काठमाडौं: मण्डला नाटकघरमा मञ्चन भएको नाटक ‘लाटीको छोरो’ पूर्वमा देखाइने भएको छ। आउँदो कार्तिक २५ गतेबाट १० दिनसम्म नाटक पूर्वका विभिन्न स्थानमा मञ्चन हुने भएको हो। यस नाटकलाई पूर्वको विर्तामोडमा कार्तिक २५ गतेदेखि २९ गतेसम्म मञ्चन गर्ने तयारी रहेको नाटकको प्रोडक्सन डिजाइनर प्रकाश दाहालले जानकारी दिए। त्यस्तै मंसिर १ र २ शिवसताक्षी नगरपालिकाको दुधेमा मञ्चन गर्ने तयारी रहेको बताए भने…
काठमाडौं : निर्वाचन आयोग पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा केही समय छलफलमा सहभागी भएर बाहिरिएका छन्। बाहिरिँदै गरेका देउवालाई पत्रकारहरुले प्रश्न गरेपछि सकेसम्म पन्छिन खोजे। उनले यतिमात्र भने : चुनाव हुन्छ हुन्छ हुन्छ। देउवा सहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु निर्वाचन आयोग पुगेका छन्। देउवा फर्केका भए पनि अन्य नेताहरु भने छलफलमै सहभागी छन्। संसदको म्याद सकिनु एक दिन तथा समानुपातिक…
काठमाडौं : काठमाडौँ–तराई(मधेश) द्रुतमार्ग (फास्ट ट्र्याक)आयोजना निर्माणको विस्तृत परियोजना भारतीय कम्पनीसँग किन्नका लागि सरकारले स्वीकृति दिएको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले फास्ट ट्र्याकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भारतीय कम्पनी इन्फास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज (आइएल एन्ड एफएस) ले तयार पारेको डिपिआर किन्न स्वीकृति दिएको हो। भारतीय कम्पनीले नै उक्त परियोजना निर्माण गर्ने तयारी गरेको भएपनि भारतीय कम्पनीको प्रस्ताव नेपालको पक्षमा नभएको…
काठमाडौं: यो साता फ्राइडे रिलिजअन्तर्गत कुनै पनि नेपाली फिल्म सार्वजनिक भएनन्। दुई साताअघि सार्वजनिक 'छक्का पञ्जा २'को दर्शक फ्लो कम भएको छैन। त्यसैको प्रभाव हुन सक्छ कुनै पनि फिल्मले असोज ११ पछिको तीन सातासम्म पनि रिलिज टार्गेट गरेका छैनन्। बलिउडतर्फ पनि नेपालका लागि कुनै नयाँ फिल्म रिलिज भएनन्। जुड्वा २ ले सिंगल तथा मल्टिप्लेक्समा छक्का पञ्जा २ पछिको धेरै शो…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदबाट पारित भई आएका विभिन्न सात वटा विधेयक प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले संसदबाट पारित भई आएका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग विधेयक, राष्ट्रिय समावेशी आयोग विधेयक, आदिवासी जनजाति आयोग विधेयक, मधेशी आयोग विधेयक, अन्तर-सरकारी वित्त व्यवस्थापन विधेयक, राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी विधेयक, २०७४…
बेइजिङ : संयुक्त राज्य अमेरिकाको युनेस्कोको सदस्यबाट हट्ने निर्णयप्रति संयुक्त राष्ट्रसंघ र फ्रान्सले दुःख व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले विश्वमा हिंसा बढिरहेको र ठूलो सङ्ख्यका बालबालिका पनि युद्धको चपेटामा परिरहेको समयमा युनेस्कोले शिक्षामा लगानी बढाउनुपर्ने समय भएको उल्लेख गरेका छन्। उनीहरुले अमेरिकाले यो निर्णयलाई दुःखद भनेका छन् ।यस्तो समयमा अमेरिकाले युनेस्को छोड्नुले यो विश्वव्यापी अभियानलाई नै असर पार्ने…
काठमाडौं : प्रहरीले ठूलो परिमाणमा पटाका तथा तिहारमा जलाउने विष्फोटक पदार्थ बरामद गरको छ। महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले बिहीबार राति हाँडिगाउँ ५ स्थित एक घरबाट विष्फोटक पदार्थ बरामद गरेको हो। घरभाडामा लिई वसेका भारत विहारका रामकेशर प्रसाद यादव भने फरार रहेको छन्। वृत्तका प्रमुख डिएसपी कुलदीप चन्दले भने,‘प्रहरीले छापा मारेको थाहा पाउने वितिक्कै पछाडिको ढोकाबाट उनी भाग्न सफल…
शर्मिला पाठक काठमाडौँ : गतवर्षको तिहारमा भन्दा यस वर्ष फूलको मूल्यमा १० प्रतिशतसम्म वृद्धि हुने भएको छ। गतवर्षको तुलनामा माग बढेका कारण फूलको मूल्य वृद्धि हुने भएको हो। गतवर्ष तिहारमा ११ लाख मालाको माग भएकामा यस वर्ष १५ लाख सयपत्री मालाको माग रहेको छ। यस वर्ष उपभोक्ताले एउटा मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म तिर्नु पर्ने देखिन्छ। गतवर्ष ५० देखि ६० रुपैयाँसम्ममा…
काठमाडौं: फिल्म 'रुद्रप्रिया'लाई सेन्सरबोर्डले पिजी सर्टिफिकेट दिएको छ। कार्तिक २ गते लक्ष्मीपूजाको अवसर पारेर देशव्यापी रिलिजको तयारीमा रहेको फिल्मलाई सेन्सरबोर्डले प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट दियो। १६ वर्ष उमेर मुनीकाले फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ। निर्मात्री तथा अभिनेत्रीसमेत रहेकी रेखा थापाले दिएको जानकारीअनुसार फिल्ममा देखाइएका केही एक्शनका दृश्यले गर्दा फिल्मलाई युनिभर्सल सर्टिफिकेट नदिइएको हो। चलचित्र संघले फिल्म एकसाथ हल र…
काठमाडौं : धुम २, लिला, मेरो पैसा खोइ? लगायतका फिल्महरु सिनेमा घरहरुसँगै डिस होममार्फत पनि एकसाथ रिलिज भए। डिजिटल टिभी रिलिज गरेपछि निर्मातालाई केही आर्थिक राहत मिलेको बताए मेरो पैसा खोइ? निर्माता रोज राणाले। लगत्तै फिल्म 'रुद्रप्रिया' युनिटले फिल्मको प्रचारमा हल र डिजिटल टिभीमार्फत एकसाथ फिल्म रिलिज हुने बताउन थाल्यो। तर चलचित्र संघले फिल्म हलसँगै डिजिटल माध्यममार्फत रिलिज गर्न नमिल्ने…
जुम्ला : मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि जुम्लामा नेकपा माओवादी केन्द्रलाई उम्मेदवार छान्न सकस परेको छ। दर्जनौँ स्थानीय पार्टी नेता कार्यकर्ताले उम्मेदवार हुने आकांक्षा राखेपछि उम्मेदवार टुंगो लगाउन सकस भएको हो। बाम एकता पछिको निर्वाचन क्षेत्र निर्धारण समितिको निर्णयले जुम्ला माओवादीको भागमा प्रतिनिधि सभा हात परेको करिब निश्चित छ भने क्षेत्र नं १ को प्रदेश सभा…
काठमाडौं : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर तह कार्यक्रम सञ्चालन गर्न सैद्धान्तिक सहमति लिएको छ। प्रतिष्ठानको आज सम्पन्न प्रथम सभाले नयाँ कार्यक्रम सञ्चालन गर्ने सहमतिका साथै आर्थिक वर्ष २०७४/७५ का लागि प्रस्तावित योजना तथा कार्यक्रमसहितको वार्षिक बजेट पारित गरेको हो। बैठकमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सबै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने सरकारको नीतिअनुसार यसको स्थापना भएको बताए। उनले…
हनोई : भियतनामका उत्तरी र मध्य क्षेत्रमा भारी वर्षापछिको बाढी पहिरोले जनजीवन अस्तव्यस्त बनाएको छ। बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। भीषण वर्षापछिको बाढी पहिरोमा परी कैयौँ वर्षयता आएका बाढी पहिरोभन्दा भयानक भएको बताइएको छ। वर्षा जारी रहेकाले उद्वारको कार्य निकै कठिन भएको जनाइएको छ। उत्तरी र मध्य क्षेत्रका कैयौँ प्रान्तमा परेको भारी वर्षाबाट अझै…
काठमाडौं : नेपाल प्रहरीको उकृष्ट अनुसन्धान अधिकृतको सम्मान प्रहरी निरीक्षक अनिल ठकुरीलाई प्रदान गरिएको छ। ६२ औं प्रहरी दिवशका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजना गरिएको विशेष समारोहमा प्रहरी निरीक्षक ठकुरीलाई यस वर्षको उत्कृष्ट प्रहरी अधिकृतका रुपमा पुरस्कार प्रदान गरिएको हो। ठकुरी गतवर्ष लागूऔषध नियन्त्रण ब्यूरोले औषध बनाउन प्रयोग हुने सिउडोइफेड्रिक नामको पदार्थ आयत गरी लागूऔषध कारोबारीलाई बेचिरहेको रहस्यमय घटनालाई उदाङ्गो…
काठमाडौं : एशियाली फुटबल महासंघ (एएफसी)ले नेपाली फुटबलमा भएको म्याच फिक्सिङको अनुसन्धानमा महत्वपूर्ण सहयोग गरेको भन्दै महानगरीय अपराध महाशाखालाई शुक्रबार सम्मान गरेको छ। म्याच फिक्सिङ प्रकरणको नेतृत्व लिदै अनुसन्धान गरेका नेपाल प्रहरीका डिआईजी सर्वेन्द्र खनाल र सुदीपराज पाठकलाई एएफसीका महासचिव डाटो विण्डरसन जोनले सम्मान गरे। सन् २०१५ डिसेम्बर ४ मा एएफसीको डिसिप्लिनरी र इथिक्स कमिटीले म्याच फिक्सिङमा संलग्न नेपालका चार खेलाडी…
काठमाडौं : नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले वाम गठबन्धनबाट बाहिरिएको घोगणा गरेका छन्। आज नयाँ शक्ति पार्टीको सचिवालय बैठक डाकेर भट्टराईले वाम गठबन्धनबाट बाहिरिएको र अब गोरखाबाटै आँखा चुनाव चिह्न लिएर लड्न लागेको जानकारी गराएका हुन्। सूर्य चिह्न लिएर चुनाव लड्ने गरी मुठ्ठी कस्दै कम्युनिष्ट गठबन्धनमा प्रवेश गरेका भट्टराई दश दिनपछि त्यहाँबाट बाहिरिएका छन्। भट्टराईले कार्यकर्तालाई भने…
काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको बैठकले दोस्रो संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिले पेश गरेको प्रतिवेदन अनुमोदन गरेको छ। समितिका सभापति लक्ष्मणलाल कर्णले आजको बैठकमा प्रतिवेदन पेश गर्दै आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने सन्दर्भमा भविष्यका लागि उपयुक्त निर्वाचन प्रणाली अपनाउन विश्वका संसदीय व्यवस्थासमेतको अध्ययन गरी सैद्धान्तिक र नीतिगत सुझाव दिइएको जानकारी दिए। दोस्रो संविधानसभाको निर्वाचन विसं २०७०…
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई सरकारमा भित्र्याएका छन्। पार्टी अध्यक्ष कमल थापालाई उप प्रधानमन्त्री सहित ८ मन्त्री भित्र्याएका देउवाले मन्त्रालय भने बाडफाट गरेका छैनन्। भोलि मन्त्रीहरुको सपथ गराइने कार्यक्रम तय गरिएको छ। भोलिबाट संसदको म्याद सकिँदैछ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्धन सहित वाम एकताको प्रयास अगाडि बढेपछि राजनीतिक रुपमा विपक्षी धारमा रहँदै आएको राप्रपासँग कांग्रेस सभापतिसमेत…
काठमाडौं : २०७१ साल जेठमा गठन भएको निर्वाचन धाँधली छानविन संसदीय समितिले आज प्रतिवेदन बुझाएको छ। २०७० सालको संविधानसभा निर्वाचनमा धाँधली भएको भन्दै माओवादी र मधेशवादी दलले संविधानसभा प्रवेश अस्वीकार गरेपछि संसदीय छानविन समिति गठनको सहमति भएको थियो। माओवादी र मधेश केन्द्रित दलले धाँधली छानविन नभएसम्म संविधानसभा प्रवेश नगर्ने अडानका कारण मंसिर ४ संविधानसभा निर्वाचन भए पनि माघ ८ मा…
काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको बैठकले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ बहुमतले पारित गरेको छ। प्रधानमन्त्रीका तर्फबाट ‘कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले सो विधेयक पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। विधेयकमा सांसद डिल्लीप्रसाद काफ्ले र मीना पुनले राखेको संशोधन प्रस्ताव बैठकको बहुमतले अस्वीकृत गरेको थियो। प्रदेश प्रमुख प्रत्येक प्रदेशमा रहने सेरेमोनियल प्रमुख (केन्द्रको राष्ट्रपतिसरह) हुन्। यो…