काठमाडौँ: भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा आज सर्वोच्चमा बहस सकिँदैछ। आज निवेदकका तर्फबाट संक्षिप्त जवाफ दिएपछि अन्तरिम आदेश जारी हुने वा नहुने सम्वन्धमा दुवैतर्फको बहस सकिनेछ। गत बिहीबार नै बहस सकिने र आदेश आउने आकलन गरिए पनि प्रतिवादी रेणु दाहालका तर्फबाट कानुन व्यवसायीले बहस गरेपछि सुनुवाइ आजसम्मका लागि स्थगित गरिएको थियो। जेठ २१…
काठमाडौँ: नेपाली सेनाले प्राविधिकतर्फ ३९ अधिकृत पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। सेनाले खुला तथा समावेशी रुपमा पदपूर्तिको सूचना प्रकाशन गरेको हो। पदपूर्तिका लागि गरिएका विज्ञापनमा पाइलट, हवाई इन्जिनियर, एमबिबिएस डाक्टर, प्राड अधिकृत, लेखा, रेडियो तथा प्रकाशन, स्टिल फोटोग्राफी, छापाखाना तथा प्रकाशन र सम्पादनमा जनशक्ति पदपूर्तिका लागि आह्वान गरेको हो। सवैभन्दा बढी लेखा अधिकृत माग गरेको छ। लेखामा महिला २,…
पोखरा: पोखरा लेखनाथ महानगरपालिका–१८, सेदीरातमाटे डाँडामा शनिबार राति जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। पोखराको पामेबाट लेकसाइडतर्फ आउँदै गरेको ग१ञ ८७९ को जिप सडकबाट लगभग ४० मिटर फेवातालको किनारास्थित दलदले हिलोमा खस्दा भोजपुर दमना गाउँपालिका–९ बस्ने ३० वर्षीय रामप्रसाद राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी गम्भीर घाइतेमध्ये…
स्पानिस ला लिगा सुरु हुनु अघि अमेरिकामा भएको दुई स्पानिस जायन्ट क्लबबीचको एलक्लासिकोमा बार्सिलोना विजयी भएको छ। लियोनल मेसी, इभान राकिटिच र जेरार्ड पिकेले गोल गरेपछि मियामीस्थित हार्ड रक स्टेडियममा भएको इन्टरनेशनल च्याम्पियनसिप कपमा बार्सिलोनाले रियल मड्रिडलाई ३-२ ले पराजित गरेको हो। खेलको तेस्रो मिनेटमै मेसीले गोल गर्दै बार्सिलोनलाई अग्रता दिलाए। त्यसको चार मिनेटपछि राकिटिचले गोल गरेपछि बार्सिलोनाले सात मिनेटभित्रै…
काठमाडौं : नेपालको राष्ट्रिय खेलको मान्यता पाएपछि नेपाल भिलबल संघ एनभिएले पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्मान गरेको छ। प्रचण्ड प्रधानमन्त्री हुँदा उनैको मन्त्रीपरिषद्ले गत जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेको थियो। आइतबार बिहान प्रचण्ड निवासमै पुगेर एनभिएका अध्यक्ष मनोरन्जन रमन शर्माले लगायतले प्रचण्डलाई सम्मान पत्र प्रदान गरेको हो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले…
पोखरा : क्षेत्रीय निर्वाचन कार्यालय कास्कीमा दुई हप्तामै सात हजार ७६४ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। साउन १ देखि १४ गतेसम्म तीन हजार ७९६ महिला र तीन हजार ४०९ पुरुषले मतदाता नामावलीमा नाम दर्ता गराएका क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए। आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगले मतदाता नामावली संकलन अभियान सुरु गरेपछि कास्कीमा मतदाताको…
डानी अल्भजले एक गोल गर्नुका साधै एक असिस्ट गरेपछि परेसिस सेन्ट जर्न पिएसजीले फ्रेन्च सुपर लिगको उपाधि जितेको छ। एक गोलले पछि परेको स्थती उल्टाउदै पएसजीले फ्रेन्च लिग-१ च्याम्पियन मोनाकोलाई २-१ ले पारजित गरेको हो। डिजिब्रिल सिडिबेले ३०औं मिनेटमा गोल गर्दै मोनाकोलाई पहिले अग्रता दिलाएका थिए। तर उनीहरुङ्को अग्रत लामो समय टिक्न सकेन। यसं सिजन युभेन्ट्सबाट पेरिस पुगेका अल्भेजले ५१औं…
