काठमाडौं : नेपालमा राजतन्त्रको इतिहास बोकेको शाह वंशले पूजा गर्ने गुरु हुन् गोरखनाथ। उनै गोरखनाथको उत्तराधिकारी योगी आदित्यनाथ राजनीतिक रुपमा क्रियाशील हुँदै भारतको सबैभन्दा ठूलो प्रान्त उत्तर प्रदेशका मुख्यमन्त्री भएका छन्। संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषित गरेर गणतन्त्रमा गइसकेपछि नेपालमै आएर हिन्दु राज्य स्थापना र राजतन्त्र पुनर्स्थापनाका विषयमा भाषण दिएर विवादमा तानिएका थिए- योगी आदित्यनाथ। जो हालै मात्र नेपालसँग…
काठमाडौँ : सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अब लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने भएको छ। यातायात व्यवस्था विभागले लिखितमा धेरै मानिस अनुत्तीर्ण भएको जनगुनासो बढेपछि कुल २० वस्तुगतमध्ये १० प्रश्न मिलाउने व्यक्तिलाई सवारीसाधन अनुमतिपत्रको परीक्षण दिन पाउने व्यवस्था शुक्रबारदेखि गरेको हो। यसबाट लिखित परीक्षामा धेरै परीक्षार्थी उत्तीर्ण हुने विश्वास विभागले गरेको छ। विभागका प्रवक्ता डा. टोकराज पाण्डेले सबै…
काठमाडौं : बैंकहरुले ऋणको ब्याज दर बारम्बार बढाएर ऋणीलाई अप्ठेरोमा पारेको भन्दै सर्वोच्च अदालतले त्यसमा सुनुवाइ गरेको छ। सर्वोच्चले ऋण लिँदाको बखत गरिएको वाचाविपरीत बारम्बार ब्याज दर बढाउन नपाउने व्यवस्था गर्न निर्देशन दिएको छ। सर्वोच्चले कात्तिक ८ गते पाँच बुँदे निर्देशन जारी गर्दै राष्ट्र बैंकले ऋणीको पक्षमा उभिन भनेको हो। सर्वोच्चका तर्फबाट आइतबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले कर्जा…
काठमाडौँ : राजधानीको चावहिलस्थित पशुपति कलेजका विद्यार्थीहरुले बढ्दो प्रदूषण रोक्न सचेतना अभियान थालेका छन्। यसअघि सर्वसाधारणलाई मास्क वितरण गर्दै आएका उनीहरुले 'सक्छौँ सफा गरौं, सक्दैनौं फोहर नगरौँ' भन्ने नाराका साथ शनिबार राजधानीमा रहेका विभिन्न शालिक तथा मूर्तिहरुको सफाइ गर्दै मास्क लगाएका थिए भने ट्राफिक प्रहरी र केही सर्वसाधरणलाई पानी र मास्क पनि वितरण गरे। उनीहरुले सञ्चारग्रामस्थित त्रिमूर्ती निकेतन, सहिदगेटका चार…
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनलाई पितृ शोक परेको छ। शनिबार उनको बुवा कृष्णराज रायको निधन भएको हो। अस्वस्थताका कारण मुम्बईमा उपचाररत रायको साँझ ४ बजे मृत्यु भएको बलिउड हंगामाले जनाएको छ। कृष्णराज लिम्फोमा क्यानसरको औषधि सेवन गर्दै आएका थिए। जसका कारण केही समययता उनको स्वास्थ्य कमजोर बन्दै गएको हो। लीलावती अस्पतालमा उपचाररत उनको दुई हप्ताअघि अवस्था गम्भीर भएपछि आइसियुमा राखिएको…
भक्तपुर : नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भए तापनि सम्भव भएका स्थानमा निर्वाचन गरी बाँकी रहेका स्थानमा पछि गर्न सकिने बताएका छन्। रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता बिजुक्छेले निर्वाचन र संविधान संशोधन एकै समयमा हुने नसक्ने बताउँदै पहिले निर्वाचन र पछि संशोधनको विषयलाई संसद्मा पेस गरी छलफल गर्न सुझाव…
दिनेश खड्का काठमाडौं : लगनखेलबाट दिनहूँ सन्तोष थापा कामका लागि न्युरोड आउने गर्छन्। यो रुटमा साझा बस चल्न थालेदेखि नै उनी उक्त यातायातमा आउजाउ गर्न थालेका हुन्। बस चढ्दा खुद्रा पैसाको जोहो गर्नु पर्ने झन्झटप्रति भने उनलाई वाक्क लाग्थ्यो। गत सातादेखि उनले उक्त झन्झटबाट मुक्ति पाएका छन्। चैत १ गतेदेखि साझाले स्मार्ट कार्ड प्रयोगमा ल्याएपछि उनले कार्ड लिए…
काठमाडौं : आरएस एन्ड सीसी डायमन्ड जुब्ली आमन्त्रण अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सहभागी हुन १० खेलाडीसहित १२ सदस्यीय नेपाली टोली आइतबार भारतको सिलोङ प्रस्थान गरेको छ। चैत १० देखि १२ गतेसम्म हुने प्रतियोगतामा पुरुष/महिलामा समान ५/५ खेलाडीले यु–२१ उमेर समूह अन्तर्गत सिंगल्स, डबल्स, मिक्स र टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। पुरुष खेलाडीमा राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठ, मणिकुमार लामा, रितिज जोशी, विपुल महर्जन…
काठमाडौं : एसियन जोनल ३.२ चेस च्याम्पियनसिपको पहिलो चरणमा नेपाली खेलाडी सुमित पन्तले महत्वपूर्ण जित हात पारेका छन्। आइतबारदेखि राजधानीमा सुरु भएको च्याम्पियनसिपमा उनले बंगलादेशी आइएम अबु सफीयन सकील(२३४३) लाई पराजित गरे। अन्य शीर्ष खेलाडीले पहिलो चरणमा सफलता पाए। शीर्ष बरियताका बंगलादेशी जिएम जिआउर रहमानले नेपालका बद्री लाल नेपाली, बंगलादेशकै जिएम जीएम अब्दुल्लाह अल रकिबले सजिन मर्हजन, जिएम इमानुएल हुसेनले…
काठमाडौँ : निर्वाचन आयोगले निर्वाचनको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले अन्य क्षेत्रमा तयारी तीब्र गतिमा अघि बढे पनि राजनीतिक वातावरणका विषयमा अपेक्षित वातावरण निर्माण नभएको भन्दै चिन्ता व्यक्त गरे। '२०७४ बैसाख ३१मा हुने स्थानीय तहको निर्वाचनको ऐतिहाँसिक अभिभारा पुरागर्न द्रुत गतिमा आयोग अगा८ बढिरहेको अबस्थामा राजनीतिक दलहरुबीच अपेक्षित सहमति, सहकार्य र विश्वास अझैसम्म…
काठमाडौं : स्थानीय तह कार्यान्वयनमा आएपछि सरकारले ५ उपमहानगरपालिका सहित १ सय ७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अधिकृत तोकेको हो। मन्त्रालयले शुक्रबार नै ४ सय ८१ गाउँपालिकाका लागि अधिकृत तोकिसकेको छ। स्थानीय तहको नयाँ संरचनाअनुसार देशभरमा ४ महानगरपालिका, १३ वटा उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका…
विराटनगर : मोरङ्गको सुन्दरदुलारी ६ धर्माकाटामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ। शुक्रबार राति ८ बजेतिर को ५ च ८१३४ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ३५ वर्षीय रामबिलास चौधरी ज्यान गएको हो। गम्भीर घाइते भई उपचारको क्रममा उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो। मोटरसाइकल चालक घाइते भएको र उनको इटहरी सामुदायिक अस्पतालमा उपचार भइरहको प्रहरीले जनाएको…
काठमाडौं: फिल्म 'वीरविक्रम'को इन्टरनेट रिलिज भएको छ। फिल्मको डिजिटल अधिकार प्राप्त कम्पनी ओएसआरले फिल्मलाई युट्युवमार्फत सार्वजनिक गरेको हो । २०७३ मै सार्वजनिक फिल्म प्रतिकृयात्मक एवं व्यवसायिक रुपमा हिट भएको थियो। फिल्मलाई मिलन चाम्सले निर्माण र निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङ राई, दिया पुन: अनुपविक्रम शाही, अर्पण थापा, नाजिर हुसैन लगायतको अभिनय रहेको छ। दियाको वीरविक्रम डेब्यु फिल्म हो। शुक्रबार युट्युबमा…
काठमाडौं : निर्वाचन आयोगले विधानबाट ‘हिन्दु राष्ट्र र राजसंस्था सहितको’ र हिन्दुत्वको भावना अभिवृद्धि गर्ने वाक्यांश हटाएकोमा असन्तुष्ट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलन गर्ने भएको छ। शनिबार बसेको पार्टीको आकस्मिक बैठकले आयोगलाई सो निर्णयवारे पुनर्विचार गर्न भन्दै विभिन्न संघर्षका कार्यक्रम तय गरेको छ। उसले आयोगको यस्तो निर्णयले स्थानीय तहको चुनावको वातावरण धमिलिन सक्ने चेतावनी पनि दिएको छ। उसले धर्मनिरपेक्षताको…
बागलुङ : स्थानीय तहको निर्वाचनका लागि बागलुङमा एक सय पाँच मतदान केन्द्र तोकिएको छ। मतदान केन्द्र सिफारिस समितिको शुक्रबार बसेको बैठकले तोकिएका केन्द्र निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ। आयोगले स्वीकृत गरेपछि मतदान केन्द्र तोक्ने कार्यले अन्तिम रुप पाउनेछ। जिल्लाका चार नगरपालिका र छ गाउँपालिकामा गरी एक सय पाँच मतदान केन्द्र राख्ने निर्णय भएको समितिका संयोजक प्रजिअ भागीरथ पाण्डेयले…
फलेवास (पर्वत) : पर्वतको कुस्मादेखि बागलुङको बलेवा जोड्ने केबलकार मोडलको यान्त्रिक पुलको भाडा वृद्धि गरिएको विरोधमा स्थानीयले तालाबन्दी गरेपछि एक सातादेखि आवतजावत ठप्प बनेको छ। कम्पनीले स्थानीयवासीसँग समन्वय नै नगरी मनोमानी ढङ्गले भाडा वृद्धि गरेको भन्दै बलेवावासीले गत चैत १ गते तालाबन्दी गरेका हुन्। बलेवातर्फको भागमा रहेको कार्यालयमा तालाबन्दी गरेपछि सेवा ठप्प भएको यान्त्रिक पुल लिमिटेडले जनाएको छ। यान्त्रिक पुलको…
बर्दिबास : महोत्तरी बर्दिवास–२ की मरनी सदा उमेरले १०३ वर्षकी भइन्। जीवनको १०३ वर्षसम्म उनले राम्रो र सफा घरमा बस्ने सपना देखेकी थिइन्। तर सपना पूरा गर्न न उनको आर्थिक स्तरले साथ दियो न अन्य कुनै निकायले। यो वर्ष भने उनका लागि विशेष वर्ष बन्दैछ। किनकि उनी सिमेन्टले बनेको घरमा पहिलो पटक पाइला टेक्दैछिन्। हास्यकलाकार जोडी सीताराम कट्टेल…
भारतीय कमेडियन कपिल शर्माले यसपटक आफ्नो प्रेम सम्बन्धबारे खुलासा गरेका छन्। शर्माले ट्विटरमा एक युवतीसितको आफ्नो फोटो सेयर गर्दै उनीसितको प्रेम सम्बन्धबारे धारणा सार्वजनिक गरेका हुन्। उनले फोटोको क्याप्सनमा लेखेका छन्- 'म यिनलाई आफ्नी बेटर हाफ त भन्दैन तर यिनले मलाई पूर्णता दिनेछिन्.... लव यू गिन्नी.... म यिनलाई धेरै प्रेम गर्छु।' Will not say she is my better half ..…
रौतहट : मधेसी मोर्चाका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माध्यमिक तहको परीक्षा सकिएलगत्तै सरकारविरुद्ध आन्दोलनको घोषणा गरिने बताएका छन्। रौतहटको गौरस्थित पार्टी कार्यालयमा शनिवार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कुनै पनि हालतमा आफूहरुले स्थानीय तहको निर्वाचन हुन नदिने बताए। उनले यो या त्यो बहाना बनाएर प्रचण्डले आफूहरुको माग पूरा गर्न आलटाल गरी झुक्यारहेको आरोप लगाए। …
काठमाडौँ : उपत्यकाका प्रमुख नदी सफाइ गरी ३० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। बाग्मती सफाइको २०१ औँ हप्तामा पशुपति राममन्दिर क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। सफाइमा ८५० अभियानकर्मीको सहभागिता रहेको बाग्मती सफाइ अभियन्ता उमेश बोहराले जानकारी दिए। सफाइमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाको…