प्रिमियर लिग क्लब एभरटनबाट लोनमा इटाली पुगेका जेरार्ड डेउलोफको निर्णायक गोलको मद्दतमा एसी मिलानले आइतबार फियोरेन्टिनालाई पराजित गरेको छ। घरेलु मैदान सानसिरोमा भएको खेलमा मिलानले फियारेन्टिनालाई २-१ ले पराजित गर्दै ३ अंक जोडेको हो। १६ औं मिनेटमा जुराज कुच्काले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए। तर त्यसको चार मिनेटपछि नै निकोला कालिनिकले बराबरी गोल फर्काए। ३१ औं मिनेटमा जेरार्डले गोल…
अशोक शेरचन काठमाडौँबाट ललितपर पुग्ने धेरैवटा नाकाहरुमध्येको एउटा नाका हो- थापाथली। थापाथली पुल कटेर केही पर पुगेपछि कानदेवतास्थान हुँदै एउटा बाटो सानेपा मोडिन्छ। कानदेवतास्थानलाई सम्झेर आजपर्यन्त कति धेरै यात्रुले आफ्नो शिर झुकाएर रक्षाका लागि आर्शिवाद मागे होलान्। कतिका मनोकांक्षा पूरा भए होलान्, कतिका बाँकी नै रहे होलान्। कानदेवतास्थानको महिमाको वर्णन धेरैले धेरै तरिकाले गर्ने गर्दछन्। सायद यिनको पनि प्रत्यक्ष परोक्ष…
पोखरा : वनजङ्गल तथा जैविक विविधता संरक्षण गर्ने उद्देश्यका साथ पोखरामा तेस्रो जङ्गल महोत्सव हुने भएको छ। युवाको समूह परिचय नेपालद्वारा पोखरास्थित शान्ति वनवाटिकाको जङ्गलभित्र फागुन १२ देखि २१ गतेसम्म सो महोत्सव आयोजना गरिने आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको हो। महोत्सवमा दर्शकले लोपोन्मुख जाति कुसुन्डालाई भेट्ने अवसरका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिमा रमाउन पाउने व्यवस्था गरिएको छ।…
दोस्रो विश्वयुद्धमा हिटलरले प्रयोग गरेको टेलिफोन सेट करिव २५ करोड नेपाली रुपैंयामा बिकेको छ। अमेरिकामा रहेको लिलाम गर्ने कम्पनि अलेक्जेन्डर हिस्टोरिक अक्सन कम्पनिले हिटलरले प्रपोग गरेको टेलिफोन सेट लिलामीमा राखेको थियो। सन् १९४५ मा हिटलर हारेपछि कालो रङ्गको यो टेलिफोन सेट बंकरमा फेला परेको थियो। पछि यसलाई रातो रङ्गले पेन्ट गरेर हिटलर लेखिएको थियो। फस्टपोस्टका अनुसार टेलीफोन लिलामी गर्ने कम्पनिले फोन…
'सलमान खान त रिस उठ्दा छन्, ढङ्गले नाँच्न पनि जान्दैनन्।' बलिउड सुपरस्टारबारे कसले गर्यो यस्तो टिप्पणी? भारतमा त उनको बारेमा खुलेर नकारात्मक टिप्पणी गर्ने कमै होलान् तर पाकिस्तानकी एक अभिनेत्रीले खुलेरै सलमानबारे बोलेकी छिन्। अभिनेत्री सबा कमरले पाकिस्तानी च्यानल जिन्दगीको एउटा टक शोमा सो भनाई राखेको वेब दुनियाँले जनाएको छ। उनले सलमानसँगै अन्य भारतीय कलाकारको पनि बेइज्जती गरेकी थिइन्। सो…
काठमाडौं : मन्त्रिपरिषद्को दोस्रो बैठकले १४ देशका लागि राजूदतको नाम टुंगो लगाएको छ। राजदूतको नाम र निर्वाचन मिति तोक्न सोमबार बिहान बसेको बैठकले दुवै विषयमा निर्णय गर्न सकेको थिएन। सोमबार दिउँसो पुन: बसेको बैठकले राजदूतको नाम टुंग्यायो तर निर्वाचन मिति घोषणा गर्न सकेन। को कहाँ सिफारिस बैठकले युएइका लागि आशा लामा, जापानका लागि प्रतिभा राणा, डेनमार्कका लागि युगनाथ लम्साल, बहराइनका लागि पदम…
काठमाडौं: फिल्म 'ग्याङ्गस्टार ब्लूज' अब भने छायांकनका लागि फ्लोरमा उत्रीएको छ। पश्चिम नेपालको नेपालगंजबाट फिल्मको छायाँकन सुरु भएको हो। फिल्म घोषणा गर्दा माघबाट फिल्मको सुटिङ सुरु हुने भनिए पनि घोषित कलाकारको लाईन अपमा परिवर्तन भएपछी सुटिङ एक महिना पर सरेको थियो। फिल्म घोषणा गर्दा फिल्म युनिटले फिल्मका मुख्य कलाकारमा आशिरमान देशराज जोशी, आना शर्मा र गौरव पहारीलाई मुख्य कलाकारको रुपमा…
काठमाडौं : नयाँ प्रकाशन प्रालीको आयोजनामा दोस्रो नयाँ पत्रिका स्विङ एण्ड विन कर्पोरेट गल्फ प्रतियोगिता फागुन २१ गते हुने भएको छ। आयोजक नयाँ प्रकाशनले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त एकदिने प्रतियोगिताको बारेमा जानकारी गराएको हो। आयोजकका अनुसार एसियाकै चर्चित गल्फ कोर्समध्ये एक मानिने गोकर्ण गल्फ कोर्समा हुने प्रतियोगितामा कर्पोरेट क्षेत्रका करिब एक सय गल्फरको सहभागिता रहने छ। प्रतियोगिता स्टबल…
काठमाडौं : राजदूत सिफारिसमा परेकी लक्की शेर्पा लक्की एमालेबाट माओवादीमा प्रवेश गरेकी थिइन्। डेनमार्कका लागि सिफारिस भएका युगनाथ लम्साल द राइजिङ् नेपालका पूर्व सम्पादक हुन्। साउदी अरेबियाका लागि राजदूत सिफारिस भएका महेन्द्र सिंह र बहराइनका लागि सिफारिसमा परेका पदम सुन्दास माओवादी सूचीका हुन्। सरकारको मुख्य सहयोगी नेपाली कांग्रेसको कोटाबाट ६ जना राजदूतको सिफारिसमा परेका छन्। म्यानमारका लागि सिफारिस भएका भीम…
काठमाडौं : लेखक तथा पत्रकार नवीन विभासको कथासंग्रह ‘रोल्पा सुइना’ विमोचन भएको छ। सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको पुस्तक प्रर्दशनीमा विभासको पुस्तक विमोचन गरिएको हो। पुस्तकलाई लेखक खगेन्द्र सङ्ग्रौला, कैलाश राई, आदित्य अधिकारी, पत्रकार वसन्त बस्नेत र पुस्तकका लेखक विभासले संयुक्त रुपमा सार्वजनिक गरेका थिए। राप्ती क्षेत्रको दुर्गम जिल्ला र माओवादी जनयुद्धको उद्गम स्थल मानिने रोल्पाको राजनीतिक परिवेश, जीवन भोगाइ,…
इन्डियन प्रिमियर लिग आइपिएलको दशौं संस्करणका लागि सोमबार भारतको बैंगलोरमा प्लेयर्स अक्सन (खेलाडी लिलामी) भएको छ। यस संस्करणको अक्सनमा इंगल्याण्डका अलराउण्डर बेन स्टोक्स सबैभन्दा महाँगा खेलाडी बनेका छन्। उनलाई राइजिङ पुने सुपरजायन्ट्सले १४ करोड ५० लाख भारतीय रुपैयामा किनेको हो। यस्तै स्टोक्स सबैभन्दा महाँगा विदेशी ओभरसिस खेलाडी समते बनेका छन्। आइपिएल-१० का महँगा खेलाडी यस पटकको आइपिएल अक्सनमा सबैभन्दा आकर्षणको…
काठमाडौं : जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजअन्तर्गतको हिमालयन डिष्टीलरीले लामो समयपछि ‘रोयल ट्रेजर–महयात्रा २०७३’ गर्ने भएको छ। देशका विभिन्न दस सहरमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहितको हास्यकलाकारसहितको टोलीले यात्रा गर्नेछ। फागुन १३ देखि २५ गतेसम्म यो यात्रा हुने बताइएको छ। मह जोडीका अतिरिक्त नरेन्द्र कंशाकार, किरण केसी, शिवहरि पौडेल, मोहित श्रेष्ठ, यमन श्रेष्ठ, राजाराम पौडेल, माण्डवी त्रिपाठी र रुद्र अधिकारी…
भच्चेक : दश वर्षे द्वन्द्वको समयमा क्षतिग्रस्त भएका गोरखाका विभिन्न इलाका प्रहरी कार्यालय र प्रहरी चौकी धमाधम पुनर्निर्माण भएका छन्। नेपाल सरकार शान्ति तथा पुनःनिर्माण मन्त्रालय, शान्ति कोषको सचिवालयले पठाएको बजेटले पहिलो चरणमा इलाका प्रहरी कार्यालय आरुघाट, दोस्रो चरणमा इलाका प्रहरी कार्यालय जौवारी र तेस्रो चरणमा प्रहरी चौकी ताङ्लीचोकका भवन पुनर्निर्माण गरिएका हुन्। इप्रका आरुघाट र इप्रका जौवारीका भवन यसअघि…
काठमाडौं : पार्टी एकीकरणपछिको राष्ट्रिय प्रजातन्त्र पार्टीको पहिलो एकीकरण महाविधेशन काठमाडौंमा जारी छ। एकीकरण महाधिवेशनको बन्दसत्रको कार्यक्रम जारी रहँदा पार्टीको नेतृत्व कसले लिने बहस पनि तात्दै गएको छ। नेतृत्वमात्र हैन पदाधिकारी र केन्द्रीय सदस्यको भावी समीकरणमा पनि बहस भइरहेको छ। आइतबारदेखि हुने चुनावी कार्यक्रममा अध्यक्ष र केन्द्रीय सदस्यका आकाक्षीले आ–आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन्। राप्रपाको शनिवार पारित विधान अनुसार पदाधिकारी अध्यक्षबाट…
म्युनिक : जर्मन चान्सलर एन्जेला मर्केलले अमेरिकालाई युरोपियन युनियन (इयु), संयुक्त राष्ट्रसङ्घ र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) जस्ता बहुपक्षीय हितका लागि कार्यरत संघ–संस्थासँगको सहयोग र सम्बन्धलाई मजबुत बनाएर अघि बढ्न आग्रह गरेकी छन्। जर्मन चान्सलर मर्केलले अमेरिकी उपराष्ट्रपति माइक पेन्स तथा विश्व नेताहरु, कूटनीतिज्ञ, सुरक्षा अधिकारी उपस्थित म्युनिक सुरक्षा सम्मेलनमा शनिबार एकताले सबैलाई बलियो बनाउने बताएकी हुन्। मर्केलको सम्बोधन अमेरिकी…
बर्दिवास : राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा संयुक्त राष्ट्रसंघीय शरणार्थीको उच्चायुक्तको कार्यालय दमक (झापा) का कर्मचारीले रु एक लाख २० हजार ६१७ महोत्तरीको बर्दिवास–२ मा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि हस्तान्तरण गरेका छन्। प्रजातन्त्र दिवसको अवसरमा एक दिन श्रमदान गर्न आएका सो कार्यालयका १३ जना अधिकृतसहितका कर्मचारीले आफ्ना २६ जना साथीबाट सङ्कलन भएको रु एक लाख २० हजार ६१७…
काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादसम्वन्धी मुद्दामा आजदेखि सर्वोच्चमा बहस सुरु हुँदैछ। सर्वोच्चले यसअघिको आदेशानुसार अधिवक्ता कपिलदेव ढकाल र महानिरीक्षकका प्रतिस्पर्धी डिआईजी नवराज सिलवालको निवेदनलाई एकैसाथ सुनुवाई प्रक्रिया अघि बढाउनेछ। सरकारले फागुन १ गते डिआईजी जयबहादुर चन्दलाई आइजीजी बढुवाका लागि सिफारिस गरेको थियो। आइजीजी सिफारिस गरेको दुई घन्टा बित्न नपाउँदै सर्वोच्चले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश…
वीरगन्ज : लामो समयदेखि वीरगन्जको घन्टाघर नजिक वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा घर टहरा बनाई तरकारी व्यवसाय गरी रहेका व्यापारीहरुको घर टहरा डोजर लगाइ उपमहानगरपालिकाले भत्काएको छ । सुरुमा ती व्यापारीहरुले मिनाबजारमा तरकारी व्यापार गर्दै आएका थिए पछि उपमहानगरपालिकाले सो ठाउँमा कम्प्लेस्स बनाउन थालेपछि उनीहरुलाई घन्टाघर नजिक रहेको जग्गामा सारिएको थियो। कम्प्लेक्स निर्माण भएपछि ती तरकारी व्यापारीलाई कम्प्लेस्समा आउन भन्दा…
काठमाडौं : नेपाल टेलिकमले एकैपटक एक सय ५५ दरवन्दीमा कर्मचारी पदपूर्तिका सूचना निकालेको छ । एक सय ५५ मध्ये ९९ जना अधिकृत कर्मचारी छन्। विज्ञापन अनुसार सवैभन्दा बढी टेलिकम इन्जिनियर तह ७ मा ४० जना रहेका छन् । टेलिकमले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्ममा पदपूर्ति आह्वान गरेको हो। टेलिकमले अधिकृत स्तरको तह ६ मा व्यापार, कानुन, लेखा तर्फ गरी १६ जना माग…
काठमाडौं : सर्वोच्च अदालतले नेपाल प्रहरी महानिरीक्षकको नियुक्ति विवादसम्वन्धी मुद्दाको इजलास तोकेको छ। प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीशद्धय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको सयुक्त इजलासमा मुद्दाको पेशी तोकेकी छिन्। सयुक्त इजलासले यसअघि फागुन १ गते जारी गरेको अन्तरकालीन आदेश निरन्तरता दिए डिआईजी जयबहादुर चन्दलाई आइजीपीमा सिफारिस गर्ने निर्णय रोकिनेछ। अन्तरकालीन आदेश खारेज भएमा सरकारलाई चन्दको सिफारिस कार्यान्वयन गर्ने कानुनी बाटो खुल्नेछ। …