काठमाडौं: फिल्ममा भिलेनको भूमिकामा देखिँदै आएका द्वन्द्व निर्देशकसमेत रहेका राजेन्द्र खड्गीलाई प्रहरीले पक्राउ गरेको छ। दक्षिण कोरियामा बिभिन्न फिल्म बनाउने भन्दै कलाकारको नाममा अवैध रुपमा दक्षिण कोरिया पठाएको आरोपमा उनलाई ठमेलबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। खड्गीलाई काठमाडौँ जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको र अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ। …
काठमाडौं : भेट्रान स्पिनर बसन्त रेग्मीले सम्हालियर खेल्दै नटआउट २४ रन बनाएपछि नेपालले आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को पहिलो खेलमा नामिबियामाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको छ। १३९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले नियमित अन्तरमा विकेट गुमाउँदा 'क्राइसिस म्यान'को उपनामले चिनिने बसन्तले नेपाललाई जित दिलाएका हुन्। उनले दोस्रो अन्तिम ओभरमा छक्का प्रहार गर्दै अन्तिम ओभरमा जितका लागि ७ रन…
काठमाडौं : बिहीवारदेखि नामिबियामा सुरु भएको डिभिजन टू मा नेपाल, युएई र क्यानडाले विजयी सुरुवात गरेका छन्। क्यानडा र युएईले शानदार जित हासिल गर्दा नेपालले भने घरेलु टोलि नामिबियामाथि १ विकेटको संघर्षपूर्ण जित हात पारेको छ। क्यानडाले ओमानलाई ८ विकेटले हराउँदा युएईले केन्यालाई २१८ रनले पराजित गर्यो नेपालले १३९ रनको समान्या लक्ष्य ४९.२ ओभरमा ९ विकेट गुमाएर पूरा गर्दै १ विकेटको…
काठमाडौं : वसन्त रेग्मी नेपाली क्रिकेट टिमको ‘क्राइसिस म्यान’ उपनामले चिनिन्छन्। यी भेट्रान स्पिनरले धेरै पटक आफ्नो बलिङमार्फत् यसलाई धेरै पटक पुष्टि गरिसकेका छन्। तर बसन्तले ब्याटिङमा पनि त्यो प्रमाणित गरेर देखाए आइसीसी डब्लुसिएल डिभिजन टू मा। घरेलु टोली नामिबियाविरुद्ध नेपाललाई जितका लागि १८ बलमा १८ रन आवश्यक थियो जुन बेला नेपालसँग १ विकेट मात्र बाँकी थियो। क्रिजमा थिए वसन्त रेग्मी…
काठमाडौँः संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा सदस्यका लागि आज निर्वाचन भइरहेको छ। बिहान १० बजेदेखि ३ बजेसम्म निर्वाचन हुनेछ। कूल ५९ सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये तीन जना मनोनयनबाट चयन हुनेछन्। अन्य ५६ जना निर्वाचनबाट आउँनेछन्। ५६ मध्ये २४ जना निर्विरोध निर्वाचित भइसकेका छन्। अन्य ३२ सदस्यका लागि ५२ जनाबीच प्रतिस्पर्धा हुँदैछ। देशभरमा कूल दुई हजार ५६ मतदाता रहेका छन्। प्रदेश २ बाहेकका…
संयुक्त राष्ट्रसंघले मालदिभ्समा जारी गरिएको सङ्कटकाल घोषणालाई फिर्ता गरी सम्पूर्ण नागरिकको सुरक्षाको प्रत्याभूत गर्न मालदिभ्स सरकारसँग आग्रह गरेको छ। राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेर्रेसले मालदिभ्सको सङ्कटकाल समस्याको समाधान होइन भन्दै मालदिभ्समा विकसित पछिल्लोस्थितिले राष्ट्रसंघको ध्यानाकर्षण गरेको छ। उनले देशको सर्वोच्च अदालतबाट सुरक्षाकर्मी हटाउन पनि आग्रह गरे। सम्पूर्ण नागरिकको सुरक्षालाई प्रत्याभूत गर्नु र पक्राउ परेका प्रधानन्यायाधीशको रिहाई गर्नु कानूनी शासनको सम्मान गर्नु…
काठमाडौं: मोटिभेसनल स्पिकर एवं सामाजिक अभियन्ता सृष्टि केसीको जीवनमाथि बनेको बायोपिक ब्लाइन्ड रक्सको अफिसियल ट्रेलर रिलिज भएको छ। मंगलबार आयोजित प्रेसमिटमा बेनिशा हमाल र अर्पण थापा स्टारर फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो। फागुन १८ गते रिलिज हुने फिल्मलाई मिलन चाम्सले निर्देशन र निकेश लिम्बुले निर्माण गरेका हुन्। फिल्ममा सृष्टिको भूमिका बेनिशाले हमालले निभाएकी छिन्। फिल्ममार्फत बैंकर अनिल केशरी शाह…
लामो विवादपछि प्रदर्शनमा आएको फिल्म ‘पद्मावत’को चर्चा कम हुन नपाउँदै पुन: अर्को बलिउड फिल्म निर्माणमा विवाद सिर्जना भएको छ। अभिनेत्री कंगना रनावतको मुख्य अभिनय रहने भनिएको फिल्म ‘मनिकर्णिका’ विरुद्ध हिन्दु एक्टिभिस्ट उभिएका हुन्। झासीकी रानीको कथा भन्ने मनिकर्णिकाले इतिहासको कथा तोडमोड गर्ने भन्दै सर्व ब्राह्मिन महासभा नामक समुहले फिल्म निर्माणमा रोक लगाउने चेतावनी दिएको हो। बलिउड हंगामाले जनाए अनुसार उक्त…
काठमाडौं: गत वर्ष डिसेम्बरमा वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईविरुद्धको खेल खेल्न दुबई पुग्दा नेपालका कप्तान पारस खड्काले डिभिजन टू क्रिकेट रोयल रम्बल जस्तै हुने बताएका थिए। जहाँ ६ टिम दुई स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपाल लगायत एसोसिएट राष्ट्रहरुका लागि सन् २०१९ मा हुने वान डे वर्ल्डकप पुग्ने एउटै बाटो हो डिभिजन टू। भोलिबाट नामिवियामा डिभिजन टू सुरु हुँदैछ। जसमा…
काठमाडौं: राष्ट्रिय सभा सदस्य चयनका लागि ६ प्रदेशमा मतदान सुरु भएको छ। यसै क्रममा प्रदेश ३ मा पनि राष्ट्रिय सभा सदस्य चयनका लागि मतदान सुरु भइसकेको छ। मतदानका क्रममा काठमाडौं प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्यले ललितपुरको जाउलाखेलमा रहेको मतदान केन्द्रमा मतदान गरेकी छन्। बिहान १० बजेदेखि ३ बजेसम्म निर्वाचन हुनेछ। कूल ५९ सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये तीन जना मनोनयनबाट चयन हुनेछन्।…
काठमाडौं : मदन भण्डारी स्पोर्टस् एकेडेमी अन्तर्गतको क्रिकेट विभागले ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीलाई छात्रवृत्ति तथा खेल सामग्री प्रदान गरेको छ। विभागले गत माघ ५ र ६ गते आयोजना गरेको क्रिकेट कार्निभलमा सञ्चालित ट्यालेन्ट हन्टबाट छनोट भएका १० खेलाडीलाई मंगलवार प्रशिक्षण छात्रवृत्ति र खेलसामग्री प्रदान गरेको हो । दुई दिने ट्यालेन्ट हन्टबाट कमल खत्री, अमृत थापा, दिनेश बुढामगर, कृष्मा गुरुङ,…
काठमाडौं: राष्ट्रियसभा निर्वाचन अन्तर्गत आज प्रदेश १ र ७ मा २/२ सदस्यका लागि मात्र मतदान भइरहेको छ। दलित १ र अपाङ्गता भएका वा अल्पसंख्यक समुदायबाट १ गरी जम्मा २ सदस्यका लागि मात्र मतदान भइरहेको हो। यी प्रदेशबाट महिला ३ र अन्य ३ गरी ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भैसकेका छन। यी हुन् निर्वाचनको मैदानमा रहेका उम्मेदवारहरु प्रदेश १ अपाङ्गता भएको…
काठमाडौं: राष्ट्रियसभा सदस्य चयनका लागि भएको निर्वाचनमा प्रदेश १ र ४ मा सम्पन्न भएको छ। अन्य प्रदेशमा अहिले १२: ३० सम्ममा ६० प्रतिशत मतदान भइसकेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। ३२ जना सदस्यको लागि छ प्रदेशमा मतदान जारी छ। प्रत्येक प्रदेशले महिला तीन, खुल्ला तीन, दलीत एक, अपाङ्गता भएका वा अल्पसंख्यक समुदायबाट १ सदस्य गरी आठ जना सदस्य…
बलिउड अभिनेता सलमान खानको आधिकारिक ट्विटर ह्यान्डलमा भएका पछिल्ला तीन ट्विटले उनको फलोअर्सलाई केही छक्क तुल्यायो त केही खुशी बनाउने खालका छन्। फेब्रुअरी ६ का दिन दिउँसो १२:३० मा उनले एउटा ट्विट लेखे,'मुझे लड्की मिल गयी'। सलमान खानको उक्त ट्विटमा फलोअर्सको जिज्ञासा र प्रतिक्रियाको ओइरो लाग्यो। १४ हजारपटक रिट्विट भएको ट्विटमा २० हजार प्रतिक्रिया छन् भने ८३ हजार लाइक। विलिया वन्तुरसँग…
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचनमा खुलातर्फबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका उम्मेदवार राधेश्याम अधिकारी नेकपा एमालेकी प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्यसँग मत माग्दै जाउलाखेल मतदान केन्द्रमा।
काठमाडौं: प्रदेश ७ मा प्रदेशका २ सदस्यबाहेक सबैले मतदान गरिसकेका छन्। २ सदस्यका लागि ३ बजेसम्म कुर्ने र ४ बजे मतगणना सुरु हुने डोटी निर्वाचन कार्यालयका अधिकृत नन्दीराज ओझाले जानकारी दिए। प्रदेश सदस्य ५३ जना रहेकोमा ५१ जनाले मतदान गरिसकेका छन् भने स्थानीय तहका १७६ जना मतदाता सबैले मतदान गरिसकेका छन्। यस प्रदेशमा दलित १ र अपांगता भएका वा अल्पसंख्यक…
काठमाडौंः राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा प्रदेश ३ र ६ मा शतप्रतिशत मतदान भएको छ। प्रदेश ३ मा ललितपुरको जाउलाखेल मैदानमा बिहान सवा १० बाट सुरु भएको मतदान साढे २ मा सकियो। मतदानमा प्रदेश सभा र स्थानीय तहका गरी ३४८ मतदाता रहेकोमा सबैजनाले मत खसालेको निर्वाचत कार्यालय अधिकृत सीता साम्वाले जानकारी दिइन्। सर्वदलीय बैठक बसेलगत्तै मतगणनाको समय तय…
अच्युत रेग्मी- काठमाडौं: न धुलो, न धुवाँ, न घाम, न पानी सवारी व्यवस्थापनमै बित्दैछ ट्राफिक प्रहरीको जिन्दगानी। राजधानीसहित देशका अधिकांश शहरमा अहिले खटिएका ट्राफिक प्रहरीको अधिकांश समय घाम, पानी, धुवाँ धुलो नभनी ट्राफिक व्यवस्थापनमै बितेको छ। थानकोटमा कार्यरत एक प्रहरी जवान राजधानी भित्रिने प्रमुख नाका कलंकी–थानकोट बाटो मर्मतले गर्दा हुने धुलो धुवाँले गर्दा काम गर्न समस्या परेको बताउछन्। “धुवाँ र…
काठमाडौं: सिन्धुपाल्चोकमा निर्माण भइरहेको माझी बस्ती सहयोगार्थ कान्छी सांगीतिक साँझ सम्पन्न भयो। फिल्म कान्छी युनिट तथा श्वेताश्री फाउन्डेसनको आयोजनामा मंगलबार कार्यक्रम भएको हो। कार्यक्रममा नृत्य निर्देशक बसन्तकुमार श्रेष्ठलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो। उनलाई अभिनेत्री श्वेता खड्काले ५१ हजार रकम हस्तान्तरण गरिन्। त्यस्तै नेपालको बसुन्धरा भूषाल र रक्षा नेपालकी प्रमुख सामाजिक अभियान्ता मेनुका थापालाई श्वेताश्री फाउन्डेशनले विशेष सम्मान गर्यो। युवा…
विराटनगर: प्रदेश १ मा राष्ट्रिय सभाको निर्वाचनको मतगणना सुरु भएको छ। साँझ ७ बजेभित्र मतपरिणाम प्राप्त भइसक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। विराटनगरस्थित वीरेन्द्र सभागृहमा बिहान १० बजे सुरु भएको मतदान ३ बजे सम्पन्न भएको हो। प्रदेश सभा १–का ९३ सांसद् मध्ये ९२ जनाले मतदान गरेका छन्। प्रदेश–१ बाट राष्ट्रिय सभामा चुनिने ८ सांसद्मध्ये ६ जनो यसअघि नै निर्विरोध निर्वाचित भइसकेका…