PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

  • भ्यालेन्टाइन्स डे विशेष नाटक ‘म रोज’  मञ्चन हुँदै

    भ्यालेन्टाइन्स डे विशेष नाटक ‘म रोज’  मञ्चन हुँदै

    काठमाडौं: भ्यालेन्टाइन्स डे विशेष नाटक 'म रोज' मञ्चन हुने भएको छ। विहीबारदेखि काठमाडौंको शिल्पी थिएटरमा अमेजन इन्टरटेन्मेन्टले प्रस्तुति रहेको उक्त नाटक मञ्चन सुरु हुने भएको हो। कमल खतिवडाको लेखन तथा निर्देशन रहेको नाटकमा मोडल तथा अभिनेता दिक्पाल कार्की, मोडल तथा कोरियोग्राफर हिमानी सुब्बा, मन्जु श्रेष्ठ, केशव सापकोटा, गौरा राई, पवित्रा खड्का, खेमानन्द जैसी, ज्ञानिता नेम्वाङ, अभिषेक बोहोरा, करुणा श्रेष्ठ, विष्णु…

    विस्तृतमा पढ्नुस्

  • को हुन् राष्ट्रिय सभाको निर्वाचनमा गयल हुने ७ मतदाता?

    को हुन् राष्ट्रिय सभाको निर्वाचनमा गयल हुने ७ मतदाता?

    काठमाडौं: आज सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा कूल एक हजार ६७७ मतदाता मध्ये ८ जना मतदानका लागि उपस्थित भएनन्। ८ मध्ये एक जनाको मृत्यु भइसकेको छ भने सात जना 'गयल' भएका हुन्। यी हुन् मतदानमा गयल हुनेहरु प्रदेश १ प्रदेश १ बाट तीन जनाले मतदान गरेनन्। संखुवासभा जिल्ला मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, ताप्लेजुङ जिल्ला मिक्वाखोला गाउँपालिकाकी उपाध्यक्ष रुद्रकुमारी साँवा र…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ७ मा एमाले र माओवादीको उम्मेदवार विजयी

    प्रदेश ७ मा एमाले र माओवादीको उम्मेदवार विजयी

    काठमाडौं: दुई राष्ट्रिय सभा सदस्यको लागि निर्वाचन भएको प्रदेश नम्बर ७ मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन। एक दलित र एक अपाङ्गता भएका वा अल्पसंख्यक समूह सदस्यहरुको लागि निर्वाचन भएको थियो।  दलित सदस्यमा एमालेका चक्रप्रसाद स्नेही बिजयी भएका छन भने अपाङ्गता भएका वा अल्पसंख्यक समूह सदस्यमा नेकपा माओबादी केन्द्रका महेश कुमार महरा निर्वाचित भएका छन।  दलित सदस्यमा बिजयी स्नेहीले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ३ मा कांग्रेसलाई २ सिट, अरु सबै वाम गठबन्धनका उम्मेदवार विजयी

    प्रदेश ३ मा कांग्रेसलाई २ सिट, अरु सबै वाम गठबन्धनका उम्मेदवार विजयी

    काठमाडौं: राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा प्रदेश ३ बाट कांग्रेसले २ स्थानमा जित हासिल गरेको छ। ८ सदस्यका लागि भएको निर्वाचनमा कांग्रेसका नेता तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी २, ५५६ मतसहित विजयी भए। त्यसैगरी कांग्रेसकी धनकुमारी खतिवडा महिलाबाट विजयी भइन्। अन्य ६ पदमा वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। नेकपा माओवादी केन्द्रका रामबहादुर थापा बादल ३,३९६ मतसहित विजयी भए…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : चेल्सी वाटफोर्डसँग पराजित

    प्रिमियर लिग : चेल्सी वाटफोर्डसँग पराजित

    प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चौथो स्थानको चेल्सी वाटफोर्डसँग ४-१ ले पराजित भएको छ। टिमोएउ बाकायोकोले ३०औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि दश खेलाडीमा झरेको चेल्सीले अन्तिम ६ मिनेटमा ३ गोल बेहोरेको हो। ट्रोए डिनेले ४२औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै घरेलु टोली वाटफोर्डलाई पहिले अग्रता दिलाएका थिए। चेल्सीका लागि ८२औँ मिनेटमा एडेन हाजार्डले बराबरी गोल फर्काए। तर वाटफोर्डले त्यसपछि ३…

    विस्तृतमा पढ्नुस्

  • सवारी दुर्घटनामा पछिल्लो पाँच वर्षमा ९ हजारको मृत्यु

    सवारी दुर्घटनामा पछिल्लो पाँच वर्षमा ९ हजारको मृत्यु

    काठमाडौँः नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९८२ जनाको ज्यान गएको छ। आर्थिक वर्ष २०७०/७१ मा एक हजार ७८७, ०७१/७२ मा दुई हजार चार, ०७२/७३ मा दुई हजार छ, ०७३/७४ मा दुई हजार ३८४ र ०७४/७५ को कात्तिक मसान्तसम्म अर्थात चार महिनामा ८०१ जनाको ज्यान गएको…

    विस्तृतमा पढ्नुस्

  • माल्दिभ्समा संकटकालः 'संसद् निलम्वनमा, प्रधानन्यायाधीश नियन्त्रणमा'

    माल्दिभ्समा संकटकालः 'संसद् निलम्वनमा, प्रधानन्यायाधीश नियन्त्रणमा'

     राष्ट्रपति र अदालतबीच बढ्दै गएको टकरावको परिणामस्वरुप माल्दिभ्समा संकटकाल घोषणा गरिएको छ। राष्ट्रपति अब्दुल्ला यमिनले १५ दिनका लागि संकटकाल घोषणा गरेको बताएका छन्। संकटकाल घोषणासँगै संसद् र अदालत निलम्वनमा परेका छन्। प्रधानन्यायाधीश अब्दुल्ला सइद र न्यायाधीश अली हामिदलाई सरकारले नियन्त्रणमा लिएको विपक्षी दलका प्रवक्ता हामिद अब्दुललाई उद्रृत गर्दै बीबीसीले जनाएको छ। माल्दिभ्सको संविधानको धारा २५३ अनुसार संकटकाल घोषणा गरिएको राष्ट्रपति कार्यालयको सूचनामा उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • ‘सुपर गोर्खे’को रिलिज टार्गेट सर्‍यो, अस्ट्रेलिया रिलिज पनि तय  

    ‘सुपर गोर्खे’को रिलिज टार्गेट सर्‍यो, अस्ट्रेलिया रिलिज पनि तय  

    काठमाडौं: फिल्म ‘सुपर गोर्खे’ आउँदो वर्षको बैशाख ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ। प्राविधिक समस्या देखाउँदै यो वर्षको रिलिज टार्गेट मिट नगरेको बताइएको छ। बैशाख ७ गते भने फिल्मको अन्तिम प्रदर्शन मिति रहेको नायिका तथा निर्मात्री ऋचा सिंह ठकुरीले जानकारी दिइन्। नेपालसँगै अष्ट्रेलियामा पनि सुपर गोर्खे लाग्ने मिति तय भएको छ। अस्ट्रेलियामा फिल्म अप्रिल ८ तारिखमा देखाइने छ। अविर हाउस…

    विस्तृतमा पढ्नुस्

  • माल्दिभ्सको संकटकालः अमेरिकाले भन्यो ‘विश्वले हेरिरहेको छ’, भारतले लगायो ‘यात्रा प्रतिवन्ध’

    माल्दिभ्सको संकटकालः अमेरिकाले भन्यो ‘विश्वले हेरिरहेको छ’, भारतले लगायो ‘यात्रा प्रतिवन्ध’

    माल्दिभ्समा सरकारले घोषणा गरेको संकटकालप्रति अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गरेका छन्। अदालत र सरकारको टकरावबीच सरकारले १५ दिनका लागि संकटकाल घोषणा गरेको हो। भारत, अमेरिका लगायतले घटनालाई नजिकबाट हेरिरहेको बताएका छन्।  भारतीय विदेश मन्त्रालयले आफ्ना नागकिरलाई अत्यावश्यक बाहेक माल्दिभ्स भ्रमण नगर्न भनेको छ। माल्दिभ्समा रहेका नागरिकलाई उच्च सुरक्षा सतर्कता अपनाउन पनि विदेश मन्त्रालयले आग्रह गरेको छ।  अमेरिकाले माल्दिभ्सको घटनालाई ‘विश्वले…

    विस्तृतमा पढ्नुस्

  • गैँडाको आक्रमणबाट एकको मृत्यु

    गैँडाको आक्रमणबाट एकको मृत्यु

    रत्ननगरः चितवनको माडीमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ। वस्तु चराउन गएका बेला गैँडाले आक्रमण गर्दा माडी नगरपालिका–२ का २७ वर्षीय प्रेमराज ढुंगेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ। आइतबार साँझ गाईबस्तु फर्किंदा पनि ढुंगेल नफर्किएपछि खोजी शुरु गरिएको थियो। खोजी गर्ने क्रममा सोही राति उनको शव फेला पारिएको थियो। चितवन निकुञ्जबाट निस्किएको गैँडाले हानेको अवस्थामा सोही मध्यराति…

    विस्तृतमा पढ्नुस्

  • कलाकार खोज्दै ‘सलहेसः द पिपुल्स हिरो’

    कलाकार खोज्दै ‘सलहेसः द पिपुल्स हिरो’

    काठमाडौंः कलाकार अनुसार कथा लेखिनु नेपाली फिल्मको पुरानै रोग हो। निमार्ताले सुरुमै ‘फलानो कलाकारलाई फिट हुने कथा है’ भनेर लेखकलाई लेखाउँने गर्छन्। कमैले मात्र क्यारेक्टर अनुसार एक्टर खोज्छन्। १५ सय वर्षअघिको ऐतिहासिक कथामाथि बन्न लागेको फिल्म ‘सलहेस द पिपुल्स हिरो’ले पनि क्यारेक्टर अनुसार कलाकार छनोट गर्ने भएको छ। मिथिलाका राजा सलहेसको गाथामाथि निर्माण हुने यो फिल्मका लागि सोमबार कलाकारको अडिसन आह्वान…

    विस्तृतमा पढ्नुस्

  • सभामुख चयनः कांग्रेस शून्यमा, वाम र मधेशी गठबन्धनमा कसले मार्लान बाजी?

    सभामुख चयनः कांग्रेस शून्यमा, वाम र मधेशी गठबन्धनमा कसले मार्लान बाजी?

    काठमाडौं: सातवटै प्रदेशको प्रादेशिक संसद्को अधिवेशन औपचारिक रुपमा सुरु भएको छ। दलहरुले कतिपय प्रदेशमा संसदीय दल गठन प्रक्रिया सम्पन्न गरेका छन्। कतिपयमा विवादका कारण मतदानको मिति तय गरेका छन्। संवैधानिक व्यवस्था अनुसार संसदीय दलको नेता नै मुख्यमन्त्रीको समेत उम्मेदवार हुने भएपछि दलको नेतामा मुख्यमन्त्रीका दाबेदारको तीव्र प्रतिस्पर्धा छ। संसदीय दलको निर्वाचनले नै मुख्यमन्त्रीको खाका कोर्नेछ। यसर्थ मुख्यमन्त्रीमा आकांक्षी धेरै छन्। मुख्यमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • एक्सन जनराको 'जाइरा'मा  नम्रता र अनुप, फागुनबाट फ्लोरमा

    एक्सन जनराको 'जाइरा'मा  नम्रता र अनुप, फागुनबाट फ्लोरमा

    काठमाडौं: फिल्म 'जाइरा' निर्माणको औपचारिक घोषणा भएको छ। फिल्म बन्ने खबर केही अघि सार्वजनिक भएपनि निर्माण पक्षले औपचारिक जानकारी दिएको थिएन। जाइरामा अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता अनुपविक्रम शाहीले जोडी बाँध्दैछन्। निर्माण युनिटका अनुसार फागुनको तेश्रो सातादेखि छायांकन सुरु हुनेछ। फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमा हुने बताइएको छ। ट्रेन्डसिटर्सको ब्यानरमा बन्ने आशुतोषराज श्रेष्ठले निर्देशन गर्नेछन्। श्रेष्ठको लागि जाइरा निर्देशकिय डेब्यु हुनेछ।…

    विस्तृतमा पढ्नुस्

  • 'डमरुको डण्डीबियो'मा खगेन्द्र लामिछानेको यस्तो लुक्स

    'डमरुको डण्डीबियो'मा खगेन्द्र लामिछानेको यस्तो लुक्स

    काठमाडौं: फिल्म 'डमरुको डण्डीबियो'मा खगेन्द्र लामिछानेको लुक्स सार्वजनिक भएको छ। फिल्म युनिटले रिलिज गरेको दुई पोस्टरमा लामिछाने फिचर्ड छन्। पशुपती प्रसाद, धनपती, टलकजंग भर्सेस टुल्के लगायत फिल्म लेखेर फिल्म क्षेत्रमा अभिनेतासँगै लेखकको रुपमा पनि स्थापित पात्र खगेन्द्र लामिछाने फिल्मका मुख्य अभिनेता हुन्। लामिछाने र छेतन गुरुङको संयुक्त कथा लेखनमा तयार फिल्म 'डमरुको डण्डीबियो' पोस्ट प्रोडक्सन फेजमा छ। समृद्धी इन्टरटेनमेन्टको ब्यानरमा…

    विस्तृतमा पढ्नुस्

  • आन्दोलनमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि प्रहरीको लाठी

    आन्दोलनमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि प्रहरीको लाठी

    पोखराः नेपाल विद्यार्थी संघ(नेविसंघ) स्याङजा पृथ्वीनारायण क्याम्पस सम्पर्क समितिका सभापति बोधराज ढकालको मृत्युको विषयलाई लिएर विद्यार्थी आन्दोलनमा उत्रेपछि समाचार संकलनमा पुगेका पत्रकारमाथि प्रहरीले लाठी प्रहार गरेका छन। समाचार संकलनमा आदर्श समाजका पत्रकार प्रकाश ढकालको खुट्टामा प्रहरीले लाठी प्रहार गरेका हुन्। लाठी प्रहारबाट ढकाल घाइते भएका छन्। पत्रकार ढकालले आफू पत्रकार भन्दा भन्दै पनि प्रहरीले अन्धाधुन्ध लाठी हानेको बताएका छन्।  पत्रकार…

    विस्तृतमा पढ्नुस्

  • भोलि राष्ट्रिय सभाका ३२ सदस्यका लागि निर्वाचन हुँदैः निर्वाचनपछि के हुन्छ?

    भोलि राष्ट्रिय सभाका ३२ सदस्यका लागि निर्वाचन हुँदैः निर्वाचनपछि के हुन्छ?

    काठमाडौंः बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ। कान्तिपथस्थित आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो।  प्रत्येक प्रदेशमा रहेको उच्च अदालत भएको जिल्ला सदरमुकाममा मतदान हुने छ। बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म मतदान हुने छ।  राष्ट्रियसभामा महिला तीन, दलित एक, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूदायबाट एक र खुल्ला तीन…

    विस्तृतमा पढ्नुस्

  • चुडामणि शर्माको घर तोडफोडमा संलग्न विप्लव माओवादीका ४२ कार्यकर्ता पक्राउ 

    चुडामणि शर्माको घर तोडफोडमा संलग्न विप्लव माओवादीका ४२ कार्यकर्ता पक्राउ 

    काठमाडौंः भ्रष्टाचार अभियोग लागी धरौटीमा रिहा भएका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माको घरमा तोडफोडमा संलग्न नेत्रविक्रम चन्द 'विप्लव' समूहका ४२ कार्यकर्ता पक्राउ परेका छन्। उनीहरुलाई महनगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। पक्राउ परेकामा १४ महिला र २८ पुरुष रहेको प्रहरीले जनाएको छ। उक्त समूहले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ मा रहेको शर्माको घरमा ढुंगामुढा प्रहार गरी तोडफोड गरेका…

    विस्तृतमा पढ्नुस्

  • त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त नगरे आन्दोलन गर्ने डा केसीको चेतावनी

    त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त नगरे आन्दोलन गर्ने डा केसीको चेतावनी

    काठमाडौं: प्राध्यापक डा गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयका पधाधिकारीलाई सरकारले तत्काल बर्खास्त नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।  न्यायिक जाचँबुझ आयोगले फर्जी मेडिकल कलेज समबन्धनमा त्रिवी पदाधिकारीहरुको संलग्नता रहेको प्रतिवेदन बुझाएपछि डा केसीले यस्तो चेतावनी दिएका हुन्। मंगलबार डा केसीले प्रेस विज्ञप्ती जारी गर्दै विश्वविद्यालय, प्रतिष्ठान र काउन्सिलका तत्कालीन पदाधिकारीहरुलाई कारवाही गर्न माग राखेका छन्। त्यसैगरी आइओएम डिनको कार्य सम्पादनमा…

    विस्तृतमा पढ्नुस्

  • त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त नगरे आन्दोलन गर्ने डा केसीको चेतावनी

    त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त नगरे आन्दोलन गर्ने डा केसीको चेतावनी

    काठमाडौं: प्राध्यापक डा गोविन्द केसीले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई सरकारले तत्काल बर्खास्त नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।  न्यायिक जाचँबुझ आयोगले फर्जी मेडिकल कलेज सम्बन्धनमा त्रिवी पदाधिकारीहरुको संलग्नता रहेको प्रतिवेदन बुझाएपछि डा केसीले यस्तो चेतावनी दिएका हुन्। उक्त प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन। उक्त प्रतिवेदन सार्वजनिक गर्न डा केसीले माग गरेका छन्। मंगलबार डा केसीले प्रेस विज्ञप्ती जारी गर्दै विश्वविद्यालय,…

    विस्तृतमा पढ्नुस्

  • सुमार्गीको पैसा नरोक्न सर्वोच्चको आदेश: तीन अर्ब भुक्तानी दिन निर्देशन

    सुमार्गीको पैसा नरोक्न सर्वोच्चको आदेश: तीन अर्ब भुक्तानी दिन निर्देशन

    काठमाडौं: सर्वोच्च अदालतले व्यापारी अजयराज सुमार्गीको विदेशबाट आएको रकम उनलाई भुक्तानी दिनका लागि नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ।   सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले हालेको मुद्दामा सर्वोच्चले मंगलबार अन्तरिम आदेश दिएको हो। न्यायाधीश तेजवहादुर केसीको एकल इजलासले नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकमा रोकिएको करिब दुई अर्ब १४ करोड रुपैयाँ भुक्तानी गर्ने बाटो खुलाइ दिएको हो। अदालतले सुमार्गीको पैसा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell