेको बताएका छन्। पत्रकारहरूसँग कुरा गर्दै पोग्बाले उनी भन्दा छ…
अर्जेन्टिनालाई रसिया विश्वकपको प्रिक्वाटरफाइनलबाटै घर फर्काउने क्रममा २ गोल गरेका फ्रान्सका किलिएन एमबाप्पे अहिले हटकेक बनेका छन्। अन्तिम १६ अन्तर्गत पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले पराजित गर्दा उनै १९ वर्षीय युवा स्टारले दुई गोल गरे। खेल २-२ को बराबरीमा चलिरहेको बेला पिएसजीका खेलाडीले ६४औँ र ६८औँ मिनेटमा लगातार दुई गोल गर्दै फ्रान्सलाई जित नजिक पुर्याउने काम गरेका थिए। समूह…
काठमाडौं : असार १६ बाट फिल्म 'पुरानो बुलेट'को छायाँकन सुरु भएको छ। क्रेजी इन्टरटेन्मेन्टको बन्ने फिल्म काठमाडौंबाट छायाँकन सुरु भएको हो। काठमाडौंको छायाँकन सकेर निमार्ण टिम पूर्वाञ्चल प्रदेश नं. १ तर्फ लाग्ने कार्यकारी निर्माता सन्तोष राईले बताए। भिषण राईको निर्देशनमा यो फिल्म बन्ने भएको छ। फिल्ममा अभिनेता अनुप विक्रम शाही, अभिनेत्री वर्षा सिवाकोटी र माला लिम्बू प्रमुख भूमिका देखिनेछन्। फिल्ममा…
शनिबार कर्णालीमा कितावका लागि 'कविता कन्सर्ट' भयो। लियो क्ल्ब अफ काठमाडौं युरेकाको आयोजनामा सहयोगार्थ कविता वाचन कार्यक्रम भएको हो। कुसुन्तीस्थित माछापुच्छ्रे स्कूलमा कवि नवराज पराजुलीले आफ्ना कविताहरु वाचन गरेका हुन्। लियो क्लब अफ काठमाडौंले देशका विभिन्न ठाउँहरुमा पुस्तकालय निर्माण गर्दै आएको छ। जस अन्तर्गत कालीकोटमा किताब पुर्याउनका लागि सुरु गरिएको अभियानको यो दोस्रो संस्करण हो। कार्यक्रममा कवि नवराज पराजुलीले मोक्ष,…
काठमाडौं : बलिउड फिल्म 'सञ्जु'लाई लिएर काठमाडौँका मल्टिप्लेक्स वितरकबीच जारी विवाद अझै सल्टेको छैन। 'सञ्जु' वितरकले मल्टिप्लेक्सहरुले दिंदै आइरहेको टिकटमा छुट नगर्न माग गरेपछि लफडा सुरु भएको हो। दुई पक्षबीच आइतबार बस्ने भनिएको बैठक सोमबारलाई सारिएको छ। क्यूएफएक्सका सिइओ रोशन अदिगाले बैठकमा सहभागी हुनुपर्ने एक सदस्य अस्वस्थ भएका कारण बैठक सारिएको बताए। उनले सोमबारसम्म हलहरुले नियमित सेड्युलमा नै फिल्म प्रदर्शन गर्ने जनाए। मल्टिप्लेक्सहरुमध्ये…
रसिया विश्वकप अन्तर्गत अन्तिम १६ को खेलमा उरुग्वेसँग पराजित भएर फिस्ट स्टेडियमबाट बाहिरिदै गर्दा क्रिस्टियनो रोनाल्डोले आफूले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने समय नआएको बताएका छन्। रोनाल्डो २०२२ मा कतारमा हुने विश्वकपमा ३७ वर्षका हुनेछन्। रोनाल्डोले भने "यो समय मेरो, प्रशिक्षक वा अन्य खेलाडीहरुको भविष्यको बारेका कुरा गर्ने ठिक समय होइन।" ३३ वर्षिय रोनाल्डोले भने। "मलार्इ विश्वास छ कि यो टोली…
२०१८ फिफा विश्वकपको समूह चरण सकिँदा सम्म ४८ खेलमा १२२ गोल भइसकेका छन्। साथै भिएआरको प्रयोगबाट धेरै ड्रामा पनि देखियो। नक-आउट चरण आजबाट सुरु हुदैछ। हालसम्म समूह चरणमा भएका केही तथ्यहरु : ए टु जेड मा ए : एल्फर्ड फिन्बोग्यासन एल्फर्ड फिन्बोग्यासन फिफा विश्वकपमा आइसल्याण्डका लागि गोल गर्ने पहिलो खेलाडी बने। उनले विश्वकपको आफ्नो पहिलो खेलमा अर्जेन्टिना विरुद्ध गोल…
ब्राजिल र मेक्सिको सोमवार रसिया विश्वकपको अन्तिम १६ को खेलमा प्रतिस्पर्धामा उत्रनेछन्। त्यसका लागि ब्राजिलियन फुटबल टोली प्रशिक्षणमा व्यस्त रहेको छ। पाँच पटक विश्वकप उपाधी जितिसकेको ब्राजिल सोचीमा प्रशिक्षण गरिरहँदा ब्राजिलियन फुटबलस्टार नेमार आफ्ना छोराका साथ प्रशिक्षणस्थल पुगे। नेमारका छोरा डेभिड लुक्का सिल्भा सान्तोसले मैदान बाहिरबाट आफ्नो बुबाले प्रशिक्षण गरिरहेको हेरिरहे। ब्राजिलियन फुटबल टोलीको आधिकारिक ट्वीटर एकाउन्टमा राखिएको फोटोमा सान्तोस…
रसिया विश्वकपमा आज नकआउट राउण्डअन्तर्गत प्रिक्वाटरफाइनलका दुई खेल हुँदैछन्। युरोपका ४ टोली क्वाटरफाइनलमा स्थान बनाउन आज मैदानमा उत्रदैँछन्। बेलुकी ७:४५ बजे समूह बी को विजेता स्पेन र समूह ए को उपविजेता रसिया बीच खेल हुनेछ। यस्तै राती ११:४५ मा समूह सी को विजेता क्रोएसियाविरुद्ध समूह डी को उपविजेता डेनमार्क मैदानमा उत्रदैछन्। यी खेलमा केही प्रभावशाली खेलाडीमाथि सबैको नजर रहनेछ। …
काठमाडौं : सांसद हृदयश त्रिपाठीले संविधानका पिता, काका र मामा भन्नेहरूले नै संवैधानिक संकट खडा गरेको आरोप लगाएका छन्। उनले संवैधानिक व्यवस्था अनुसार काम नगरेर संविधानको पिता, काका र मामा भनिनेहरुले नै संवैधानिक संकट खडा गरेको गम्भीर आरोप लगाएका हुन्। तत्कालीन नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव जितेका सांसद हृदयश त्रिपाठीले विशेष, संरक्षित र स्वायत्त क्षेत्रको सीमा र संख्या निर्धारण…
काठमाडौं : विशेष क्षमता भएका व्यक्तिहरुको राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। स्पेशल ओलम्पिक शुक्रबार तथा शनिबार आयोजना गरेको प्रतियोगितामा विभिन्न उमेर समुहका बालबालिका, किशोर–किशोरी तथा युवा–युवतीले दुई दिनसम्म दौड, रिले दौड, सफ्ट बल, लङ जम्प, सर्ट जम्प, हाइ जम्प, बुची आदि खेलमा प्रतिस्पर्धा गरेका थिए। काठमाडौंको हल्चोकस्थित सशस्त्र प्रहरीको खेल मैदानमा प्रतियोगिता सम्पन्न भयो। प्रतियोगितामा देशका विभिन्न १२ वटा विद्यालयमा अध्ययनरत करिव…
काठमाडौं: मेडिकल क्षेत्रमा सुधारको माग गर्दै अनसन बस्दै आएका डा.गोविन्द केसीलाई पक्राउ गरिएको भन्दै संसदमा प्रमुख प्रतिपक्षी दलका सांसदले विरोध गरेका छन्। नेपाली कांग्रेसका सांसद गगन थापाले डा.केसीको पक्राउ विरुद्ध संसदमा आवाज उठाए। आजको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले गोविन्द केसीलाई पक्राउ गर्नु र दलाल पुजिपतिलाई जहाँ पनि मेडिकल कलेज स्थापना गर्न बाटो खोल्ने गरी विधेयक ल्याइएको भन्दै व्यंग्य…
काठमाडौं : फिल्म 'वीरङ्गना' टिमले प्रचार सामाग्री सार्वजनिक गरेको छ। फिल्मको प्रदर्शन मिति नजिकिंदै जाँदा निर्माण टिमले केही तस्वीर सार्वजनिक गरेका छन्। तस्वीरमा फिल्मका कलाकार अनुप विक्रम शाही र शिल्पा पोख्रेल बिबाहको पहिरणमा फिचर्ड छन्। फिल्म असार २९ बाट प्रदर्शन हुनेछ। फिल्ममा उनीहरुसँगै पृथ्वी राज प्रसाई, प्रज्वल गिरी, शुशिल पोखरेल, धु्र्व कोईराला, प्रिया रिजाल, धिरेन शाक्य,कृष्ण शिवाकोटी, देव तामाङ, अंशु थापा,अमृत सापकोटा…
सन् १९९८ को फ्रान्स विश्वकपबाट डेब्यु गरेको क्रोएसियाले त्यस संस्करणरमा सेमिफाइनलसम्म पुग्दै सनसनी मच्चाएको थियो। डेनमार्क पनि त्यही विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो। त्यस यता भने यी दुई टिमले विश्वकपमा राम्रो गर्न सकेनन्। डेनमार्कले २००२ मा अन्तिम ११६ को यात्रा तय गरेपछि २०१० मा समूह चरणबाटै बाहिरियो। उता क्रोएसिया २००२, २००६ र २०१४ मा समूह चरणबाट अगाडी बढ्न सकेन। आफ्नो देशको…
काठमाडौँ : नेपाल भारत प्रवुद्ध समूहले आफ्नो अन्तिम प्रतिवेदन तयार गरेको छ। काठमाडौँमा शनिवार अबेर सम्पन्न इपीजीको ९ औँ बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको हो। सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धिसहितका असमान सन्धि सम्झौता पुनरावलोकन तथा दुईपक्षीय विवादित विषयको अध्ययन गरी सुझाव २०७३ सालमा तत्कालीन केपी ओली नेतृत्वको सरकारको पालामा इपीजी गठन भएको थियो। दुई दिनसम्म काठमाडौँमा…
काठमाडौं : नेपाली युवा खेलाडी सन्दीप लामिछाने सम्मिलित मोन्ट्रेल टाइगर्सले ग्लोबल टी-२० क्यानडा क्रिकेटमा लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेल खेल्न नपाएका सन्दीप गएराती भएको खेलमा भने सुनिल नारिन रहेको टिमबाट खेलेका थिए। तर उनको टिम क्रिकेट वेष्टइन्डिजको बी टिमसँग २ विकेटले पराजित भयो। ब्याटिङमा नटआउट १ रन बनाएका सन्दीप बलिङमा भने महँगो बने। उनले ४ ओभर बलिङ गर्दा…
तात्कालिन शोभियत युनियनबाट छुट्टिएपछि सन् १९९४ यता रसियाको नामबाट विश्वकप खेल्न थालेको रसिया पहिलो पटक फिफा विश्वकपको नकआउट राउण्डमा खेल्दैछ। घरेलु भूमिमा आयोजना भएको २१औँ संस्करणको विश्वकप अन्तर्गत समूह ए को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको रसियाले नकआउटमा पहिलो प्रतिद्वन्दी सन् २०१० को स्पेन पाइसकेको छ। स्पेन समूह बी को विजेता बन्दै अन्तिम १६ मा पुगेको हो। रसियामा स्पेन उपाधि…
आजबाट विश्वकपमा नक-आउट चरणका खेलहरु सुरु हुँदैछ। बेलुकी ७:४५ मा फ्रान्सले अर्जेन्टिनाको सामना गर्दैछ। यस्तै ११:४५ मा उरुग्वे र पोर्चुगल भिड्दै। यी दुर्इ खेलमा विजयी टोलीहरु क्वाटर फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। आजका खेलमा धेरैको नजर यी खेलाडीमाथि रहनेछ - एन्टोनी ग्रिजम्यान, फ्रान्स फ्रान्सले सन् १९९८ मा विश्वकप उपाधि जितेको थियो। समूह चरणका दुर्इ खेल जित्दै आफ्नो अन्तिम खेल बराबरीमा टुंग्याएको फ्रान्ससामु…