पोखराः नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्षका प्रत्यासी जीवनाथ पौडेल चढेको जिप विप्लव माओवादीका कार्यकर्ताले तोडफोड गरेका छन्। चार/पाँच जनाको संख्यामा आएका विप्लव माओवादीका कार्यकर्ताले पौडेल चढेको ग १ च ८५६८ नम्बरको जिपमा तोडफोड गरेका हुन्। चुनावी प्रचारप्रसारमा गएका बेला उनीहरुले जिप तोडफोड गरेका हुन्। आक्रमणमा परी कांग्रेस कार्यकर्ता नानबहादुर केसीसहितका कार्यकर्ता घाइते भएका छन्। घटनास्थलमा तत्कालै…
काठमाडौंः स्थानीय तहको निर्वाचनका लागि काठमाडौँ जिल्लाका १० नगरपालिकामा ४२ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्। मङ्गलबार उम्मेदवारी दर्ता गराएका अधिकांश स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन्। निर्वाचन अधिकृतको कार्यालयले बिहीबार अपराह्न १ बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको थियो । उम्मेदवार फिर्ता लिनेमा बढी वडाध्यक्ष र सदस्य छन् । प्रमुख पदमा उम्मेदवारी दिएका चार जनाले फिर्ता लिएका…
काठमाडौं : मन्त्रीपरिषद्को बैठकले काठमाडौँ-निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको हो। त्यस्तै बैठकले नेपाल सरकारले करार सेवामा कार्यरत कर्मचारीहरुलाई पनि दशैं खर्च, पोशाक भत्ता, औषधि उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ। बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि विश्व बैंकको २०…
अरुण सापकोटा काठमाडौं : 'तपाईँले सम्पर्क खोज्नुभएको मोबाइलको स्वीच अफ गरिएको छ।' पटक पटक उही उत्तर आउन थालेपछि हामी पुगेको एउटै निचोड – भूमिगत भयो फोन। भूमिगत भए उम्मेदवार। भूमिगत राजनीतिबाट कम्युनिस्ट आन्दोलनमा उत्रिएका सर्बोत्तम डङ्गोलको मोबाइल 'स्वीच अफ'ले उनको मनस्थिति बयान गरिरहेको थियो। उम्मेदवारी दर्ता गरेर काठमाडौं महानगरको मेयर बन्ने उनको सपनामाथि सुरुमै निषेधको राजनीति हुन लागेको थियो। चुनाव…
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न १० खेलको राष्ट्रिय संघ खारेज गर्ने निर्णय गरेको छ। त्यसमा ९ खेलको विद्यालय राष्ट्रिय खेल संघ रहेका छन्। खारेजीमा परेका संघहरुमा नेपाल स्टिक स्पोर्ट्स संघ, नेपाल विद्यालय फुटबल संघ, राष्ट्रिय विद्यालय जिम्न्याष्टिक महासंघ, विद्यालय बास्केटबल महासंघ नेपाल, राष्ट्रिय विद्यालय ब्याडमिन्टन महासंघ, नेपाल विद्यालय ह्यान्डबल संघ, नेपाल विद्यालय कबड्डी संघ, राष्ट्रिय विद्यालय क्रिकेट…
धनगढी : सशस्त्र प्रहरी बलको महिला टोली एपीएफले अत्तरीया कप क्रिकेटमा विजयी सुरुवात गरेको छ। बिहिबार भएको उद्घाटन खेलमा एपीएफले मिलन क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको मिलनले निर्धारति २० ओभरमा ४ विकेट गुमाउँदै ९३ रन बनाएको थियो। जवाफमा ज्योती पाण्डेको नटआउट ५५ रनको मद्दतमा एपीएफले १५.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
भीमदत्तनगर : कञ्चनपुरको भीमदत्तनगरस्थित बसपार्कमा बसले किचेर एक बालिकाको मंगलबार साँझ घटनास्थलमा नै मृत्यु भएको छ। पवनदूत यातायातको ना ७ ख ४२७ नंको बसले किचेर चार वर्षीया पिङ्की बङ्गालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। भारतीय नागरिक बङ्गाली बुबा–आमासित यहाँको पुरानो बसपार्क क्षेत्रमा बस्दै आएको प्रहरीले जनाएको छ। बस प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
