जम्मु : सुजुवान सैनिक क्याम्पमा भएको आक्रमणमा परी दुई जुनियर कमिसन्ड अफिसर मारिएका छन् भने ६ जना घाइते भएका छन्। शनिबार बिहानै सैनिक क्याम्पमा सशस्त्र हतियारधारीले आक्रमण गरेको संसदीय व्यवस्था मन्त्री अब्दुल रहेमान वीरले जानकारी दिए। सुवेदार मदन लाल र सुवेदार एम असरफ मिरको हमलामा परी मृत्यु भएको छ। जम्मु र कास्मिरको संसदमा जानकारी गराएका हुन्। एकजना कर्नेल तहका अधिकृत,…
लखनउ : नयाँ रेकर्ड बनाउँदै पछिल्लो चार दिनमा १० लाखले उत्तर प्रदेशको बोर्ड परीक्षा 'ड्रप' गरेका छन्। शिक्षामा रहेको माफियालाई नियन्त्रण गर्ने प्रयास लगत्तै अघिल्लो वर्षभन्दा दोब्बर परीक्षाबाट बाहिरिएका हुन्। यस वर्ष करिब ६६ लाख विद्यार्थीले युपी बोर्ड परीक्षाका लागि फर्म भरेका थिए। कक्षा दश र १२ लागि उनीहरुले फर्म भरेका हुन्। परीक्षा फेब्रुअरी ६ बाट सुरु भएको हो। चार…
काठमाडौं: प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानन्याधीश गोपाल पराजुलीले तत्कालै पदबाट राजीनामा नदिए अनशन बस्ने बताएका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै केसीले पराजुली पदमा बस्न लायक नरहेको भन्दै राजीनामा माग गरेका हुन्। नागरिकता, शैक्षिक प्रमाणपत्र लगायतका प्रमाणपत्रमा पराजुलीले सम्बन्धित निकायलाई झूक्याएको उनको आरोप छ। केसीले भने, ‘पराजुलीका विभिन्न निकाय तथा अभिलेखमा चार प्रकारका फरकफरक जन्म मितिहरु छन।…
काठमाडौं: पत्रकार एवं साहित्यकार फूलमान वल प्रतिभा सम्मानबाट पुरस्कृत भएका छन्। आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काँइलाले उनलाई प्रमाणपत्र र नगद एक लाखसहित सम्मान गरे। नेपाल प्रतिभा प्रतिष्ठान बेलायत उनलाई सम्मान गरेको हो। प्रतिष्ठानले साहित्यकार वेणु आचार्यलाई पनि नगद २० हजारसहित सम्मान गरेको छ।
काठमाडौंः सिन्धुपाल्चोकको बलेफीमा रड बाँध्ने क्रममा रड खसेर च्याप्दा एक भारतीय कामदारको मृत्यु भएको छ। सुनकोशी नदीमा खाडीचौर–चरिकोट पुल निर्माण गर्न रड बाध्ने क्रममा माथिबाट रड खसेर च्याप्दा २५ वर्षीय रबिराम बसन्तारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त घटनामा परी थप दुई जना भारतीय कामदार घाइते भएका छन्। भ २२ वर्षीय सखुल बसन्तारी र १९ वर्षीय नन्दकिशोर यादव घाइते…
माफी माग्छौँ कुरिलोले घटाउँछ स्तन क्यान्सर फैलने गति : नेचर जर्नल शीर्षकमा प्रकाशित यो समाचार सिन्ह्वाको मूल समाचारबाट गलत अनुवाद भई तथ्यसमेत उल्टो पर्ने गरी प्रकाशित हुन गई गम्भीर भूल हुन गएकोमा माफी माग्छौँ। वास्तवमा कुरिलो लगायत एस्पाराजिन नामको एमिनो एसिडले स्तन क्यान्सर फैलने गति बढाउन सक्ने अध्ययनबाट देखिएको हो, घटाउने हैन। गलत तथ्यसहितको समाचार हटाएका छौँ। - सम्पादक
काठमाडौंः प्रदेश ७ को सभामुखमा एमाले सांसद अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। सभामुखको लागि तोकिएको समय अवधिमा थापा बाहेक अरुको उम्मेदवारी परेनन्। थापा बझाङबाट निर्वाचित हुन्। सभामुखको मनोनयनको लागि प्रदेशसभा सचिवालयमा आज दिउँसो १ बजेदेखि ५ बजेसम्म समय तोकेको थियो। सभामुखमा डोटीकी समानुपातिक प्रणाली तर्फबाट निर्वाचित पूर्णा जोशी र डडेल्धुराबाट निर्वाचित पठान सिँह बोहोराको दाबी रहेको थियो। मनोनयनको लागि…
धरान : २०औँ बुढासुब्बा गोल्डकपको उपाधि रुस्लान थ्री स्टार क्लबले जितेको छ। शनिवार भएको फाइनलमा थ्री स्टारले पुलिसलाई १-० ले पराजित गर्दै उपाधि जितेको हो। थ्रि स्टारको लागि पहिलो हाफको इन्जुरी टाइममा विदेशि खेलाडी मार्टिन्स अजयिले गरेको गोल नै निर्णायक बन्यो। दुवै टोलीले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए। खेलको २७औँ मिनेटमा थ्री स्टारका पिटर सेगुन र पुलिसका हेम…
प्रिमियर लिग अन्तर्गत शनिवार भएको नर्थ लण्डन डर्बीमा टोटनहम हट्सपरले आर्सनललाई १-० ले पराजित गरेको छ। टोटनहमलाई जित दिलाउन ह्यारी केनले खेलको एक मात्र गोल गरे। वेम्लीमा भएको खेलको ४९औ मिनेटमा केनले गोल गरेका थिए। जितपछि २७ खेलबाट ५२ अंक जोडेको टोटनहम लिभरपुललाई पछि पार्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। एक खेल कम खेलेको लिभरपुल ५१ अंकका साथ चौथो…
भरतपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरणकै प्रक्रियामा थप आशंका पैदा गर्ने अभिव्यक्ति दिएका छन्। आज एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, 'म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फड्को मार्न सक्छु ।' नेकपा एमालेसँग पार्टी एकीकरणको विषय टुंगोमा पुगिनसकेको अवस्थामा प्रचण्डबाट आएको यस्तो अभिव्यक्तिले बहुअर्थ दिँदै राजनीतिमा…
जनकपुर : दुई नम्बर प्रदेशमा गठन हुन लागेको संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)को संयुक्त सरकारलाई नेपाल संघीय समाजवादी पार्टीले समर्थन गरेको छ। शनिबार मात्रै फोरम र राजपाबीच सरकार गठन तथा मन्त्रालय बाँडफाँटका विषयमा सहमति भएको हो। उक्त सहमति सार्वजनिक भएलगत्तै समाजवादी पार्टीले प्रेस विज्ञप्ति जारी गरी समर्थन जनाएको हो। पार्टीका अध्यक्ष रिजवान अंसारीले मधेशी जनताको भावना अनुसार…
फिलिप काउटिन्होले बार्सिलोनाको लागि पहिलो गोल गरेपछि सेमिफाइनल दोस्रो लेगमा भ्यालेन्सियालाई २-० ले पराजित गर्दै बार्सिलोना समग्रमा ३-० को जित हात पार्दै कोपा डेल रे को फाइनलमा प्रवेश गरेको छ। सन् २०१२-१३ मा फाइनल पुग्न नसकेको बार्सिलोना त्यसयता लगातार पाँचौ पटक फाइनल प्रवेश गरेको हो। गत जनवरीमा लिभरपुलबाट नोक्याम्प पुगेका काउटिन्होले मैदान प्रवेश गर्दै गरेको तेस्रो मिनेटमे गोल गरे। आन्द्रे…
काठमाडौँः वाम गठबन्धनबीच भएको भागवण्डा अनुसार एमालेको भागमा परेको प्रदेश १ र ३ को मुख्यमन्त्री को हुने अझै स्पष्ट भइसकेको छैन। आकांक्षी धेरै भएपछि मुख्यमन्त्रीको उम्मेदवारमा सर्वसम्मत समेत हुन सकेको छैन। सर्वसम्मत नभए बहुमतीय प्रक्रियाबाट दलको नेताको चयन हुनेछ। संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीको उम्मेदवारकै लागि पनि संसदीय दलको नेता हुनुपर्छ। संसदीय दलको नेता चयनका लागि शुक्रबार दुबै प्रदेशमा संसदीय दलको…
काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत यो साता प्रतिक्षित नेपाली फिल्म 'कृ' सार्वजनिक भएको छ। अनमोल केसी स्टारर फिल्मले सिंगल स्क्रिन र मल्टिप्लेक्समा प्राय सो पाएका छन्। प्रेम र एक्सन मिश्रित कथा भन्ने फिल्ममा अनमोलसँगै अदिती बुढाथोकी, अनुपविक्रम शाही, सुदाम सिके, रुपा राना, सरोज खनाल, कामेश्वर चौरासिया आदिको अभिनय रहेको छ। सुवास गिरी र भूवन केसी निर्मित फिल्मलाई सुरेन्द्र पौडेलले…
काठमाडौँः नेकपा एमाले प्रदेश ३ को संसदीय दलको नेता चयनका लागि आजै निर्वाचन हुने भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा अहिले उम्मेदवारको मनोनयन चलिरहेको छ। बिहान १०ः३० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। हालसम्म दुई जनाले उम्मेदवारी दिएका छन्। प्रदेश ३ का एमालेका सांसद् रामेश्वर फुँयालले १२ः३० बजेपछि मतदान सुरु हुने बताए। हालसम्म अध्यक्ष केपी ओली समूहबाट डोरमणि पौडेल र…
टीकापुरः नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुने बताएका छन्। आज टीकापुरमा एमाले क्षेत्र नं १ क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै उनले पार्टी एकतापछि पछाडि पुच्छर झुण्डिएर रहेको नाम हट्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्र रहने बताए। “२००६ सालमा पुष्पलाल श्रेष्ठले स्थापना गरेको…
काठमाडौँ: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडित नागरिकले निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता रकम लिने समय थप गरेको छ। प्राधिकरण निर्देशक समितिको बैठकले चैत मसान्तसम्म दोस्रो किस्ता रकम बुझ्न पाउने गरी समय थप गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले पुस मसान्तसम्म कायम रहेको समय तीन महिना थप गरेको हो। अब पहिलो किस्ता रकम लिएका र दोस्रो किस्ताका…
काठमाडौँ: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडित नागरिकले निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता रकम लिने समय थप गरेको छ। प्राधिकरण निर्देशक समितिको बैठकले चैत मसान्तसम्म दोस्रो किस्ता रकम बुझ्न लिन पाउने गरी समय थप गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले पुस मसान्तसम्म कायम रहेको समय तीन महिना थप गरेको हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले चैत…
काठमाडौंः २०५८ कात्तिक १८ गते काठमाडौंको ठमेलस्थित जुली स्टुडियो डिस्कोमा एक व्यक्तिको हत्या गरी फरार रहेका मुखिया गुरुङ १६ वर्षपछि पक्राउ परेका छन्। इन्टरपोलको सहयोगमा गुरुङलाई भारतबाट पक्राउ गरिएको हो। उनलाई नेपाल ल्याइएको छ। काठमाडौं जिल्ला अदालतले उनलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको छ। मुखियाको नेतृत्वमा कर्मा गुरुङ, राजु घले, कर्मा शेर्पा लगायतको समूहले ०५८ मा सुवर्ण गुरुङको…
काठमाडौं: नेपाली कांग्रेसले ‘प्रदेशसभा नेपाली काँग्रेस संसदीय दलको विधान, २०७४’ पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रदेशसभा कांग्रेस संसदीय दलको विधान संशोधनसहित पारित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा पार्टीका शीर्ष नेतासहित केन्द्रीय सदस्य उपस्थित थियो। नेपालको संविधानअनुसार मुलुकमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि…