PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

  • बुढासुब्बा गोल्डकप : निराजन खड्काको ह्याट्रिक, थ्री स्टार सेमिफाइनलमा

    बुढासुब्बा गोल्डकप : निराजन खड्काको ह्याट्रिक, थ्री स्टार सेमिफाइनलमा

    धरान : निराजन खड्काको ह्याट्रिक प्रेरित रुस्लान थ्री स्टार धरानमा भइरहेको २०औँ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलवार भएको अन्तिम क्वाटरफाइनल सुदूरपश्चिम-११ लाई ४-० ले पराजित गर्दै थ्री स्टारले अन्तिम चारमा स्थान बनाउको हो। थ्री स्टारले अब कोलकताको दुर्गापुर स्टिलसँग फायनल प्रवेशका लागि खेल्नेछ। थ्री स्टारलाई सहज जित दिलाउन निराजन खड्काले ह्याट्रिक गर्दा सुनिल बलले एक गोल गरे। खड्काले…

    विस्तृतमा पढ्नुस्

  • एपीएफलाई हराउँदै आयोजक न्यू डायमण्डले जित्यो उपाधि

    एपीएफलाई हराउँदै आयोजक न्यू डायमण्डले जित्यो उपाधि

    काठमाडौं : आयोजक न्यू डायमण्ड एकेडेमीले शिवम् न्यू डायमण्ड कप राष्ट्रिय खुल्ला राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ। मंगलवार भएको खेलमा चिरपरित प्रतिद्वन्दी एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै न्यू डायमण्ड च्याम्पियन बनेको हो। नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा सम्पन्न फाइनल खेलको पहिलो सेट २४-२६ ले गुमाउपनि न्यु डायमण्डले उत्कृष्ट पुनरागमन गर्दै लगातार तिन सेट जित्यो। न्यु डायमण्डले दोस्रो,…

    विस्तृतमा पढ्नुस्

  • १४ किलोको काउली हेर्नुस

    १४ किलोको काउली हेर्नुस

    म्याग्दी: जिल्लाको रघुगंगा गाउँपालिका–२ घट्टका कृषक पदमबहादुर कार्कीले बारीमा फलेको काउली १४.५ किलोग्राम तौल रहेको छ। उक्त काउली हेर्नेको भिड लागेको उनले बताएका छन्।  

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको कठिन यात्रा शुरु भो, डटेर काम गरौं: डा शेखर कोइराला

    कांग्रेसको कठिन यात्रा शुरु भो, डटेर काम गरौं: डा शेखर कोइराला

    काठमाडौं: नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले पार्टीका सामु आएका सबै प्रकारका चूनौतीसँग डटेर उच्च मनोबलका साथ काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरेका छन्। आज कांग्रेस मोरङले विराटनगरमा आयोजना गरेको प्रदेश नं १ का पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका जन प्रतिनिधि एवं प्रदेश सभाका सदस्यलाई कोइरालाले उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका हुन्। डा कोईरालाले भने, 'अब कूनै…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ र ४ को प्रदेश सभाको बैठक आज, सभामुख चयनको मिति तोकिने

    प्रदेश १ र ४ को प्रदेश सभाको बैठक आज, सभामुख चयनको मिति तोकिने

    काठमाडौँः प्रदेश सभा अधिवेशन अन्तर्गत आज प्रदेश नम्बर १ र ४ को पहिलो अधिवेशन सुरु हुँदैछ। अधिवेशनको पहिलो बैठकको तयारी पूरा भइसकेको छ। पाँच प्रदेशमा यसअघि नै अधिवेशन सुरु भइसकेको छ। प्रदेश १ र ४ दुबैको अधिवेशन बिहान ११ बजेका लागि बोलाइएको छ। स्थायी सभामुख चयन नहुँदासम्म सभाका बैठक ज्येष्ठ सदस्यले सञ्चालन गर्नेछन्। सोमबारदेखि सुरु हुने अधिवेशनले सभामुख चयनको कार्यतालिका…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुल घरेलु मैदानमा टोटनहमसँग बराबरीमा रोकियो

    प्रिमियर लिग : लिभरपुल घरेलु मैदानमा टोटनहमसँग बराबरीमा रोकियो

    मोहमद शहालहले दुई गोल गरेपनि लिभरपुल प्रिमियर लिग खेलमा गएराति टोटनहम हट्सपरसँग २-२ गोलको बराबरीमा रोकिएको छ। टोटहमका लागि ह्यारी केनले इन्जुरी टाइमको पाँचौ मिनेटमा पेनाल्टीबाट बराबरी गोल फर्काएपछि लिभरपुल जितबाट बन्चित भएको हो। घरेलु मैदान एनफिल्डमा खेलको तेस्रो मिनेटमै शलाहले गोल गर्दै लिभरपुलललाई अग्रता दिलाएका थिए। टोटनहमले बराबरी गोल फर्काउन ८०औँ मिनेटसम्म कुर्नुपर्‍यो। टोटनहमका लागि भिक्टोर वानयमाले बराबरी गोल…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई हरायो

    ला लिगा : एथ्लेटिको मड्रिडले भ्यालेन्सियालाई हरायो

    स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडले तेस्रो स्थानको भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ। जितपछि एथ्लेटिकोले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी ९ मा जारेको छ। बार्सिलोनाले स्पानयोसँग १-१ को बराबरी खेलेको थियो। घरेलु मैदानमा एथ्लेटिकोलाई जित दिलाउन ५९औँ मिनेटमा एन्जल कोरेअले गरेको गोल निर्णायक बन्यो। जितपछि २२ खेलबाट एथ्लेटिकोको ४९ अंक भएको छ। समान खेलबाट ५८…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे उम्मेदवारी रद्द

    राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे उम्मेदवारी रद्द

    काठमाडौँः राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत सोमबारदेखि मौन अवधि सुरु भएको छ। राष्ट्रियसभा सदस्यका उम्मेदवारले आइतबारसम्म निर्वाचनको अन्तिम प्रचारप्रसार र आन्तरिक प्रशिक्षण गरेका छन्। आजदेखि कुनै पनि प्रचारात्मक गतिविधि गर्न पाइने छैन। मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुँदासम्म कुनै पनि उम्मेदवारले निर्वाचनलाई प्रभावित पार्ने गतिविधि गर्न पाउने छैनन्। मौन अवधिको पालना उम्मेदवार, राजनीतिक दल तथा सञ्चारमाध्यमले समेत गर्नु पर्नेछ।  एसएमएस,…

    विस्तृतमा पढ्नुस्

  • इटालियन सिरि ए : युभेन्ट्सको ७ गोल, हिग्वेनको ह्याट्रिक

    इटालियन सिरि ए : युभेन्ट्सको ७ गोल, हिग्वेनको ह्याट्रिक

    इटालियन सिरी ए मा शीर्ष स्थानको नेपोली र दोस्रो सथानको युभेन्ट्सले जति हात पारेका छन्। नेपोलीले बेनेभेन्टोलाई २-० ले पराजित गर्दा युभेन्ट्सले ससुलोलाई ७-० ले हरायो। नेपोलीका लागि ड्रा मर्टेन्स र मारेक ह्यामसिकले गोल गरे। युभेन्ट्सको फराकिलो जितमा गोन्जालो हिगवेनले ह्याट्रिक गरे भने सामी खेडिराले दुई तथा एलेक्स सान्ड्रो र मिरालेम पिजानिकले एक-एक गोल गरे। जितपछि २२ खेलबाट शीर्ष स्थानको…

    विस्तृतमा पढ्नुस्

  • भ्यालेनटाइन विशेष नयाँ गीत ‘हाम्रो नाता’ रिलिज

    भ्यालेनटाइन विशेष नयाँ गीत ‘हाम्रो नाता’ रिलिज

    काठमाडौं: प्रेम दिवसको अवसरमा गायिका जुनु गौतम नयाँ गीति भिडियो सार्वजनिक भएको छ। ‘हाम्रो नाता’ बोलको गीत युट्युब रिलिज भएको हो। गीतमा जुनु रिजालको स्वर, पुष्पन प्रधानको स्वर र संगीत रहेको छ। गीतलाई सेलिब्रेटी नेपालले प्रस्तुत गरेको हो। जे.डी.क्रियसनको निर्माणमा बनेको भिडियोलाई सुरेश काफ्ले र ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन्। त्यस्तै विकास ज्ञवालीको सम्पादन रहेको छ। भिडियोमा मिलन दाहाल र…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकमा ३५ प्रतिशत भूकम्प पीडितले अझै घर निर्माण गरेनन्

    सिन्धुपाल्चोकमा ३५ प्रतिशत भूकम्प पीडितले अझै घर निर्माण गरेनन्

    चौतारा: भूकम्पबाट सबैभन्दा प्रभावित सिन्धुपाल्चोकका ३५ प्रतिशत पीडितले अझै घर निर्माण गर्न सकेका छैनन्। पहिलो किस्ता अनुदान घरायसी प्रयोजनमा खर्च गरेको र आर्थिक तथा दक्ष कामदार अभाव, आकासिँदो मूल्य वृद्धिका कारण घर निर्माण गर्न कठिनाइ भएको पीडितले बताएका छन्। जिल्लामा भूकम्प पीडित लाभग्राही ७८ हजार ५३७ परिवार रहेका छन् । पहिलो सूचीमा समावेश नभएका पाँच हजार १२६ परिवारले गुनासो दर्ता गराए…

    विस्तृतमा पढ्नुस्

  • पद्मावतले तोड्यो बाजीराव मस्तानीको रेकर्ड

    पद्मावतले तोड्यो बाजीराव मस्तानीको रेकर्ड

    सञ्जयलिला भंशाली निर्देशित फिल्म पद्मावतले उनकै फिल्म बाजीराव मस्तानीको रेकर्ड तोडेको छ। फिल्मले बक्सअफिसमा धमाका मच्चाएको हो। प्रदर्शनमा आएको १० दिनमा पद्मावतले १९२ करोड ५० लाखको व्यवसाय गरेको हो। जबकी बाजीराव मस्तानीको लाइफटाइम बिजनेस १८८ करोड मात्र थियो। विवादका कारण चर्चामा आएको भनिए पनि फिल्मले समिक्षात्मक हिसाबमा मिश्रित प्रतिक्रिया पाइरहेको छ। बलिउड ट्रेड एनालिस्टहरुले आइतबारसम्ममा फिल्मले २०० करोड माथिको व्यापार…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ४ प्रदेश सभाको पहिलो बैठक डेढ घण्टाको, यस्तो छ तयारी

    प्रदेश ४ प्रदेश सभाको पहिलो बैठक डेढ घण्टाको, यस्तो छ तयारी

    कास्कीः प्रदेश नम्बर ४ को प्रदेश सभा बैठक सोमबार पोखरामा बस्दैछ। प्रदेश सभाको पहिलो बैठक बस्ने स्थानको भवन तथा अन्य व्यवस्थापन सकिएको छ। प्रदेश सभाको बैठक हुने नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रको हलसहितका भवनहरु आकर्षक तुल्याइएको छ। नगर प्रशिक्षण केन्द्रको हलमा कापेर्टिङ गरिएको छ। टेबल, कुर्सी मिलाउनेदेखि रङरोगनका काम सकिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए। नदीपुरको नगर विकास प्रशिक्षण केन्द्रको…

    विस्तृतमा पढ्नुस्

  • प्रेमिकाको हत्या गरी नदीमा फाल्ने युवक पक्राउ

    प्रेमिकाको हत्या गरी नदीमा फाल्ने युवक पक्राउ

    फलेवासः आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन्। पराजुलीले यही माघ ५ गते बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया युवतीको हत्या गरी पर्वतको विहादी गाउँपालिका–२ बउरस्थित बाँझो खेतबाट कालीगण्डकीमा फालेका थिए। मृतकको शव भने गुल्मीको कालीगण्डकी गाउँपालिका–४ घुमाउनेस्थित कालीगण्डकीको किनारमा फेला…

    विस्तृतमा पढ्नुस्

  • गैंडाको आक्रमणबाट ३६ वर्षीय युवकको मृत्यु

    गैंडाको आक्रमणबाट ३६ वर्षीय युवकको मृत्यु

    चितवनः माडी नगरपालिका–१ का ३६ वर्षीय प्रेमराज ढुंगेलको गैंडाको आक्रमणबाट मृत्यु भएको छ। ढुंगेलको आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ। अमिलिया जंगलमा गाईवस्तु चराउन गएका ढुंगेल घर फर्की नआएकाले खोजी गर्ने क्रममा काँसघारीमा गैडाको आक्रमणबाट मृत्यु भएको अवस्थामा फेला पारेका थिए। 

    विस्तृतमा पढ्नुस्

  • नेपालका रविन श्रेष्ठले दिए लिभरपुलका मोहमद शलाहलाई 'म्यान अफ दि म्याच अवार्ड'

    नेपालका रविन श्रेष्ठले दिए लिभरपुलका मोहमद शलाहलाई 'म्यान अफ दि म्याच अवार्ड'

    काठमाडौं : नेपालका रविन श्रेष्ठले लिभरपुलका मोहमद शालहलाई प्रिमियर लिगको म्यान अफ दि म्याच अवार्ड प्रदान गरेका छन्। गएराती भएको लिभरपुल र टोटनहमबीचको खेल हेर्न एनफिल्ड पुगेका श्रेष्ठले खेलपछि शलाहलाई उक्त अवार्ड दिने अवसर पाएका हुन्। लिभरपुलको अफिसियल स्पोनसर रहेको कार्ल्सवर्ग बियरको २५औँ वर्षको अवसरमा श्रेष्ठले एनफिल्ड गएर उक्त खेल हेर्न अवसर पाएका हुन्। कार्ल्सवर्गको अधिकृत विक्रेता गोरखा ब्रुअरीको 'फर्च्यून फेवर्स…

    विस्तृतमा पढ्नुस्

  • ब्यालेन्स सकिए पनि कल नकाटिने : नेपाल टेलिकमले सुरु गर्‍यो नमस्ते क्रेडिट

    ब्यालेन्स सकिए पनि कल नकाटिने : नेपाल टेलिकमले सुरु गर्‍यो नमस्ते क्रेडिट

    काठमाडौं: नेपाल टेलिकमले आफ्नो १४ औं वार्षिक उत्सवको अवसर पारेर नमस्ते क्रेडिट सुरु गरेको छ। अबदेखि प्रिपेड प्रयोगकर्ताहरुले मोबाइलमा न्यून ब्यालेन्स भएको बेला पनि पैसा सकिएर कुरा रोक्नुपर्ने छैन। तपाईको फोनमा १ रुपैयाँ मात्रै ब्यालेन्स भएपनि तपाईले चाहिएजति कुरा गर्न सक्नु हुन्छ। त्यसपछि तपाईले मोबाइलमा रिचार्ज गरेको बेला उक्त क्रेडिट आंशिक रुपमा टेलिकमले काट्दै जानेछ। उक्त क्रेडिट लिए वापत टेलिकमले अतिरिक्त शुल्क…

    विस्तृतमा पढ्नुस्

  • ह्याप्पी बर्थडे रोनाल्डो एण्ड नेमार

    ह्याप्पी बर्थडे रोनाल्डो एण्ड नेमार

    वर्तमान विश्व फुटबलका दुई चर्चित खेला८ क्रिस्टियानो रोनाल्डो र नेमार जुनियरको आज जन्मदिन परेको छ। स्पानिस जायन्ट रियल मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने पोर्चुगलका क्रिस्टायनो रोनाल्डोको आज ३३औँ जन्मदिन हो। यस्तै फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीबाट क्लब फुटबल खेलिरहेका नेमार २६ वर्षका भए। सन् १९८५ मा फुन्चल मडेइरियामा जन्मेका रोनाल्डोको पुरा नाम क्रिस्टियानो रोनाल्डो डस सान्तोष एभेइरियो हो। उनको बुबाको…

    विस्तृतमा पढ्नुस्

  • आफ्ना श्रीमानमाथि आइलागेका ८ आक्रमणकारीमाथि यसरी जाइलागिन् एक महिला

    आफ्ना श्रीमानमाथि आइलागेका ८ आक्रमणकारीमाथि यसरी जाइलागिन् एक महिला

    लखनउ: भारतको लखनउस्थित काकोरी भन्ने ठाउँमा एक व्यक्तिमाथि ८ जनाले लाठीमुङ्रीसहित आक्रमण गरे।  उनकै घर आइपुगेका आक्रमणकारीले सुरुमा गेटमा घन्टी बजाए। आबिद अली नामक ती व्यक्तिमाथि  गेट खुलेर कुराकानी गर्नसाथ आक्रमण गरिहाले।  अलीलाई आक्रमण गर्न ८ जना आइलागेपछि उनकी पत्नी ती आक्रमणकारीमाथि रिभल्बर बोकेर जाइलागिन्। लगत्तै आक्रमणकरीहरु घटनास्थलबाट फरार भए। ती व्यक्तिहरु भागेकै बेला अलीले श्रीमतीको हातबाट रिभल्बर लिएर हवाइ…

    विस्तृतमा पढ्नुस्

  • काइली जेन्नर र टार्विस स्कटले दिए छोरी जन्मिएको जानकारी

    काइली जेन्नर र टार्विस स्कटले दिए छोरी जन्मिएको जानकारी

    अमेरिकी मोडल एवं सञ्चारकर्मी काइली जेन्नरले छोरीलाई जन्म दिएकी छिन्। उनले आफ्नो इन्स्टाग्राममार्फत आफू आमा बनेको खबर सार्वजनिक गरेकी हुन्।  २० वर्षीय काइली गर्भवती रहेको खबर एक महिनाअघि मात्र सार्वजनिक भएको थियो। उनले विहीबार नै आफूले छोरीलाई जन्म दिएको जनाएकी छिन्। 'म आमा बन्न लागेको खबर मैले आफै गोप्य राख्न चाहेको थिएँ। त्यसैले यसबारे कुनै पनि कुरा थाहा नदिएकोमा माफ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell