PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

  • भोटेकोशीले बगाएर चिनियाँ नागरिक बेपत्ता

    मेलम्ची : आइतबार साँझ माछा मार्न भोटेकोशी खोलामा गएका चिनियाँ नागरिकलाई खोलाले बगाएको छ। मध्य भोटेकोशी हाइड्रोपावरमा काम गर्ने ३० वर्षीय युफा मेन्गालाई सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ स्थित भोटेकोशीले बगाएको हो। स्थानीय बासिन्दासहित खोजीकार्यमा जुटेको प्रहरीले अहिलेसम्म उनलाई  फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चकुमार बाखुले जानकारी दिए।रासस  

    विस्तृतमा पढ्नुस्

  • प्रकाशचन्द्र लोहनी नुवाकोटका दुई निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस

    प्रकाशचन्द्र लोहनी नुवाकोटका दुई निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस

    नुवाकोट : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नुवाकोटको दुई वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवारमा सिफारिसमा परेका छन्।  एकीकृत राप्रपा राष्ट्रवादी नुवाकोट जिल्ला कार्यसमितिले गरेको सिफारिश सूचीमा लोहनीलाई दुवै निर्वाचन क्षेबत्रबाट प्रत्यक्ष र सामानुपातिकको उम्मेदवार राखिएको पार्टी जिल्ला सचिव दीपेश पाण्डेले जानकारी दिए।  नुवाकोट थानसिंह निवासी लोहनीलाई दुवै निर्वाचन क्षेत्रले प्रत्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • खुला दिशामुक्त घोषणा गरिएको नगरपालिकामै छैनन् शौचालय 

    खुला दिशामुक्त घोषणा गरिएको नगरपालिकामै छैनन् शौचालय 

    कञ्चनपुर : खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका विपन्न समुदायमा शौचालय नै छैनन्। नगरपालिकाका जनप्रतिनिधिले नै शौचालय नभएको कुराको पुष्टि गरेका छन्।  बुधबार नगरपालिकामा आयोजना गरिएको पूर्ण सरसफाइ कार्यशालामा सहभागी वडा अध्यक्षले अधिकांश विपन्न र जनजाति परिवारले शौचालय नै निर्माण नगरेको बताए।  ढांणाका ४० परिवार राना थारू समुदाय, टमटा टोल, बूढीनाला र आसापुर क्षेत्रका दलित र विपन्न परिवारसँग शौचालय…

    विस्तृतमा पढ्नुस्

  • मिडियाप्रति आक्रमक ट्रम्प

    मिडियाप्रति आक्रमक ट्रम्प

    वासिङ्टन : अमेरिकी राषट्रपति डोनाल्ड ट्रम्पले आफ्ना आणविक नीतिसम्बन्धी धारणलार्इ गलत समाचार बनाएर प्रकाशन भएको भन्दै विरोध गरेका छन्। यसैगरी राष्ट्रपति ट्रम्प र उनका सहयोगीले यस्ता प्रकारका समाचार पटक पटक आएकाले सञ्चारकर्मीलार्इ सचेत हुन आग्रह गरेका छन्। ट्रम्पले एकपछि अर्को गलत समाचार प्रकाशन गर्ने एनबीसी र यस्ता नेटवर्क च्यानलहरु र तिनीले प्राप्त गरेको लाइसेन्स नै देशको लागि चुनौती भएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘कहीँ कतै’को ट्रेलर रिलिज, सिक्किममा हुनेछ प्रिमियर

    फिल्म ‘कहीँ कतै’को ट्रेलर रिलिज, सिक्किममा हुनेछ प्रिमियर

    काठमाडौं: सविर श्रेष्ठ निर्देशित फिल्म ‘कहीँ कतै’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरसँगै फिल्मको प्रिमियर मिति पनि घोषणा गरियो। फिल्म नोभेम्बर ६ मा भारतको पूर्वोत्तर राज्य सिक्किममा विश्व प्रिमियर हुने बताइएको छ। रोमान्टिक फेमिली ड्रामामा शिवानी गिरी, दिलिप रायमाझी, किशोर खतिवडा, सोनम बरफुङ्पा, उमा बेबी लगायतको अभिनय रहेको छ। कहिं कतैको नेपाल रिलिज डेट भने तय भएको छैन। नेपाल र सिक्किममा…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सा विधेयकमा सहमति जुटाउन सभामुखले थालिन् परामर्श

    चिकित्सा विधेयकमा सहमति जुटाउन सभामुखले थालिन् परामर्श

    काठमाडौं :  चिकित्सा शिक्षा विधेयकमा सहमतिका लागि सभामुख ओनसरी घर्तीले परामर्श थालेकी छन्।  सभामुख घर्तीले उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, कानुन मन्त्री यज्ञबहादुर थापालगायतलाई बोलाएर विधेयकमा सहमतिका लागि परामर्श थालेकी हुन्। सभामुखको कार्यकक्षमा भइरहेको छलफलमा पूर्वस्वास्थ्य मन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक रेखा शर्मा, कांग्रेस मुख्य सचेतक चीनकाजी श्रेष्ठ, नेकपा एमालेका नेता राजेन्द्र पाण्डेलगायत सहभागी छन्। माथेमा प्रतिवेदनका आधारमा…

    विस्तृतमा पढ्नुस्

  • युरो २०२० अघि युइएफए नेशन्स लिग हुने, ५५ राष्ट्रलाई चार श्रेणीमा खेलाइने

    युरो २०२० अघि युइएफए नेशन्स लिग हुने, ५५ राष्ट्रलाई चार श्रेणीमा खेलाइने

    युरोपेली फुटबल महासंघ (युइएफए)ले युरोपका राष्ट्रिय फुटबल टिमको स्तर सुधार गर्न र अझै प्रतिस्पर्धात्मक बनाउका लागि भन्दै नयाँ संरचनाको युइएफए नेशन्स लिग गर्ने भएको छ। सन् २०२० को युरोकप शुरु हुनुअघि यस नेशन्स लिगमा युरोपका कूल ५५ सदस्य राष्ट्रलाई चार श्रेणीमा विभाजन गरेर प्रतिस्पर्धा गराइनेछ। जसमा रेलिगेशन र प्रमोशनको सिस्टसमेत रहेको छ। पहिलो श्रेणी अर्थात ए सँगै बी श्रेणीको लिगमा १२-१२…

    विस्तृतमा पढ्नुस्

  • 'ऐश्वर्य' प्रचारमा केकी अधिकारी किन ढिला?

    'ऐश्वर्य' प्रचारमा केकी अधिकारी किन ढिला?

    काठमाडौं: फिल्म 'ऐश्वर्य' कार्तिक ९ गते रिलिजको तयारीमा छ। फिल्मले 'तिमी रोएको पल' बोलको गीत सार्वजनिक गर्यो। गीतमा फिचरिङ रह्यो रमेश उप्रेती र दीपिका प्रसाईंको। अभिनेत्री केकी अधिकारी देखिइनन्। फिल्मको पोस्टर रिलिज भयो। त्यो प्रचार अस्त्रबाट पनि केकीलाई पर राखियो। त्यस्तै फिल्मको टिजरमा उनको एक झलक पनि देखिएन। अफिसियल ट्रेलर सार्जनिक हुँदा बल्ल दर्शक ढुक्क भए फिल्ममा केकी अधिकारी आगन्तुक…

    विस्तृतमा पढ्नुस्

  • बैतडीबाट राप्रपाले गर्‍यो लोकेन्द्रबहादुर चन्दलाई उम्मेदवार सिफारिस

    बैतडीबाट राप्रपाले गर्‍यो लोकेन्द्रबहादुर चन्दलाई उम्मेदवार सिफारिस

    बैतडी : बैतडीबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको छ। सुर्नया गाउँपालिका–२ बाशुलिङ्गका स्थायीबासिन्दा चन्दको नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरिएको राप्रपा जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले जानकारी दिए। पूर्वप्रधामन्त्री चन्दसँगै उनका छोरा जयन्त चन्दको नाम प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फ र समानुपातिकतर्फका लागि सिफारिस गरिएको छ।  यस्तै, नरेन्द्रबहादुर चन्दको नाम पनि राष्ट्रिय प्रजातन्त्र पार्टी बैतडीले प्रतिनिधि…

    विस्तृतमा पढ्नुस्

  • चन्द्रागिरी र कलंकीबाट १० जुवाडे पक्राउ

    चन्द्रागिरी र कलंकीबाट १० जुवाडे पक्राउ

    काठमाडौं : काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङगेधारास्थित राजकुमार कुँवर र नरेन्द्र ढकालले संचालन गरेको फुलबारी फुड ल्याण्डमा जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले नगद ६३ हजार ७ सय र ३ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो।  यसैगरी, प्रहरीले काठमाडौं महानगरपालिका–१४ कलङ्की डेरा गरी बस्ने काभ्रे पाँचखाल नगरपालिका–११ मा डेरा गरी बस्ने मनोज सापकोटाको कोठामा जुवातास खेलिरहेका सापकोटा सहित…

    विस्तृतमा पढ्नुस्

  • क्यालिफोर्नियाको डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो, आगलागी अझै नियन्त्रणमा आएन

    क्यालिफोर्नियाको डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो, आगलागी अझै नियन्त्रणमा आएन

    सान फ्रान्सिस्को :  अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ।  जङ्गलमा लागेको डढेलो बस्तीमा छिरेको थियो। आइतबार रातिदेखि लागेको डढेलोमा परी कैयौँ व्यक्ति हराइरहेका बताइएको छ। तर डढेलो अझै पनि नियन्त्रणमा आउन नसकेको अधिकारीहरुले जानकारी दिएका छन्।  क्यालिफोर्निया राज्यको ५० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा डढेलो सल्किएको छ। अहिले पनि यसको पूर्ण रुपमा नियन्त्रण हुन…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्रमन्त्री महरासँग आइटिसीका कार्यकारी निर्देशक गोन्जालेजबीच भेट 

    परराष्ट्रमन्त्री महरासँग आइटिसीका कार्यकारी निर्देशक गोन्जालेजबीच भेट 

    काठमाडौं :  उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग जेनेभास्थित अन्तर्राष्ट्रिय व्यापार केन्द्र(आइटिसी)का कार्यकारी निर्देशक अरान्चा गोन्जालेजले आज शिष्टाचार भेट गरेकी छन् । परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच आर्थिक कुटनीति तथा वहुपक्षीय व्यापार प्रवद्र्धनलगायतका विषयमा छलफल भएको छ।  भेटमा परराष्ट्रमन्त्री महराले नेपालको निकासी प्रवद्र्धनमा आइटिसीले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै त्यसलाई अझै प्रभावकारी बनाउन आग्रह गरे।  नेपाली घरेलु उत्पादनको अन्तर्राष्ट्रिय ‘ब्रान्डिङ’मा आइटिसीले…

    विस्तृतमा पढ्नुस्

  • तिहार र छठका लागि मोरङका व्यापारीले भारतबाट आयात गरे पाँच करोडको स्याउ 

    तिहार र छठका लागि मोरङका व्यापारीले भारतबाट आयात गरे पाँच करोडको स्याउ 

    मोरङ :  तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले भारतबाट पाँच करोड रुपैयाँको स्याउ आयात गरेका छन्।  फलफूल व्यवसायी सङ्घका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात् एक करोड ५० लाख कार्टुन स्याउ आयात गरिएको छ।  पूर्वाञ्चलमा ५० भन्दा बढी स्याउका अधिकृत बिक्रेता र तीन हजार खुद्रा पसल छन्। पूर्वाञ्चलको विभिन्न बजारलाई लक्षित गरेर विराटनगरको अधिकृत बिक्रेता नागेन्द्र ट्रेडर्सले…

    विस्तृतमा पढ्नुस्

  • अन्नपूर्णको ग्रुप एडिटरमा विजयकुमार पाण्डे

    अन्नपूर्णको ग्रुप एडिटरमा विजयकुमार पाण्डे

    काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कको ग्रुप एडिटरका रुपमा पत्रकार तथा लेखक विजयकुमार पाण्डे नियुक्त भएका छन्। अन्नपूर्णपोस्टले जनाएअनुसार पाण्डेले नेटवर्कका प्रिन्ट तथा इलेक्ट्रोनिक मिडिया सबैमा नेतृत्व दिनेछन्।  पाण्डे कान्तिपुरको नेपाल म्यागेजिनका सम्पादक, कान्तिपुर टेलिभिजनका प्रमुख रहिसकेका छन्। पञ्चायतकालदेखि पत्रकारितामा संलग्न रहँदै आएका पाण्डेको पुस्तक खुशीले मदन पुरस्कार समेत पाएको छ। पाण्डेले चर्चित टेलिभिजन टक सो दिशानिर्देश चलाउँदै आएका छन्। 

    विस्तृतमा पढ्नुस्

  • अधिकारवादीले भने -बङ्गलादेशमा रहेका रोहिङ्गाको जीवन जेलको जस्तै 

    अधिकारवादीले भने -बङ्गलादेशमा रहेका रोहिङ्गाको जीवन जेलको जस्तै 

    ढाका :  बङ्गलादेश छिरेका म्यान्माली शरणार्थीलाई यहाँ जेलमा जस्तै राखिएको अधिकारवादीले बताएका छन्।  उनीहरुलाई शरणार्थी शिविरमा राखिएको छ भने तोकिएको स्थानबाहेक अन्यत्र हिँडडुल गर्न पनि दिइएको छैन। त्यसैगरी उनीहरुलाई मोबाइल फोनको सेवा नदिन यहाँका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई भनिएको छ।  बङ्गलादेशमा रहेका करिब पाँच लाख रोहिङ्गा शरणार्थीलाई मोबाइल सेवा दिएमा दूर सञ्चारकम्पनीलाई जरिवाना लगाइने सरकारले बताएको छ।  उनीहरुका लागि आवश्यक खानेपानीका…

    विस्तृतमा पढ्नुस्

  • आयोगकै सदस्य भन्छन् - मानव अधिकार उल्लंघनमा कारबाही शून्य 

    आयोगकै सदस्य भन्छन् - मानव अधिकार उल्लंघनमा कारबाही शून्य 

    काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोग स्थापनाको १७ वर्षमा पहिलोपटक आयोगको प्रतिवेदनबारे संसदमा छलफल भयो। छलफलबाट थाहा भयो – आयोगको प्रतिवेदन जम्मा १६ प्रतिशत मात्र कार्यान्वयन हुँदो रहेछ। संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठले सरोकारवालाहरु भेला गराएर प्रतिवेदन प्रभावकारी कसरी बनाउने भन्ने विषय छलफल राखेका थिए।  छलफलमा सभापति श्रेष्ठले 'आयोगको सिफारिस कार्यान्वयन १६ प्रतिशत मात्र किन'…

    विस्तृतमा पढ्नुस्

  • गौतमबुद्ध विमानस्थल निर्माणलाई तीव्रता दिन लेखा समितिको निर्देशन

    गौतमबुद्ध विमानस्थल निर्माणलाई तीव्रता दिन लेखा समितिको निर्देशन

    काठमाडौँ :  व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई तीव्रता दिने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ।  समितिको आज बसेको बैठकले विमानस्थल निर्माण आयोजना चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना र प्रतिबद्धता चिनियाँ ठेकेदार कम्पनीसँग लिई सोही बमोजिम कार्य सम्पन्न गर्न आवश्यक जनशक्ति, उपकरण र अन्य साधनस्रोत परिचालन गर्ने व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउने सभामुखको प्रयास असफल, एमालेको असहमति

    चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउने सभामुखको प्रयास असफल, एमालेको असहमति

    काठमाडौं :  चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउने सभामुख ओनसरी घर्तीको प्रयास असफल भएको छ।   नेपाली कांग्रेसले राखेको प्रस्तावमा सभामुख घर्तीले उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, कानुन मन्त्री यज्ञबहादुर थापालगायतलाई बोलाएर विधेयकमा सहमतिका लागि परामर्श गरेकी थिइन्। तर एमाले सांसदले विधेयक पास गर्न सहमति नदिएपछि बैठक बिना निष्कर्ष टुंगिएको कानुनमन्त्री थापाले जानकारी दिए। छलफलमा पूर्वस्वास्थ्य मन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रकी…

    विस्तृतमा पढ्नुस्

  • चुनाव धाँधली भएको विषयमा गठित संसदीय छानविन समितिले बुझायो झारा टार्ने प्रतिवेदन

    चुनाव धाँधली भएको विषयमा गठित संसदीय छानविन समितिले बुझायो झारा टार्ने प्रतिवेदन

    काठमाडौं : पहिलो चरणको स्थानीय तह निर्वाचनमा धाँधली भएको विषयलाई लिएर गठित संसदीय छानविन समितिले आज 'झारा टार्ने गरी' आफ्नो प्रतिवेदन बुझाएको छ। चुनावकै क्रममा ज्यान जाने र बुथ क्याप्चरसमेत भएको सार्वजनिक भएकाले सबैभन्दा प्रभावित मानिएको दोलखा र धाँधलीको चर्को रुप देखिएको चितवनमा संसदीय समिति पुग्दै नपुगी प्रतिवेदन तयार गरेका छन्। यी दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीले पठाएको तथ्यकै आधारमा…

    विस्तृतमा पढ्नुस्

  • परिवारले बुझे गौचनको शव, आजै अन्त्येष्टि गरिने

    परिवारले बुझे गौचनको शव, आजै अन्त्येष्टि गरिने

    काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको पार्थिव शरीरमा आज अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।  प्रधानमन्त्री देउवा महासङ्घको कार्यालय अनामनगर पुगी अध्यक्ष गौचनको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्।  सो अवसरमा प्रधानमन्त्री देउवाले स्वर्गीय गौचनका परिवारसँग भेट गरी समवेदनासमेत प्रकट गरेका थिए।  गौचनप्रति श्रद्धाञ्जली अर्पण गर्न गृहमन्त्री जनार्दन शर्मा, गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell