PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

  • झापामा जुडोको विद्यालय बन्दै

    काँकडभिट्टा (झापा) : झापामा १६ लाखको लागतमा जुडो प्राथमिक विद्यालयको पक्की भवन निर्माण हुने भएको छ ।  कुमरखोद–६ मा बन्न लागेको उक्त दुईकोठे पक्की भवनको आइतबार राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शिलान्यास गरे।  जुडो खेलको नामबाट स्थापित नेपालकै पहिलो नमुना विद्यालयमा कक्षा १ देखि ४ सम्म पढाइ हुने गरेका छन्। विद्यालयमा चार सय विद्यार्थी रहेको जिल्ला खेलकूद विकास…

    विस्तृतमा पढ्नुस्

  • मोर्चालाई भीम रावलको प्रश्न : लोकतन्त्र मान्छु भन्ने, चुनावमा जान नमान्ने?

     मोर्चालाई भीम रावलको प्रश्न : लोकतन्त्र मान्छु भन्ने, चुनावमा जान नमान्ने?

    काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले राजनीतिक दलले गर्ने कार्यक्रम अराजक देख्ने प्रवृति देखिएको भन्दै विरोध जनाएका छन्।  'अरुले संविधानको कुराभन्दा पेट्रोल बम हान्न आउने अनि लोकतन्त्रको दुहाइ दिएर किन गोहीको आँसु किन खसाल्नु', रावलको आरोप थियो।  'लोकतन्त्र मान्छु भन्ने चुनावमा जान नमान्ने, लोकतन्त्र मान्छु भन्ने जनतामा जान नमान्ने', रावलले मोर्चालई व्यङ्ग गरे। संसद्‍मा बोल्दै उनले मोर्चा जनतामा लोकप्रिय…

    विस्तृतमा पढ्नुस्

  • 'फाटेको जुत्ता'लाई लखेट्यो 'दुई रुपैयाँ'ले

    'फाटेको जुत्ता'लाई लखेट्यो 'दुई रुपैयाँ'ले

    काठमाडौं: अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्की स्टारर फिल्म ‘फाटेको जुत्ता’ युनिटले पनि आफ्नो प्रदर्शन मिती घोषणा गरेको छ। बैशाखबाट सुटिङका लागि फ्लोअरमा जाने फिल्म कार्तिक १७ गतेबाट प्रदर्शनमा आउने भएको हो। निर्माता अर्जुनकुमारले फिल्म रिलिज मिती बारे खबर पुष्टि गरेका हुन्। यसअघि कमेडी ड्रामा ‘फाटेको जुत्ता’ भदौ २३ गते प्रदर्शन तय भएको थियो। 'तर अब तिहारको बिदाको छेको…

    विस्तृतमा पढ्नुस्

  • मोरङमा स्थानीय निर्वाचनका लागि तीन सय ६ मतदानस्थल तय

    पथरी : स्थानीय तहको निर्वाचनका लागि मोरङमा ३०६ मतदानस्थल कायम गरिने भएको छ।  पूर्वक्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरका प्रमुख भक्तबहादुर भट्टराईका अनुसार दोस्रो संविधानसभाको चुनावमा २७० मतदानस्थल थिए।  पैँतालीस निर्वाचनस्थल थप्न केन्द्रमा सिफारिस गरेको भट्टराईको भनाइ छ। उनका अनुसार सुनवर्षी र सुन्दरहरैचा नगरपालिका पाँच/पाँच केराबारी गाउँपालिका पाँच, त्यस्तै धनपाल गाउँपालिका चार, उर्लाबारी नगरपालिका र बूढीगङ्गा गाउँपालिका दुई÷दुई जहदा र कटहरी गाउँपालिका…

    विस्तृतमा पढ्नुस्

  • ​हिमालयन र नविल बैंकको एटिएमबाट पैसा चोर्ने दुई विदेशी पक्राउ

    ​हिमालयन र नविल बैंकको एटिएमबाट पैसा चोर्ने दुई विदेशी पक्राउ

    पोखरा : जिल्ला प्रहरी कार्यालय, कास्कीले एटिएमबाट पैसा चोरेको आशङ्कामा दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।  पोखराको लेकसाइडस्थित हिमालयन बैंक लिमिटेड र नविल बैंक लिमिटेडबाट पैसा निकाल्दै गरेको दृश्य सिसी क्यामराबाट देखेपछि प्रहरीले बुल्गेरियाली नागरिकद्वय रामन डिभोभ र मार्टिन रिस्टोरलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए।  उनीहरुबाट प्रहरीले तीन थान ल्यापटप र मोबाइल पनि नियन्त्रणमा लिई थप अनुसन्धान…

    विस्तृतमा पढ्नुस्

  • फास्ट ट्रयाकमा पारित हुँदै पूर्वराष्ट्रपति, प्रधानमन्त्रीलाई सुविधा दिने विधेयक

    फास्ट ट्रयाकमा पारित हुँदै पूर्वराष्ट्रपति, प्रधानमन्त्रीलाई सुविधा दिने विधेयक

    काठमाडौं : व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकपछि संसद् केही दिनका लागि स्थगित गर्ने तयारी छ। संसद् बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ। संसद् सचिवालयले आइतबारको सम्भावित कार्यसूची तय गरिसकेको छ। बैठकले पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा अध्यक्षलगायतलाई सुविधा दिने सम्वन्धी विधेयक पारित गर्दैछ। कार्यसूचीमा उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिको…

    विस्तृतमा पढ्नुस्

  • ​उत्तर कोरियाको आणविक चुनौतीविरुद्ध अमेरिका र चीनको सहकार्य

    ​उत्तर कोरियाको आणविक चुनौतीविरुद्ध अमेरिका र चीनको सहकार्य

    बेइजिङ : संयुक्त राज्य अमेरिका र चीनले उत्तर कोरियाद्वारा सिर्जना गरेको आणविक चुनौती खतरा समाधान गर्न सहकार्य गर्ने बताएका छन् ।  वासिङ्टनले उत्तर कोरियाली सुरक्षा चुनौती कम गर्न चीनको भूमिका महत्वपूर्ण हुने बताएको तर चीन यस विषयमा गम्भीर नदेखिएको बताउँदै आएको र चीनले उत्तर कोरियाली युद्धलाई थप तनावग्रस्त बनाउन वासिङ्टनको भूमिका सकारात्मक नरहेको परस्पर विरोधी अभिव्यक्ति आइरहेका बेला अमेरिकी विदेशमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • ​फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा एघार जना प्रतिस्पर्धामा

    ​फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा एघार जना प्रतिस्पर्धामा

    पेरिस : फ्रान्सको राष्ट्रपतीय निर्वाचनको एक महिना बाँकी रहँदा राष्ट्रपतिको प्रतिस्पर्धामा जम्मा ११ जनाले प्रतिस्पर्धा गर्न पाउने गरी स्वीकृति प्रदान गरिएको फ्रान्सको संवैधानिक आयोगले शनिबार जनाएको छ।  निर्वाचनमा सहभागी हुन आधिकारिक स्वीकृति प्राप्त राष्ट्रपतिका उम्मेदवारले ५०० भन्दा बढी मेयरको हस्ताक्षर बुझाउनुपर्नेमा जम्मा ११ जना उम्मेदवारले सो मापदण्ड पूरा गरेका आयोगका अध्यक्ष लरेन्ट फेवियसले बताए।  आगामी अप्रिल २३ मा हुने पहिलोचरणको…

    विस्तृतमा पढ्नुस्

  • ​सेनाको सुरक्षा घेराभित्र आजदेखि मतपत्र छापिँदै, एक करोड ६० लाख मतपत्र छापिने

    ​सेनाको सुरक्षा घेराभित्र आजदेखि मतपत्र छापिँदै, एक करोड ६० लाख मतपत्र छापिने

    काठमाडौंँ : निर्वाचन आयोगले वैशाख ३१ गतेका लागि तय भएको स्थानीय तह निर्वाचनको मतपत्र छपाइ आजदेखि गर्दैछ। शनिबार आयोग पदाधिकारीले परीक्षण मतपत्रको अवलोकन गरेपछि आइतबारदेखि निर्वाचन प्रयोजनाका लागि मतपत्र छाप्न लागिएको हो। छपाइ सक्न डेढ महिना लाग्ने आयोगको आकलन छ। भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्रको छापाखानामा उच्च सुरक्षा घेराभित्र मतपत्र छपाइ सुरु हुन लागेको हो। आइतबार साँझदेख नेपाली सेनाको…

    विस्तृतमा पढ्नुस्

  • शंकर लामिछाने निबन्ध पुरस्कार पोखरेललाई, युवा पुरस्कार पुडासैनीलाई

    शंकर लामिछाने निबन्ध पुरस्कार पोखरेललाई, युवा पुरस्कार पुडासैनीलाई

    काठमाडौँ : वरिष्ठ साहित्यकार मदनमणि दीक्षितलाई अभिनन्दन गरिएको छ। निबन्धकार शङ्कर लामिछानेको जन्मजयन्तीको सन्दर्भमा शनिबार विशेष कार्यक्रम गरी दीक्षितलाई अभिनन्दन गरिएको हो।    सोही प्रतिष्ठानले यस वर्षको ‘शङ्कर लामिछाने निबन्ध पुरस्कार’बाट वरिष्ठ साहित्यकार बालकृष्ण पोखरेललाई नगद रु ५० हजारसहित पुरस्कृत गरेको छ। त्यसैगरी, शङ्कर लामिछाने युवा निबन्धकार पुरस्कार’बाट नियात्राकार दामोदर पुडासैनीलाई नगद रु २५ हजार तथा सम्मानपत्र प्रदान गरिएको छ।   …

    विस्तृतमा पढ्नुस्

  • ‘आदिवासी सुन्दरी’को नृत्यमा तालीको साथ

    ‘आदिवासी सुन्दरी’को नृत्यमा तालीको साथ

    काठमाडौं : अर्चना प्रधान ‘शिरैमा शिरबन्दी’ बोलको गीतमा प्रस्तुत हुँदा सबैले तालीले साथ दिए। अर्चनापछि कार्यक्रम उद्घोषकले नग्मा श्रेष्ठको नाम लिए। उनी ‘डाँफेझैं नाच्ने’ बोलको राष्ट्रिय भावनाको गीतमा प्रस्तुत भइन्।   ‘आदिवासी सुन्दरी’ अर्थात् ‘मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ का अधिकांश प्रतियोगीले नेपालीपन झल्काउने गीतमा नै नृत्य गरे।   राजधानीको लाजिम्पाटस्थित सम्पदा रिर्सोटमा प्यासिकपिक इभेन्ट एण्ड मेनेजमेन्टद्वारा शनिबार आयोजित ट्यालेन्ट शोअन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • किङ खानलाई पुरुष हक्कीको उपाधि

    किङ खानलाई पुरुष हक्कीको उपाधि

    काठमाडौं : डिफेन्डिङ च्याम्पियन दुबईको किङ खान हक्की क्लबले दोस्रो किङ खान–नेपाल इन्डोर पुरुष हक्की प्रतियोगिताको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको फाइनलमा किङ खानले नेपाल आर्मी क्लबलाई ५–० ले पराजित गर्दै उपाधि रक्षा गर्‌यो। विजयी टिमका लागि कप्तान अली खानले ह्याट्रिक गरे भने अली राजाले २ गोल गरे। गत संस्करणमा पनि किङ खान आर्मीलाइनै हराउँदै…

    विस्तृतमा पढ्नुस्

  • कुमारी बैंकले खुलायो एक अर्ब ३४ करोडको हकप्रद शेयर

    काठमाडौँ : कुमारी बैंकले आइतबारदेखि हकप्रद निष्काशन गरेको छ। बैंकले साबिक दुई शेयर हुनेलाई एकको अनुपातमा हकप्रद निष्काशन गरेको हो। बैंकले एक अर्ब ३४ करोड ९५ लाख ३४ हजार रुपैयाँ बराबरको एक करोड ३४ लाख ९५ हजार कित्ता हकप्रद निष्काशन गरेको छ। कुमारीको हकप्रद चैत्र ६ गतेदेखि २०७४ वैशाख १० गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ। बैंकको…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : रियललाई ५ अंकको अग्रता

    ला लिगा : रियललाई ५ अंकको अग्रता

    स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले अंक तालिकामा दोस्रो स्थानको बार्सिलोनामाथि ५ अंकको अग्रता बनाएको छ। लिगा अन्तर्गत शनिबार भएको खेलमा रियलले एथ्लेटिक विल्वाओलाई २-१ ले पराजित गर्दै अंक दुरी बढाएको हो। रियलको जितमा करिम बेन्जामा र कासेमिरोले गोल गरे। दुवै गोलका लागि क्रिस्टियानो रोनाल्डोले असिस्ट गरे। विल्वाओका लागि अरिट्ज अडुरिजले एक गोल गरे। जितपछि रियलको २७ खेलबाट ६५…

    विस्तृतमा पढ्नुस्

  • ‘मार्केट स्ट्रयाटेजीमा’ पुरुषभन्दा महिला अब्बल, विज्ञ भन्छन्- 'श्रीमतीबाटै सिकौं व्यवस्थापन कला'

    ‘मार्केट स्ट्रयाटेजीमा’ पुरुषभन्दा महिला अब्बल, विज्ञ भन्छन्- 'श्रीमतीबाटै सिकौं व्यवस्थापन कला'

    दि इकोनोमिक टाइम्स- तपार्इं सफल लगानीकर्ता बन्न चाहनुहुन्छ भने एकपटक आफ्नी श्रीमतीसँग सल्लाह गर्नुहोस्। विज्ञहरुको सुझाव मान्ने हो भने बजार हौवाको पछि नलागी धैर्यवान् भएर अघि बढ्ने साहस पुरुषमा भन्दा महिलामा बढी हुने गर्छ। आफ्नी श्रीमतीको विज्ञतालार्इ आधार मानेर लगानी गर्न सके पुरुष लगानीकर्ताले धेरै गल्ती सुधार्ने विज्ञहरुको मत छ।    शेयर बजारमा लगानी गर्दा महिलाहरु आफ्नो पोर्टफोलियो पटकपटक परिवर्तन…

    विस्तृतमा पढ्नुस्

  • रेसनारीका राइडरहरु, १२ फोटोमा

    रेसनारीका राइडरहरु, १२ फोटोमा

    काठमाडौं : रेसनारी नेसनल च्याम्पियनसिप-२०१७ को उपाधि दीक्षा श्रेष्ठले जितेकी छिन्। शनिबार ललितपुरको सातदोबाटोस्थित स्वीमिङ पुल कम्प्लेक्समा आयोजना भएको उक्त रेसिङ च्याम्पियनसिपमा करिब दुई दर्जनभन्दा बढी महिला राइडरको प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धीले ११० सिसीको होन्डा नाभी स्कुटी कुदाएका थिए। वुमन इन स्पोर्ट्स एण्ड एड्भेन्चर अभियान सञ्चालन गरिरहेको नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) अन्तर्गतको नेपाल मोटरसाइकल फेडरेसन क्लबले आयोजना गरेको रेसिङमा वर्षा…

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानन्यायाधीश कार्की नेतृत्वको इजलासमा आइजी विवाद मुद्दा, अन्तिम सुनुवाइ आजदेखि

    ​प्रधानन्यायाधीश कार्की नेतृत्वको इजलासमा आइजी विवाद मुद्दा, अन्तिम सुनुवाइ आजदेखि

    काठमाडौं : प्रहरी महानिरीक्षक (आइजी) नियुक्ति विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा आजदेखि अन्तिम सुनुवाइ सुरु भएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नै नेतृत्वमा पाँच सदस्यीय वृहद पूर्ण इजलास गठन गरेकी छन्। कार्कीको इजालसमा न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हालाई सदस्य तोकेकी छन्।  गत बिहीबार मुद्दा संयुक्त इजलासमा पेश भए पनि महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले यसअघि अन्तरिम जारी गर्ने न्यायाधीश…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : चेल्सीको जितमा काहिलको निर्णायक गोल, शीर्ष स्थानमा १३ अंकको अग्रता

    प्रिमियर लिग : चेल्सीको जितमा काहिलको निर्णायक गोल, शीर्ष स्थानमा १३ अंकको अग्रता

    चेल्सीले प्रिमियर लिगको उपाधि यात्रालाई अझै सहज बनाएको छ। लिग अन्तर्गत शनिबार भएको खेलमा स्टोक सिटीलाई २-१ ले पराजित गर्दै चेल्सीले शीर्ष स्थानमा १३ अंकको अग्रता बनाएको छ। चेल्सीलाई यस सिजनको २२औं जित दिलाउन कप्तान ग्यारी काहिलले खेल सकिन ३ मिनेट अगाडी निर्णायक गोल गरे। त्यसअघि १३औं मिनेटमा विलयनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। ३८ औं मिनेटमा जोनाथान वाल्टरले…

    विस्तृतमा पढ्नुस्

  • को हुन् योगी आदित्यनाथ? युपीको मुख्यमन्त्री बनेपछि किन छाइरहेछ तरंग?

    को हुन् योगी आदित्यनाथ? युपीको मुख्यमन्त्री बनेपछि किन छाइरहेछ तरंग?

    भारतको उत्तर प्रदेश राज्यको मुख्यमन्त्री पदमा योगी आदित्यनाथ चयन भएपछि उनको चर्चा अहिले सर्वत्र चुलिएको छ। शनिबार भारतीय जनता पार्टी बिजेपीले योगी आदित्यनाथलाई मुख्यमन्त्री पदका लागि चयन गरेको थियो। मुख्यमन्त्रीको शपथको तयारीमा जुटेका आदित्यनाथलाई भारतको सबैभन्दा ठूलो प्रदेशको जिम्मेवारी मिलेको छ।  आदित्यनाथ नेपालसँग सीमाना जोडिएको उत्तर प्रदेश राज्यको मुख्यमन्त्रीमा चयन हुनुलाई निकै चासोका साथ हेरिएको छ। उनी नेपालमा हिन्दुराष्ट्र र…

    विस्तृतमा पढ्नुस्

  • गीतको भिडियोमा अन्तरजातीय प्रेमकथा

    गीतको भिडियोमा अन्तरजातीय प्रेमकथा

    काठमाडौं: गायक रमेश बानियाँको ‘हजारौंको भिडमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीत म्युजिक भिडियोसहित युट्युबमार्फत सार्वजनिक गरिएको हो। गीतमा बानियाँसँगै गायिका मेलिना राईको स्वर रहेको छ। गीतमा प्रदीप परियारले शब्द र हरि लम्सालले संगीत दिएका छन्। गीतको भिडियोमा रमेश आफैले मोडलिङ गरेका छन्। उनको साथमा रविना मगरको फिचरिङमा छ। भिडियोले अन्तरजार्तिय जोडीको प्रेमकथा प्रस्तुत गर्न खोजेको छ। सो भिडियोलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell