काठमाडौः देशका विभिन्न भागमा दुई दिनदेखि परेको अविरल वर्षाको कारण तराईका जिल्लाहरु जलमग्न छन्। बाढी र पहिरोको कारण ३३ जनाको मृत्यु भइसकेको छ। हजारौँ घर डुबानमा परेका छन्। शुक्रवारबाट सुरु भएको अविरल बर्षा सोमबारसम्म जारी रहने मौसमविद् बताउँछन्। वरिष्ठ मौसमविद् राजु प्रधानाङ्ग भन्छन् 'पूर्वी तराईका जिल्लामा आइतबार बेलुकाबाट वर्षा कम भए पनि मध्य र पश्चिम तराईमा सोमबारसम्म वर्षा हुने देखिन्छ।'…
भक्तपुर : वाणिज्यमन्त्री मीन विश्वकर्माले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्ने तयारीमा सरकार लागेको बताएका छन्। रफत सञ्चार क्लवद्वारा भक्तपुरमा आयोजित साक्षात्कारमा मन्त्री विश्वकर्माले मुलुक बाढी पहिरोको चेपेटामा परेका बेला सोचे जस्तो बिपद् व्यवस्थापन गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै आज बस्ने मन्त्रिपरिषद् बैठकले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्ने सम्भावना रहेको बताए। कोशी ब्यारेजका केही ढोका खोल्न सरकारले गरेको कुटनीतिक पहल सफल भएको…
अमेरिकी पप गायिका ट्रेलर स्विफ्टले आफूसँग भएको यौन शोषण बारे बताएकी छिन्। उनले अदालतमा यस विषयमा मुख खोलेकी हुन्। स्विफ्टले ५५ वर्षिय रेडियो डिजे डेबिड मुलरले आफूमाथी गरेको दुर्व्यवहार बारे बयान दिइन्। २७ वर्षिय स्विफ्टले भनिन्,'मुलरले मलाई जानेरै धेरै बेरसम्म शारीरिक रुपमा अफ्ठ्यारो परिस्थिती सिर्जना हुने गरी समाए।' मुलरले भने स्विफ्टको आरोपलाई स्विकारेका छैनन्। कोलोराडोस्थित एक अदालतमा स्विफ्टले नियोजित रुपमा…
काठमाडौं : नेपाली कांग्रेसले तराई/मधेसमा बाढीका कारण आएको संकटका विषयमा निर्णय गर्न आकस्मिक रुपमा बैठक डाकेको छ। प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले दिउँसो चार बजे बालुवाटारमा नैं कार्यसम्पादन समितिको बैठक डाकेका हुन्। 'हालै देशका अधिकांश स्थानहरुमा गएको बाढी र पहिरोका कारण जनधनको ठूलो क्षति भएको घटनाका सम्बन्धमा छलफल हुने उक्त बैठकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्यज्यूहरुलाई उपस्थितिका…
काठमाडौः रौतहटमा बाढीले जिप बगाउँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ। राजपुर गाउँपालिका ३ दमार चोकस्थित भित्री सडक खण्डमा वर्षाले कटान गरेको सडकमा लौकाहाबाट राजपुरतर्फ गइरहेको भारतीय नम्बर प्लेटको बा एच २६ ए १९३९ नम्वर जिप बगाएको हो। जिपमा सवार २ पुरुष, ३ महिला र १ बालकको मृत्यु भएको हो। जिप चालक लौकहा १ वस्ने शम्भु प्रसाद यादव र…
काठमाडौः प्रहरीले प्रिन्टरसहितको बिलिङ मिटर जडान नगर्ने ट्याक्सी चालकलाई कारबाही तिव्र बनाएको छ। आइतवार मात्र महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले बिलिङ मिटर जडान नगर्ने १ सय ट्रयाक्सीलाई नियन्त्रणा लिएको थियो। मिटर जडान गरेपछि यात्रुले बिलमा ट्याक्सी नम्बर, चालकको फोन नम्बर र भाडासमेत प्रष्ट उल्लेख भएको बिल पाउँछन्। यदि कुनै पनि चालकले यात्रुलाई ठगी गरे प्रहरीले बिल अनुसार कारबाही गर्न सजिलो…
काठमाडौं: देशका विभिन्न भागमा केही दिनदेखि परेको अबिरल वर्षाका कारण बाढी पहिरोमा परी ४० जनाभन्दा बढीको मृत्यु भैसकेको छ। बाढी पहिरोले सयौं घर, चौपाया, सडक र पुलसमेत बगाएको छ । मन्त्रालयका अनुसार बाढी पहिरोबाट झापा मोरङ, सुनसरी, सप्तरीलगायतका जिल्ला बढी प्रभावित भएका छन्। गृह मन्त्रालयले प्रकोप क्षेत्रमा उद्धार र रातह वितरणका लागि काम गरिरहरेको जानकारी दिएको छ। बाढी पहिरोका कारण…
काठमाडौः राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभाजित भएर निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको राप्रपा (प्रजातान्त्रिक)ले साउन २२ गते नै आयोगका पदाधिकारी अगाडि सनाखत भइसकेकाले अव थप सनाखत गर्नु नपर्ने जवाफसहितको पत्र आयोगलाई बुझाएको छ। यसअघि नै सनाखत भइसकेकाले थप सनाखत गर्नु नपर्ने पत्र आयोगमा बुझाएको केन्द्रीय सदस्य बाबुराम बस्नेतले बताए। साउन २२ गते दल दर्ताका लागि निवेदन दिएको पशुपतिशमशेर राणा नेतृत्वको…
काठमाडौः महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले राजीनामा दिएका छन्। महान्यायाधिवक्ता श्रेष्ठले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आज राजीनामा पत्र बुझाएका हुन्। श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारमा गत वर्ष साउनमा नियुक्त भएका थिए। महान्यायाधिवक्ता हुनुभन्दा अगाडि उनी नेपाल बार एशोसियसनका पूर्व महासचिव थिए। सरकार परिवर्तन भएसँगै महान्यायाधिवक्ताले राजीनामा दिने प्रचलन भएपनि श्रेष्ठले राजीनामा दिएका थिएनन्। उनले प्रधानमन्त्रीको आग्रह अनुसार नै…
अक्षय कुमार र भूमि पेड्नेकर स्टारर ट्वाइलेट एक प्रेम कथाले बक्स अफिसमा राम्रो प्रदर्शन गरेको छ। शुक्रबारभन्दा शनिबार फिल्मले राम्रो कमाइ गरेको बलिउड हंगामाले जनाएको छ। फिल्मले शुक्रबार १३ करोडको व्यापार गरेको थियो भने शनिबार १७ करोड कमाएको छ। गत हप्ता प्रदर्शनमा आएको जब ह्यारी मेट सेजलले भन्दा ट्वाइलेटले राम्रो कमाइ गर्यो। शाहरुख अभिनित फिल्म ह्यारी मेट सेजलले प्रदर्शनमा आएको…
बलिउड अभिनेताहरु सन्नी देवल र बबी देवलको फिल्म 'पोस्टर ब्वाइज' प्रदर्शनको तयारीमा छ। ८ सेप्टेम्बरदेखि पर्दामा लाग्ने फिल्मको प्रचार प्रसार तिब्र बन्दा देवल दाजुभाइ भने आफ्नै फिल्म छायाँकनको लागि फ्लोरमा उत्रिएका छन्। फिल्म 'एम्ला पग्ला दिवाना ३'को सुटिङ विहिबारबाट सुरु गरिन लागेको हो। १० अगस्टदेखि फिल्मको सुटिङ हैदराबादमा हुने बलिउड हंगामाले जनाएको छ। फिल्मलाई नवनित सिंहले निर्देशन गर्दै छन्। सन्नी…
फिल्म फ्लप हुँदा चर्को घाटा बेहोरेपछि बलिउडका स्टार सलमान खानले ट्युबलाइटका वितरकलाई घाटाको आधा रकम फिर्ता दिने बचन दिएका थिए। त्यसै अनुसारुप उनले वितरकलाई ३२ करोड ५० लाख रुपैयाँ फिर्ता गर्ने सहमति भएको छ। यो रकम फिल्म वितरकले बेहोरेको घाटाको ५० प्रतिशत हो। त्यसो त सलमानले घाटामा आफ्नो पनि हिस्सेदारी रहने पहिले नै कबोल गरिसकेका थिए। तर, व्यस्त सेड्युलमा रहेका…
काठमाडौं : नेपाली क्रिकेटरद्वय पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार्स पाँचौ एससीसी टी-२० क्रिकेटमा उपविजेता बनेको छ। आइतबार भएको फाइनल खेलमा पारस र मेहबुब रहेको घरेलु क्बल सिंगापुर स्टार्सलाई १० विकेटले पराजित गर्दै गर्दै श्रीलंकाको सिंहालिस स्पोर्टस् क्लबले उपाधि जितेको छ। १३१ रनको लक्ष्य सिंघालिसले ८.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। सिंहालिसका लागि एमडी शानाकाले र…
काठमाडौं : मुस्ताङ पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मौसमले साथ नदिँदा राजधानी फर्कन सकेका छैनन्। ओली १ हजार ५ सयभन्दा बढी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन, तिब्बतसँगको कोराला नाका अवलोकन र जिल्ला प्रहरी कार्यालय परिसरमा बनेको हावाबाट उत्पादित बिजुली सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी हुन पुगेका थिए। हेलिकप्टरमा पुगेको ओली आज मुक्तिनाथको दर्शन गर्न पुगेका थिए। त्यसपछि…
काठमाडौं : एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको लागि प्रारम्भिक चरणमा २८ खेलाडी छनोट गरिएको छ। नेपाली सिनियर क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा र यू-१९ टिमका प्रशिक्षक विनोद दासको टोलीले २८ खेलाडी पहिलो चरणमा छानेका हुन्। आगामी सेप्टेम्वर ७ देखि १७ सम्म मलेसियामा हुने प्रतियोगितामा आइसीसी यू-१९ वर्ल्ड कप क्वालिफायरमा रहेका १४ र चार वैकल्पिक खेलाडीसहित अन्य खेलाडी छनोट भएका…
काठमाडौं : यही बिहिबारदेखि सुरु हुने २०औं राष्ट्रिय पौडी प्रतियोगितामा एक खेलाडीले चार इभेन्टमा मात्र भाग लिन पाउने भएको छ। आइतबार नेपाल पौडी संघले पत्रकार सम्मलेन गर्दै उक्त विषयमा जानकारी दिएको हो। यसअघि एकै खेलाडीले १० भन्दा बढी इभेन्टमा भाग लिदै आएका थिए। १९औं संस्करणमा शिरिष गुरुङ एक्लैले १६ स्वर्ण पदक जितेका थिए। राष्ट्रिय खेलकुद परिषद्को तत्वावधान तथा नेपाल पौडी…
काठमाडौं : चितवनको पर्यटकीय नगर सौराहामा रहेका पर्यटकलार्इ सुरक्षित स्थलमा ल्याउन थालिएको छ। सौराहाका सबै होटलमा बाढी पसेपछि स्थानीय प्रशासन र क्षेत्रीय होटल संघ सौराहाको संयोजनमा पर्यटकलार्इ सुरक्षित स्थानमा ल्याउन थालिएको हो। सौराहामा झण्डै पाँच सय पर्यटक छन्। लगातारको वर्षाका कारण सौराहाका सबै होटलमा बाढी पसेको थियो। होटलमा पानी पसेपछि पर्यटकलार्इ सौराहाकै सुरक्षित रहेका होटलमा स्थानान्तरण गरिएको हो। राप्ती बढेर…
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले अविरलको वर्षा र बाढीका कारण क्षतिग्रस्त बनेको सिष्टम पुनः सञ्चालनका लागि मुलुकका चार स्थानमा सञ्चालक नेतृत्वको टोली खटाएको छ। पुर्वाञ्चलमा चेतराज जोशी, मध्यमाञ्चलमा उमेशप्रसाद थानी, पश्चिमाञ्चलमा चन्द्र टण्डन एवं मध्य र सूदुर पश्चिममा भक्तबहादुर पुनः संयोजक रहेको टोली खटाइएको हो। उनीहरुले क्षतिको अवस्था आँकलन गरी तत्काल उद्धारको उपाय सुझाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी…
काठमाडौं : देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोमा परी ठूलो धनजनको क्षति भइरहेका बेला नेपाल विद्यार्थी संघले राहत संकलन कार्य सुरु गरेको छ। नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पस बालाजुले संयुक्त रुपमा राहत संकलन कार्यक्रम सुरु गरेका हुन्। नेविसंघले आइतबारदेखि सुरु गरेको राहत संकलन कार्य चार दिनसम्म जारी राख्ने जनाएको छ। बालाजुको नेपालटार, बाईपास, माछापोखरी, गुणस्तर, नयाँ…
काठमाडौं : नेपाल कांग्रेसको कार्य सम्पादन समितिको आज बसेको आकस्मिक बैठकले एक महिनाको सांसदहरुको तलब बाढी पीडितका लागि दिने निर्णय गरेको छ। २८ सदस्यीय कार्य सम्पादन समितिको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो। कांग्रेस सांसदले एक महिनाको तलब सरकारी राहत कोषमा बुझाउने छन्। साथै बैठकले पार्टीका युवा कार्यकर्ताहरुलाई उद्दार तथा राहत वितरणमा जुट्नसमेत निर्देशन दिएको छ।