काठमाडौं : नेपाल-बेलायतको दौत्य सम्बन्धको द्विशतवार्षिकी पूरा भएको अवसरमा लण्डनमा साझा प्रकाशनबाट प्रकाशित पुस्तकको प्रदर्शनी सुरु भएको छ। बेलायतस्थित नेपाली राजदूतावासले लण्डनमा पुस्तक प्रदर्शनीका साथै साहित्यिक महोत्सव पनि आयोजना गरिएको छ। सोही अवसरमा राजदूत डा. दुबसु क्षेत्रीद्वारा सम्पादित तथा साझा प्रकाशनबाट प्रकाशित बेलायतका १६४ जना कविहरुको कवितासङ्ग्रह 'बेलायतमा नेपाली कवि र कविता'को विमोचन गरियो। प्रदर्शनीमा साझा प्रकाशनका दुई…
पोखरा : कास्कीमा स्थानीय तह पुनःसंरचना कार्यान्वयनमा आएको छ। स्थानीय तह पुनःसंरचना आयोगले सिफारिस गरेको पोखरा–लेखनाथ महानगरपालिका तथा रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा कार्यकारी अधिकृत खटिएसँगै स्थानीय तह कार्यान्वयनमा आएको हो। पोखरा–लेखनाथ महानगरपालिकाको कार्यकारी अधिकृतमा नवराज ढुङ्गाना तथा रुपा, अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकाको कार्यकारी अधिकृतमा क्रमशः भेषराज आचार्य, खेमराज देवकोटा, किरणप्रसाद कोइराला र नारायणप्रसाद अधिकारीसँगै अन्य कर्मचारी पनि…
टहल दाहाल 'नवकिरण' आमा अभावको चक्रव्यूहमा पनि फुलाइरहन्छिन् अधरमा वैभवको लालीगुराँस सन्तानको सुखलाई सिरानी हालेर सन्तोषको एक फाँकी निन्द्रा झकाउन पाए पुग्छ आमालाई आफ्नै दुनो सोझ्याउन पाए पुग्ने यस स्वार्थी दुनियाँमा अरुको निम्ति बाँचिदिने आमाबाहेक अरु को नै छ र? पुण्य कमाउन भगवान् खोज्दै हिँड्ने ए धर्मभीरुहरु हो! आमाबाहेक अर्को कुनै ईश्वर हुन सक्दैन ए मोक्षका लालसीहरु…
भावना शर्मा म भेटिन्न! उभिन्न तिमी सामु तिमीले चाहे जसरी नदेख रूमानी सपना! तिम्रा शब्दका इन्द्रेणीसम्म कुनै उडान भर्ने छैन लेखक नसोध्नु कहिल्यै धर्ती र आकाशबीच 'प्रेम किन असम्भव छ!' प्रेम तब पनि थियो जब तिमी थियौ न म रहनेछ तब पनि जब हराउनेछन् यी पदचिह्नहरू क्षितिज यस्तै मुस्कुराइरहनेछ बस् तिमीसँग म हुनेछैन तिम्रै कथाको पात्र जसरी…
निर्मला खड्का उस्ले सास मागिदियो बन्धकीमा मैले जिउनु थियो त्यही अवधिमा मनको एक भित्तो खाली-खाली छ एउटा चित्र किन्नै पर्यो गरिबीमा फिरन्तेलाई के नै असर पर्छ र हकदाबी चलिरहोस् सम्पत्तिमा नींद बिहानै आएर पीडा पोख्छ सधै लुटिन्छु आफ्नैको रोहवरीमा मुहार आमाको सधैं उदास छ यो कस्तो मौसम आयो शताब्दीमा प्रेमले सन्चो कस्लाई गर्यो र खै? यो नशा छोड्नै पर्ने भो…
साना : सोमालियाका शरणार्थी चढेको एउटा डुङ्गामा भएको हवाई आक्रमणमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने अरु २९ जना घाइते भएका छन्। डुङ्गामा झन्डै १५० जना यात्रु चढेको अन्तरराष्ट्रिय रेडक्रस समितिले शुक्रबार जनाएको छ। 'होडेइडा नजिकै गएराति आक्रमण भएपछि महिला र बालबालिका कराएका थिए,' रेडक्रसद्वारा जारी वक्तव्यमा लेखिएको छ। आक्रमणपछि ३३ जनाको मृत्यु भएको, २९ जना घाइते भएको…
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो चुनाव चिन्ह गाईलाई नै स्थापित गराएको छ। सो पार्टीभत्र लामो समयदेखि चुनाव चिन्ह गाई कि हलो भन्ने विवाद घनिभूत रुपमा चल्दै आएको थियो। यहाँ आज आयोजित चुनाव चिन्ह सार्वजनिकीरण समारोहमा पार्टी अध्यक्ष कमल थापाले पार्टीले लिएको हिन्दू राष्ट्रको सिद्धान्त र गाईसँगको भावनात्मक सम्बन्धका कारण सो चिन्ह छनोट गरिएको बताउँदै सोही चिन्हमार्फत जनताको विश्वास जितेर…
अनन्तराज न्यौपाने/पहिलोपोस्ट विराटनगर : दुबईमा १४ महिनासम्म वैदेशिक रोजगारीको पीडा भोगेर २०१३ मा नेपाल फर्किए सरोज नेपाल। उनी जसोजतो विदेशी भूमिमा पसिना चुहाइरहेका थिए। तर भाइहरुले नै च्याउ खेतीबारे राम्रो सम्भावना देखाएपछि उनको मन फर्कियो र, आफैं आउन बाध्य भए। 'च्याउ खेतीमा राम्रै आर्जन हुन्छ भनेर उनीहरुले बोलाए,' सरोजले भने, ‘खेती सुरु गरेपछि वैदेशिक रोजगारतिर ध्यान गएन।’ नेपाल फर्किएपछि…
काठमाडौं: गायिका अमृता साम्बाहम्फे लिम्बुको आधुनिक गीती एल्बम ‘अमृता’ सार्वजनिक भएको छ। हङकङस्थित याक एण्ड यति होटलमा सम्पन्न ‘अमृताज म्युजिकल नाइट’ को एक सांगीतक कार्यक्रममा एल्बम लोकार्पण गरिएको हो। आधा दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका लिम्बुले ‘अमृता’ एल्बमममा आठवटा गीतहरु समावेश गरेकी छिन्। एल्बममा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, शिखर सन्तोष, हरी लम्साल, बिनोद खम्बु, सुमन राई, ईन्द्र गुरुङ आदि स्थापित…
इटहरी : इटहरीबाट धरान गइरहेको बा १५ च २०६३ नंको कार चारकोसे जङ्गलको सेउती नजिकै सडक किनारमा दुर्घटना हुँदा सो कारमा यात्रारत धरान–१२ का विष्णु लिम्बूको घटनास्थलमै मृत्यु भएको छ। पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दिउँसो ३ बजेतिर तीव्रगतिमा रहेको उक्त कार सडक किनारमा रहेको रुखमा ठोक्किन पुग्दा अन्दाजी वर्ष ४५ का विष्णु लिम्बूको घटनास्थलमा मृत्यु भएको हो।…
काठमाडौं : सातौं ह्युण्डाई ओपल गल्फको उपाधि पुरुषतर्फ कुल विकास शाह र महिलातर्फ प्रतिमा शेर्पा जितेका छन्। शनिबार गोकर्ण गल्फ क्लबमा शाहले ३९ अंक स्कोर गर्दै उपाधि जितेका हुन्। आङ नोर्वु शेर्पा दोस्रो तथा निश्चल जंग रायमाझी तेस्रो भए। यस्तै महिलातर्फ २६ अंक स्कोर गर्दै प्रतिमा च्याम्पियन बनिन्। गोपाल चित्रकारले सिनियर ६० वर्षमाथिको उपाधि जिते। ह्युण्डाई ओनर क्याटेगोरीमा जामलिङ घलेले…
काठमाडौँ : सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायत द्विपक्षीय चासोका अव्यवहारिक विषयलाई परिस्कृत गर्न गठित नेपाल–भारत प्रबुद्ध समूहको तेस्रो बैठक पुनः स्थगित भएको छ। यही चैत ५ र ६ गते यहाँ आयोजना गर्न तय भएको उक्त बैठकको पूर्वसन्ध्यामा भारतीय पक्षले सहभागी हुन नसक्ने जानकारी गराएपछि स्थगित भएको नेपाल–भारत प्रबुद्ध समूहको सचिवालय सचिव यादव खनालले जानकारी दिए। …
कोहलपुर : अवैध भारतीय र नेपाली नोटसहित अञ्चल प्रहरी कार्यालय भेरीले चारजनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। भारतीय रु २० लाख चारहजार दुईसय ८० र नेपाली रु सात लाख ३२ हजार आठसय ४० सहित नेपालगन्ज–१ धम्बोजी शिवमन्दिर नजिकैबाट बिहीबार अपराह्न नेलाराम वर्माको घरमा डेरा गरी बस्दै आएका घरबारी टोल–४ मा रामदूत भाँडा पसलका सञ्चालक सन्तोष रायसहित चारजनालाई प्रक्राउ गरेको…
काठमाडौँ : सरकारले विभिन्न १२ देशका लागि सिफारिस गरेकामध्ये तीन प्रस्तावित राजदूतमाथि चार उजुरी संसदीय सुनुवाइ समितिमा परेका छन्। कतार, ओमन र इजरायलका लागि प्रस्तावित तीन राजदूतको सिफारिस अस्वीकृत हुनुपर्ने मागसहित ती उजुरी दर्ता भएका हुन्। उजुरी परेका प्रस्तावित राजदूतमा रमेशप्रसाद कोइराला, शर्मिला पराजुली ढकाल, र निरञ्जन थापा छन्। उजुरीको अध्ययनपछि संसदीय सुनुवाइको प्रक्रिया अघि बढ्नेछ। संसदीय सुनुवाइका लागि प्रस्तावित…
म्यानचेष्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गर्दा इटालिनय क्लब एएस रोमा भने बाहिरिएको छ। युरोपको दोस्रो ठूलो फुटबल प्रतियोगिता अन्तर्गत अन्तिम-१६ को दोस्रो लेगको खेलमा रसियन क्लब रोस्तोभलाई १-० ले पराजित गरेसँगै युनाइटेडले समग्रमा २-१ को जित हात पार्यो। घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनँइटेडलाई जित दिलाउन हुँवा माटाले गोल गरे। रोस्तेभको मैदानमा भएको पहिलो लगे १-१ को बराबरीमा सकिएको थियो।…
एजेन्सी : उत्तरी सिरियाको अलेप्पो प्रान्तको एक मस्जिदमा भएको हवाई हमलामा परी ४२ जनाको मृत्यु भएको छ। हमलामा घाइते हुनेको संख्या उच्च रहेको अनुमान गरिएको छ। मृत्यु हुनेमा अधिकांश सर्वसाधरण नागरिक रहेको एजेन्सीहरु उल्लेख गरेका छन्। आक्रमणकारीको पहिचान भएको छैन। तर, रुसी र सिरियाली लडाकु जहाजले यस क्षेत्रमा उडान गर्ने गरेको बीबीसीले जनाएको छ। अमेरिकी लडाकु बिमानले पनि उक्त क्षेत्रमा…
काठमाडौं: पाँचौ ‘जुनियर ब्याटल–२०१७’ आयोजना हुने भएको छ। मिडिया ल्याण्डको आयोजनामा हुने प्रतियोगिता बारे बिहिबार जानकारी दिइएको हो। प्रतियोगीताको लागि ७३ प्रतियोगी समेत छनोट भइसकेका छन्। छनौट चरणमा गायिका प्रसंसा श्रेष्ठ, कोरियोग्राफर सुमन सागर केसी, मिडियाकर्मी निस्मा चौधरी रहेका थिए। जुनियर र सिनियर दुई भागमा ‘ब्याटल’ आयोजना गर्दै आएको मिडिया ल्याण्डले यस वर्षबाट भने ‘जुनियर ब्याटल एन्जलस’, ‘जुनियर ब्याटल प्रिन्स…
काठमाडौं : काठमाडौं र ललितपुरका विभिन्न रुटमा सेवा दिइरहेको साझा यातायातले भक्तपुरमा सेवा विस्तारका लागि रुट अनुमति मागेको छ। साझाले रुट इजाजतका लागि यातायात व्यवस्था विभागमा आवेदन दिएको साझा यातायातका कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले बताए। तर, साझाको प्रस्तावमा भक्तपुरका यातायात व्यवसायीले विरोध गर्दै आएका छन्। व्यवसायीले साझाको अनुमति रोक्न यातायात व्यवस्था विभागमा ज्ञापन पत्र समेत बुझाएका छन्। साझाको प्रस्ताव अनुसार…
राकेश शर्मा अन्तरीक्षमा पाइला टेक्ने एकमात्र भारतीय हुन्। सन् १९८४ मा अन्तरीक्ष यात्रामा निस्किएका उनले त्यहाँ आठ दिन बिताएका थिए। अन्तरीक्षबाट फर्किएपछि उनलाई भारतमा धेरैले सोधेको प्रश्न हो- 'अन्तरीक्षमा तपाईँको भगवानसँग भेट भयो?' यसमा शर्माको जवाफ हुन्थ्यो 'छैन, त्यहाँ भगवानसँग मेरो भेट भएन। उनले अन्तरीक्षमा यात्रा गरेको तीन दशकभन्दा पनि बढी भइसकेको छ। अचेल उनीसँग भेट गर्ने उनका प्रशंसकहरुलाई सत्यता…
काठमाडौं : यो हप्ता फ्राइडे रिलिज अन्तर्गत एक मात्र नयाँ नेपाली फिल्म सार्वजनिक भएको छ। लभस्टोरी ड्रामा ‘यो साइनो मायाको’ प्रदर्शनमा आएको हो। अरुणकुमार प्रधानको निर्देशन रहेको फिल्म जतिन ताम्राकार र रेश्मा घिमिरेको डेब्यु प्रोजेक्ट हो। किशोर भण्डारी, राजु कमेडी, नवनितराज प्रधान, सुनिता श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ। रामकुमार श्रेष्ठको निर्माण रहेको फिल्मले अल नेपाल रिलिजमा पनि सिंगल थिएटरमा…