फिल्म पाइरेसी बलिउड र नेपाली फिल्म इन्डस्ट्रीमा बढ्दो छ। इटरनेटको अव्यवस्थित प्रयोगले फिल्म क्षेत्रमा साइबर क्राइमले व्यवसायिक असर समेत गरेको खबर सार्वजनिक भइरहन्छ। अक्षय कुमारको फिल्म 'ट्वाइलेट एक प्रेमाकथा' पनि पाइरेसीबाट बचेको छ। र फिल्म गैरकानुनी रुपमा वेब साइट र टोरेन्टमा अपलोड हुनुअघि लिक हुनबाट जोगिएको छ। नृत्य निर्देशक एवं अभिनेता रेमो डिसुजाले फिल्मको कपी भेटेका हुन्। आफ्नो जिम सेन्टरमा…
काठमाडौं : सिंगापुरमा भइरहेको आइसीसी यू-१९ विश्वकप एसियन क्षेत्रको छनोट अन्तर्गत सोमबार भएको खेलमा नेपालले मलेसियालाई ५ विकेटले हरायो। पाँचौ खेलमा पनि नेपालको ब्याटिङमा समस्या निर्नतर हुँदा बलिङमा भने प्रदर्शन उत्कृष्ट रहयो। कप्तान सन्दीप लामिछाने एक्लैले ७ विकेट लिए। सन्दीपले ५ विकेट झारेको यो तेस्रो खेल हो। यसअघि सिंगापुर र मलेसिया विरुद्धको पहिलो चरणको खेलमा पनि सन्दीपले ५/५ लिएका थिए।…
डिफेण्डिङ च्याम्पियन मेक्सिकोलाई हराउँदै जमैका लगाताचर दोस्रो पटक कोनकाकाफ गोल्डकपको फाइनलमा पुगेको छ। गएराती भएको दोस्रो सेमिफाइनलमा जमैकाले मेक्सिकोलाई १-० ले पराजित गर्दै आयोजक अमेरिकासँगको फाइनल भिडन्त पक्का गरेको हो। जमैकालाई फाइनल पुर्याउन खेल सकिन दुई मिनेट बाँकी छदा केमर लवरेन्सले निर्णायक गोल गरे। पहिलो सेमिफाइनलमा घरेलु टोली अमेरिकाले कोस्टारिकालाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। अमेरिका सन् २०१३ को च्याम्पियन…
काठमाडौ : स्थायीलगायतका विभिन्न माग राखी आन्दोलनरत त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले भोलिदेखि रिले अनसन सुरु गर्ने घोषणा गरेका छन्। राजधानीमा भेला गरी नेपाल आंशिक प्राध्यापक संघले रिले अनसन सुरु गर्ने घोषणा गरेको हो। संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय अगाडि रिले अनुसन सुरु गर्ने घोषणा गरेको छ। पहिलो चरणको रिले आन्दोलन २२ साउनसम्मका लागि घोषणा गरिएको छ भने त्यतिन्जेलसम्म पनि माग पूरा…
काठमाडौं : १९औं युथ, २४ औं जुनियर महिला तथा ३१औं जुनियर पुरुष एसियन भारोत्तोलन च्याम्पियनसिपका खेलहरु सोमबाट सुरु भएको छ। आइतबारै लगनखेलस्थित नेपाली सेनाको शारिरिक तालिम तथा खेलकुद केन्द्रमा आपचारिक उछाटद्द भएको च्याम्पियनसिपका प्रतिस्पर्धाहरु भने आजबाट सुरु भएको हो। पहिलो दिन नेपालका तीन खेलाडीले सुरुमै प्रतिस्पर्धा गरेका थिए। शनिबारसम्म सञ्चालन हुने च्याम्पियनसिपका एसियाका ३८ राष्ट्रका तीन सय भन्दा बढी खेलाडीहरुको…
काठमाडौ : मुख्य प्रशिक्षक छिरिङ लोप्साङले भुटानमा हुने साफ यू-१८ च्याम्पियनसिप र किर्गिस्तानमा हुने एएफसी यू-१९ क्वालिफयार्सका लागि प्रारम्भिक चरणमा ६४ खेलाडीलाई बोलाएका छन्। एएफसी ए कोचिङ सर्टिफेकेट होल्डर प्रशिक्षकलाई एन्फाले यसअघि नै युथ टीमको म्खय प्रशिक्षक नियुक्त गरिसकेको छ। उनलाई धनगढीका पुष्कर शाहीले सघाउनेछन्। ललित स्मृति यू-१८ च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा दुई अन्तर्राक्ष्ट्रिय प्रतियोगिताको लागि उनले खेलाडी छनोट गरेका हुन्।…
काठमाडौँ : गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय परिचयपत्रमा आमाको नाम छुटाइएको भनी प्रकाशित समाचार सही नभएको बताएका छन्। संसदमा सम्बोधन गर्दै गृहमन्त्री शर्माले भने, 'समाचार भ्रामक हो। आमाको मात्र हैन, परिचयपत्रमा हजुरआमाको पनि नाम छ। यसरी गलत समाचार सम्प्रेषण नगर्न म विनम्र अनुरोध गर्छु र सत्यतथ्य समाचारका आधारमा विषय प्रवेश गराउन सांसद्को ध्यानाकर्षण गराउन चाहन्छु। कान्तिपुर राष्ट्रिय दैनिकले साउन ७ गते आमाको…
काठमाडौँ : दुई छिमेकी देश भारत र चीनबीच बढ्दो तनावले नेपालमा पर्ने असरबारे आज संसदमा आवाज उठेको छ। एमाले सांसद युवराज ज्ञवालीले स्थिति भड्किएर नियन्त्रण बाहिर गएमा हामीलाई अपूरणीय क्षति पुग्न सक्नेतर्फ सचेत गराए। 'भारत चीन बीचमा एक महिनादेखि सीमा विवादलाई लिएर वाकयुद्ध चलिरहेको छ। भारतीय र चिनिया सञ्चारमाध्यले उत्तेजक अभिव्यक्ति दिइरहेका छन्। स्थिति दिन प्रतिदिन भड्किरहेको छ', उनले भने, 'नेपालका तर्फबाट…
चौतारा: सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पिङकट्टीमा आइतबार बेलुका आएको पहिरोले भोटेकोशी नदीको लार्चा पुल भाँचिएपछि यातायात आवागमन बन्द भएको छ। फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले पुलको बीच भाग भाँचिएपछि आवागमन पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। विसं २०३८ मा आएका बाढीले तातोपानीस्थित मितेरी पुल र सो…
पोखरा: पोखरा लेखनाथ महानगरपालिका–२ बागलुङ बसपार्कबाट ठूलो परिणाममा लागुऔषधसहित आइतबार एकजना युवा पक्राउ परेका छन्। लागुऔषध ओसारपसारमा संलग्न रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका–५ लुठावाका २१ वर्षीय वासुदेव बराईलाई वडा प्रहरी कार्यालय बगरको टोलीले पक्राउ गरेको हो। भैरहवाबाट पोखरा आउने रात्रि बसमा आएका अभियुक्तको साथबाट ६० ट्याबलेट नाइट्रोभयाट, ५० एम्पुल डाइजापाम, ५० एम्पुल फेनरागन र ५० थान नुर्फिम लागुऔषधसमेत बरामद गरेको प्रहरीले जनाएको…
राजविराज: वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया गएका सप्तरीका एक नेपाली युवाको आइतबार मृत्यु भएको छ। मृत्यु हुनेमा साबिक सिस्वा बेल्ही गाउँ–६ घर भएका ३१ वर्षीय युवा रामेश्वर साह हलुवाई रहेको पारिवारजनले जनाएको छ। मलेसियास्थित मुलटी नामक कम्पनीमा कार्यरत रामेश्वर खाना खाएर काम गर्न गएका बेला उनलाई छाती दुख्न थालेपछि केनाङ्ग–३ को देसाचेमेर्लाङ्ग क्लिनिकमा उपचारका लागि भर्ना गरे पनि उनको मृत्यु भएको…
गोलकिपर डेविड डे हेअले दुई पेनाल्टी रोकेपछि म्यानचेष्टर युनाइटेडले रियल मड्रिडलाई पेनाल्टीसुटआउटमा २-१ ले पराजित गर्दै इन्टरनेशनल च्याम्पियन्स कपमा दोस्रो जित हासिल गरेको छ। अमेरिकाको लेभिज स्टेडियममा निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट भएको हो। पेनाल्टीमा युनाइटेडलाई जित दिलाउन हेनरिख मिखतर्यान र डाले ब्लाइण्डेले गोल गरे भने रियलका तर्फबाट लुइस क्वजाडाले मात्र गोल गरे। गोलकिपर डे…
एन्या स्रुबसोलले ६ विकेट लिएपछि आयोजक इंगल्यामण्डे भारतलाई ९ रनले पराजित गर्दै महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ। २ सय २९ रनको विजय लक्ष्य पछ्याएको भारतलाई ४८.४ ओभरमा २ सय १९ रनमा अलबउट गर्दै इंगल्याण्ड चौथो पटक च्याम्पियन बन्दा भारतको पिहलो पटक उपाधि जित्ने सपना अधुरै रह्यो। अहिलेसम्म अष्ट्रेलियाले सर्वाधिक ६ पटक च्याम्पियन बन्दा न्यूजिल्याण्डले एकपटक उपाधि जितेको छ। एक…
पर्सा: पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गए राति ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। भारतबाट दर्शनार्थी बोकी आएको ना५त ३६३० नंको ट्याक्टर राति १२ः१५ बजे गाउँपालिका–५ सोलखपुरमा अनियन्त्रित भई पल्टिँदा ट्याक्टरमा सवार रहेका भारत विहार पश्चिमी चम्पारण रक्सौलको पंटोका निवासी ५० वर्षीय महेन्द्र पाश्वान र ९ वर्षीया पूजा कुमारीको मृत्यु भएको हो। पर्साको पटेवासुगौली गाउँपालिकामा रहेको दुधेश्वर महादेवको दर्शन गर्न भारतबाट…
काठमाडौं : कप्तान सन्दीप लामिछानेले फेरी ७ विकेट लिएपछि आइसीसी यू-१९ विश्वकपक छनोटमा नेपालले मलेसियालाई ८९ रनमा अलआउट गरेको छ। सोमबार सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ३५.१ ओभरमा सबै विकेट गुमाएर ८९ रन बनाएको हो। यसअघि पहिलो चरणमा सन्दीपले मेलेसिया विरुद्ध ५ विकेट लिएका थिए। ९.१ ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै १३ रन…
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताका कारण मन्त्रिपरिषद्को विस्तार आज पनि नहुने भएको छ। पार्टीको जारी केन्द्रीय समिति बैठकसहित अन्य व्यस्त कार्यतालिकाका कारण सोमबार मन्त्रिपरिषद् बिस्तारको तयारी रोकिएको हो। सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान भेटेर मन्त्रिपरिषद् बिस्तारबोर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। सोमबार बिहान प्रधानमन्त्रीको लुम्विनी बौद्ध विश्वविद्यालयको सभामा सहभागी हुने कार्यतालिका छ। सभा बिहान ९ बजेका लागि…
पोखराः सेती नदीमा दुईवटा शव फेला परेका छन्। शुक्लागण्डकी ४ दुलेगाैंडाको रक गार्डेन नजिकको रहमा तैरिएको अवस्थामा शव भेटिएका हुन्। स्थानीयले आइतबार साँझ शव पानीमा तैरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। पानीमा तैरिएको शव मध्ये एक पुरुष र एक महिलाको रहेका प्रहरीले जानकारी दिएको छ। गत सोमबार पोखरा लेखनाथ ३३ मा रहेको पशुपतिघाटमा नुहाने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको…
काठमाडौं: फिल्म 'रुद्रप्रिया'को पोस्टर सार्वजनिक भएको छ। फिल्म प्रचारको लागि फिल्म युनिटले तीन पोस्टर एकसाथ रिलिज गरेको हो। आउँदो लक्ष्मी पूजा अर्थात कार्तिक २ गते फिल्मको रिलिज टार्गेट रहेको छ। फिल्ममा रेखा थापा र आर्यन सिग्देलको मुख्य अभिनय रहेको छ। सात वर्षपछि एकै पर्दामा देखिन लागेको यो जोडीले फिल्मलाई सह- निर्माण गरेका हुन्। अन्य कलाकार राजन इशान, विश्व बस्नेत लगायतको…
काठमाडौं: नेपाली महिला सेलिब्रेटी फिल्म निर्माणमा आकर्षित भइरहँदा उषा खड्गीले पनि फिल्म 'आउँदै जाँदै' निर्माण गर्ने भएकी छिन्। पुर्व मिस नेपाल उषा खड्गीकै रुपमा आजसम्म चर्चामा रहेकी खड्गीले अब निर्माताको परिचय बनाउने भएकी हुन्। उनीसँग फिल्म निर्माणमा सहकार्य गर्दैछन् मनोज श्रेष्ठ भडेलले। आइतवार एक कार्यक्रमका आयोजना गरी फिल्म घोषणा भएको हो। फिल्मलाई सञ्चारकर्मी जिपि तिमल्सिनाले निर्देशन गर्ने बताइएको छ। होम…
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला र चेपाङडाँडाको बीचमा खसेको पहिरो पन्छाएपछि आज बिहान ४ः३० बजेबाट सडक पूर्णरुपमा सञ्चालनमा आएको छ। शनिबार दिउँसो ठूलो पहिरो खसेपछि सवारी आवागमन रोकिएको थियो। दिउँसो ३ः५० बजे मुग्लिनबाट २ दशमलब ३ किमी नारायणगढतर्फ पहिरो खसेको हो। पहिरो पन्छाउने क्रममा राति ८ बजेबाट एकतर्फीरुपमा सडक सञ्चालनमा आएको भए पनि बिहानबाट मात्र पूर्णरुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, चितवनका…