काठमाडौंः राष्ट्रपति विद्या भण्डारीले व्यवस्थापिका संसदबाट पारित भइ आएका तीन वटा विधेयक प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले संसदबाट पारित भइ आएका योगदानमा आधारित सामाजिक सुरक्षा विधेयक, २०७४, संघीय आकस्मिक कोष विधेयक, २०७४ र बोनस(पाँचौ संशोधन) विधेयक २०७४ नेपालको संविधानको धारा ११३ को उपधारा (२)बमोजिम प्रमाणीकरण गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ।
काठमाडौं : जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गाम्बा ओसाका यू-२३ टोलीसँग १-१ गोलको बराबरी खेलेको छ। ओसाकास्थित जे ग्रीन साकाई स्टेडियममा भएको खेलमा नेपालको लागि नवयुग श्रेष्ठले बराबरी गोल फर्काएका थिए। गाम्बा ओसाकाले २२औं मिनेटमा अग्रता लिएको थियो। नवयुगले ३४औं मिनेटमा बराबरी गोल पर्काए। एएफसी एसियन कप छनोट अन्तर्गत ताजिकिस्तान विरुद्धको खेलका लागि तयारी गर्न नेपाल…
चितवन : काठमाडौंको लाइफलाइन नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। साथै पृथ्वी राजमार्गको मुग्लिन- नौविसे सडक पनि सञ्चालनका आएको छ। विभिन्न ठाउँमा गएको सबै पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए। सडक सूचारु भएसँगै पोखरा, चितवनबाट हुने यातायात संचालनमा आएको छ। नारायणगढ–मुग्लिन सडकको कालिखोला, सेती दोभान, चारकिलो र नौकिलोमा पहिरोले…
कास्कीः नागरिक समाज पोखराले चिकित्सा शिक्षाको सुधारको माग गर्दै आमरण अनसनरत डा. गोविन्द केसीको समर्थन गर्दै संकलित हस्ताक्षर र ज्ञानपनपत्र कास्कीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई पठाएको छ। नागरिक समाजले केसीको मागलाई समर्थन गर्दै सोमवार विहान ११ बजेबाट पोखराको शहिद पार्कमा रिले अनसन सुरु गर्नेसमेत जनाएको छ। नागरिक अगुवा धीरज थापाका अनुसार रिले अनसन ४ जनाको समुहमा ६-६ घण्टामा फेरिने छ। …
काठमाडौं : सन् १९९९ मा काठमाडौंमा भएको आठै दक्षिण एसियाली खेलकुदमा घरेलु टोली नेपालले ३२ स्वर्ण जित्दै भारत (१०२ स्वर्ण) पछि दोस्रो स्थान हासिल गरेको थियो। त्यसपछि नेपालले फेरी साग गेम्स आयोजना गरेको छैन र दोस्रो स्थानमा पुग्न सकेको पनि छैन। सन् १९८४ मा नेपालबाटै सुरु भएको साफ गेम्स आयोजना गर्नु र मेडल तालिकामा फड्को मार्नु दुबै नेपालको लागि गाह्रो…
काठमाडौं : बन्दी सहायता नियोग (पाम)का रोशनबहादुर दोङ र त्रिभूवन आर्मी क्लबकी मनीता श्रेष्ठ प्रधान आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी चुनिएका छन्। दुवै आ–आफ्नो तौलसमूहका विजेता समेत हुन्। पहिलो दिन शनिबार रोशनले पुरुष ५५ केजीमुनि तथा मनीताले महिला ५७ केजीमुनि स्वर्ण जितेका थिए। मनीताले उत्कृष्ट इप्पोनको उपाधि पनि हात पारिन्। पुरुषमा उत्कृष्ट इप्पोनको उपाधि नेपाल…
गत सिजनको उपविजेता टोटनहम हट्सपरले प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ। आइतबार भएको खेलमा टोटनहमले १० खेलाडीमा झरेकव नवप्रवेशी न्यूकासल युनाइटेडलाई २-० ले पराजित गर्दै ३ अंक जोडेको हो। पहिलो हाफको खेल गोलरहित बराबरीमा रोकिएपनि दोस्रो हाफमा न्यूकासलका जोन्जो सिल्भेले सिधै रातो कार्डको सामना गरेपछि खेल मोडिएको थियो। त्यसैको फाइदा उठाउँदै टोटनहमका लागि ६१औं मिनेटमा डेले अली र ७०औं मिनेटमा…
स्ट्राइकर रोमेलु लुकाकुले प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडबाट डेब्युमै २ गोल गरेपछि क्लबले वेष्टहम विरुद्ध शानदार जित हात पारेको छ। आइतबार घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा वेष्टहमलाई ४-० ले पराजित गर्दै युनाइटेडले ३ अंक जोडेको हो। यसै सिजन मात्र अर्को प्रिमियर लिग क्लब एभरटनबाट युनाइटेड पुगेका लुकाकुले प्रि सिजन टुरमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। लिगमा पनि लुकाकुले सोहि लय कायम…
वैकल्पिक खेलाडीद्वय आरोन राम्सी र ओलिभर जिरुड दोस्रो हाफमा गोल गरेपछि आर्सनलले जितबाट यस सिजनको प्रिमियर लिगको सुरुवात गरेको छ। घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा आर्सनलले लेस्टर सिटीलाई ४-३ ले पराजित गर्दै ३ अंक जोडेको हो। खेलमा पहिले अग्रता लिएरपनि दुईपटक पछि परेको आर्सनललका लागि राम्सी र जिरुडले दुई मिनेटको अन्तरमा गोल गर्दै जित दिलाए। त्यसअघि जेमी…
कञ्चनपुर : वनहरा नदीमा बग्दै गरेका दुई जनाको गए राति उद्धार गरिएको छ। कृष्णपुर नगरपालिका–१ दोमिल्लाका अन्दाजी ३० वर्षीय केशव महरा र उनकै दाजु ३५ वर्षीय धर्मलाई बाढी आएको बेला नदी तर्ने क्रममा बग्दै गरेका बेला स्थानीय बासिन्दाले राति ८ बजे उद्धार गरेका हुन्। शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीबाट घरतर्फ जाँदै गर्दा नदीमा दुवै जना बगेको स्थानीयवासी सुरतबहादुर साउदले बताए। 'बगेको स्थानभन्दा…
जनकपुरधाम : अविरल वर्षाका कारण जनकपुर उपमहानगरपालिका जलमग्न भई यहाँका घर घरमा पानी पसेको छ। पानीको निकास हुन नसकेकाले मुख्य सडक जलाशयमा परिणत भएको छ। एकिकृत शहरी विकास आयोजनाले नाला निर्माणमा गरेको ढिलाइ र लापरवाहीले गर्दा पानीको बहाव बन्द भई प्रजिअ, सुरक्षाकर्मी आवास परिसर, राष्ट्रिय समाचार समिति, आन्तरिक राजस्व, हुलाक, परिवार नियोजन, महिला विकास, कोष तथा लेखा नियन्त्रण, जिल्ला प्रहरी…
काठमाडौँ : नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ को उपाधि आरति लामिछाने र बिबेक शाहले जितेका छन्। मोडल सङस नेपाल प्रालिले आयोजनामा राष्ट्रिय नाचघर जमलमा भएको प्रतियोगितामा सात अन्य प्रतिस्पर्धिलाई पछि पार्दै आरति लामिछानेले बिजेताको ताज चुम्न सफल भइन् फर्स्ट रनरअप सम्झना रेग्मी र सेकेण्ड रनरअपमा जेनिशा श्रेष्ठ भए। त्यसैगरी पुरुषतर्फ आठ प्रतिस्पर्धिलाई पछि पार्दै बिबेक शाह बिजेता बने भने…
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र श्रीलंकाबीचको पुरानो सम्वन्ध अझै सुमधुर हुदै गहिरहेको बताएका छन्। शनिबार विहान श्रीलंकाका परराष्ट्र राज्यमन्त्री वसन्त सेनानायकसँगको भेटमा प्रधानमन्त्री देउवाले ‘बुद्धिजम’ले पनि दुई देशबीचको सम्वन्धलाई थप प्रगाढ बनाउदै लगेको बतए। ‘नेपाल र श्रीलंकाबीच धेरै पुरानो सम्वन्ध छ, बुद्धको देश नेपाल भएकाले पनि श्रीलंकनहरुसँग हाम्रो आत्मियता छ। यसलाई अझै प्रगाण बनाउने गरी कनेक्टीभिटि बढाउनु पर्छ’ प्रधानमन्त्रीले…
काठमाडौं : नेपाली फुटसल टिमले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको फुटसल प्रतियोगिता खेल्दैछ। त्यसैका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टिम निर्माण गर्नको लागि यही अगस्ट २५ देखि सेप्टेम्वर १० सम्म 'एन्फा नेशनल फुटसल लिग' आयोजना गर्दैछ। यसका लागि एन्फाले टिम रजिस्टर गर्न सूचना समेत जारी गरेको छ। एन्फासँग आवद्ध रहेका ४५ जिल्ला फुटबल संघ, ए, बी र…
काठमाडौ : देशका विभिन्न भागमा केही दिनदेखि परेको अबिरल वर्षाका कारण बाढी पहिरोमा परी २० जनाभन्दा बढीको मृत्यु भएको छ। बाढी पहिरोबाट सुनसरीमा ६, सिन्धुलीमा ४, बाँकेमा ४, पाँचथरमा ४, झापामा १ र मोरङमा १, जनाको मृत्यु भइसकेको गृह मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले जानकारी दिएका छन्। बाढी पहिरोले सयौं घर, चौपाया, सडक र पुलसमेत बगाएको छ । मन्त्रालयका अनुसार बाढी…
काठमाडौं : नेपालका दुई राष्ट्रिय क्रिकेट पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार्सले सिंगापुरमा भइरहेको पाँचौ एसीसी टी-२० टुनामेन्टमा पहिलो जित हात पारेको छ। शनिबार भएको समूह बी को दोस्रो खेलमा सिंगापुर इमर्जिङ स्टार्सले अष्ट्रेलियाको मेलवर्न क्रिकेट क्लबलाई डिएल मेथडमा २९ रनले पराजित गरेको हो। शुक्रबार भएको पहिलो खेलमा सिंगापुर स्टार्स सिंघालेस स्पोर्टस् क्लबसँग डिलएल मेथडका आधारमा १६६ रनले…
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले देशका विभिन्न भागमा बाढी पहिरोको चपेटामा परेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न र राहत उपलब्ध गराउन सम्वन्धित निकायलार्इ निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले शनिबार विहानै बाढी–पहिरो प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई सम्पर्क गरी विपत्को चपेटामा परेका नागरिकलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणलगायत हरतरहको सहयोग प्रदान गर्न निर्देशन दिएका हुन्। शुक्रबारदेखि अविरल परेको भीषण वर्षाका…
काठमाडौः अन्तराष्ट्रिय युवा दिवसको अवसरमा विभिन्न विधाबाट ४० युवा सम्मानित भएका छन्। शनिवार राजधानीमा युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषदद्वारा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो। युवा प्रतिभा पहिचान प्रतियोगितामा वक्तित्वकलातर्फ ट्रिनिटी इन्टरनेशनल कलेज काठमाडौकी डेनिशा चौलागार्इं प्रथम स्थान हासिल गरि सम्मानित भएकी छन्। त्यस्तै, दोस्रो स्थान ग्लोवल स्कुलकी रोजिना आचार्य, पृथ्वीनारायण क्याम्पस पोखराबाट विजया कुमारी भट्टरार्इ तृतीय…
फोटोमा हेर्नुस् डा. केसीका पक्षमा स्वतन्त्र युवा समूहले निकालेको दबाब र्याली
काठमाडौंः विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले आफ्नो पार्टीमा जनताको अपेक्षा बढेको बताएका छन्। कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै मिश्रले विवेकशील र साझा पार्टीको एकतापछि नागरिक समाज र आमनेपालीले विवेकशील साझा पार्टीमा धेरै अपेक्षा बढेको बताएका हुन्। मिश्रले भने,‘एकीकरण एकदमै राम्रो तरिकाले सम्पन्न भयो। पहिले हामीमा जति अपेक्षा थियो त्यो अपेक्षा आमनेपालीबाट विवेकशील साझा पार्टी गठन भएपछि ह्वात्तै पढेको…