काठमाडौं : बैंकिङ् कसुरमा ७ करोड जरिवाना र ३ वर्ष कैद सजाय तोकिएका मदनबहादुर कार्की पक्राउ परेका छन्। कमसल धितो राखेर क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडबाट कर्जा लिएर दुरुपयोग गरेको ठहर गर्दै अदालतले उनलाई जरिवाना र कैद सजाय सुनाए पनि उनी फरार थिए। कार्कीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार बुढानिलकण्ठबाट पक्राउ गरेको हो। ब्युरोका अनुसार कार्की समेत…
काठमाडौ : नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले खेलकुद क्षेत्रमा योगदान पुर्याउने महिला तथा पुरुष खेलाडीलाई उत्कृष्ट वर्ष खेलाडी-२०७२ बाट सम्मान गर्ने भएको छ। १० वर्षदेखि खेलाडीको हौसला अभिवृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्देश्यले यही फागुन १७ गते तिनलाई सम्मान गरिने सङ्घका महासचिव दीपक श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। सम्मानित हुनेमा भारोत्तोलनका विकास थापा, फुटबलका नवयुग श्रेष्ठ, भलिबलकी सरस्वती…
काठमाडौं : नेपाली क्रिकेटको वर्तमान समस्यालाई निकास दिन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले बनाएको सल्लाहकार समितिमा दुई पदाधिकारी थपिएको छ। निर्वाचित नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल समितिमा थपिएको सल्लाहाकार समिति सदस्य रोहित दाहालले पहिलोपोस्टलाई बताए। दुई जना थपिएसँगै सल्लाहकार समिति अब ८ सदस्यीय बनेको छ। समितिमा यसअघि नेपाल क्रिकेट संघका पूर्व अध्यक्ष विनयराज पाण्डे र…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियालाई निष्कर्षमा पूर्याएर राजनैतिक सक्रमण अन्त्य गर्न चुनाव अनिवार्य छ रहेको बताएका छन्। ६७ औं प्रजातन्त्र दिवसमा आयोजित समारोहमा सम्बोधन गर्दै उनले चुनाव गर्न सके एउटा महत्वपूर्ण अध्याय समाप्त हुने बताउँदै यसमा सरकार गम्भीर र सचेत रहेको बताए। 'सङ्घीयतको कार्यान्वयनका लागि चुनाव आवश्यक तत्व हो तर यो मात्र पर्याप्त हुदैन,' उनले भने '…
नवलपरासी : नवलपरासीका विभिन्न चिनी उद्योगले प्रदूषण फैलाउँदा सर्वसाधारण मारमा परेका छन्। जिल्लाका ठूला उद्योगमध्ये पर्ने सुनवलस्थित लुम्बिनी चिनी उद्योग, प्रतापपुरस्थित इन्दिरा सुगर उद्योग र कुडियास्थित बाग्मती चिनी उद्योगबाट निस्कने प्रदूषणबाट सर्वसाधारण मारमा परेका हुन्। चिनी उद्योगको प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पुगेको भन्दै स्थानीय यसअगावै पटकपटक आन्दोलन समेत गर्दै आएका छन्। यद्यपि स्थानीयवासीले उद्योगहरुले आफ्नो उद्योगबाट…
राजेन्द्र तारकिणी यो देशको प्रथम प्राइममिनिस्टरले घोर अपमानको विष पिएर आत्महत्या गरेदेखि महाशय, देशले कति क्युबिक मिटर विष पियो के मापन गरेका छौ कहिल्यै आत्महत्याको गणित? लण्डन म्युजियमबाट भीमसेनको टाउकोले क्यालकुलेशन गरिरहेको भए ऊ बिल्कुल प्रश्न गर्नेछ आज– त्यसपछि किन कोही प्रधानमन्त्री सिंहदरबारमा झुण्डिएको खबर आएन? रगतले चामलको रङ साट्न दुई वर्षअघि खाडी पुगेको वीरभान…
दीपक नेपाल माछा ढुक्ने बकुल्लोझैँ दायाँतिर टुक्रुक्क बसेको थियो बैंक घर। बायाँतिर बजार फैलिएको थियो। भर्खर विकसित हुँदै थियो बजार अनि सँगै झिनामसिना कार्यालयहरू थिए। बीचैमा थियो प्रहरी चौकी, जहाँ चौबीसै घण्टा सेन्ट्री बसेका हुन्छन् प्रहरीहरू। आज पनि एक जवान प्रहरी सेन्ट्री पोष्टमा उभिएको छ। सूर्य पश्चिमी आकाशबाट ओर्लिएपछि ऊ त्यहाँ उभिएको हो। कालो र अत्यासलाग्दो रात धरतीभरि पोखिनुभन्दा…
काठमाडौँ : उपत्यकामा मेलम्चीको पानी वितरणका लागि बिछ्याउनुपर्ने ६७० किमी वितरण सञ्जालमध्ये ५३३ किमीको काम सम्पन्न भएको छ। उपत्यकामा हाल भइरहेका धाराका साथै नयाँ ८५ हजार धारा वितरण गरेर चक्रपथभित्रका तीन लाख जनसङ्ख्यालाई पहिलो चरणमा पानी पुर्याउने लक्ष्य लिइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ। निर्देशनालयले शुक्रबार यहाँ आयोजना गरेको कार्यक्रममा मेलम्चीको पानी उपत्यकामा आउनु…
जर्मनको टेलिकम्युनकेसन हेर्ने सरकारी एजेन्सीले अभिभावकलाई कुराकानी गर्ने खेलौना 'केयला' लाई नष्ट गर्न निर्देशन दिँदै चेतावनी दिए- 'नष्ट नगर्ने हो भने तपाईँको नीजि जानकारी ह्याकरको हात पर्नसक्छ।' प्रशंग हो स्मार्ट डल केयलाको। जो सोधिएका हरेक प्रश्नको उत्तर दिन सक्षम छिन्। यिनको यही विशेषताका कारण छोटो समयमा नै बालबालिकामाझ लोकप्रिय छ यो खेलौना। बालबालिकाले केयलालाई सोध्ने हरेक प्रश्नको उत्तर तत्काल दिइहाल्छिन्।…
काठमाडौं: भारतको उत्तरप्रदेशमा जारी निर्वाचनमा भारतीय जनता पार्टीले नेपाल भारत सीमामार्फत हुने आतंकवादी गतिविधिलाई चुनावी मुद्दा बनाएका छन्। उनीहरुले सीमाक्षेत्रमा बनेका मदरसा र मस्जिदको बढ्दो संख्या देखाउँदै यसलाई आतंकवादी गतिविधिसँग जोडेर चुनावी मुद्दा बनाइरहेका छन्। मुस्लिमको जनसंख्या बढी रहेको उत्तर प्रदेशको बहराइच र श्रावस्तीका उम्मेदवारहरुले सीमाक्षेत्रमा बढिरहेको मदरसाले भारतमा सुरक्षा खतरा बढाएको भन्दै आफ्नो चुनाव प्रचारमा यसैलाई मुल मुद्दा बनाइरहेका…
काठमाडौं : एक महिनाअघि संचारमाध्यममा नाङगो(खोल नभएको)साबुनमा जनावरको बोसो मिसाइएको भन्दै वेनामी विज्ञापनले बजार ततायो। वेनामी (कुनै कम्पनी वा संस्थाको नाम नभएको)विज्ञापनले स्वदेशी उद्योगीहरु एकजुट भएर नेपाल गुणस्तर तथा नापतौल विभागमा नाङगो साबुन परीक्षण गर्न नमूना दिए।नमूना परीक्षणमा नाङगो साबुनमा जनावरको बोसो नभएको प्रमाणित गर्दै विभागले अमूक कम्पनीबाट भ्रम सिर्जना गर्न विज्ञापन गरिएको निष्कर्ष निकाल्यो। विभागले भ्रम सिर्जना गर्ने कम्पनीलार्इ…
पर्सा : वीरगन्ज नाका भएर साढे ३२ अर्बभन्दा बढीको इन्धन आयात भएको छ। चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो नाका भएर ३२ अर्ब ६३ करोड ३८ लाख मूल्य बराबरका पाँच लाख ४७ हजार ९०५ केल इन्धन र ९९ हजार ३४० मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको बीरगन्ज भन्सार कार्यालयले जनाएको छ। गत आर्थिक वर्षको सोही…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दलहरुसँगको समन्वयमा निर्वाचनको मिति घोषणा गर्ने बताएका छन्। निर्वाचन दिवसमा निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा उनले संविधानमा व्यवस्था भए बमोजिमका निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताउँदै उनले मिति घोषणाका लागि सबै दलसँग परामर्श हुने बताएका हुन्। आयोगको कार्यक्रममा जानु अगाडि उनले निर्वाचन मिति घोषणाबारे मधेसी मोर्चासँग छलफल गरे पनि परिणाम भने…
काठमाडौं : नेपाल पत्रकार महासंघका पदाधिकारी सहमतीमा सदस्यता विवाद टुंग्याउन राजि भएको भन्दै नेपाल प्रेस युनियनले केन्द्रमा लगाएको ताला खुलाए पनि जिल्लातहमा विवाद थप बढेको छ। केन्द्रमा भएको सहमती अनुसार विवादित जिल्लाको सदस्यताबारे छानविननै नगरी अधिवेशन शुरु भएपछि एकपक्षाले इलाममा महासंघको जिल्ला अधिवेशननै बहिष्कार गरेका छन्। सदस्यको नामावली सार्वजनिकनै नगरी बलजफ्ति महाधिवेशन गर्न लागेको भन्दै नेपाल प्रेस युनियन इलाम शाखा र…
काठमाडौं : मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७ को पहिलो चरणको अडिसनमा ५० जना छनोट भएका छन् । शनिबार राजधानीको लाजिम्पाटस्थित सम्पदा गार्डेन रिर्सोटमा भएको अडिसनमा ८२ जना सहभागी भएकामा ५० जना छानिएका हुन्। प्यासिफिक इभेन्ट मेनेजमेन्टले आयोजना गरेको प्रतियोगिता यो दोस्रो संस्करण हो ।यस संस्करणमा अन्तिम प्रतिस्पर्धाका लागि ६० जना छनोट गरिने आयोजक संस्थामा अध्यक्ष फुपु तेन्जिङ शेर्पाले बताए । बाँकी १० जनाका…
फेसबुक पेजमा सन्देश आयो' कमिङ् सुन विथ धमाका ।' सन्देसबाहक थिए कुख्यात भारतीय गुण्डा आनन्दपाल सिंह। सन्देशलाई प्रहरीले त्यति गम्भिरतापूर्व लिएको थिएन । सन्देश आएको दोस्रो दिन आनन्दपालको गाउँमा प्रहरीमाथी गोली हानियो। भारतको जसवन्त चौकीका प्रमुख लादुसिंह गोली लागेर घाइते भए। यो घटनापछि भारतको राजस्थानमा आनन्दपालको आतंक फैलियो। त्यसको ५ दिनपछि फेरि आनन्दपालको फेसबुक पेजमा अर्को सन्देश आयो' १०…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले व्यवस्था गरे अनुसारका सबै निर्वाचनहरु सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधानलाई समयसीमाभित्र कार्यन्वयन गर्नु अहिलेको महत्त्वपूर्ण कार्यभार भएको बताएकी छिन्। निर्वाचन दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले भनिन्, 'स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि आवश्यक पर्ने कानुनी पूर्वाधारलयागतका सम्पूर्ण आधारशिला तयार पार्न सरकार, राजनीतिक दल र भर्खरै पूर्णता पाएको आयोग समन्वयात्मक ढङ्गबाट सक्रिय बन्नु पर्दछ।'…
हीरापुर (सर्लाही) : ए डिभिजन क्लवहरु एपिएफ र सिएमजी सङ्कटाले सर्लाहीमा भएको मैत्रीपूर्ण फुटबल खेलमा गोलरहित बराबरी खेलेका छन्। सर्लाहीको बरहथवा नगरपालिकास्थित हीरापुरको बुद्धि विकास खेल मैदानको उद्घाटनको अवसरमा मैत्रीपूर्ण खेल खेलाइएको हो। मधेसमा फुटबल खेलको विकास गर्ने उद्देश्यले बुद्धि विकास खेल मैदान विकास समितिले उक्त खेलको आयोजना गरेको हो। अखिल नेपाल फुटबल संघ एन्फाले खेललाई प्राविधिक सहयोग गरेको थियो।…
काठमाडौं : बम्बे भाइकिङ्ग्सका गायक निरज श्रीधरले शनिबार संगीतप्रेमीलाई झुमाए। च्यारिटी कन्सर्टका लागि नेपाल आएका उनले वह चली वह चली, रघुपती राघव राधा राम लगायतका चर्चित गीत गाएर जावलाखेल ग्राउन्डमा उनलाई सुन्न पुगेका स्रोतालाई मन्त्रमुग्ध बनाएका थिए। राउण्ड टेबल र जिलले कार्यक्रमको आयोजना गरेका थिए। कार्यक्रमबाट उठेको रकम सामाजिक कार्यमा खर्चने कार्यक्रम संयोजकको दाबी छ। निरजको जादु कसरी…
काठमाडौं: भारतीय रेल्वेमन्त्री सुरेश प्रभाकर प्रभु शनिबार नेपाल आएका छन्। सरकार,नेपाल उद्योग परिसंघ र नेपाल युवा निर्माण व्यवसायी मञ्चको आयोजनामा हुन लागेको पूर्वाधार सम्मेलनमा भाग लिन उनी नेपाल आएका हुन्। पूर्वाधार सम्मेलन आइतबार र सोमबार काठमाडौंमा हुँदैछ। उनी सम्मेलनको मुख्य वक्ता हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्मेलन उद्घाटन गर्नेछन्। प्रभुले नेपाल रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री प्रचण्ड, भौतिक पूर्वाधार तथा यातायातमन्त्री…