काठमाडौं : गायक केशव पौडेलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। रामकुमार आचार्यको शब्द तथा केशवको संगीत रहेको 'शिकारी आँखा' बोलको गीतको भिडियोमा नम्रता सापकोटा र काजिस श्रेष्ठ फिचर्ड छन्। एल्वम 'भोगार्इ भिन्न भिन्न'मा समावेश यस गीतमा अजय रेग्मीको छायाँकन काजिस श्रेष्ठको निर्देशन र दिपक विष्टको सम्पादन रहेको छ।
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी क्षेत्रीय देशहरूलाई ‘इंगेज’ गर्ने रणनीतिका साथ अगाडि बढिरहेका छन्। पछिल्लो समय चिनियाँ राष्ट्रपति सि जिङ पिङसँग अनौपचारिक सम्मेलनमा सहभागी भएर फर्किएका उनी यही वैशाख २८ गते (मे ११)मा नेपाल आउँदै छन्। त्यस्तै उनले मे महिनामा नै बंगलादेशी प्रधानमन्त्री शेख हसिनासँग समेत भेट वार्ता गर्ने छन्। इकोनोमिक टाइम्सका अनुसार भारतीय प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतको परराष्ट्र…
काठमाडौं : वीर विस्वासको 'आकसैमा तीन तारा' बोलको गीतको भिडियो सार्वजनिक भएको छ। ओम सुनारको शब्द तथा संगीत रहेको गीतको भिडियोमा कलाकार विक्रम, टिका,बिर र कृपा फिचर्ड छन्। विक्रमको निर्देशनमा बनेको भिडियोमा प्रकाश खड्काको छायाँकन मिलन बि.क को सम्पादन रहेको छ।
काठमाडौं: नेपाली हरर फिल्म 'सुनकेशरी'को गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले गायक सनुप पौडेलको स्वर, कालीप्रसाद बास्कोटाको संगीत रहेको ‘मायाले छोई’ बोलको भिडियो सार्वजनिक गरेको हो। गीतमा कलाकार सन्नी ढकाल र लरेन फिचर्ड छन्। फिल्मको सम्पुर्ण छायाँकन अष्ट्रेलिया भएको हो। यसअघि फिल्मको टिजर र ट्रेलर सार्वजनिक भर्इसकेको छ। फिल्ममा सन्नी र लरेनसँगै ऋचा शर्मा , रविन्द्र झा को मुख्य…
काठमाडौं: चलचित्र पत्रकारिता दिवसका दिन चलचित्र पत्रकार संघ मकवानपुरले पत्रकार तथा कलाकर्मीलाई सम्मान गर्ने भएको छ। जेठ ७ मा संघले मकवानपुरका २ पत्रकार र २ कलाकारलाई सम्मान गर्न लागेको हो । संघका अध्यक्ष मणीराज गौतमले चलचित्र पत्रकारिता पुरस्कारबाट जनता टेलिभिजनका रामकुमार एलनलाई नगद ५ हजार र राष्ट्रिय चलचित्र पत्रकारीता सम्मान २०७५ बाट राजधानी दैनिकमा कार्यरत डब्बु क्षेत्रिलाई नगद ११ हजार…
काठमाडौं: अवैध हुन्डीको कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत जनसेवाबाट खटिएको टोलीले झापा शिवगंज गाउँपालिका वडा २ का २४ वर्षीय बिपिन उप्रेतीलाई पक्राउ गरेको हो। शंका लागेर उप्रेतीको झोला जाँच गर्दा दश लाख चालीस हजार रुपैयाँ प्रहरीले फेला परेको थियो। उप्रेतीले प्रयोग गर्ने मोबाइलमा भएको जानकारी अनुसार अहिलेसम्म ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको देखिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी…
काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेटको पक्षमा पक्राउ परेका व्यवसायीलाई साधारण रूपमा नछोड्न निर्देशन दिएका छन्। गृहमन्त्री थापाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सिन्डिकेट गर्दिन, सवारी कम्पनीमा दर्ता गर्छु, सवारी साधन चलाउँछु, सरकारलाई सहयोग गर्छु भन्ने कागज गराएर मात्र छोड्न निर्देशन दिएका छन्। गृहमन्त्री थापाले कागज गर्ने नमान्नेलाई अत्यावश्यक सेवा ऐन अन्तर्गत कारबाही गर्न समेत निर्देशन दिएका छन्। सिन्डिकेट पक्षधरलाई…
काठमाडौं : सेन्ट जेभियर्स स्पोर्ट्स क्लबले पाँचौ सेन्ट जेभियर्स अन्तर कलेज बास्केटबल कप वैशाख २३ देखी जेठ ८ गते हुँदैछ। यस पटक पनि महिला र पुरुष दुवै विधामा खेल हुनेछ। प्रतियोगितामा काठमाडौं उपत्यकाका ९ कलेजका १३ वटा टिमले सहभागिता जनाउँदैछन्। जसमा पुरुषतर्फ ९ र महिलातर्फ ४ वटा टिमले प्रतिस्पर्धा गर्नेछन्। १६ दिन सम्म सञ्चालन हुने प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन…
काठमाडौं : गएराति बसुन्धरामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भयो। बा३ च १६५४ नम्वरको जिप र बा ४० प ५७७७५ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक स्याङ्जा पुतलीबजार ३ घरभएका २६ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो। ठक्कर दिने जिप चेकजाँच गर्ने क्रममा प्रहरीले गाडीबाट पेस्तोल बरामद गरेको छ। महानगरीय प्रहरी बतृ महाराजगञ्जबाट खटिएको टोलीले चालक सुमन थापालाई नियन्त्रणमा लिई…
इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ। दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले पराजित गर्दै हैदरावाद शीर्ष स्थानमा पुगेको हो। हैदरावादले ९ खेलमा १४ अंक जोडेको छ। समान अंक भए पनि चेन्नाई रनरेटका कारण दोस्रो स्थानमा छ। दिल्लीले दिएको १६४ रनको लक्ष्य हैदरावादले एक बलअघि पूरा गर्यो। हैदरावादका लागि केन विलियम्सनले नटआउट ३२ तथा युसुफ…
काठमाडौँः नयाँ शक्ति पार्टी नेपालले मुद्दा, एजेण्डा तथा कार्यक्रम मिल्ने दलसँग मात्र पार्टी एकता गर्ने स्पष्ट पारेको छ। एकीकरणका विषयमा विभिन्न राजनीतिक दलसँग नयाँ शक्ति पार्टीको नाम जोडिएको भन्दै लक्ष्य विपरीतका कुनै पनि ध्रुवीकरणमा सामेल नहुने पार्टीले स्पष्ट पारेको छ। प्रवक्ताद्वय डम्बर खतिवडा र प्रशान्त सिंहले विज्ञप्ति जारी गर्दै एजेण्डा र बिचार मिल्ने दलसँग कार्यगत एकता तथा एकीकरण हुन सक्ने…
काठमाडौँः काठमाडौँको टोखा नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गए राति ११ बजे बा३च १६५४ नंको जीप र बा४०प ५७७५ नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक स्याङ्जा घर भई हाल माछापोखरी बस्ने २६ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो। मोटरसाइकल पछाडि रहेका अर्जुन बोहोरा भने घाइते भएका छन्। महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख योगेन्द्रसिंह थापाले दुर्घटनाबाट…
चितवन भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना१४प ८८२ नंको मोटरसाइकल अनियन्त्रित भई राति १२ः१५ बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२४ शुक्रनगर निवासी ३५ वर्षीय भरत रामदाम र उनका छोरा मोटरसाइकल पछाडि बसेका ११ वर्षीय समीर रामदामको मृत्यु भएको हो। दुर्घटनामा घाइते भई…
काठमाडौँः संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे अधिवेशनको पहिलो बैठक सुरु हुनेछ। प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक आजदेखि सुरु हुनेछन्। एक महिनाको अन्तरालपछि संसद्को दोस्रो अधिवेशन सुरु हुन लागेको हो। सचिवालयले अधिवेशन आह्वानको सम्पूर्ण तयारी पूरा गरेको छ। राजनीतिक दलसँगको परामर्शमा बजेट पारितसम्मका सम्भावित कार्यसूची सचिवालयले तयार पारेको छ। यस्ता छन् कार्यसूची अधिवेशनको…
विराटनगरः यातायात समितिलाई कम्पनीमा दर्ता गर्ने र सवारी साधन सञ्चालन गर्ने लिखित प्रतिबद्धता जनाएपछि पक्राउ परेका यातायात व्यवसायी रिहा भएका छन्। सिन्डिकेटको माग गर्दै यातायात बन्द गर्ने पूर्व नेपाल यातायात व्यवसायी संघ र कोशी बस व्यवसायी संघ आबद्ध तीन व्यवसायीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको थियो। पूर्व नेपाल यातायात व्यवसायी संघका उपाध्यक्ष उत्तम चौलागाईँ र टीका भट्टराई तथा कोशी बस…
कठमाडौं: ‘द भ्वाइस’को नेपाल डिजिटल अडिसन सकिएको छ। कार्यक्रमको स्थानीय आयोजक एएनसि इभेन्ट म्यानेजमेन्टले शुक्रबार इटहरीमा पत्रकार सम्मेलन गरी पहिलो चरणको अडिसन सकिएको बारे जानकारी दिइयो। पहिलो अडिसनबाट छानिएकाहरुबाट अब प्रतिस्पर्धीहरुलाई दोस्रो चरणमा लगिनेछ। जसलाई निर्माण टिमले ‘ब्लाइन्ड अडिसन’को नाम दिएको छ। दोस्रो चरणमा पुग्नका लागि हुने अडिसन टिभीमा प्रशारण हुनेछ। तीमध्य केहीको प्रेरणादायी कथालाई भिडियोमार्फत देखाइने कार्यक्रम निर्माण सदस्य…
काठमाडौंः नेपाल भ्रमणमा रहेका रोयल थाई आर्म्ड फोर्सका रक्षा प्रमुख जेनेरल तारच्यान सिरवान स्वदेश फिर्ता भएका छन्। प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा नेपाल आएका सिरवान चारदिने नेपाल भ्रमण पछि शनिवार फर्केका हुन्। भ्रमणका क्रममा उनले राष्ट्रपति विद्या देवी भण्डारी, रक्षामन्त्री र प्रधानसेनापतिसँग बेग्लाबेग्लै भेट गरेका थिए। उनले पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्नुको साथै लुम्बिनी र पोखराको…
पोखरा : पोखराको मालेपाटनस्थित विद्युत प्राधिकरण कार्यालयको मुलगेट अगाडि बम फेला परेको छ। रातो झोलामा तार बाहिर निस्केको अवस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यलय कास्कीले जानकारी दिएको छ। कपडामा तारले बेरेको अवस्थामा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थिए। विप्लव नेतृत्वको नेकपाको बन्दका क्रममा फेलापरेको शंकास्पद बमलाई नेपाली सेनाको कालिभञ्ज्याङ्ग गण पोखरा ६ रत्नमन्दिरको टोलीले डिस्पोज गरेको हो।…
किलउवे ज्वालामुखि बिस्फोट भएको भोलिपल्ट हवाइमा शक्तिशाली भूकम्पको महसुस गरिएको छ। एउटा भूकम्प ६.९ म्याग्नेच्युडसम्मको मापन गरिएको छ। सन् १९७५ यताको यो सबैभन्दा ठूलो धक्का मानिएको छ। भूकम्पसँगै विद्युत आपूर्ति अवरुद्ध भयो भने मानिसहरु घर बाहिर निस्कनेक्रम बढ्यो। यद्यपि, सुनामीको चेतावनी भने दिइएको छैन। भूकम्पसँगै ३० मिटर उचाईसम्म ज्वालामुखिका लाभा उछालिएको छ जसले सयौं घर र बस्तीहरुलाई विस्थापित गरेको छ।…
काठमाडौं : ३३ किलो सुन प्रकरणमा फरार रहेका प्रहरी हवल्दार पक्राउ परेका छन्। ३६ वर्षीय प्रहरी हवल्दार अमर भन्ने अम्मरबहादुर थापा मगरलाई शुक्रवार साँझ जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो। एसएसपी श्यामबहादुर खत्रीका बडी गार्ड रहेका थापाले विमानस्थलबाट तस्करले सुन भित्र्याउँदा छेउबाट स्कर्टिङ गर्ने गरेको प्रतिवादी विष्णु बहादुर खड्काको बयानमा उल्लेख छ। प्रहरीले थापालाई आइतवार जिल्ला अदालत मोरङमा उपस्थित…