बेरुत : सिरियाको इराकी सिमाक्षेत्र नजीकै रहेको शरणार्थी शिविरमा इश्लामिक स्टेट (आइएस) समूहले मङ्गलबार गरेको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले बताएको छ। शिविरको भित्र र बाहिर गरी कम्तिमा पाँच आक्रमणकारी प्रवेश गरी आत्मघाती विस्फोट गराएको र इराक साथै सिरियाको हसाकेह प्रान्तमा विस्थापित जीवन विताउदै आएका सिरियाली नागरिक समेतको घटनामा मृत्यु भएको, सिरियाली अब्जरभेटरी फर…
काठमाडौँ : पूर्वन्यायाधीश फोरम न्याय सम्पादनका क्रममा अदालतबाट भएका फैसलाले प्रतिकूल प्रभाव पर्यो भन्ने आधारमा प्रतिशोधको रुपमा ल्याइने महाभियोग प्रस्तावलाई कुनै पनि हालतमा उपयुक्त मान्न नसकिने निश्कर्ष निकालेको छ । पूर्व प्रधानन्यायाधीश केदारप्रसाद उपाध्याय, केदारप्रसाद गिरी तथा रामकुमार प्रसाद शाहसहितका २४ न्यायाधीशले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा महाभियोगको प्रस्ताव शक्ति सन्तुलनतको सिदान्तविपरित भएको समेत उल्लेख छ। चार पूर्व प्रधानन्यायाधीशले भने…
काठमाडौं : राजनीतिमा समय अनुसारका 'मुभ' गर्न नजाने जोगीको ताल पनि हुन सक्छ भन्ने जीवन्त उदाहरण हुन जारी स्थानीय तह चुनावको 'चुनावी खाल'का अतिरिक्त खेलाडी केशव स्थापित। राजधानी काठमाडौंले राम्रैसँग चिनेका र यहीँको माटोमा खाइखेली गरेका स्थापित तीब्र इच्छाका बाबजुद् यसपटक मेयरको चुनावी खालबाट 'रिंग आउट' भएका छन्। काठमाडौं खाल्डोमा निर्वाचित र मनोनित मेयर भएर काठमाडौंको मुहार फेर्न निकै कसरत…
काठमाडौँ : महेन्द्रनगरमा आयुर्वेद कलज स्थापनाको माग गर्दै महेन्द्रनगरको सर्वदलीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएको छ। बुधबार बिहान भौतिक पूर्वाधारमन्त्री रमेश लेखकसहितको टोलीले प्रधानमन्त्रीलाई भेटी संस्कृत विश्वविद्यालयको नाममा रहेको जमिनमा आयुर्वेद कलेज स्थापनाको माग गर्दै ज्ञापनपत्र बुझाएको हो। जिल्लाका सबै राजनीतिक दल, सामाजिक संघसंस्था र विश्वविद्यालयले समेत आफ्नो आङ्गिक कलेजका रुपमा आयुर्वेद कलेज सञ्चालन गर्न तयार भएकाले आगामी…
काठमाडौं: गीतकार अम्बिका गुरुङले आफ्ना ‘आँखामा तिम्रो’ गीतको म्युजिक भिडियो प्रिमियर गरेकी छिन्। श्रीमान् बुद्धि बहादुर गुरुङको ६९ जन्मोत्सवको अवसरमा उनले अनाथ आश्रममा कार्यक्रम आयोजना गरी गीतको भीडियो सार्वजनिक गरेकी हुन्। हास्य अभिनेता शुलेमान शंकर ईकुले संचालन गरी रहेको आश्रममा गीतकार गुरुङले आश्रित टुहुरा बालबालिकाहरुलाई नगद २१ हजार रुपैयाँका साथमा विभिन्न उपहार, कापी, कलम तथा खानेकुरा प्रदान गरिन्। मंगलबार प्रिमियर…
सद्दाम हुसेनलाई ठूला-ठूला महल तथा मस्जिद बनाउने शौक थियो। उनले यस्तै एउटा ठूलो मस्जिद मध्य बगदादमा बनाएका थिए। जसको नाम राखेका थिए- 'उम्म अल मारीक'। सन् २००१ मा यसलाई उनले खासगरी आफ्नो जन्मोत्सवको लागि बनाएका थिए। यसको स्तम्भ स्कड मिसाइलजस्तै थियो। यो त्यही मिसाइल थियो जसलाई सद्दाम हुसेनले खाडी युद्धका क्रममा इजराइलमाथि प्रहार गरेका थिए। 'अपरेसन डेसर्ट स्टर्म' (जुन ४३ दिनसम्म…
अनन्तराज न्यौपाने विराटनगरः उत्तरी मोरङको पहाडी इलाकामा पर्ने पाटीगाउँका किसान कागती खेतीतर्फ आकर्षित भएका छन्। कोदो, मकैलगायतका खाद्यबालीमा भन्दा राम्रो आम्दानी हुने भएपछि यहाँका किसान कागती खेती गर्न थालेका हुन्। पाटीगाउँका लोकबहादुर लिम्बु ६ वर्षदेखि कागती खेती गर्दै आएका छन् । कागती खेती गर्नुभन्दा अघि आफूले मकै, कोदो, अदुवालगायतका बालीको खेती गरेको तर, त्यसबाट सन्तोषजनक आम्दानी नभएपछि कागती खेतीतर्फ लागेको…
काठमाडौँ : आइपीएलअन्तर्गत मंगलबार भएको खेलमा दिल्ली डेयरडेभिल्सले सनराइजर्स हैदरावादलाई ६ विकेट पराजित गरेको छ । १८६ रनको लक्ष्य दिल्लीले ५ बल अगावै ४ विकेट गुमाएर पुरा गरेको हो। यस सिसजनको तेस्रो जित पछि ९ खेलबाट ६ अंक जोडेको दिल्ली अंक तालिकामा छैटौ स्थानमा उक्लिएको छ र प्लेअफ सम्भावना कायमै राखेको छ। दिल्लीको घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले युवराज सिहको…
क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिक गर्ने लियोनल मेसीको कीर्तिमान बराबर गरेको दिन मड्रिड डर्बीमा जित हात पार्दै रियल च्याम्पियन्स लिगको फाइनल नजिक पुगेको छ। गएराति भएको पहिलो सेमिफाइनल पहिलो लेगको खेलमा रियलले एथ्लेटिकोलाई ३-० ले हरायो। घरेलु मैदानमा रोनाल्डोले पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल गरे। १० औं मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले ७३औं र ८६औं मिनेटमा…
काठमाडौँ : कान्तिपुर पव्लिकेसन्सविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ। वैशाख १९ गते दर्ता भएको मुद्दाको सुनुवाइ आजका लागि तोकिएको छ। कान्तिपुर दैनिकमा कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीको शैक्षिक योग्यता विवादको समाचारलाई लिएर अधिवक्ता सन्तोष भण्डारीले मुद्दा दर्ता गरेका हुन्। मुद्दाको सुनुवाइ आज न्यायाधीश शारदाप्रसाद घिमिरेको एकल इजलासमा तोकिएको छ। (अपडेट : यो मुद्दा बुधबार हेर्न नभ्याइनेमा परेपछि भोलि…
शरच्चन्द्र भण्डारी योकोहामा (जापान) : एसियाली विकास बैंक ९एडिबी०ले नेपालका साना सहरमा स्वच्छ खानेपानी आपूर्ति व्यवस्थापन सुधार तथा क्षमता अभिवृद्धिमा सघाउने घोषणा गरेको छ। एसिया प्रशान्त क्षेत्रका विकासोन्मुख १६ मुलुकका पत्रकारसँग बुधवार आयोजित पत्रकार सम्मेलनमा बैंकका नायब निर्देशक आमी लियोङ र बैककै दिगो विकास तथा जलवायु परिवर्तन विभागका प्राविधिक सल्लाहकार विजय पद्मनाभमले त्यस्तो जानकारी दिएका हुन्। बैंकको स्वर्णमहोत्सवका अवसरमा बिहीबारदेखि…
वासुदेव पौडेल पोखराः पोखरा लेखनाथ महानगरपालिकाका उम्मेदवारहरुले समृद्ध पोखरा निर्माण नै आफूहरुको पहिलो प्राथमिकता रहेको बताएका छन्। भैगोलिक तथा प्राकृतिक रुपले सम्पन्न पोखराका सम्पदालाई जोगाउँदै आवश्यक पूर्वाधारको विकास गरिनेमा जोड दिँदै उनीहरुले वातावरणीय स्वच्छता र पर्यटकको बसाइ लम्ब्याउने जस्ता कार्यमा तदारुकता देखाउने प्रतिवद्धता व्यक्त गरे। नेपाली कांग्रेसकाबाट प्रमुख पदमा उम्मेदवारी दिएका रामजी कुँवरले प्रकृतिप्रदत्त सम्पदालाई जोगाउन र बढ्दो सहरीकरणबाट हुने…
चितवन : चितवन प्रहरीले ठूलो परिमाणमा चरेस बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले नारायणगढको लायन्स चोकबाट १ सय २६ किलो चरेस बरामद गरेको एसपी दीपक थापाले जानकारी दिए। उनका अनुसार बा ४ ख ७६३० नम्बरको ट्रकबाट यो परिमाणको चरेस बरामद गरिएको हो। चरेसलाई चार वटा ठूलो र तीन वटा सानो कार्टुनमा २ सय ५३ वटा पोका बनाएर…