काठमाडौं : नामिबियामा जारी डिभिजन टू क्रिकेटमा नेपालले आज ओमानसँग दोस्रो खेल खेल्दैछ। पहिलो खेल जितेको नेपाल र पहिलो खेलमा पराजित ओमानबीचको खेल विन्डहोकस्थित अफिज पार्कमा दिउँसो सवा १ बजे सुरु हुनेछ। यी हुन् आजको खेलमा हेर्न लायक खेलाडी सन्दीप लामिछाने (नेपाल) नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले पहिलो खेलमा सर्वाधिक ४ विकेट लिएका थिए। नामिबियालाई १३८ रनमा अल आउट…
काठमाडौं : नेकपा एमालेभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली निकट डोरमणि पौडेल प्रदेश ३ को संसदीय दलको नेता चयन भएका छन्। आज प्रदेश ३ को संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा उनले १० मतअन्तर कायम राख्दै संसदीय दलको नेतामा आफूलाई सुरक्षित गराएका हुन्। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भर्खरै सार्वजनिक मत परिणाम अनुसार पौडेलले ३४ मत हासिल गरे भने…
काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत दोस्रो खेलमा नेपालले ओमान विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। ओमानले टसर जितेर फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो। विन्डहोकस्थित अफिज पार्कमा खेल हुँदैछ। नेपालले पहिलो खेलमा नामिबियालाई हराएको थियो भने ओमान क्याडनासँग पराजित भएको थियो। नेपाली टोलीमा कुनै परिवर्तन छैन। नामिबिया विरुद्ध खेलेको टोलीलाई आज पनि निरन्तरता दिइएको छ। नेपाल :…
काठमाडौं: फिल्म ‘नाई नभन्नु ल ४’बाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी अभिनेत्री हुन् आँचल शर्मा। पहिलो फिल्ममा प्रेमी पल शाहसँग स्क्रिन सेयर गरेकी उनको दोस्रो फिल्ममा 'जोनी जेन्टलम्यान'मा पनि शाह नै अभिनेता रहे। हाल उनको नयाँ फिल्म 'शत्रु गते' प्रचार प्रसारको क्रममा छ। चैत ९ गते सार्वजनिक हुने फिल्ममा पनि उनले पल शाहसँगै जोडी बाँधेकी छिन्। आँचल र पल फिचर्ड…
काठमाडौं: नेकपा एमालेले प्रदेश ३ को सभामुखमा अध्यक्ष केपी शर्मा ओली गुटकै सानुकुमार श्रेष्ठलाई बनाउने निर्णय गरेको छ। काठमाडौं जिल्ला विकास समितिका पूर्व सभापतिसमेत रहेका श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर २ 'क' बाट निर्वाचित भएका हुन्। यसअघि उपसभामुखमा माओवादीले राधिका तामाङलाई छानिसकेको छ। वाम गठबन्धनको भागबन्डाअनुसार प्रदेश ३ को मुख्यमन्त्री र सभामुख एमालेलाई र उपसभामुख माओवादीलाई परेको छ। एमाले संसदीय दलको…
न्युयोर्क फेसन सप्ताह सुरु भएको छ। अमेरिकाको न्युयोर्कमा फेब्रुअरी ८ देखि १४ सम्म चल्ने फेसन सप्ताहको पहिलो दिन तदासी सोजीका डिजाइनमा मोडलहरु र्याम्पमा उत्रिएका थिए। हेर्नुस् फोटो
पपस्टार जेन मलिकले अब बलिउड गीत गाउने भएका छन्। सांगीतिक ब्यान्ड वान डिरेक्सनबाट छुट्टिएपनि राम्रो फ्यान फलोइङ कमाएका जेनको सामाजिक सञ्जालमा इन्डिया र नेपालका दर्शक स्रोताको सहभागिता देखिन्छ। जेनले हिन्दी फिल्मको गीतमा स्वर दिने खबर एलेमा प्रकाशित उनको इन्टरभ्युमा खुलाइएको छ। उनले गीत रेकरड समेत गरिसकेको बताएका हुन्। 'मैले पहिलोपटक पुरा हिन्दी गीत गाएको हुँ', उनले थप भनेका छन्,'स्रोताको प्रतिक्रिया…
काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को दोस्रो खेलमा नेपालले ओमानलाई १३९ रनको लक्ष्य दिएको छ। विन्डहोकस्थित अफिज पार्कमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनाएको हो। शरद भेषावरकले सर्वाधिक २२ रन बनाएको नेपाली इनिङ्समा दिपेन्द्र सिंह ऐरिले २०, दीलिप नाथले १७, कप्तान पारस खड्काले १७ तथा रोहित पौडेलले १४ रन बनाए।…
काठमाडौं: कानुनी विवादबिच फिल्म 'गाँजाबाजा'को ट्रेलर सार्वजनिक भएको छ। फागुन २५ गतेलाई रिलिज टार्गेट गरेको फिल्म युनिटले शुक्रबार प्रोमोको इन्टरनेट रिलिज गरेको हो। सार्वजनिक ट्रेलरमा कुलतमा फसेका युवाहरुको दैनिकीको कथा देखाउँछ। फिल्ममा गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको छ। दुई वर्षअघि निर्माण सुरु भएको फिल्मको नामका कारण चलचित्र बिकास बोर्डसँगको विवादमा थियो। हालसम्म फिल्म युनिटले विकास बोर्डको निर्णय विरुद्ध दर्ता…
काठमाडौंः निर्वाचन आयोगले आज प्रतिनिधि सभामा समानुपातिक तर्फको सिट बाँडफाँट गरेको छ। पहिलो र दोस्रो चरण गरी सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट प्राप्त मतको आधारमा आज सिट बाँडफाँट गरेको हो। निर्वाचनमा ४९ राजनीतिक दलले भाग लिएकोमा पाँच दलले मात्रै समानुपातिक सिट प्राप्त गर्न सफल भएका छन्। नेकपा एमालेले ४१, नेपाली कांग्रेसले ४०, नेकपा माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपालले ६ र…
काठमाडौंः प्रहरीले १६ वर्षदेखि फरार रहेको आतिनी भन्ने मुखिया गुरुङलाई भारतबाट नेपाल झिकाएको छ। काठमाडौंको ठमेलस्थित एक डिस्कोमा १६ वर्षअघि सुवर्ण गुरुङलाई हत्या गरेका उनलाई गत पुसमा जन्मकैद फैसला सुनाएको थियो। उनलाई इन्टरपोलको सहयोगमा भारतीय प्रहरीले डिसेम्बर ८ मा भारतको जयपुरस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। बैंकक हुँदै मलेसिया जाने क्रममा मुखियालाई पक्राउ गरी दिल्लीस्थित पटियाला कोर्टमा उपस्थित गराएकोमा शुक्रबार…
काठमाडौं : नेपालका नम्वर वान प्रोफेसनल गल्फर शिवराम श्रेष्ठले ‘गल्फर पाइलोट्स एनपिजिए क्लासिक’को उपाधि जितेका छन्। सूर्य नेपाल गल्फ टूर २०१७-१८ अन्तर्गत छैटौँ प्रतियोगिताको उपाधि जित्दै श्रेष्ठले जितेको यो ४१औँ उपाधि हो। पार-७२ गोकर्ण गल्फ क्लबमा शुक्रवार सम्पन्न प्रतियोगिताको अन्तिम दिन एक अन्डर ७१ को स्कोर गर्दे शिवरामले कूल ८ अन्डर २ सय स्कोर गरे। यस्ते अन्तिम दिन १ अन्डर…
काठमाडौं: मन्त्रिपरिषद्को आजको बैठकले तपश्वी रामबहादुर बमजन बस्दै आएको आश्रयस्थललाई धार्मिक वन घोषणा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बमजनले आफ्नो आश्रयस्थल बनाएको बारा जिल्लाको वनक्षेत्रलाई धार्मिक वन घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए। पछिल्लो पटक महासम्बोधी गुरु धर्मसंघको नाममा धार्मिक सभाहरु गर्दै आएका बमजनले बाराको हल्खोरिया जंगल प्रयोग…
काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को दोस्रो खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको १३९ रनको सामान्य लक्ष्य ओमानले ३५.१ ओभरमा ४ विकेट गुमाएर पुरा गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो। यता नेपालको भने यो पहिलो हार हो। नेपालले बिहीवार पहिलो खेलमा घरेलु टोली नामिबियामाथि १ विकेटको जित हासिल गरेको थियो भने ओमान क्यानडासँग…
नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू मा क्यानडाले लगातार दोस्रो जित हात पारेको छ। पहिलो खेलमा ओमानलाई हराएको क्यानडाले शुक्रवार दोस्रो खेलमा युएईलाई २३ रनले पराजित गर्यो। लगातार दुई खेल जित्दै ४ अंक जोडेको क्यानडा अंकतालिकामा शीर्ष स्थानमा छ। युएई, नेपाल र ओमानको समान २-२ अंक छ। तिन वटै टोलीले २ खेल खेल्दा १ मा जित र १ मा…
काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत दोस्रो खेलमा आज नेपालले ओमानसँग खेल्दैछ। खेल नामिबियाको विन्डहोकस्थित अफिज पार्मा नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ। नेपालले पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको थियो भने ओमान क्यानडासँग पराजित भएको थियो। नेपाल र ओमान प्रतिस्पर्धात्मक खेलमा सन् २०१४ को एसीसी प्रिमियर लिग भिडेका थिए। जहँ ओमान २ विकेटले विजयी…
काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूको फाइनल खेलमा संयुक्त अरब इमिरेट्सले दिएको २ सय ७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २ विकेट गुमाएर सय रन पूरा गरेको छ। २५ ओभर खेल सकिँदा नेपालले शतक जोडेको हो। नेपालका प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल र दिलिप नाथ क्रमश: २४ र १३ रन बनाउँदै आउट भए। २५ बलमा एक चौकासहित मल्लले २४…
आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू आजदेखि सुरु हुँदैछ। नेपालले आज पहिलो खेल आयोजक नामिवियासँग खेल्दैछ। नेपाल र नामिवियाबीचको खेल डब्लुएपी मैदानमा नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ। युएईमा एक साताभन्दा बढी समयको भ्रमणपछि नेपाल आइतबार नामिविया पुगेको हो। नेपालले दुई दिन स्थानीय मैदानमा समेत अभ्यास गरेको थियो। नेपालका प्रशिक्षक जगत टमाटाले युएई भ्रमण राम्रो भएको र सबै खेलाडीहरु फिट…
काठमाडौं: फिल्म 'हुर्रे'को ट्रेलर सार्वजनिक भएको छ। बुधबार युट्यबमार्फत फिल्म युनिटले ट्रेलर रिलिज गरेको हो। जसमा मुख्य कलाकारहरु केकी अधिकारी, अंकित खड्का, राजाराम पौडेल, विजय बराल र अनुपविक्रम शाही फिचर्ड छन्। उक्त फस्टलुक पोष्टरमार्फत फिल्मका कलाकारहरुको पात्र परिचय गराइएको छ। ट्रेलरमा संगीतकर्मी राजनराज सिवाकोटी पनि देखिएका छन्। उनको यो फिल्ममा कस्तो र कति भूमिका छ भन्ने बारे यसअघि फिल्म युनिट…
काठमाडौँः राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको अन्तिम मतपरिणाम आज सार्वजनिक गर्ने भएको छ। आयोगले आजै सिट बाँडफाँट गरेर दलहरुलाई समानुपातिक समावेशी सिद्धान्त अनुसार सदस्य सिफारिसका लागि पत्राचार गर्नेछ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले समानुपातिकको सिट बाँडफाँट गरेर आजै सदस्य सिफारिसका लागि दलहरुलाई तीन दिनको समयसहित पत्राचार गर्ने बताए। दलहरुले पठाएको सूचीमा कुनै परिमार्जन आवश्यक भएमा थप…