काठमाडौं: फिल्म ग्याङस्टर ब्लूज युनिटले कभर गीत प्रतियोगिता आयोजना गरेको छ। फिल्मको दुई साता अघि सार्वजनिक गीत 'अजम्बरी लाउँला पिरती' बोलको गीतको कभर गायन प्रतियोगिता फिल्म युनिटले शनिबार अफिसियल पेजमार्फत घोषणा गरेको हो। महिला र पुरुषको लागि एउटै प्रतियोगिता घोषणा भएको हो। आइतबार ओएसआर डिजिटलले महिलाको लागि मेल भोइस सहितको ट्र्याक र पुरुषको लागि फिमेल भोइस सहितको ट्र्याक अपलोड गर्ने…
भानु जयन्ती र नवराज पराजुलीको कविता अस्ट्रेलियामा भानुभक्त आचार्यको जन्म जयन्ती विशेष कार्यक्रम आयोजना भयो। एनएक्यु, रेडियो ४ इबि ९८.१ एफएम नेपाली कार्यक्रम समूह तथा ब्रिसबेन बिसौनीको संयुक्त आयोजनामा ब्रिसबेनको मिचेल्टनस्थित मिचेल्टनमा आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्म जयन्ती मनाइएको हो। कार्यक्रममा कविता कन्सर्टका लागि अस्ट्रेलिया पुगेका कवि नवराज पराजुलीले कविता वाचन गरे। वि नवराज पराजुलीले बाँसुरी बादक सम्यक महर्जनको…
काठमाडौं: फिल्म 'प्रेमगीत २'ले प्रदर्शनमा आएको पहिलो दिन शुक्रबार नै देशभरका हलबाट ग्रस १ करोड कलेक्शन गरेको फिल्म युनिटले बताएको थियो। फिल्मको एडभान्स बुकिङक आक्रमक देखिंदा पहिलो दिनको कलेक्शन पनि आक्रमक देखिनु अपेक्षित थियो। पहिलो दिन देशभरिका ८० पर्दाबाट १ करोड बक्सअफिस कलेक्शन गरेको फिल्मको शनिबार पनि दर्शक फ्लो उत्सहाजनक देखिएको निर्माता सन्तोष सेनको दाबी छ। फिल्मले दोस्रो दिन १…
काठमाण्डौं: नेपाली लघु फिल्म थाइल्याण्डमा पुरस्कृत भएको छ। थाईल्याण्ड ईन्टरनेश्नल फिल्म डेस्टिनेसन फेस्टिभलमा यस बर्ष नेपाली फिल्म ‘लस्ट एण्ड फाउण्ड’ ले बेस्ट आउटस्टान्डिङ प्रेजेन्टेसनको अवार्ड जितेको हो। थाइल्याण्डलाई अन्तराष्ट्रिय फिल्म छायांकनको गन्तव्य बनाउने उदेश्यले हरेक बर्ष आयोजना गर्ने यस फेस्टिभलमा २ फिल्म कलेजले नेपालको प्रतिनिधित्व गरेको थियो। १४ वटा देशका ३३ वटा फिल्महरु प्रतिस्पर्धामा थिए। विश्वभर फिल्म स्कूल र कलेजहरुबाट…
काठमाडौंः आपूर्तिमन्त्री मीन विश्वकर्माले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्ने गृहकार्यमा सरकार जुटेको बताएका छन्। रिपोर्टर्स क्लवले गरेको साक्षात्कारमा मन्त्री विश्वकर्माले दुवै निर्वाचन एकै चरणमा गराउन सरकार जुटेको र यसमा प्रतिपक्षी दलबाट पनि सकारात्मक प्रतिक्रिया आएको बताए। उनले दुवै निर्वाचन मंसिरको पहिलो अथवा दोस्रो साता गर्ने गरी प्रधानमन्त्रीले निर्वाचन आयोग र र अन्य दलसँग छलफल गरिरहेको जानकारी दिए। उनले…
काठमाडौं: नेपाली फिल्मका तीन गीत सुर्केथैली खै, पूर्व पश्चिम रेल र कुटुमा कुटुमा कुटु सुपारी दानाले करोड भ्यूज कटाएसँगै चर्चामा आए गीतकार तथा संगीतकार राजनराज सिवाकोटी। उनकै शब्द, संगीत तथा स्वरमा प्रोडक्शनको फेजमा रहेको फिल्म रुद्रप्रियाको लागि नयाँ गीत सार्वजनिक भएको छ। 'मेरो माया छ भने' बोलको गीत भिडियो बिना युट्युबमा सार्वजनिक भएको हो। आउँदो कात्तिक २ गतेबाट प्रदर्शनमा आउने…
काठमाडौंः महानगरीय प्रहरी बृत्त गौशालाको नवनिर्मित भवनको आज उद्घाटन गरिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक बमबहादुर भण्डारीले आइतबार एक समारोहका बीच भवन उद्घाटन गरेका हुन्। कार्यक्रममा भण्डारीले महानगरीय प्रहरीको कार्यनीति नै जनतासँग सम्बन्ध सुधार गरी समाजमा शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने रहेको बताए। उनले शान्ति सुरक्षा, अपराध रोकथाम र अनुसन्धानको जिम्मा नेपाल प्रहरीको…
काठमाडौं : दोस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता-२०१७ यही मंगलबारदेखि सुरु हुने भएको छ। नेपाल स्क्वास तथा राकेट्स संघले गर्न लागेको प्रतियोगिता साउन १७ देखि २१ गतेसम्म सातदोटोस्थित संघको एकेडेमीमा सञ्चालन हुनेछ। प्रतियोगितामा यसपटक एक विधा थप गरिएको र नगद पुरस्कार राशीमा पनि वृद्धि गरिएको आयोजक संघका अध्यक्ष किशोर महर्जनले जानकारी दिए। यसअघि पहिलो संस्करण ६ विधामा भएकोमा यसपटकदेखि…
पोखराः पर्वतको कुश्मा नगरपालिकास्थित कुश्मा–ज्ञादीको अग्लो झोलुङ्गे पुलबाट हाम्फालेर एक जोडीले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार शनिबार राति पुलबाट हामफालेर सुनसरीको धरान उपमहानगरपालिका ११ का २६ वर्षीय अकिन गुरुङ्ग र ललितपुर महानगरपालिका –१४ ढिलाहिटीकी २५ वर्षीया मुना रानाले अत्महत्या गरेका हुन्। केही दिनअघि मुस्ताङ घुम्न आएका उनीहरु शनिबार दिउसो कुश्मा आसपास घुमफिर गरिरहेका थिए। शनिबार राति ९ बजे पुलबाट हामफालेका…
नेपाली सांगीतीक ब्यान्ड नेपथ्यले पहिलोपटक न्यूजिल्याण्डमा प्रस्तुती दिएको छ। अकल्याण्डस्थित ‘स्काइ सिटीथिएटर’ मा नेपथ्य कन्सर्ट सम्पन्न भएको हो। नेपथ्यले नेपाली लोक–रक भाकाहरु प्रस्तुत गर्योा। ‘नेपाली सांगीतिक टोलीको यो पहिलो यात्रासँगै यहाँ एउटा नयाँ इतिहासको निर्माण भएको छ,’ आयोजक राज महर्जनले भने, ‘नेपथ्यलेखोलेको बाटोले अब भावी दिनमा अन्य समूह र कलाकारका निम्ति पनि यो नयाँ गन्तब्य बन्न पुगेको छ।’ अकल्याण्डको यो…
काठमाडौंः साझा प्रकाशनका कर्मचारी एवं पूर्वकर्मचारीले महाप्रवन्धक डोलेन्द्रप्रसाद शर्मालाई भ्रष्टाचार गरेको आरोप लगाएका छन्। साझा प्रकाशनले आफूविरुद्ध उठेका सवाल र लामो समयदेखि हुन नसकेको लेखापरीक्षणको अवस्थाबारे स्पष्ट पार्न आयोजना गरेको पत्रकार सम्मेलनमा कर्मचारीहरुले साझा प्रकाशनबाट प्रकाशन हुनुपर्ने पुस्तकहरु अन्य बाहिरी प्रकाशनलार्इ बेच्नुका साथै अन्य विविध कुरामा अनियमितता गरेको आरोप लगाएका हुन्। पत्रकार सम्मेलनमा साझा प्रकाशनका कर्मचारी रामशरण अधिकारीले लामो समयसम्म…
काठमाडौँः चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनसनरत डाक्टर गोविन्द केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच आज भएको तेस्रो वार्तापनि बिना निष्कर्ष टुंगिएको छ। डाक्टर केसीकातर्फबाट वार्ता टोलीका सदस्य डाक्टर वाईपी सिंहका अनुसार मुख्य माग दीर्घकालिन रुपमा अन्त्य गर्ने विषयमा छलफल नभएपछि वार्ता विना निष्कर्ष टुंगिएको हो। उनले भने,‘ सरकारी टोलीबाट मुख्य मागहरुमा छलफल मात्र भयो।’ डाक्टर सिंहका अनुसार भोलि ३…
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले तोकिएको समयभित्र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन तयार गर्न सरकारबाट आवश्यक सबै सहयोग उपलव्ध हुने बताएका छन्। आइतबार दिउसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोगका पदाधिकारीहरुसँगको बैठकमा प्रधानमन्त्रीले आयोगलाई २४ सै घण्टा सहयोग गर्न तयार रहेको बताए। प्रधानमन्त्रीले भने,‘तपाईँहरु तोकिएकै समयभित्र आफ्नो काम सम्पन्न गर्नुहोस्, तपाईँहरुलाई सरकारबाट चाहिने आवश्यक सहयोग २४ सै घण्टा दिन तयार छ।’ प्रधानमन्त्रीले…