चन्द्रकान्त खनाल कपिलवस्तुः घरायसी विवादका कारण कपिलवस्तुमा एक महिलालाई कुटपिट गरि घर निकाला गरिएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई उनका श्रीमान् र ससुराले कुटपिट गरी घर निकाला गरेका हुन्। गतवर्ष ईजहार खाँका छोरा दिलसाद खाँसँग विवाह गरेकी सविनालाई कुटपिट गरि यातना दिइएको हो । छोरी जन्माएको भन्दै आफूमाथि यातना सुरु गरिएको उनले बताइन्।…
काठमाडौः सामाजिक सञ्जालमा आवद्ध युवाहरुले मिलेर पुरानो बानेश्वरदेखि मैतिदेवीसम्मको सडक सफा गरेका छन्। ‘जाग्यो नेपाल ‘ नामक समाजिक अभियानमार्फत उनीहरुको सफाइ सुरु गरेका हुन्। प्रत्येक शनिबार सहरी सडक र पेटीका फोहोर सफा गर्न फेसबुकमार्फत संयोजन गरेर अभियान थालिएको अभियानका संयोजक विजय कँडेलले बताए। जाग्यो नेपाल सस्थाले‘हाम्रो देश हाम्रो हातम’ मुल नारा बनाएर धुलोरहित सहर बनाउने अभियान सुरु गरेको हो ।…
बुद्धिनारायण श्रेष्ठ काठमाडौंः दोक्लम सीमा समस्या भारत र चीनको प्रतिष्ठाको लडार्इं हो। चीनले आफ्नो भूमिमा सडक निर्माणको काम गर्दा भारतले हस्तक्षेप गरेपछि त्यो समस्या उत्पन्न भएको हो। यतिमात्र होइन भारतीय सेनाले चीनले निर्माण गरिरहेको सडकमा पाल टाँगेर चीनको काममा अवरोध पुर्यायो। बाँकी रह्यो सडक निर्माण कहाँ र कसरी हुँदै थियो भन्ने कुरा। मेरो अध्ययनमा सडक चीन र भुटानको दशगजा क्षेत्रमा निर्माण भइरहेको…
काठमाडौं : नेपाल विद्यालय भलिबल कमिसनले एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा पदक जितेको नेपाली खेलाडीलाई सम्मान गरेको छ। शनिबार राजधानीमा आयोजित विद्यालय भलिबल कमिसनको क्यालेन्डर सार्वजनिक कार्यक्रममा कमिसनले इमबहादुर रानाको कप्तानीमा रहेको १२ खेलाडीसहित १५ सदस्यीय टोलीलाई सम्मान गरेको हो। खेलाडीसँगै प्रशिक्षकद्वय जगदिश भटृ र विरेन्द्रप्रसाद चौधरी तथा टिम म्यानेजर डम्बरबहादुर नेपाली पनि सम्मानित भएका छन्। सम्नित…
काठमाडौं : नेपाल विद्यालय भलिबलको कमिसनको आयोजनामा यू–१८ पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगितामा हुने भएको छ। शनिबार नक्सालस्थित होटल क्राउनप्लाजामा कार्यक्रमको आयोजना गर्दै कमिनसनले यू–१८ पुरुष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता आगामी कात्तिक १२ देखि १८ सम्म काठमाडौंमा हुन गर्ने जानकारी गराएको हो। यस्तै कमिसनले यू–१६ अन्तरविद्यालय छात्र तथा छात्रा भलिबल प्रतियोगिता समेत गर्ने जनाएको छ। उक्त प्रतियोगिता आगामी…
दोस्रो इनिङ्समा स्पीनरद्वय रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले ३-३ विकेट लिएपछि श्रीलंकालाई २ सय ४५ रनमा रोक्दै भारत पहिलो टेष्टमा ३०४ रनले विजयी भएको छ। श्रीलंकालाई फराकिलो रन अन्तरले हराएपछि भारतले ३ खेलको सिरिजमा १-० को अग्रता कायम गरेको छ। दोस्रो इनिङ्समा जितका लागि ५ सय ५० रनको उच्च लक्ष्य पछ्याएको श्रीलंका भारतका स्पीनरसामु टिक्न नसक्दा अन्तिम दिन ७६.५ ओभरमा…
बीबीसी : पाकिस्तानको सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) पार्टीले अन्तरिम प्रधानमन्त्रीका लागि पूर्व पेट्रोलियममन्त्री शाहीद खाकान अब्बासीलाई चयन गरेको छ। नवाज शरिफले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि पीएमएल-एनको शनिवार बसेको बैठकले अब्बासीलाई अघि सारेको हो। पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचारसम्बन्धी आरोपबारे गरिएको छानबिनपछि शरिफलाई सार्वजनिक पदमा बस्न शुक्रवार अयोग्य घोषित गरेपछि उनले पदबाट राजीनामा दिएका थिए। शरिफका भाइ शाहबाजले प्रधानमन्त्रीको पद नसम्हालेसम्म…
काठमाडौं: व्यवसायिक रुपमा असफल रहे पनि चर्चा र ब्रान्ड कमाएको थियो फिल्म प्रेमगीतले। सोही नाम प्रयोग गरेर सन्तोष सेनले सिक्वेल प्रेमगीत २ घोषणा गरे। प्रेमगीत २ सेनको लागि चुनौती रह्यो। किनकी फिल्मले प्रिक्वेलको ब्रान्ड जोगाउन आवश्यक थियो। शुक्रबारबाट फिल्मको दोस्रो संस्करण शुक्रबारबाट प्रदर्शनमा आएको छ। बुकिङमा आक्रमक देखिएको फिल्मले नेपाली बक्सअफिसमा पनि आक्रामक प्रस्तुत गर्योे। समिक्षात्मक रुपमा फिल्मले कस्तो प्रतिक्रिया…
काठमाडौं : कोरियाका जाङ्ग येवन हकले ललितपुरमा भइरहेको एसियन युथ तथा जुनियर भारोत्तोलन च्यामिपयनसिप २०१७ मा तीन स्वर्ण हात पारेका छन्। जाङ्गले ८५ केजी तौलको जुनियर विधामा स्नाचमा १६२ केजी, क्लिन एनड जर्कमा १८५ केजी र कुलमा ३४७ केजी भार बहन गर्दै तीन स्वर्ण जितेका हुन्। उक्त विधामा ताईपेईका चेन पो जेनले स्नाचमा १५५ केजी र कुलमा ३३६ केजी सहित…
काठमाडौंः सरकार र डाक्टर गोविन्द केसीको वार्ता टोलीबीच आज भएको वार्ता बिना निष्र्कष टुगिंएको छ। आज डाक्टर केसीका मागमा सरकारी पक्षसँग प्रारम्भिक छलफल मात्र भएको छ। अर्को वार्ता कहिले बस्ने टुंगो लागिसकेको छैन। डाक्टर केसीका वार्ता टोलीका सदस्य वाईपी सिंहले पहिलोपोस्टसँग भने, ‘हामीले हाम्रा मागहरु प्रस्तुत गर्यौ। केही छलफल भयो। फेरि छलफल हुने कुरो छ। मिति टुंगो लागिसकेको छैन।’ वार्ता…
काठमाडौं : मन्त्रिपरिषद् विस्तारमा ढिलाइका कारण मन्त्रिपरिषद्का समितिहरु बल्ल गठन भएका छन्। गत जेठ २४ गते गठन भएको मन्त्रिपरिषदमा अहिलेसम्म एउटा पनि समिति गठन भएको थिएन। 'मन्त्रिपरिषद् गठन भएर पनि मन्त्रिपरिषदमा रहने ५ वटै समिति गठन भएका थिएनन्,' एक मन्त्रीले पहिलोपोस्टसँग भने, 'त्यसैले मन्त्रिपरिषद विस्तार भएपछि बिहीबार ५ वटै समिति गठन गरिएको हो।' सरकारले बनाउने विषयगत कानुनका विधेयकलाई अन्तिम…
काठमाडौँ : यातायात मन्त्री वीरबहादुर बलायर बिहीबार साँझ राजधानीको सडकको अनुगमन गर्न निस्किए। उनीसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल, महानगरका कर्मचारीलगायत सँगै थिए। शपथग्रहणमा समेत सार्वजनिक सवारी चढेर राष्ट्रपति भवन शीतल निवास पुगेका मन्त्री बलायरले राजधानीको सडक र यातायात अवस्था कस्तो देखे? पहिलोपोस्टका संवाददाता सविन ढकालले मन्त्री बलायरसँग गरेको कुराकानी। साँझ एकाएक सडकमा निस्कनु भएछ किन होला?…
काठमाडौं : अखिल नेपाल फुटबल सघ एन्फाले दश दिने जापान भ्रमणमा जान लागेको नेपाली राष्ट्रिय फुटबल टिमले जापानमा ५ मैत्रिपूर्ण खेल खेल्ने पक्का गरेको छ। एएफसी एसियन कप छनोट अन्तर्गत ताजिकिस्तान विरुद्ध हुने खेलको लागि तयारी गर्न नेपाली टीम अगस्ट ११ देखि २१ सम्म जापनको ओसाका शहर जाँदैछ। नेपालले त्यहाँका तीन स्थानिय क्लब र दुई युनिभर्सिटी टिमसँग खेल्नेछ। जापान भ्रमणमा…
काठमाडौँ: तिथिका हिसाबले श्रावण शुक्ल पूर्णिका दिन मनाइने ऋषितर्पणी र रक्षाबन्धन आज मनाइएको छ। साउन २३ गते पर्ने श्रावण शुक्ल पूर्णिका दिन खण्डग्रास चन्द्रग्रहण परेकाले श्रावण शुक्ल पञ्चमी (नागपञ्चमी)का दिन नै रक्षाबन्धन गरिएको हो। २७ वर्षपछि नागपञ्चमीका दिन नै नयाँ जनै फेर्ने र रक्षाबन्धन गरिएको हो। देवालय तथा मठ मन्दिरमा पुगेर सर्वसाधरणले जनै फेरेका छन्। नेपाल पञ्चाङ्ग निर्णयक समितिले चन्द्रग्रहण…
बनेपा: काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ स्थित बडालगाउँमा बिहीबार एक दम्पती झुण्डिएको अवस्थामा फेला परेका छन्। ३२ वर्षिय भैरब भनिने सोमप्रसाद बडाल र उनकी कान्छी श्रीमती १८ वर्षीया मनिषा दाहाल घरबाट ५०० मिटर टाढाको एउटा रूखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दाहालसँग बडालको केही महिनाअघि…
वालिङ: स्वाइन फ्लूका कारण स्याङ्जाको वालिङका एकजनाको मृत्यु भएको पुष्टि भएको छ। उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल काठमाडौँमा गत सोमबार स्याङ्जाको वालिङ–१४ का ४९ वर्षीय खुमप्रकाश अर्यालको मृत्यु भएको हो। “अर्यालको मृत्यु स्वाइन फ्लूका कारण भएको पुष्टि सरुवा रोग नियन्त्रण महाशाखाबाट हामीलाई प्राप्त भएको छ”, वालिङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन तथा सञ्चालक समितिका संयोजक दिलीपप्रताप खाँणले भने, “वालिङ तथा आसपासका क्षेत्रमा…
मस्को: आतंकवादी गतिविधि बढीरहेका बेला रुसले गत छ महिनाको अवधिमा १२ विभिन्न आक्रमण प्रयास रोक्न सफल भएको छ। 'तेह्र वटा आतङ्कवादी आक्रमण दर्ता भएका छन्। त्यसमध्ये १२ वटा विफल भएका छन्, तिनीहरु तयारीकै क्रममा निस्तेज भएका हुन्' एक सरकारी अधिकारीले भने। आतङ्कवादीहरुले सहयोग गरेको, उनीहरुले भर्ना गरेको र आतङ्कवादीहरुले आर्थिक व्यवस्थापन गरिदिएका घटनाहरु यस अवधिमा झण्डै ६० प्रतिशत भन्दा धेरै बढेको…
काठमाडौँ: पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसीका मागका सम्वन्धमा छलफल गर्न आज सरकारले गठन गरेको वार्ता टोली र केसीका प्रतिनिधिबीच वार्ता हुँदैछ। बिहीबार मन्त्रिपरिषदको बैठकले वार्ता टोली गठन गरेसँगै टोलीले केसीसँग भेट गरेको थियो। बिहीबार साँझको भेटपछि वार्ताको समय तय भएको हो। शुक्रबार बिहान ११ बजे दुवै पक्षबीच छलफल हुँदैछ। डा. केसीको यो एघारौँ अनशन हो। मन्त्रिपरिषद् बैठकले बिहीबार शिक्षा…
काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म सार्वजनिक भएका छन्। प्रेमगीत सिक्वेल 'प्रेमगीत २' र फिल्म 'रुद्र' प्रदर्शनमा आएको हो। आशुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्म 'प्रेमगीत २' लाई रामशरण पाठकले निर्देशन गरेका हुन्। फिल्ममा प्रदिप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्कीलगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्मले सिंगल स्क्रिन तथा मल्टिप्लेक्सहरुमा गरी देशभरका ८० हलहरुमा…
धादिङ: उत्तरी धादिङको इलाका प्रहरी कार्यालय, दार्खामा कार्यरत सहायक प्रहरी निरीक्षक वीरबहादुर गुरुङको शव आज बिहान ६ बजे इलाका प्रहरी कार्यालयनजिकै मकैबारीमा फेला परेको छ। बिहीबार राति ११ बजे सुतेका गुरुङको लास आज बिहान मकैबारीमा फेला परेको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजियारले बताए। घटना अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा जान लागेकाले अनुसन्धानपछि मृत्युबारे थाहा हुने पंजियारले बताए। धादिङबेसीबाट घटनास्थलको दूरी ३५…