PahiloPost

Jul 19, 2025 | ४ साउन २०८२

  • प्रधानमन्त्री र मन्त्रीहरु राहतसहित बाढी प्रभावित क्षेत्रमा जाँदै

    प्रधानमन्त्री र मन्त्रीहरु राहतसहित बाढी प्रभावित क्षेत्रमा जाँदै

    काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा राहत सामाग्रीसहित बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा जाने भएका छन्। मौसमको अवस्था हेरेर प्रधानमन्त्री पूर्वी र मध्य तराईका केही जिल्लामा जाने योजनामा छन्। प्रधानमन्त्रीसँगै गृहमन्त्री जनार्दन शर्मा पनि प्रधानमन्त्री टोलीमा जानेछन। प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले मौसमको अनुकुलता हेरेर प्रधानमन्त्री अवलोकनमा जाने बताए। मध्यान्ह १२ बजेपछि प्रधानमन्त्री अवलोकनका लागि जाने कार्यक्रम तय भएको छ। मौसममा सुधार नभए…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध

    नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध

    चितवन: नारायणगढ मुग्लिन सडकखण्डको पाँचकिलोमा गए राति पहिरो खसेपछि सो सडक अवरुद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार राति १० बजेबाट सो ठाउँमा पहिरो खसेको हो। रातको समयमा पहिरो पन्छाउन नसकेपछि अहिले बिहानबाट पहिरो पन्छाउन सुरु गरिएको छ। सो सडकमा शुक्रबार दिउँसो २ बजेपछि ठाउँ–ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको सडक आइतबार साँझ ५ः१५ बजे पहिरो पन्छाएर…

    विस्तृतमा पढ्नुस्

  • लिग वान : पिएसजी डेब्युमै नेमारको गोल

    लिग वान : पिएसजी डेब्युमै नेमारको गोल

    विश्वकै सबैभन्दा महँगा खेलाडी बनेका ब्राजिलियन फरवार्ड नेमारले फ्रान्सको लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी)का लागि डेब्यु खेलमै गोल गरेका छन्। गएराती भएको खेलमा नेमारको गोलपछि पिएसजीले ग्इनाम्पलाई ३-० ले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको छ। पिएसजीले गुइनाम्पका जोर्डन एकोकोको आत्मघाती गोलबाट अग्रता लिएको थियो। त्यसपछि एडिनसन कभानीले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे। नेमारले खेलको अन्त्यतिर गोल…

    विस्तृतमा पढ्नुस्

  • जिसस बैतडीमा कांग्रेस माओवादी केन्द्र गठबन्धन विजयी

    जिसस बैतडीमा कांग्रेस माओवादी केन्द्र गठबन्धन विजयी

    बैतडी: जिल्ला समन्वय समिति बैतडीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ। जिल्ला समन्वय समितिको संयोजकमा कांग्रेसका सिद्धराज भट्ट र दलित तथा अल्पसङ्ख्यक सदस्यमा कांग्रेसका टेक लुहार गत २३ गते नै निर्विरोध निर्वाचित भए पनि अन्य पदका लागि आइतबार चुनाव भएको हो। आइतबार भएको निर्वाचनमा उपसंयोजकमा माओवादी केन्द्रबाट धनबहादुर बोहरा, तीनजना खुला सदस्यमा कांग्रेसका तर्फबाट रमेशबहादुर बोहरा, लालबहादुर…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि मौसममा सुधार आउने, पूर्वी र मध्य क्षेत्रमा हल्का वर्षा हुने

    आजदेखि मौसममा सुधार आउने, पूर्वी र मध्य क्षेत्रमा हल्का वर्षा हुने

    काठमाडौँ: जल तथा मौसम पूर्वानुमान महाशाखाले आजदेखि मौसममा सुधार आउने जनाएको छ। महाशाखाले आज पूर्व र मध्य क्षेत्रमा हल्का वर्षा हुने जनाएको छ। पश्चिमका केही क्षेत्रमा पनि हल्का वर्षा हुने महाशाखाले जनाएको छ।  गत शुक्रबारदेखिको अविरल वर्षाका कारण देशभर बाढी पहिरोको प्रकोप बढेको छ। बाढी पहिरोका कारण ६६ जनाको ज्यान गएको गृह मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ। केही व्यक्ति…

    विस्तृतमा पढ्नुस्

  • बाढी पहिरोबाट भएको क्षतिप्रति पूर्वराजाद्धारा दुःख व्यक्त

    बाढी पहिरोबाट भएको क्षतिप्रति पूर्वराजाद्धारा दुःख व्यक्त

    काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहले देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। शाहले सोमबार बिहान प्रेस बिज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका हुन्। शाहले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ‘बाढी र पहिरो जस्ता प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति पु¥याएकोमा गम्भीर एवम् दुःख व्यक्त गर्दछु।’ प्राकृतिक प्रकोप नियन्त्रणका लागि सम्वन्धित पक्षले तदारुकता देखाउनेमा आफू विश्वस्त…

    विस्तृतमा पढ्नुस्

  • बलिउड बादशाह शाहरुखलाई समीक्षकको सुझाव 'अब रिटायर्ड भए हुन्छ'

    बलिउड बादशाह शाहरुखलाई समीक्षकको सुझाव 'अब रिटायर्ड भए हुन्छ'

    बलिउड: बादशाह शाहरुख खानले योपटक बक्स अफिसमा नराम्रो ठक्कर खाए। उनी अभिनित 'जब ह्यारी मेट सेजल'ले निकै नराम्रो कलेक्शन गरेपछि उनको दुई वर्ष यताको फिल्म यात्रा असफल जस्तै साबित भयो। दिलवाले र रइसले १३० करोडको कलेक्शन गरे पनि अन्य फिल्म चुके। फ्यानले त सय करोड पनि उठाउन सकेन। फ्यानको असफलतामा त कारण देखाइएको थियो - उनको टाइपको फिल्म होइन। तर…

    विस्तृतमा पढ्नुस्

  • उपत्यका बाहिर दर्ता भएका ट्याक्टर धपाउँदै प्रहरी 

    उपत्यका बाहिर दर्ता भएका ट्याक्टर धपाउँदै प्रहरी 

    काठमाडौः उपत्यका बाहिरका जिल्लामा दर्ता भएर उपत्यकामा गुड्ने ट्याक्टरलाई प्रहरीले सम्वन्धित जिल्ला पठाउन थालेको छ।  बाहिरी जिल्लामा दर्ता भएर उपत्यकाभित्र गुड्दा सवारी जाम बढी हुने भएकाले यस्तो कारबाही सुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा एसएसपी लोकेन्द्रबहादुर मल्लले जानकारी दिए।  प्रहरीले २० भन्दाबढी ट्याक्टरलाई नियन्त्रणमा लिएर सम्वन्धित जिल्ला पठाउन लागेको छ।  

    विस्तृतमा पढ्नुस्

  • बाढी पीडितलाई राहत संकलन गर्न सरकारी समिति : संयोजकमा गृहका सहसचिव केदार न्यौपाने

    बाढी पीडितलाई राहत संकलन गर्न सरकारी समिति : संयोजकमा गृहका सहसचिव केदार न्यौपाने

    काठमाडौँः बाढी पहिरो प्रभावित क्षेत्रहरुमा थप राहत प्रदान गर्न मन्त्रालयले सहसचिव केदार न्यौपानेलाई राहत संकलन संयोजन समितिको संयोजक तोकेको छ।  राहत सामाग्री (त्रिपाल, भाँडाकुडाँ, खाद्यान्न दाल, चामल, नुन, तेल, ड्राइफुड) लगायत नयाँ लत्ताकपडा उपलव्ध गराउन इच्छुक निजी कम्पनी, सामुदायिक संघ संस्था तथा व्यक्तिहरुले राहत संकलन संयोजन समितिका संयोजकसँग समन्वय गरी काठमाडौंको थापाथलीस्थित नेपाल खाद्य संस्थानको गोदाम घर वा विश्व खाद्य…

    विस्तृतमा पढ्नुस्

  • राहत वितरणमा सरकारको एकद्वार नीतिः संघसंस्थालाई राहत वितरण गर्न नदिइने

    राहत वितरणमा सरकारको एकद्वार नीतिः संघसंस्थालाई राहत वितरण गर्न नदिइने

    काठमाडौः सरकारले बाढी प्रभावित जिल्लामा गैरसरकारी संस्थाहरुलाई जथाभावी राहत वितरणमा रोक लगाउने भएको छ। सोमबार गृह मन्त्रालयमा केन्द्रीय दैविप्रकोप उद्धार समिमिको बैठक आयोजना गरी गृहमन्त्री जनार्दन शर्माले सरकारी संयन्त्रबाट मात्रै राहत वितरण गरिने बताए। मन्त्री शर्माले गैरसरकारी संस्थाले दिने नगद तथा जिन्सी सामग्री सरकारी संयन्त्रबाटै वितरण गर्न मुख्य सचिव तथा अन्य सरोकारवाला मन्त्रालयका सचिवहरुलाई निर्देशन दिए। ‘कुनै संघसंस्था र व्यक्तिले…

    विस्तृतमा पढ्नुस्

  • टीकापुरमा रानी कुलोमा शव फेला

    धनगढी: कैलालीको पूर्वी क्षेत्र टीकापुर नगरपालिका–२, सीतापुरको रानी कुलोमा शनिबार एक पुरुषको शव फेला परेको छ। कैलाली र बर्दियाको सीमा नदी कर्णालीबाट टीकापुरतर्फ आएको रानी कुलोमा केही दिनदेखि पानीको सतह बढेको अवस्थामा अन्दाजी ५०/५२ वर्षका देखिने पुरुषको शव फेला परेको हो। शवको सनाखत हुन नसकेको टीकापुर इलाका प्रहरी कार्यालयले जनाएको छ। रासस

    विस्तृतमा पढ्नुस्

  • हराइरहेका बालकको शव खोलामा तैरिरहेको अवस्थामा फेला

    हराइरहेका बालकको शव खोलामा तैरिरहेको अवस्थामा फेला

    खोटाङ: जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका सात वर्षीय रोविन राई मृत फेला परेका छन्। साउन २३ गतेदेखि हराएका राई सोही गाउँपालिका वडा नं ५ स्थित तापखोलामा मृत फेला परेका हुन्। माछा मार्न गएका स्थानीयवासीले बालकको शव खोलाको पानीमा तैरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको प्रहरीले जनाएको छ। साथीहरुसँग माछा मार्न…

    विस्तृतमा पढ्नुस्

  • बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो,  उद्दारमा आठ हजार सुरक्षाकर्मी परिचालित

    बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो,  उद्दारमा आठ हजार सुरक्षाकर्मी परिचालित

    काठमाडौं: बाढी पहिरोका कारण शनिबार साँझसम्म ३३ जनाले ज्यान गुमाएका छन्। अविरल वर्षापछि पूर्वी र मध्य तराई बाढीको उच्च जोखिममा परेको छ। जल तथा मौषम पूर्वानुमान महाशाखाले सोमबारसम्म नै वर्षात जारी रहने भएकाले सतर्क रहन अपिल गरेको छ। प्रधानमन्त्रीको निर्देशनमा शनिबार साँझ बसेको केन्द्रीय दैवीप्रकोप उद्दार समितिको बैठकपछि गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृतकको संख्या ३३ पुगेको पुष्टि गरेको हो। मन्त्रालयको विज्ञप्ति…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : डिफेण्डिङ च्याम्पियन चेल्सी पहिलो खेलमै पराजित

    प्रिमियर लिग : डिफेण्डिङ च्याम्पियन चेल्सी पहिलो खेलमै पराजित

    प्रिमियर लिगको उपाधि रक्षा गर्ने अभियानमा रहेको चेल्सी यस सिजनको पहिलो खेलमै पराजित भएको छ। शनिबार भएको खेलमा डिफेण्डिङ च्याम्पियन चेल्सी बर्नलीसँग घरेलु मैदानमै ३-२ ले पराजित भएको हो। खेल सकिदासम्म चेल्सी ९ खेलाडीमा झरेको थियो। चेल्सी विरुद्ध शानदार जित हासिल गर्न बर्नलीका लागि साम भोक्सले २ गोल गरे। कप्तान ग्यारी काहिलले १४औँ मिनेटमा सिधै रातो कार्डको सामना गरेपछि चेल्सी…

    विस्तृतमा पढ्नुस्

  • आज पनि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ, सतर्क रहन आग्रह

    आज पनि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ, सतर्क रहन आग्रह

    काठमाडौँ: दुई दिनदेखिको लगातारको भारी वर्षातका कारण पूर्वी र मध्य तराई उच्च जोखिममा परेको छ। बाढीका कारण ३३ जनाको ज्यान गइसकेको छ। केही व्यक्ति बेपत्ता भएका छन्। चारा हजारभन्दा घर डुवानमा परेका छन्।  जल तथा मौषम पूर्वानुमान महाशाखाले आइतबार पनि देशका विभिन्न क्षेत्रमा भारी वर्षात हुने जनाएको छ। महाशाखाले मनसुनी न्यूनचापीय रेखा अहिले पहाडी क्षेत्र नजिकै रहेको र न्यूनचापीय प्रणाली…

    विस्तृतमा पढ्नुस्

  • पारसको अलराउण्ड प्रदर्शन, सिंगापुर स्टार्स फाइनलमा

    पारसको अलराउण्ड प्रदर्शन, सिंगापुर स्टार्स फाइनलमा

    काठमाडौं : नेपाली सिनियर टिमका कप्तान पारस खड्काले १ विकेट लिनुका साथै ३६ रन बनाएको खेलमा सिंगापुर इमर्जिङ स्टार्स साविक विजेता मद्रास क्रिकेट लबलाई हराउँदै पाँचौ एससीसी टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आइतबार बिहानै भएको पहिलो सेमिफाइनलमा पारस र अर्का नेपाली खेलाडी महेबुब आलम सम्मिलित सिंगापुर स्टार्सले भारतको मद्रासलाई ६ विकेटले पराजित गरेको हो। १८६ रनको लक्ष्य स्टार्सले १९…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ–मुग्लिन सडकमा चार स्थानमा पहिरो, काठमाडौंसँगको सम्पर्क टुट्यो

    नारायणगढ–मुग्लिन सडकमा चार स्थानमा पहिरो, काठमाडौंसँगको सम्पर्क टुट्यो

    चितवनः काठमाडौँको लाइफलाइनसँग जोडिएको नारायणगढ–मुलिन सडकखण्ड विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा यातायात ठप्प भएका छन्। सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्। पोखराबाट काठमाडौंका लागि आएका सवारीसाधन समेत मुग्लिन पारी रोकिएका छन्। नारायणगढ–मुग्लिन सडकको कालिखोला, सेती दोभान, चारकिलो र नौकिलोमा पहिरोले पूर्ण रुपमा सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • करियरको अन्तिम दौड पूरा गर्न सकेनन् बोल्टले, ट्रयाकमै यसरी ढले

    करियरको अन्तिम दौड पूरा गर्न सकेनन् बोल्टले, ट्रयाकमै यसरी ढले

    प्रत्येक खेलाडिले आफ्नो करियरको सुदख अन्त्य चाहेक हुन्छन्। उत्कृष्ट खेलाडीले अझै विशेष अन्त्य चाहन्छन्। सबै खेलाडीलाई त्यस्तो अवसर मिल्दैन जुन सँधैका लागि सम्झन लायक होस्। अझ महान बन्ने बाटोमा रहेको खेलाडीलाई सुदख अन्त्य गर्नु झनै चुनौती हुन्छ। यस शताब्दीकै उत्कृष्ट धावकको रुपमा परिचित उसेन बोल्टको बिदाइ पनि सुखद हुन सकेन। यी जमैकन फासटेस्ट स्प्रिन्टर बोल्टले लण्डनमा भइरहेको वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपको…

    विस्तृतमा पढ्नुस्

  • पहिरोमा परी मकवानपुरमा एकै परिवारका ६ जनाको मृत्यु, सुर्खेतमा तीन जनाको निधन

    पहिरोमा परी मकवानपुरमा एकै परिवारका ६ जनाको मृत्यु, सुर्खेतमा तीन जनाको निधन

    हेटौँडा:  मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका–१० मन्थलीमा आज बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका ६  जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ। मृत्यु भएका परिवारको विवरण लिन ठिङ्गनबाट घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन अझै केही समय लाग्ने भएको जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए। यस्तै अविरल वर्षासँगै पहिरोले घर…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-बाबुराम भेटवार्ताः  परिस्थितिको समीक्षा गरेर अगाडि बढ्ने समझदारी 

    प्रचण्ड-बाबुराम भेटवार्ताः  परिस्थितिको समीक्षा गरेर अगाडि बढ्ने समझदारी 

    काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। टोखास्थित भट्टराई निवासमा भएको दुर्इ घण्टा लामो छलफलमा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थितिका विषयमा कुराकानी भएको हो। दुई नेताबीच समग्र विषयमा गम्भीर समीक्षा गरेर अगाडि बढ्न छलफललाई जारी राख्ने समझदारी भएको माओवादी केन्द्रले जानकारी दिएको छ। भेटमा भट्टराईले समग्र विषयमा समीक्षा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell