सोल : दक्षिण कोरियाली एक अदालतले भ्रष्टाचार प्रकरणमा महाभियोगपछि संसद तथा अदालतबाट दोषी ठहर भई काराबास सजाय भोग्दै आएकी पूर्व राष्ट्रपति पार्क ग्युन हेको कारावास सजायलाई थप छ महिना बढाउने आदेश दिएको छ। कोरियाली संवैधानिक अदालतले घुस तथा पदीय आचरण विरोधी काम गरेको ठहर गर्दै पार्कमाथिको महाभियोगलाई अनुमोदन गर्दै यही वर्ष मार्च महिनाको अन्त्यमा छ महिनाका लागि हिरासतमा लिएको थियो। सोलको…
काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकता र स्वाधीनताका लागि वाम ध्रुवीकरण हुन लागेको बताएका छन् माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार पूर्वराज्यमन्त्री एवं राजपाका केन्द्रीय सदस्य खोवारी रायसहितका नेतालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले नेकपा एमालेसहित वाम एकताको प्रयास राष्ट्रिय एकता, स्वाधीनता र जनताको अधिकारका पक्षमा रहेको बताए। उनले भने, “हामी हिमाल, पहाड र तराई–मधेशमा…
काठमाडौँ : नेपाल टेलिकमले नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र सुरु गरेको छ। केन्द्रको शुक्रबार सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले शुभारम्भ गर्दै टेलिकमको सेवाप्रति नेपाली जनता पूर्णरुपमा विश्वस्त भएपनि ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि केन्द्रले थप सहयोग पुर्याउने विश्वास व्यक्त गरे। उनले समयसापेक्ष नयाँ प्रविधि भित्र्याएर सेवा उपलब्ध गराए मात्र ग्राहकलाई सन्तुष्ट बनाउन सकिने र राजश्व वृद्धि हुने उल्लेख…
काठमाडौँ : निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलले गर्न पाउने खर्चको अधिकतम सीमा तोकेको छ । आयोगको आजको बैठकले पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले बढीमा २५ लाख र प्रदेशसभा निर्वाचनमा बढीमा १५ लाख खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गर्ने निर्णय गरेको आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले जानकारी दिए। पहिलो हुने निर्वाचित…
काठमाडौं : नेपालले प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पेहलवानी प्रतियोगिताअन्तर्गत जोरखानेमा शुक्रबार दुई कांस्य जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको कबाडेहमा नेपालका राजु महर्जनले कांस्य जिते। बंगलादेश पहिलो र अफगानिस्तान दोश्रो भए। नेपाल जोरखाने खेलकुद संघद्वारा आयोजित प्रतियोगिताको चर्खा चामिनीमा रोजित महर्जनले नेपाललाई अर्को कांस्य दिलाए। अफ्गानिस्तानले स्वर्ण र बंगलादेशले रजत हात पारे। दुईदिने…
काठमाडौं : फ्युचर स्टार (डब्लुटीए) रेस टु सिंगापुरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली आइतबार सिंगापुर जाँदैछ। अक्टोबर १६ देखि २३ तारिखमा हुने प्रतियोगितामा एनी माथेमा र प्रेरणा कोइरालाले प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षकमा रेणुदेवी कोण्डा छिन्। टोलीलाई अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले शुक्रबार बिदाइ गरिन्।
काठमाडौं : क्रोएसियाको जाग्रेबमा हुने विश्व जुनियर जुडो च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडी सहभागी हुने भएका छन्। अक्टोबर १४ देखि २४ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताको पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। टिम व्यवस्थापकमा बाबुराजा महर्जन तथा प्रशिक्षकमा दलबहादुर गुरुङ छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार बिदाइ गरेका छन्।…
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित सांसदहरुलाई आज मन्त्रिपरिषद्मा थप गर्न सिफारिश गरे पनि यसअघि जस्तो राष्ट्रपतिले त्यसअनुसार प्रक्रिया अघि नबढाउने भएकी छिन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिश बारे निर्वाचन आयोग र कानुनविद्सँग परामर्श गर्ने राष्ट्रपतिको कार्यालयलाई उद्धृत गर्दै राससले जनाएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहिता जारी भएको स्थितिमा मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्तहरु…
कैलाली : लामो समयसम्म थरुहट/थारुवान् आन्दोलन हाँक्दै आएको नेपाल लोकतान्त्रिक फोरमले कैलाली निर्वाचन क्षेत्र नं ४ का लागि प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गरेको छ। प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ पार्टीको केन्द्रीय उपाध्यक्ष तथा सांसद गीता राणा क्षेत्रीलाई छनोट गरेको छ। भने समानुपातिकतर्फ आदिवासी जनजाति महासंघ कैलाली अध्यक्ष तेज तरामी मगर, पार्टीका केन्द्रीय सदस्य माधव चौधरी, मनिराम चौधरी…
मेक्सिको सिटी मेक्सिकोको नुएभो लेओन राज्यमा रहेको एउटा कारागारमा कैदीहरूको दुई समूहबीच भएको विवादपछिको झडपमा कम्तीमा १३ जनाको मृत्यु भएको छ। राज्यका सुरक्षा प्रवक्ता अल्डो फास्कीले मंगलबार काडेरेता कारागारमा दुई समूह बीच झडप भएको जानकारी दिएका छन्। सो कारागारमा यसअघि पनि पटक पटक यस्तै आन्तरिक झगडा र झडप हुँदै आएको र दर्जनौँको मृत्यु भइसकेको उनले बताएका छन्। पत्रकार सम्मेलनमा प्रवक्ता…
काठमाडौं: संवैधानिक समयसीमा अनुसार संसद्को कार्यकाल २०७४ माघ ७ गतेसम्म छ। तर, संक्रमणकालीन व्यवस्थामा उल्लेखित संविधानको धारा २९६(१) को व्यवस्था अनुसार समयसीमा अगावै निर्वाचन भए मनोनयनको अघिल्लो दिनसम्म मात्र संसद् रहने व्यवस्था छ। संक्रमणकालीन व्यवस्था अनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मनोनयनको अघिल्लो दिनदेखि कार्यकाल सकिनेछ। तर, राजनीतिक दलबीचमा प्रत्यक्ष तर्फको मनोनयन वा समानुपातिकको मनोनयन कुनलाई आधार मान्ने भन्नेमा विवाद छ। प्रतिनिधिसभाको…
काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको शव आज परिवारले बुझ्ने भएका छन् । सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली प्रहारबाट गौचनको हत्या भएको थियो। यसअघि हत्यारालाई पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई सहीद घोषणा गर्नुपर्ने र व्यवसायीको सुरक्षा दिनु पर्नेलगायतका माग राखी गौचनको शव महासंघ र परिवारले बुझ्न मानेका थिएनन्। गौचनका काका ओमकार गौचनका अनुसार…
काठमाडौ : गृह मन्त्रालयले तिहारमा राति १० बजेसम्म मात्र देउसी–भैलोलगायतका सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेको छ। सुरक्षाको कारण देखाउदै गृह मन्त्रालयले राति १० बजेपछि देउसी भैलो नखेल्न आग्रह गरेको हो। गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने भएकाले सुरक्षालाई दृष्टिगत गरी सांस्कृतिक कार्यक्रमहरु राति १० बजेसम्म मात्र गर्न सबैमा हार्दिक अनुरोध गरिन्छ।’ त्यस्तै,…
काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) का नेता तथा पूर्वमन्त्री वकिल मुसलमान संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन्। पूर्वमन्त्री मुलसमानको नेतृत्वको समूह फोरम नेपालमा प्रवेश गरेको हो। यसैगरी, पूर्वसांसद ओमप्रकाश यादव नेतृत्वको समूह पनि फोरम नेपालमा प्रवेश गरेको छ। यादव राजपाका केन्द्रीय सदस्य हुन्। संघीय समाजवादी फोरम नेपाल रुपन्देही जिल्ला समितिले बुधबार आयोजना गरेको कार्यक्रममा उनीहरु पार्टी प्रवेश गरेका हुन्।…
बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाबाट धानको भुस बोकेर पोखरा गइरहेको ट्रकमा बिजुलीको तारले छुँदा करेन्ट लागेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका–३ जुडपानीबाट भुस बोकेको ना ३ ख ५४८८ नम्बरको ट्रकमा बिजुलीको तारले छुँदा करेन्ट लागेर घाइते भएका बर्दिया बाँसगढी नगरपालिका– ३ का २० वर्षीय बलिराम थारुको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी…
काठमाडौ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकको समृद्धि र विकासका लागि कांग्रेसको काँधमा फेरि एक पटक अभिभारा थपिएको बताएका छन्। काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा नेता सिंहले कांग्रेसले मुलुकमा आर्थिक क्रान्ति ल्याएको बताए। ‘कांग्रेसले गर्दा नै छ सय अर्ब राजश्व वृद्धि भएको छ’, उनले भने, ‘कांग्रेसको नेतृत्वमो बनेको सरकार र उदार आर्थिक नीतिले गर्दा नै आर्थिक विकास भएको हो।’ ग्रामीण क्षेत्रमा…
काठमाडौं : गायक पवन थिङको पहिलो एल्बम ‘फ्लाइ’ सार्वजनिक भएको छ। बुधवार काठमाडौंमा आयोजित एक समारोहमा सुगम संगीतमा आधारित आधुनिक एल्बम रिलिज गरिएको हो। संगीतकर्मी प्रेमध्वज प्रधान, गायक राजु लामा लगायतले एल्बम विमोचन गरे। शास्त्रीय संगीतमा स्नातक गरेका गायक थिङले पाँच गीतहरुको उक्त एल्बममा पुर्वेली लोक शैलीलाई पनि अपनाएका छन्। एल्बमका गीतमा सुसन लामाको शब्द तथा संगीत सुन्न सकिन्छ। समारोहमा…
दाङ : दाङमा सिकलसेल एनिमिया रोगका कारण तीन जनाको मृत्यु भएको छ। नियमित उपचार गराइरहेका तीन जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा ९८ जनाले नियमित उपचार गराइरहेका छन्। बिरामी अस्पतालमा आएर मृत्यु नभए पनि औषधि सेवन गरिरहेको अवस्थामा मृत्यु भएको खबर परिवारले अस्पताल पुर्याएका हुन्। नियमित उपचार गराइरहेका र रगत लिइरहेका तीन जनाको मृत्यु भएको रक्त सञ्चार केन्द्र…
काठमाडौं: फिल्म ‘गुडबाई काठमाडौं’को वर्ल्ड प्रिमियर तय भएको छ। लामो समय पोस्ट प्रोडक्सन फेजमा रहेको फिल्म अन्ततः प्रदर्शनका लागि तयार भएको हो। निर्माण सुरु भएको करिब ७ वर्षपछि प्रदर्शनका लागि तयार भएको फिल्मले प्रदर्शनको सुरुवात भने नेपालबाट नभई कोरियाबाट गर्नेछ। फिल्म दक्षिण एसियाको प्रतिष्ठित फिल्म फेस्टिभल बुसानका लागि छनोट भएको हो। बुसान फिल्म फेस्टिभलमा छनोट भएको फिल्म सोही फेस्टिभलका दिवंगत…
हनोई : भियतनामको उत्तरी र मध्य क्षेत्रमा भीषण वर्षापछि आएको बाढी पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ। स्थानीय सरकारी अधिकारीले दिएको पछिल्लो विवरण अनुसार पाँच जना घाइते भएका छन् भने अरू १२ जना हराइरहेका छन्। भीषण वर्षाका कारण बाँधहरु भत्किएका, बाढी पहिरो गएको, हजारौँ घरमा क्षति पुगेको र जनजीवन अस्तव्यस्त भएको जनाइएको छ। प्राकृतिक विपद् उद्धार तथा नियन्त्रण समितिले…