PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

  • ग्राहकको गुनासो सम्बोधन नगर्ने कर्मचारीलाई टेलिकमले कारबाही गर्ने

    ग्राहकको गुनासो सम्बोधन नगर्ने कर्मचारीलाई टेलिकमले कारबाही गर्ने

    काठमाडौँ : नेपाल टेलिकमले ग्राहकका गुनासाको सम्बोधन नगर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ। निरन्तर रुपमा ग्राहक तथा प्रयोगकर्ताबाट सेवाको गुणस्तरसम्बन्धी गुनासो आएपछि टेलिकमले छुट्टै 'कम्प्लेन अडिट' स्थापना गरेको छ।   प्रमुख प्राविधिक अधिकृतको संयोजकत्वमा गुनासो सुन्ने कम्प्लेन अडिट बनाइएको टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन्। उनले उक्त कमिटीमा टेलिकमका सबै उच्च तहका कर्मचारीको प्रतिनिधित्व रहेको जानकारी दिइन्।   अब टेलिकमको वेवसाइट,…

    विस्तृतमा पढ्नुस्

  • ​स्थानीय निर्वाचन : काठमाडौं महानगरपालिकामा तीन सय ७९ मतदान केन्द्र

    ​स्थानीय निर्वाचन : काठमाडौं महानगरपालिकामा तीन सय ७९ मतदान केन्द्र

    काठमाडौँ : मतदान केन्द्र सिफारिस समितिले आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि काठमाडौँ महानगरपालिकामा १६५ वटा मतदानस्थल र ३७९ वटा मतदान केन्द्र तोकेको छ।  यस महानगरमा सबैभन्दा बढी वडा नं. ३१ मा ११ वटा मतदानस्थल र २५ वटा मतदान केन्द्र निर्धारण गरिएको काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी चन्द्रमणि भट्टराईले जानकारी दिए।  यस्तै, सबैभन्दा कम मतदाता रहेको वडा नं ९ मा…

    विस्तृतमा पढ्नुस्

  • ​आइजी प्रकरणमा अदालती छिनोफानो आज, चन्दका वकिलले बहस नगर्ने

    ​आइजी प्रकरणमा अदालती छिनोफानो आज, चन्दका वकिलले बहस नगर्ने

    काठमाडौं : प्रहरी महानिरीक्षक (आइजी) सिफारिस मुद्दाको अन्तिम छिनोफानो सर्वोच्च अदालतले आज गर्दैछ। आइतबारदेखि प्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको बृहद पूर्ण इजलासमा सुरु भएको सुनुवाइ आज पनि हुँदैछ। निवेदक तर्फका कानुन व्यवसायीको बहस आइतबार सकिएको छ। आज बढीमा दुई सरकारी वकिल र निवेदकको संक्षिप्त जवाफपछि अन्तिम फैसला आजै आउने सम्भावना छ। प्रधानन्यायाधीश कार्कीसहित न्यायाधीशहरु हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई…

    विस्तृतमा पढ्नुस्

  • ​सुनसरीमा चार लाख २९ हजार मतदाता, तीन बर्षमै ६० हजार मतदाता थपिए

    ​सुनसरीमा चार लाख २९ हजार मतदाता, तीन बर्षमै ६० हजार मतदाता थपिए

    इनरुवा : आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरीबाट चार लाख २९ हजार मतदाताले मतदान गर्न पाउने भएका छन्।  यहाँ पछिल्लो तीन वर्षकै अवधिमा झन्डै ६० हजार मतदाता थपिएका हुन्।  जिल्लामा हालसम्ममा चार लाख २९ हजार ८२३ मतदाताको नामावली दर्ता भएको जिल्ला निर्वाचन अधिकारी जानकी कर्णले जानकारी दिइन।  यस वर्ष मात्र ११ हजार नयाँ मतदाता बढेको कार्यालयका नायब…

    विस्तृतमा पढ्नुस्

  • ​ट्रकको ठक्करबाट एसइई परीक्षा दिने परीक्षार्थीको मृत्यु

    ​ट्रकको ठक्करबाट एसइई परीक्षा दिने परीक्षार्थीको मृत्यु

    राजविराज : पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षा दिने एक परीक्षार्थीको आज बिहान मृत्यु भएको छ।  पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५२०० नम्बरको ट्रकले ठक्कर दिँदा सप्तरी भारदह–२ कि १६ वर्षीया नितुकुमारी ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  ठाकुर रुपनगरस्थित शंकर उच्च माविमा परीक्षा दिन भारदहको बिपी मावि परीक्षा केन्द्रबाट परीक्षा दिन जाँदै गर्दा बाटो…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : मेसीको दुई गोलमा बार्सिलोनाको जित

    ला लिगा : मेसीको दुई गोलमा बार्सिलोनाको जित

    काठमाडौं : लियोनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगामा आइतबार भ्यालेनसियालाई पराजित गर्दै शीर्ष स्थानको रियल मड्रिडसँग अंक दुरी घटाएको छ। एक गोलले पछि परेको अवस्था उल्टाउँदै बार्सिलोनाले १० खेलाडीमा रहेको भ्यालेन्सियालाई ४-२ ले पराजित गरेको हो। २९ औं मिनेटमा मांगालाले गोल गर्दै भ्यालेन्सियालाई पहिले अग्रता दिलाएका थिए। ३५ ‍औं मिनेटमा लुइस सुवारेजले बार्सिलोनाका ला लागि बराबरी गोल…

    विस्तृतमा पढ्नुस्

  • ​संसद् बैठक बस्दै, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन विधेयक पारित हुने

    ​संसद् बैठक बस्दै, निर्वाचन क्षेत्र निर्धारण आयोग गठन विधेयक पारित हुने

    काठमाडौं : व्यवस्थापिका संसद्को बैठक आज पनि बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोग गठनसम्वन्धी विधेयक पारित गर्ने कार्यसूची तय भएको छ। यस्तै बैठकले गाउँपालिका तथा नगरपालिकाको वडाको संख्या निर्धारण विधेयक पारित पनि गर्नेछ। संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाको प्रस्तावमा विधेयक पारित हुने सम्भावित कार्यसूची संसद् सचिवालयले प्रकाशन…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, लक्की शेर्पा रोलक्रममा पहिलो

    प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, लक्की शेर्पा रोलक्रममा पहिलो

    काठमाडौँ : सरकारले नियुक्ति प्रक्रिया अगाडि बढाएका राजदूतहरुको संसदीय सुनुवाइ सुरु भएको छ। सोमबार अष्ट्रेलियाका लागि सिफारिस भएकी लक्की शेर्पाको सुनुवाइ हुन लागेको हो। संसदीय सुनुवाइ समितिका सचिव ध्रुब घिमिरेले उजुरीकर्तासँग छलफलपछि शेर्पाको नाममा सुनुवाइ हुन लागेको जानकारी दिए। शेर्पाको नाममा कुनै उजुरी छैन। पहिलो संविधानसभामा नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी शेर्पा दोश्रो संविधानसभा निर्वाचन अघि नेकपा माओवादी केन्द्र प्रवेश…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा पनि विश्व मुख स्वास्थ्य दिवस मनाइँदै

    नेपालमा पनि विश्व मुख स्वास्थ्य दिवस मनाइँदै

    काठमाडौँ : मुख स्वास्थ्यबारे जानकारी गराउन नेपालमा पनि आज (मार्च २०) विश्व मुख स्वास्थ्य दिवस–२०१७ मनाइँदैछ।   विश्व डेन्टल फेडरेसनको आह्वानमा ‘जसको दाँत सबल, उसको जीवन सफल’ भन्ने नाराका साथ मनाउन लागिएको मुख स्वास्थ्य दिवसमा विभिन्न जटिल रोग लाग्नुका कारणमध्ये मुख स्वास्थ्य पनि एक हो भन्ने सन्देश दिन खोजिएको आयोजक नेपाल डेन्टल एसोसिएसनको भनाइ छ।   एसोसिएसनका अध्यक्ष सन्तोषमान राजभण्डारीले…

    विस्तृतमा पढ्नुस्

  • लन्डनको स्पिकर्स कर्नरमा ‘युरेसियाको स्पर्श’ सार्वजनिक

    लन्डनको स्पिकर्स कर्नरमा ‘युरेसियाको स्पर्श’ सार्वजनिक

    लन्डन : लन्डनको ‘स्पिकर्स कर्नर’मा साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘युरेसियाको स्पर्श’ सार्वजनिक गरिएको छ।  साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले पुस्तक सार्वजनिक गर्दै अभिव्यक्ति स्वतन्त्रताका लागि कानुनद्वारा संरक्षित ऐतिहासिक स्थल स्पिकर्स कर्नरबाट पुस्तक सार्वजनिक गर्न पाउँदा खुसी लागेको कुरा बताए। बेलायतका नेपालीहरुको साहित्यमा रुचि देखेर उनले आगामी दिनमा साझा प्रकाशनले बेलायतीमा रहेका नेपाली स्रष्टाहरुका कृति प्रकाशन गरिँदै लैजाने बताए।  नेपाल…

    विस्तृतमा पढ्नुस्

  • एनसेलको निशुल्क ट्विटर सेवा बन्द हुँदै

    एनसेलको निशुल्क ट्विटर सेवा बन्द हुँदै

    काठमाडौँ : दूरसञ्चार सेवा प्रदायक एनसेलले फ्री ट्विटर र फ्री विकिपिडिया सेवा बन्द गर्ने भएको छ। एनसेलले विज्ञप्ति जारी गर्दै यही चैत १२ गतेदेखि निशुल्क सेवा बन्द हुने जनाएको हो। एनसेलले २०७१ जेठ १३ गतेदेखि निःशुल्क ट्विटर सेवा उपलव्ध गराउँदै आएको थियो। सुरुमा तीन महिनाका लागि एनसेलले दूरसञ्चार प्राधिकरणबाट स्किम स्वीकृत गरेको थियो। तर, पटक-पटक गरी हालसम्म सेवा दिँदै आइरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • मनकामना मन्दिर पुनःनिर्माण सक्न अझै एक वर्ष लाग्ने

    मनकामना मन्दिर पुनःनिर्माण सक्न अझै एक वर्ष लाग्ने

    गोरखा : पुरानो मन्दिर भत्काएर जगैदेखि पुनःनिर्माण थालिएको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर पुनःनिर्माण गर्न अझै एक वर्ष लाग्ने भएको छ।  मन्दिर पुनःनिर्माणको काम पहिलो तलासम्म पुगेको भए पनि पहिलो तलाकै छाना राख्न तीन महिना लागेको हो। मनकामना मन्दिर जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले कामदार र काठ अभाव झेल्नु नपरेको भए मन्दिर पुनःनिर्माणले गति लिने बताए। काठ अभाव टार्न पुरानै…

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक रोजगारमा जानेको बीमा कभरेज २० लाख पुग्यो, यस्तो छ नयाँ व्यवस्था

    वैदेशिक रोजगारमा जानेको बीमा कभरेज २० लाख पुग्यो, यस्तो छ नयाँ व्यवस्था

    अमर बडुवाल  काठमाडौँ : वैदेशिक रोजगारीका लागि जाने नेपालीहरुको बीमा शुल्क सरकारले वर्षदिनमै चार पटक बढाएको छ। सरकारले बढाएको शुल्कमा बीमा कभरेज सुविधा भने चार गुणाले वृद्धि गरेको छ। २०६७/६८ सालमा १९७० रुपैयाँ बीमा शुल्क लिएर दुई वर्षको बीमा गरिन्थ्यो। त्यतिबेला दुई वर्षको करारमा दुई वर्षको मात्रै बीमा हुन्थ्यो भने रोजगारमा गएकाहरुले ५ लाख रुपैयाँसम्म मात्रै दाबी गर्न पाउँथे। अब…

    विस्तृतमा पढ्नुस्

  • ​प्रस्तावित राजदूत शेर्पाको संसदीय सुनुवाइ सम्पन्न, तीनमध्ये दुई उजुरीकर्ता आएनन्

    ​प्रस्तावित राजदूत शेर्पाको संसदीय सुनुवाइ सम्पन्न, तीनमध्ये दुई उजुरीकर्ता आएनन्

    काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत लक्की शेर्पाको संसदीय सुनुवाइ गरेको छ। समितिले सोमबार बिहान उजुरीकर्तासँगको छलफलपछि शेर्पाको सुनुवाइ गरेको हो। उजुरकर्ता तीन जनामध्ये एकमात्र सम्पर्कमा आएका थिए। ओमनका लागि प्रस्तावित शर्मिला पराजुली ढकालविरुद्धका उजुरकर्तामात्र समितिमा सम्पर्कमा आएका हुन्। सुनुवाई समिति सचिव ध्रुवप्रसाद घिमिरेले शेर्पाको सुनुवाइ सम्पन्न भएको बताए। बुधबारका लागि ६ जना प्रस्तावित राजदूतलाई सुनुवाइका…

    विस्तृतमा पढ्नुस्

  • जिल्ला समन्वय समितिको बोर्डमा कालो पोतियो, मोर्चाले लेख्यो- मधेस सरकार

    जिल्ला समन्वय समितिको बोर्डमा कालो पोतियो, मोर्चाले लेख्यो- मधेस सरकार

    वीरगन्ज : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले जिल्ला समन्वय समिति पर्साको कार्यालय बोर्डमा मधेस सरकार लेखेको छ। मोर्चाका स्थानीय नेता कार्यकर्ताले 'जिल्ला समन्वय समिति' कालो रङले मेटेर 'मधेस सरकार' लेखेका हुन्। सरकारले संसदमा पेश गरेको संविधान सशोधन प्रस्तावलाई थाती राखेर स्थानीय तह निर्वाचन मिति तोकेको र मोर्चालाइ पेलेर जान खोजेकाले विरोधस्वरुप यो अभियान चलाइएको राष्ट्रिय मधेस समाजवादी पार्टी पर्साका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • आज विश्व बाल रंगमञ्च दिवस मनाइँदै

    आज विश्व बाल रंगमञ्च दिवस मनाइँदै

    काठमाडौं : विश्व बाल रंगमञ्च दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ।  बाल रंगमञ्चसम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेशन र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालले आज राजधानीमा विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाउन लागेको हो।  नेपालमा विगत केही वर्षदेखि थिएटर मल नाटकघरका बालबालिकाका लागि रंगमञ्चीय कार्य गर्दै आएका यस संस्थाले यस वर्ष जर्मनीबाट आएको अन्तर्राष्ट्रिय बाल नाट्य समूह ‘क्लाउन विथवाउट…

    विस्तृतमा पढ्नुस्

  • ​आइजी प्रकरण : डिआइजी अर्यालद्वारा पनि सर्वोच्चमा रिट दर्ता

    ​आइजी प्रकरण : डिआइजी अर्यालद्वारा पनि सर्वोच्चमा रिट दर्ता

    काठमाडौँ : प्रहरी महानिरीक्षक (आइजी) का लागि आफ्नो योग्यता मूल्याङ्कन गरियोस् भन्दै सोमवार सर्वोच्च अदालत पुगेका डिआइजी प्रकाश अर्यालको रिट सर्वोच्च प्रशासनले आज दर्ता गरेको छ।  आइतबार रिट लिएर अर्यालका कानुन व्यवसायी दिनभर सर्वोच्च प्रशासनमा बसे पनि दर्ता वा दरपीठ दुवै भएको थिएन। सोमबार कार्यालय समयको सुरुवातमै सर्वोच्च प्रशासनले अर्यालको रिट दर्ता गरेको हो। अर्यालले आफ्नो कार्य सम्पादन मूल्याङ्कन माग गर्दै…

    विस्तृतमा पढ्नुस्

  • एसियन कप क्वालिफायर्स : यस्तो छ नेपालसँग खेल्ने फिलिपिन्सको फुटबल टोली

    एसियन कप क्वालिफायर्स : यस्तो छ नेपालसँग खेल्ने फिलिपिन्सको फुटबल टोली

    काठमाडौं : एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गत नेपालसँग खेल्न फिलिपिन्सले बलियो टोली छनोट गरेको छ।   समूह चरणको पहिलो खेलमा नेपाल र फिलिपिन्स चैत १५ गते (मार्च २८) फिलिपिन्सको रिजाल मेमोरियल स्टेडियममा खेल्दैछन्। प्रशिक्षक थोमस डुलेले नेपालसँगको खेल र मलेसियासँगको मैत्रीपूर्ण खेलका लागि गोलरक्षक नेइल एथरिड्ज, डिफेन्डर दाइसुके सातो र फरवार्ड ज्याभिएर पाटिनोलाई टिममा राखेका छन्। तीनै खेलाडी गत नोभेम्वरमा…

    विस्तृतमा पढ्नुस्

  • 'छक्कापञ्जा २' प्रोडक्शनअघि दोस्रोपटक रिलिज डेट तय

    'छक्कापञ्जा २' प्रोडक्शनअघि दोस्रोपटक रिलिज डेट तय

    काठमाडौं: फिल्म 'छक्कापञ्जा-२' को रिलिज मिति पुन: परिवर्तन हुने भएको छ। फिल्मका निर्माता एवं कलाकारसमेत रहेका दीपकराज गिरीले फेसबुक स्टाटसमार्फत असोज ११लाई नयाँ रिलिज डेट टार्गेट गरेको जानकारी दिएका हुन्। यसअघि उनले भदौ १६ लाई प्रदर्शन मिति घोषणा गरेका थिए। फिल्मको प्रिप्रोडक्शन वा प्रोडक्शनको काम सुरु हुनुअघि रिलिज मिति तोक्ने ट्रेन्ड बढ्दो छ। तर घोषणा भएको मितिमा फिल्म रिलिज नहुने र तोकिएको भन्दा…

    विस्तृतमा पढ्नुस्

  • मकै छर्ने प्रविधिको विकास, दुई लाइनमा एकसाथ छर्न सकिने यस्तो छ मेसिन

    मकै छर्ने प्रविधिको विकास, दुई लाइनमा एकसाथ छर्न सकिने यस्तो छ मेसिन

    वीरगन्ज : कृषि औजार अनुसन्धान केन्द्र वीरगन्जले मकै रोप्ने मेसिनको सफल परीक्षण गरेको छ। दुईपांग्रे पावर टिलरमा जोडेर चलाउने सकिने यो मेसिनले दुई लाइनमा एकसाथ मकै छर्न सकिन्छ।   केन्द्रले आफैँ डिजाइन, विकास र परिमार्जन गरी चार वर्षको परीक्षणपछि मेसिन तयार पारेको हो। पर्सा बेल्वाका अगुवा किसान अनिरुद्ध प्रसाद थारुको खेतमा केन्द्रले यो मेसिन चलाएर मकै रोपेको छ।   केन्द्रका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell