काठमाडौँ: राष्ट्रियसभा निर्वाचन सम्पन्न भएसँगै सरकार गठन प्रक्रिया अघि बढ्ने भएको छ। संघीय संसद्का दुबै सदनका निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभाको समानुपातिक मतपरिणाम सार्वजनिक गर्न नमिल्ने निर्वाचन आयोगको अडानका कारण प्रतिनिधिसभाले पूर्णता पाएको छैन। प्रतिनिधिसभाले पूर्णता नपाउँदा सरकार गठन प्रक्रिया अघि बढ्न सकेको थिएन। तर, बुधबार राष्ट्रियसभा निर्वाचन सम्पन्न भई मतपरिणाम सार्वजनिक भइसकेका कारण निर्वाचन आयोगले प्रतिनिधिसभाको सिट बाँडफाँट प्रक्रिया अघि बढाएको…
काठमाडौं : बलात्कारमा सुनसरी प्रहरी प्रमुख एसपी विद्यानन्द माझी निलम्वनमा परेका छन्। प्रहरी प्रधान कार्यालयले सुनसरी प्रहरी प्रमुख माझीलाई निलम्वन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको थियो। पुस १६ गते सुनसरीको इटहरी २ हलगढास्थित रोयल रिसोर्टमा १४ वर्षीया बालिकामाथि भएको सामुहिक बलात्कारको घटनालाई ढाकछोप गर्न भूमिका खेलेको भेटिएपछि उनलाई निलम्बनको तयारी गरेको थियो। पीडित पक्षको जाहेरी लिन नमानेको र उल्टै अभियुक्त…
काठमाडौ : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत नेपालले पहिलो खेल आयवजक नामिबियासँग खेल्देछ। विन्डहोकस्थित अफिज पार्कमा हुने उक्त खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। यसैखेलमार्फत नेपालका युवा खेलाडी रोहित कुमार पौडेलले सिनियर टोलीमा डेब्यु गर्दैछन्। आजे केन्या र युएई तथा क्यानडा र ओमानबीचको खेल पनि हुँदैछ।
काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत नेपालले पहिलो खेल आयोजक नामिबियासँग खेल्दैछ। विन्डहोकस्थित अफिज पार्कमा हुने उक्त खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। आजै केन्या र युएई तथा क्यानडा र ओमानबीचको खेल पनि हुँदैछ। यसै खेलबाट रोहित कुमार पौडेलले डेब्यु गर्दैछन्। उनी यू १९ टोलीका खेलाडी हुन्।
काठमाडौं : डिभिजन टू अन्तर्गत पहिले खेलमा नेपाल र नामिबिया भिडिरहेका छन्। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले नामिबियाको २ विकेट झारिसकेको छ। दुवै विकेट सोमपाल कामीले लिएका हुन्। उनले पहिलो ओभरमै एलपी भान डेर वेस्थुइजन १ रनमै बोल्ड आउट गरेका थिए। यसैगरी अर्को ओपनर स्टेफान बार्डलाई पाँचौ ओभरको दोस्रो बलमा विकेटकिपर दीलिप नाथद्वारा कट बिहाइन्ट गराए।
काठमाडौं: द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्गीमाथि गैरकानुनी रुपमा मान्छे विदेश लगेको अभियोग लागेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई लागेको आरोपमाथि अनुसन्धान सुरु गरेको हो। मानिसलाई गैरकानुनी ढङ्गले दक्षिण कोरिया पठाएको भनिएको छ। खड्गीले स्टेज कार्यक्रममा सहभागी गराउने भन्दै मोटो रकम लिएर दक्षिण कोरिया लैजाने गरेको बताइएको छ। खड्गीविरुद्ध उजुरी परेपछि अनुसन्धान सुरु गरेको सिआइबी प्रवक्ता जीवन श्रेष्ठले…
काठमाडौं: नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर ३ को संसदीय दलको नेतामा शालिकराम जम्मरकट्टेललाई चयन गरेको छ। प्रदेश नं ३ को माओवादी संसदीय दलको बैठकले जम्कट्टेललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो। त्यसैगरी उपनेतामा कुमारी मोक्तानलाई चयन गरेको छ। बैठकले उपसभामुख पूर्वमन्त्री राधिका तामाङलाई सिफारिस गरेको छ भने प्रमुख सचेतकमा प्रतिमा श्रेष्ठलाई चयन गरेको छ। वाम गठबन्धनको भागबन्डामा प्रदेश ३ मा…
काठमाडौं : डिभिजन टू अन्तर्गत पहिलो खेलमा नेपाल र नामिबिया भिडिरहेका छन्। नामिबियाको विन्डहोकस्थित अफिज पार्कमा भइरहेको खेलमा घरेलु टोलिको ७ विकेट झरिसकेको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले उत्कृष्ट बलिङ गर्दै नामिवियाको ७ विकेट लिएको हो। नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले २-२ विकेट लिइकसकेका छन्। यस्तै बसन्त रेग्मी, कप्तान पारस खड्का र शरद भेषावकरले १-१ विकेट…
काठमाडौं : नेपाली कांग्रेसले प्रदेश ३ को संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँलाई चयन गरेको छ। मकवानपुर २ (ख)बाट प्रदेश सदस्यमा विजयी भएका बानियाँलाई दलको नेतामा चयन गरेको प्रदेश सदस्य निमा लामाले जानकारी दिए। दलको नेताका लागि बानियाँ र डा राजाराम कार्कीबीच निर्वाचन भएकोमा बानियाँ १४ मत पाएर दलको नेतामा निर्वाचित भएको कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले जानकारी दिए। कार्कीले भने…
काठमाडौं : डिभिजन टू अन्तर्गत पहिले खेलमा नेपाल र नामिबिया भिडिरहेका छन्। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले नामिबियाको ८ विकेट झारिसकेको छ। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिइसकेका छन्। आफ्नो पहिलो स्पेशमा दुवे ओपनरलाई आउट गरेका सोमपालले दोस्रो स्पेशमा विकेटकिपर जेन ग्रीनलाई बोल्डआउट गरेका हुन्। सोमपालले पहिलो ओभरमै एलपी भान डेर वेस्थुइजन १ रनमा बोल्ड आउट गरेका थिए।…
काठमाडौं : बलिङमा उत्कृष्ट प्रदर्शन गरेपछि आइसीसी वर्ल्ड क्रिकेट लिग डब्लुसिएल डिभिजन टू को पहिलो खेलमा नेपालले नामिबियालाई हराउनका लागि १३९ रनको सामान्य लक्ष्य पाएको छ। टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले घरेलु टोलि नामिबियालाई १३८ रनमै अलआउट गरेको हो। नेपालका लागि सन्दीप लामिछानेले ४ तथा सोमपाल कामीले ३ विकेट लिए। नेपालका लागि सबैभन्दा किफायती बलिङ गरेका सन्दीपले ८.२ ओभरमा…
काठमाडौं: गायक कमल के क्षेत्रीको नयाँ गीत सार्वजनिक भएको छ। भ्यालेनटाइन्स डे लक्षित 'माया गर्छु' बोलको गीत भिडियोसहित युट्युब रिलिज गरेका हुन्। सफ्ट पप शैलीको गीतमा गायक क्षेत्रीकै शब्द तथा संगीत रहेको छ। शैलेन्द्र एम प्रधान उक्त गीतको संगीत संयोजक हुन्। नरेन लिम्बुद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा कुसुम गुरुङ तथा रवि आरएनको फिचरिङ छ।
काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। मानभवनमा आज भएको भेटमा तीन घन्टासम्म वार्ता चलेको थियो। भेटमा राष्ट्रिय सभाको निर्वाचनको परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएको प्रचण्डको व्यक्तिगत वेबसाइटमा उल्लेख छ। भेटले भोलि एकता संयोजन समितिको बैठक बस्ने निर्णयसमेत गरेको छ। एकता संयोजन समितिले एकता प्रक्रियाको प्रगतिको…
काठमाडौं: फिल्म 'मंगलम'को ट्रेलर रिलिज भएको छ। विहीबार समर्वजनिक ट्रेलरमा कलाकारहरु शिल्पा पोखरेल, पुष्प खड्का, पृथ्विराज प्रसाईं, निर शाह, मिथिला शर्मा र साम्राज्ञी राज्यलक्ष्मी फिचर्ड छन्। फागुन २५ बाट प्रदर्शनमा आउने फिल्मको ट्रेलरले प्रेम, बिछोड र वियोगको कथा बताउँछ। अतिथि कलाकार भनिएकी साम्राज्ञीले पनि ट्रेलरमा ठाउँ पाएकी छिन्। नवल नेपालले निर्देशित फिल्म मंगलमलाई छबिराज ओझाले निर्माण गरेका हुन्। फिल्ममा शिल्पा…
ललितपुर: जिल्लाको कोज्योसोम गाउँपालिका–२ शंखुको लाकुरी भज्याङमा आज दिउँसो मिटि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बा १ ख ६७४० नम्बर मिनि ट्रक घुम्तीबाट खस्दा ४५ वर्षीय चालक राजन चौरेलको मृत्यु भएको स्थानीय भिम लामाले जानकारी दिए। सापकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीयका घर पुनर्निमार्णका लागि चापागाउबाट इँटा बोकेर जाँदै गरेको मिनि ट्रक घुम्तीमा मोड्ने क्रममा दुर्घटना…
नामिबियामा भयरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डब्लुसिएल डिभिजन टू मा क्यानडाले विजयि सुरुवात गरेको छ। क्यानडादे बिहीवार भएको पहिलो खेलमा ओमानलाई ८ विकेटले पराजित गरेको हो। १०७ रनको लक्ष्य क्यानडाले १५.४ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो। क्यानडाका लागि आर गुनसेखराले ४६ रनको योगदान गरे भने कप्तान नितश कुमार ५३ रनमा नटआउट रहे। युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा टस हारेर पहिले…
काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डब्लुसिएल डिभिजन टू को पहिलो खेलमा नामिबियालाई नेपालले १३८ रनमा अलआउट गर्दा सन्दीप लामिछानेले ४ विकेट लिए। उनले ८.२ ओभरमा २ मेडन राख्दै १८ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका हुन्। सन्दीपको उक्त प्रदर्शनपछि आइपीएल खेल्ने टोली दिल्ली डेयरडेभिल्सले सन्दीपको प्रशंसा गर्न कुनै कन्जुसाँई गरेन। दिल्लीले नै सन्दीपलाई आइपीएल खेलाउन २० लाख भारु बेस…
काठमाडौं: फिल्मकर्मी अशोक शर्माले करिव १२ वर्षपछि नयाँ फिल्म निर्माण घोषणा गरेका छन्। उनले आफ्नै निर्देशनमा फिल्म 'जय भोले' बनाउने भएका हुन्। शर्माको निर्देशन, अभिनय एवं निर्माण रहने सोसल तथा कमेडी ड्रामामा अभिनेता खगेन्द्र लामिछानेको पटकथा एवं मुख्य भूमिका हुनेछ। शिवरात्रीदेखि छायांकन सुरु हुने फिल्मको रिलिज मिति आगामी दशैं फूलपातिमा तय गरिएको छ। फिल्ममा अशोक शर्मा र खगेन्द्रसहित सौगात मल्ल,…
काठमाडौंः प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोलिका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेका छन्। बैठक भोलि बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा प्रदेश सभा विधानबारे छलफल गर्ने र उक्त विधेयक पारित हुने पौडेलले बताए। कांग्रेसले माघ १८ गते केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालको संयोजकत्वमा तीन…
धरान : रुस्लान थ्री स्टार क्लब भारतको दुर्गापुर स्टिल क्लब कोलकतालाई पराजित गर्दै २०औ बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेको छ। बिहीवार भएको दोस्रो सेमिफाइनलमा थ्री स्टारले दुर्गापुरलाई १-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। थ्रि स्टारलाई विजयी बनाउन वैकल्पिक खेलाडी विष्णु गुरुङले इन्जुरी टाइममा निर्णायक गोल गरे। खेलमा थ्री स्टारका गोलकिपर एलान न्यौपाने म्यान अफ दि म्याच भए। उनले नगद…