काठमाडौं: फिल्म ‘ग्याङस्टर ब्लूज’को दोस्रो गीत सार्वजनिक भएको छ। फिल्म रिलिज मिति नजिकिदै गर्दा फिल्मले गीतलाई प्रचारको माध्यम बनाएको छ। यसअघि रोमान्टिक जानराको गीत सार्वजनिक थियो। बुधबार फिल्मको आइटम गीत सार्वजनिक भएको हो। ‘अबला’ बोलको गीत बुधबार युट्युब मार्फत सार्वजनिक भएको हो। मानस, कालीप्रसाद र एकतारेको शब्दलाई बानिका प्रधान र कालिप्रसाद बास्कोटा स्वयंले स्वर दिएका छन्। गीतमा कालिप्रसादकै संगीत रहेको…
काठमाडौं: गत असारमा फिल्म 'ए मेरो हजुर' सिक्वेल घोषणा भयो। फिल्मको नयाँ संस्करण 'ए मेरो हजुर २'लाई निर्देशन गर्ने भइन् अभिनेत्री झरना थापाले। तर फिल्म एक वर्षमा पनि प्रदर्शनमा आएन। प्रोडक्शन र पोस्ट प्रोडक्शनको काम सुस्त भएर हो त प्रदर्शन पनि ढिला भएको? खासमा फिल्मको प्रि प्रोडक्शनमै निर्माण युनिटले धेरै समय लगायो। फिल्म घोषणा हुनुभन्दा अघिदेखि लेखन सुरु भएको हो।…
नरहरि पौड्याल पोखराः कास्की कांग्रेसका नेता यज्ञबहादुर थापा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेपछि कास्की कांग्रेसमा खुसीयाली छाएको छ। लामो समयको राजनीतिक यात्रापछि थापा मन्त्री भएका छन्। उनी रामचन्द्र पौडेलको समूहबाट मन्त्रीको सिफारिसमा परेका थिए। विद्यार्थी राजनीतिदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर कृयाशील थापालाई प्रधानमन्त्री देउवाले कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा नियुक्त गरेका हुन्। प्रधानमन्त्री…
काठमाडौंः गृहमन्त्री जनार्दन शर्माले बैदेशिक रोजगारीमा जाने सिलसिलामा ठगिएका र दुःख पाएका युवा–युवतीको समस्या समाधान गर्न प्रहरीको छुट्टै ब्यूरो बनाएर परिचालन गरिने बताएका छन्। बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्वन्ध तथा श्रम समितिको बैठकमा गृहमन्त्री शर्माले ठगिएका हजारौं उजुरी प्रहरी समक्ष आउने भएकाले त्यसका लागि छुट्टै ब्यूरो बनाएर परिचालन गर्ने बताएका हुन्। उनले भने, ‘ठगिएको पैसा फिर्ता नपाउँदा धेरै घरबार विहीन भएका…
बलिउड बक्सअफिसमा राम्रो व्यापार गर्न नसके पनि फ्यान फलोइङ राम्रो बनाउने फिल्म हो 'अन्दाज अप्ना अप्ना'। फिल्ममा दुई बलिउड स्टार सलमान खान र आमिर खानको कमेडी अवतारलाई धेरैले रुचाए। त्यसैले फिल्म पर्दाबाट चाडै उत्रे पनि पछिसम्म चर्चा कमायो। यति बेला अन्दाज अप्ना अप्नाको सिक्वेल बारे नयाँ नयाँ जानकारीले बलिउडमा राम्रो ठाउँ पाएको छ। डिएनएले फिल्मको सिक्वेल बन्ने बारे पुष्टि गरेको…
काठमाडौं: फिल्म दुई रुपैंयाको लागि दुई वर्षदेखि काम गर्दैछन् निर्देशक तथा निर्माता असिम शाह। फिल्मको स्क्रिप्ट लेखनबाट लोकेशन चयनसम्मको काममा शाहलाई धेरैले प्रश्न गरे 'किन लाख करोड नाम नराखेर दुई रुपैयाँ राखेको?' शाहको लागि जवाफ सरल थियो तर सस्पेन्स राख्न चाहे। शाह भन्छन्,'सबै कुरा थाहा पाउने उचित समय आउँछ।' आज फिल्म युनिटले फिल्मको नाम दुई रुपैयाँ किन राखियो भन्ने कौतुहलता…
काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रिय समितीको बैठक अर्को सूचना नआएसम्मको लागि स्थतिगत भएको छ। हिजो बुधबार सुरु भएको बैठकले निकाश दिन नसकेपछि बैठक बिहिबार पनि बस्ने तय थियो। तर एन्फाका अध्यक्षका अनुसार विशेष कारणवश अर्कव सूचना नआएसम्मको लागि साउन ११ गतेबाट सुरु बैठक स्थगित गरिएको जानकारी महासचिव धिरेन्द्र प्रधानले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। विगत…
भक्तपुरः नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले संसदमा दुई तिहाई बहुमत पुगेपछि मात्र संसदमा संविधान संशोधन प्रस्ताव लैजाने बताएकी छिन्। रफत सञ्चार क्लवले आयोजना गरेको साक्षात्कारमा प्रवक्ता भुसालले सरकार संशोधन प्रस्तावका लागि दुई तिहाईको कसरतमा लागेको बताइन्। उनले राप्रपा सरकारमा सहभागी नभए पनि संशोधन प्रस्तावका पक्षमा मत दिनेमा सरकार विश्वस्त रहेको बताइन्। प्रवक्ता भुसालले निर्वाचन क्षेत्र निर्धारण आयोगले तोकिएको समयमा…
काठमाडौं: मौलिक भाका, दोहोरी लगायत फरक शैलीमा तीजको गीत सार्वजनिक भइरहँदा गायिका सरस्वती लामाको पप तीज गीत सार्वजनिक भएको छ। पप गायिका सरस्वती लामाले पहिलो पटक गाएको रक शैलीको तीज गीत ‘यसपालीको तीज पनि रक मै जम्ने भो’ को म्युजिक भिडियो सहित सार्वजनिक भएको हो। आधुनिक वाद्ययन्त्रहरुको प्रयोगमा उनले तीजको गीतमा फरक प्रयास गर्न खोजेको बताइन्। 'महिलाको पिडा र बेदना…
काठमाडौं : एएफसी एसियन कप छनोट अन्तर्गत ताजिकिस्तान विरुद्ध हुने खेललाई मध्यनजर गर्दै नेपाली राष्ट्रिय पुरुष फुटबल टोली दश दिने प्रशिक्षणका लागि जापान जाने भएको छ। नेपाली टोली आगामी अगस्ट ११ देखि २१ तारिखसम्म वैदेशिक प्रशिक्षणका लागि जापन जान लागेको अखिल नेपाल फुटबल संघ एन्फाका सिइओ इन्द्रमान तुलाधरले पुष्टी गरे। 'नेपाली टोलीका मुख्य प्रशिक्षक योतुकु कोजी र टेक्निकल डिरेक्टर चियाकी…
काठमाडौः विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रोल्पाको सुनछहारी गाउँपालिका वडा २ घर भई काठमाडौंको टोखास्थित गामा ट्राभल्स एण्ड टुर्सका संचालक जयप्रकाश वुढामगरलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो। मगरले विभिन्न व्यक्तिलाई पोर्चुगल पठाईदिने र मासिक ८० हजार रुपैयाँ तलब दिने भन्दै १२ लाख रुपैयाँसम्म लिएको खुल्न आएको छ। मगरले पोर्चुगल पठाउन…
काठमाडौः ११ औँ पटक आमरण अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले उच्चस्तरीय वार्ता समिति गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा सचिवको संयोजकत्वमा स्वास्थ्य सचिव र प्रधानमन्त्री कार्यलयका सचिव रहेको पुरानै तीन सदस्यीय वार्ता समितिलाई निरन्तरता दिने निर्णय गरेको हो। वार्ता समितिलाई चिकित्सा शिक्षा विधेयकमा रहेका प्राविधिक पक्षहरुमा आवश्यक सुधार गरी वार्ता टुङ्ग्याउने जिम्मेवारी दिइएको छ। वार्तामा…
काठमाडौँ : संसद्ले नयाँ वेबसाइटसँगै मोबाइल एपसमेत बनाएर संसदका गतिविधिलाई पारदर्शी बनाउने प्रयास सुरु गरेको छ। केही समयदेखि परीक्षण गरिरहेको वेबसाइट र मोबाइल आज सभामुख ओनसरी घर्तीले सार्वजनिक गरिन्। वेबसाइट र मोबाइल एप सार्वजनिक गर्दै सभामुख घर्तीले अहिलेको समय अनुकूल हुन संसदले सुरुवात गरेको घोषणा गरिन्। 'अहिलेको युग भनेको सूचना प्रविधिको युग हो, कम्प्युटरको चिप्समात्र हैन हाम्रो हातहातका स्मार्ट मोबाइलमा…
सल्यान: जिल्लाका १० वटा स्थानीय तहमा कर्मचारी खटाइएको छ। गत वैशाख ३१ गते सम्पन्न भएको स्थानीय निर्वाचनबाट स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि जिल्लाका १० वटै स्थानीय तहमा १८१ जना कर्मचारी खटाइएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ। जिल्ला प्रशासन कार्यलयमा बसेको बैठकले जिल्लाका विभिन्न सरकारी कार्यालयबाट स्थानीय तहअन्तर्गत नगरपालिका तथा गाउँपालिकामा कर्मचारी खटाएको हो। स्थानीय तहमा खटाइएका कर्मचारीमा जिल्ला कृषि विकास कार्यालयबाट…
काठमाडौँ: वैकल्पिक राजनीतिक शक्तिका रुपमा अभियान चलाइरहेका साझा पार्टी र विवेकशील नेपाली पार्टी आज एकीकृत हुँदैछन्। वैकल्पिक शक्तिका रुपमा स्थापित हुन संघर्ष गरिरहेका दुई दल सामूहिक नेतृत्वमा जानेगरी एकीकृत हुन लागेका हुन्। नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट दिउँसो १ः३० बजे एकीकरणको घोषणा हुँदैछ। रवीन्द्र मिश्र नेतृतमा रहेको साझा र उज्जवल थापा नेतृत्वको विवेकशील एकीकरणपछि पार्टी सञ्चालनका लागि केन्द्रीय संयोजन समिति बन्नेछ ।…
मुम्बई: भारतको आर्थिक राजधानी मुम्बईमा मङ्गलबार एक पाँच तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ। घटनामा तीन व्यक्तिको मृत्यु भएको छ। घटनामा ३० जनाभन्दा बढी अन्य व्यक्ति फसेको बताइएको छ। उनीहरूको उद्दारका लागि आवश्यक प्रयास जारी राखिएको छ। यस घटनाबाट यस पहिले एघार जनालाई उद्धार गरिएको छ। अग्नि नियन्त्रक कार्यायलका एक अधिकारी पी रहाङदेलका अनुसार यस घटनाको उद्वारकार्य…
वीरगन्ज: बारामा बन्चरो प्रहार गरी पतिले पत्नीको हत्या गरेका छन्। मंगलबार राति कलैया उपमहानगरपालिका –२४ श्रीपुरका ३५ वर्षका कृष्ण रामले ३० वर्षकी पत्नी उन्ती रामको हत्या गरेको बारा प्रहरीले जनाएको छ। घरायसी विवादका कारण कृष्णले राति १० बजे श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको र त्यसकै कारण उन्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। पत्नीको हत्यापछि कृष्णा फरार रहेको र…
काठमाडौं : अभिनेत्री एवं फिल्म निर्माता सुस्मिता केसीले रङ्ग पत्रकारलाई धम्की दिएकी छिन्। उनले रमाइलोडटकमका पत्रकार उत्सव रसाइलीलाई व्यक्तिगत प्रतिष्ठाना आँच आउने म्यासेज सहित ज्यान मार्ने धम्की दिएकी हुन्। चलचित्र पत्रकार संघका केन्द्रीय सदस्य रहेका उत्सवलाई फेसबुक स्टाटसमार्फत् गिज्याएकी केसीले मेसेजमा उनको जात बारे प्रश्न गरिन्। त्यस्तै मङ्गलबार फोनमा ज्यान मार्ने धम्की दिइन्। उत्सवका अनुसार फोनबाटै उनले 'म आधी घण्टामा…
काठमाडौः नेकपा माओवादी केन्द्रले शेरबहादुर देउवा नेतृत्व सरकारमा सहभागी हुने ६ मन्त्री र ३ राज्यमन्त्रीको टुङगो लगाएकाे छ । पार्टी केन्द्रीय कार्यालय परिसडाँडामा आज विहान बसेको बैठकले मन्त्रीको टुङगो लगाएको हो। स्वास्थ्य मन्त्रीमा गिरिराजमणि पोखरेललाई र महेन्द्रबहादुर शाही ऊर्जा मन्त्रीमा पठाउने निर्णय भएको माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए। त्यस्तै, टेकबहादुर बस्नेत सामान्य प्रशासन मन्त्रालय, सन्तकुमार थारु चौधरीले पशुपंछी…
काठमाडौं : सर्वाेच्च अदालतको आदेशले २०७३ पुस २४ गते पदमुक्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले लामो समयपछि मुख खोलेका छन्। हाल विदेशमा रहेका कार्कीले बुधबार प्रकाशित 'घटना र विचार' साप्ताहिकसँगको अन्तरवार्तामा आफूले सबै सत्यतथ्य एक न एक दिन सार्वजनिक गर्ने चुनौति दिएका छन्। कार्कीले अन्तरवार्ताका क्रममा आफ्नो हत्या गर्ने षड्यन्त्र रचिएको सुइँको पाएपछि देश छोड्न बाध्य…