PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

  • डम्पिङ साइटमा भेटियो वृद्धाको शव

    पोखरा: पोखरा लेखनाथ महानगरपालिकाका–१४ स्थित डम्पिङ साइटमा एक वृद्धा मृतावस्थामा फेला परेकी छन्। रोल्पा जिल्ला घर भई गस्ती टोलमा डेरा गरी बस्ने करिब ७५ वर्षीया निर्मला बुढामगर बिहीबार मृतावस्थामा भेटिएको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ। प्रहरीका अनुसार मृतकको शवपरीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाई थप अनुसन्धान भइरहेको छ। रासस

    विस्तृतमा पढ्नुस्

  • द्वन्द्वपीडित परिवारलाई १३ करोड सहायता वितरण

    कञ्चनपुर: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले द्वन्द्वपीडित परिवारलाई आव २०७३/७४ मा रु १२ करोड ९८ लाख ४१ हजार राहत रकम वितरण गरको छ। द्वन्द्वका क्रममा मृत्यु भएका सर्वसाधारण, नेपाली सेना, प्रहरीका परिवार, बेपत्ता र विस्थापित परिवारलाई राहत रकम वितरण गरेको हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उदयराज जोशीका अनुसार द्वन्द्वका क्रममा मृत्यु भएका २१५ जनामध्ये १९० जना सर्वसाधारणलाई रु नौ करोड ४७…

    विस्तृतमा पढ्नुस्

  • विद्रोहीको एम्बुसमा परी सिरियामा २८ सैनिक मारिए

    विद्रोहीको एम्बुसमा परी सिरियामा २८ सैनिक मारिए

    दमास्कस: सिरियाको दमास्कस नजिकै विद्रोहीले थापेको विद्युतीय धराप (एम्बुस)मा परी कम्तीमा २८ जना सिरियाली सैनिकको मृत्यु भएको छ। विद्रोहीहरूले पूर्वी घौटामा थापेको एम्बुसमा सुरक्षाकर्मीहरू बिहीबार परेको सिरियन अब्जरभेटरी फर ह्युमन राइटसले जनाएको छ। घटनामा परी केही सैनिक पनि घाइते भएका छन्। रासस/सिन्ह्वा

    विस्तृतमा पढ्नुस्

  • मिनी ट्रकबाट खस्दा एकजनाको मृत्यु, एक घाइते

    मिनी ट्रकबाट खस्दा एकजनाको मृत्यु, एक घाइते

    भक्तपुर: चाँगुनारायण नगरपालिका–५ ढुङ्गेपाटीबाट भक्तपुरतर्फ आउँदै गरेको बा १ क ८५५१ नं को मिनी ट्रकबाट खस्दा घाइते भएका दुईमध्ये एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङ घर भई ढलान काम गर्ने १८ वर्षीय हिमाल घर्तीमगर रहेको प्रहरीले जनाएको छ। घर्तीको भक्तपुर अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। अर्का घाइते सल्यान…

    विस्तृतमा पढ्नुस्

  • एक वर्षमा २७७ फरार अभियुक्त पक्राउ, १० लाख १५ हजार जरिवाना असुल

    एक वर्षमा २७७ फरार अभियुक्त पक्राउ, १० लाख १५ हजार जरिवाना असुल

    गौशाला: महोत्तरी प्रहरीले आर्थिक वर्ष २०७३/७४ मा २७७ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार महोत्तरी जिल्ला अदालतद्वारा वर्षौंदेखि विभिन्न मुद्दामा दण्ड, जरिवाना र सजाय लागेर भागिरहेका २७७ जनालाई प्रहरीले आव ०७३/७४मा पक्राउ गर्न सफल भएको हो। त्यस्तै, अदालतद्वारा विभिन्न व्यक्तिलाई ठेकिएको रु १० लाख १५ हजार २६३ जरिवानासमेत प्रहरीले असुलउपर गरेको। जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

    चट्याङ लागेर एकको मृत्यु, तीनजना घाइते

    पोखरा: पोखरा–लेखनाथ महानगरपालिका–२३ चापाकोटकी २४ वर्षीय सञ्जीता विकको चट्याङ लागेर मृत्यु भएको छ। बुधबार साँझ घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी विकलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याइएकामा उपचारका क्रममा विहिबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले बताए। चट्याङले सो ठाउँका १७ वर्षीया पवित्रा विक, ४३ वर्षीया इला सुनार र २१ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • पहिरोका कारण पासाङ ल्हामु राजमार्ग अवरुद्ध

    पहिरोका कारण पासाङ ल्हामु राजमार्ग अवरुद्ध

    रसुवा: गएरातिको वर्षाका कारण पहिरो जाँदा पासाङ ल्हामु राजमार्गको राम्चे खण्डमा सवारीसाधन रोकिएको छ। राम्चेका समाजसेवी चामसिंह तामाङका अनुसार कालिका गाउँपालिका–१ पुरानो सेनापोस्टदेखि तेम्राङ खोलासम्म करिब ७०० मिटर सडक ठाउँठाउँमा पहिरोले क्षति पुर्‍याउँदा यात्रुवाहक बस र नेपाल–चीनको व्यापारिक सामान ढुवानी गर्ने दर्जनौँ ट्रक तथा कन्टेनर बीचबाटोमा नै रोकिएका छन्। सदरमुकाम धुन्चेबाट १६ किमी दक्षिणमा पर्ने उक्त पहिरो पन्छाई सवारी आवागमन सञ्चालन…

    विस्तृतमा पढ्नुस्

  • लिंकिङ पार्कका गायक चेस्टर बेनिङ्गटनको निधन

    लिंकिङ पार्कका गायक चेस्टर बेनिङ्गटनको निधन

    हार्ड रक ब्याण्ड लिंकिङ पार्कका लिड सिंगर चेस्टर बेनिङ्गटनको निधन भएको छ। बिहिबार लस एन्जलस नजिकै आप्नै घर अगाडी उनी मृत् अवस्थामा भेटिएका हुन्। च लस एन्जलस काउन्टी कोरोनर्स अफिसका चिप अफ अपरेसन ब्रायन एलिअसले ४१ वर्षिय गायको निधन भएको पुष्टि गरेका हुन्। एलियसले यो आत्महत्या हुन सक्ने भन्दै यसको अनुसन्धान सुरु भएको बताएका छन्। सन् १९९६ मार्च २० मा अमेरिकाको…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ विश्वकप छनोट : सिंगापुर विरुद्ध नेपाल १६८ रनमा अलआउट

    यू-१९ विश्वकप छनोट : सिंगापुर विरुद्ध नेपाल १६८ रनमा अलआउट

    काठमाडौ : यू-१९ विश्वकप छनोट अन्तर्गत नेपालले अहिले चौथो खेलमा आयोजक सिंगापुरसँग खेलिरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले घरेलु टोली सिंगापुरलाई १ सय ६९ रनको लक्ष्य दिएको छ। इन्डियन एसोसियसन ग्राउण्डमा लगातार चौथो खेलमा टस जितेको नेपालले आज पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। तर कप्तान सन्दीपको उक्त निर्णयलाई सही साबित गर्न नेपाली ब्याट्सम्यान चुक्दा नेपाल पूरै ५०…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेष्टर डर्बीमा युनाइटेडको रवाफ, लुकाकु र रासफोर्डको गोल

    म्यानचेष्टर डर्बीमा युनाइटेडको रवाफ, लुकाकु र रासफोर्डको गोल

    प्रि सिजन टुर अन्तर्गत अमेरिकामा सुरु भएको इन्टरनेशनल च्याम्पियन्स कप फुटबलमा म्यानचेष्टर युनाइटेले म्यानचेष्टर सिटीलाई पराजित गरेको छ। दुई प्रिमियर क्लबबीको म्यानेचष्टर डर्बी भिडन्तमा युनाइटेडले सिटीलाई २-० ले हराएको हो। टेक्ससस्थित एनआरजी स्टेडियममा युनाइटेडलाई जित दिलाउन यसै सिजन क्लब भित्रिएका रोमेलु लुकाकु र मार्कवस रासफोर्डले गोल गरे। लुकाकुसँगै यसै सिजन ओल्ड ट्राफोर्ड पुगेका डिफेण्डर भिक्टोर लिन्डेलोफले सिटी विरुद्ध पहिलो रोजाईँमा खेलेका थिए। इन्टरनेशनल…

    विस्तृतमा पढ्नुस्

  • कोनकाकाफ गोल्डकप : सेमिफाइनल समिकरण पूरा

    कोनकाकाफ गोल्डकप : सेमिफाइनल समिकरण पूरा

    अमेरिकामा भइरहेको कोनकाकाफ गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ। गएराती भएको खेलमा जमैका र मेक्सिकोले विजयी हुँदै सेमिफाइनलमा स्थान बनाएपछि अन्तिम चारको समिकरण पूरा भएको हो। अब पहिलो सेमिफाइनलमा आयोजक अमेरिकाले कोस्टारिकासँग खेल्नेछ भने मेक्सिको र जमैकाबीच दोस्रो सेमिफाइनल खेल हुनेछ। मेक्सिको प्रतियोगिताको डिफेण्डिङ च्याम्पियन समेत हो। युनिभर्सिटी अफ फोनिक्स स्टेडियममा भएको खेलमा जमैकाले क्यानडालाई २-१ ले हराउँदै सेमिफाइलमा स्थान…

    विस्तृतमा पढ्नुस्

  • आईओएफटीसीको १२औँ संस्करण २०१८ को जनवरी १ र २ मा

    आईओएफटीसीको १२औँ संस्करण २०१८ को जनवरी १ र २ मा

    काठमाडौं : इन्टरनेशनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आईओएफटीसी) को १२औँ संस्करण सन् २०१८ को जनवरी १ र २ तारिखसम्म हुने भएको छ। आयोजक आईओएफटीसीका प्रतियोगिता निर्देशक दिवाकर महर्जनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता पूर्वाञ्चलको सुनसरीस्थित इटहरीमा हुने जानकारी दिएका हुन्। फ्रेन्डसीप तेक्वान्दो हालसम्म अमेरिकामा पाँच पटक, बेलायत र हङकङमा एक/एक तथा नेपालमा तीन पटक भइसकेको छ। पछिल्लो संस्करण अमेरिकाको पोर्टल्यान्डमा…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : नयाँ दुई नेपाली र एक इन्डियन फिल्म पर्दामा

    फ्राइडे रिलिज : नयाँ दुई नेपाली र एक इन्डियन फिल्म पर्दामा

    काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म प्रदर्शनमा आएको छ। शुक्रबारबाट फिल्म 'डाक्टर खाते' र फिल्म 'मेरी कुसुस' सार्वजनिक भएका हुन्। सडक बालबालिकाको जीवन कथा समेटेको फिल्म डाक्टर खातेमा आभिभावकले आफ्ना बालबालिकाको पालन पोशनमा ध्यान नदिँदा उनीहरु कसरी गलत बाटोमा लाग्छ्न भन्ने बारे कथा उठाएको छ। साथै गलत बाटोबाट उनीहरुलाई सही बाटोमा ल्याउन पनि सकिन्छ भन्ने सन्देश यो…

    विस्तृतमा पढ्नुस्

  • 'रकस्टार' ल्याए गायक सुदिप थकालीले

    'रकस्टार' ल्याए गायक सुदिप थकालीले

    काठमाडौँ: गायक सुदिप कुमार थकालीको पहिलो गीति एल्बम 'रकस्टार' सार्वजनिक भएको छ। लामो समय देखि जापान बस्दै आएका थकालीको यो पहिलो एल्बम हो। बिहिबार काठमाडौँमा कार्यक्रम आयोजना गरी उनको एल्बम सार्वजनिक गरिएको हो। संगीतकार दिपक जंगमको प्रमुख आतिथ्य र संगीतकार प्रदिप बम्जन, संगीता प्रधान तथा संगीतकार राम सिटौलाको उपस्थित रहेको थियो। एल्बममा सात गीत समावेश छन्। जसमा गायक सुदिप कुमार…

    विस्तृतमा पढ्नुस्

  • छक्कापञ्जा २ को पहिलो गीत, ४ घण्टामा १ लाख बढी हिट्स

    छक्कापञ्जा २ को पहिलो गीत, ४ घण्टामा १ लाख बढी हिट्स

    काठमाडौं: फिल्म छक्कापञ्जाको सिक्वेल 'छक्कापञ्जा-२'को शिर्ष गीत सार्वजनिक भएको छ। फिल्म युनिटले शुक्रबार बिहान कार्यक्रम आयोजना गरी 'ए दाजु नसमाउ' बोलमो गीत हाइलाइट् नेपालको आधिकारि युट्युब च्यानलबाट भिडियो सहित सार्वजनिक गरेको हो। फिल्म युनिटको यसअघिका फिल्महरु वडा नं छ र छक्कापञ्जा दुबैको लोक भाका 'सुर्के थैली खै' र 'पूर्व पश्चिम रेल' गीतहरुले करोड प्लस भ्युज बटुलेका थिए। त्यसैले पनि छक्कापञ्जा…

    विस्तृतमा पढ्नुस्

  • विदेशीको नाममा नक्कली फेसबुकबाट ५५ लाख ठग्ने स्वदेशी प्रहरीको फन्दामा

    विदेशीको नाममा नक्कली फेसबुकबाट ५५ लाख ठग्ने स्वदेशी प्रहरीको फन्दामा

    काठमाडौं : दाङ लमहीकी सुजाता केसी पौडेललाई बेलायती नागरिक बनेर ५५ लाख ८५ हजार रुपैयाँ ठगी गर्न सफल दिनेश बस्नेत र सुमन लामा र रवि थोकर अन्तत: प्रहरीको फन्दामा परेका छन्। ललितपुर धोविघाटका दिनेश बस्नेत, हेटौडा घर भइ हाल लाजिम्पाट बस्ने रवि थोकर र लगनखेल बस्ने पुरन घर्ती भनिने सुमन लामालाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले समातेको हो। पौडेलसँग…

    विस्तृतमा पढ्नुस्

  • अन्नपूर्ण पोस्टका प्रधान सम्पादक युवराज घिमिरेको राजीनामा

    अन्नपूर्ण पोस्टका प्रधान सम्पादक युवराज घिमिरेको राजीनामा

    काठमाडौं : अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक बरिष्ठ पत्रकार युवराज घिमिरेले आफ्नो पदबाट राजीनामा दिएका छन्। घिमिरेले आजैबाट लागू हुने गरी राजीनामा दिएका हुन्। 'तीन वर्ष लगातार काम गरेँ। अब नयाँलाई ठाउँ दिनका लागि मैले छाडेको हुँ,' घिमिरेले पहिलोपोस्टसँग भने। अप्रत्यासित रुपमा राजीनामा दिएका घिमिरेले त्यसको कुनै कारण भने खुलाएनन्। 'कुनै त्यस्तो कारण छैन, सामान्य हिसाबले छाडेकोमात्र हुँ,' घिमिरेले भने। तत्काल…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ विश्वकप छनोट : सिंगापुर विरुद्ध सन्दीपको ४ विकेट, नेपाल २२ रनले विजयी

    यू-१९ विश्वकप छनोट : सिंगापुर विरुद्ध सन्दीपको ४ विकेट, नेपाल २२ रनले विजयी

    काठमाडौ : कप्तान सन्दीपले ४ विकेट लिएपछि यू-१९ विश्वकपको एसियन छनोटअन्तर्गत शुक्रबार भएको 'लो स्कोरिङ' खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई २२ रनले पराजित गरेको छ। १ सय ६९ रनको लक्ष्य पछ्याएको सिंगापुरलाई १ सय ४६ रन रोक्दै नेपालले छनोटमा तेस्रो जित हात पारेको हो। इन्डियन एसोसियसन ग्राउण्डमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा १ सय ६८…

    विस्तृतमा पढ्नुस्

  • कमल थापाले भने–संविधान संशोधनमा राप्रपा एक हुन्छ

    कमल थापाले भने–संविधान संशोधनमा राप्रपा एक हुन्छ

    काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षा कमल थापाले संशोधन प्रस्तावमा राप्रपा सकारातमक भएको बताएका छन्। केन्द्रीय समिति बैठकको समापनपछि आज पत्रकार सम्मेन गरी अध्यक्ष थापाले संविधान संशोधन विधेयकमा केही ‘कन्फ्युजन’ रहेको भन्दै त्यसलाई हटाउन केन्द्रीय समिति बैठकमा प्रेनेटेरसन नैं राख्नुपरेको बताए।  ‘संविधान संशोधन प्रस्ताव सकारात्मक हुँदा हुँदै पनि त्यसमा केही कन्फ्युजनहरु सृजना गरिएका थिए, त्यसबाट हाम्रो पार्टीमा केही गलत बुझाइहरु थिए,’…

    विस्तृतमा पढ्नुस्

  • होस्टल र सायद २ डेब्यु अभिनेत्रीहरुको सुनिल रावलमाथी यस्तो आरोप

    होस्टल र सायद २ डेब्यु अभिनेत्रीहरुको सुनिल रावलमाथी यस्तो आरोप

    काठमाडौं: असार ३० गते शुक्रबारबाट प्रदर्शनमा आयो फिल्म 'सायद २'। हिट फिल्म सायदको सिक्वेलले अपेक्षा अनुरुप फिल्म चलेन। फिल्म सार्वजनिक भएको एक हप्ता पनि नबित्दै साउन १ गते आइतबार निर्माता सुनिल रावलले फेसबुकमार्फत लाइभ गरे। 'सायद २' नचल्नुको आक्रोश उनले कलाकारहरुलाई दोष दिए। भने,'अब मेरो फिल्महरुमा नयाँ कलाकारलाई ढोका बन्द।' उनले फेसबुकमार्फत नयाँ कलाकारको लागि ढोका बन्द भएको घोषणा गरे पनि…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell