रोल्पा : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयन गर्न नदिएर माओवादीलाई पुन: जंगल पठाउने खेलमा एकथरि शक्ति लागेको दाबी गरेका छन्। रोल्पाको लिवाङमा आयोजित एक कार्यक्रममा प्रचण्डले तीन तहको चुनाव गर्न रोक लागाएर माओवादीलाई पुन: जंगल पठाउने खेल भएको दाबी गरेका हुन्। ‘एकथरी मानिस कसरी हुन्छ संविधान कार्यान्वयन हुन नदिने खेलमा लागि परेका छन्,’ उनले भने । समयमै तीनै तहको…
राप्रपा र राप्रपा नेपालविचको एकिकरणपछि शुक्रबार भृकुटीमण्डपमा महाधिवेशन भइरहेको छ। यस पटकको महाधिवेशनमा नायिका रेखा थापा, गायिका कोमल वली, एन्फाका पूर्व अध्यक्ष गणेश थापा लगायतकाहरु नेताको भुमिकामा सहभागी छन्। महाधिवेशन स्थलको अवस्था हेर्नुस १८ तस्विरमा ।
काठमाडौँ : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को १३ औँ राष्ट्रिय महाधिवेशन यही फागुन ९ र १० गते काठमाडौँमा हुँदैछ। 'गुणस्तरीय शिक्षामा निजी क्षेत्रको अपरिहार्यता : समृद्ध राष्ट्र निर्माणमा प्याब्सनको प्रतिवद्धता” भन्ने मूल नारासहित हुने महाधिवेशनमा देशका ७२ जिल्ला शाखाबाट करिब दुई हजार प्रतिनिधि आउने महासचिव डिके ढङ्गानाले जानकारी दिए। करिब ६ हजार शिक्षण संस्था र करिब…
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपाले एमाले बाहेकका शक्तिलाइ धक्का दिन सक्ने बताएका छन्। विगतमा आफूले नयाँ शक्ति पार्टीले एमाले बाहेकका शक्तिलाई धक्का दिन सक्ने बताए पनि गलत नीतिका कारण कता हो कता पुगेको टिप्पणी गरे। राप्रपाको एकता महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै ओलीले भने 'राम्रा नीति लिएर अगाडी बढे एमाले बाहेकका पार्टीलाई धक्का दिन सक्छ। छुँदा मात्रै…
काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाको एकता महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तर्साए। देउवा भन्दा अगाडि बोलेका ओलीले एमाले बाहेकका शक्तिलाई राप्रपाले धक्का दिन सक्ने बताएका थिए। साथै उनले होसियार भन्ने शब्द प्रयोग गरेका थिए। तर ठिक त्यहि शब्द देउवाले ओलीलाई व्यङ्ग गर्न प्रयोग गरे। देउवाले भने – 'होस् गर्नुस् है ओलीजी, राप्रपाको सबैभन्दा धेरै भोट झापामा…
काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेशी जनताको भावनालाई समेटेर नै संविधान संशोधन प्रस्ताव अघि सारको बताएका छन्। राप्रपाको एकता महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले संविधान संशोधन भए तराई, पहाड र हिमालका जनतामा भएको बैमनश्यता समाप्त भएर एकताको भावना विकास हुने दावी गरे। उनले संविधान संशोधन प्रस्ताव अघि बढाउन राप्रपालाई सहयोग गर्न समेत आग्रह गरे । देउवाले संविधान कार्यान्वयनका लागि…
खेलमा बाजी लगाउनु जोखिमपूर्ण काम हो । आफूलाई मन पर्ने टिमको पक्षमा भविष्यवाणी गर्दै बाजी लगाउँदा धेरैको बिल्लीबाठ भएको छ। क्यानडाकी टेनिस स्टार खेलाडी युजिनी बुशार्डले यसरी नै खेलमा बाजी लगाइन् र हारिन्। बाजी हार्दा उनले घरखेत नै गुमाउनु भने परेन। आखिर के थियो बाजी ! बिबिसी हिन्दीका अनुसार युएस सुपर बाउलको एटलान्टा फाल्कन र इंग्ल्याण्ड प्याट्रियट्सविचको प्रतिष्पर्धामा बुचार्डले ट्विट…
सरिता पौडेल/पहिलोपोस्ट गैँडाकोट : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार निर्वाचनको लागि कटिबद्ध रहेको बताएका छन्। आजदेखि नवलपरासीको देवचुली नगरपालिकामा सुरु भएको 'प्रथम ऐतिहासिक देवचुली महोत्सव'को उद्घाटन गर्दै उनले निर्वाचनको तयारीमा जुट्न स्थानीय निकाय र सबै पक्षलाई निर्देशन दिए। सो अवसरमा उनले आर्थिक र राजनैतिक स्थिरता नै विकासको आधार भएको तर्क औँल्याए। लामो सङ्घर्षपछि प्राप्त उपलब्धि उल्टाउन केही शक्ति लागेको भन्दै…
भक्तपुर : स्वास्थ्यमन्त्री गगन थापाले भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा अत्याधुनिक मोडुलर अपरेसन थिएटरको उद्घाटन गरेका छन्। कार्यक्रममा उनले आम नागरिकलाई उपचारका लागि सरकारी अस्पतालमा आकर्षित गर्ने गरी सरकारले काम गरिरहेको बताएका छन्। भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा अत्याधुनिक मोडुलर अपरेसन थिएटरको उद्घाटन गर्दै मन्त्री थापाले सरकारी अस्पताललाई जनशक्ति र आधुनिक उपकरणले सुविधा सम्पन्न बनाउने तयारी भइरहेको बताए।…
काठमाडौं : विज्ञप्तिमार्फत देश जोगाउन आन्दोलनमा उत्रिन आव्हान गर्दा सरकारको आलोचनामा पर्दै आएका पूर्व राजा ज्ञानेन्द्र शाहले ६७ औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्या पारेर विज्ञप्ति निकालेका छन्। प्रजातन्त्र दिवसमा आएको उनको विज्ञप्ति यस अगाडिको भन्दा निक्कै नरम छ। उनले घुमाउरा शब्दको प्रयोग गर्दै राष्ट्र सर्वोपरी हुन्छ भने शासन परिवर्तनीय हुन सक्ने उल्लेख गरेका छन्। शाहले यस अगाडि विना प्रसंग विज्ञप्ति निकालेर राजनीतिक…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपालाई फकाउने प्रयास गरेका छन्। संविधान संशोधनको राजनीति र अंकगणितमा चौथो ठूलो दल राप्रपाको भूमीका छ। राप्रपाले अहिलेसम्म संविधान संशोधनको पक्ष वा विपक्षमा खुलेर धारणा राखेको छैन। प्रचण्डले राप्रपाको एकीकरण सभामा पुगेर भने - 'म कम्युनिष्ट युद्धको नेतृत्व गरेको सर्वोच्च कमाण्डर। तपाँइहरुसँग सैद्धान्तिक मतभेद छ। तर राप्रपा भनेपछि कता कता नजिक नजिक जस्तो लाग्छ।…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विधेयक र स्थानीय निर्वाचनको प्रकिया सँगसँगै अगाडि जाने बताएका छन्। राप्रापको एकता महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले छिट्टै निर्वाचनको मिति समेत घोषणा हुने बताए। 'संविधान कार्यान्वयन गर्ने वस्तुगत आधार निर्वाचनले दिन्छ। निर्वाचन अपरिहार्य छ। संविधान कार्यान्वयनका लागि निर्विकल्प छ। छिट्टै मिति तिथी पनि घोषणा गरिनेछ', उनको भनाई थियो। उनले राप्रपाले राष्ट्रवादी छवि…
काठमाडौँ : चार वरिष्ठ सञ्चारकर्मीको संयुक्त लेखनमा ‘विपद् पत्रकारिता’ सम्बन्धी पुस्तक प्रकाशनमा आएको छ। आमसञ्चार विषयका प्रा. रामकृष्ण रेग्मी, पत्रकार श्रीरामसिंह बस्नेत, बद्री तिवारी र विष्णुप्रसाद शर्मा पराजुलीले सो पुस्तक लेखेका हुन्। उक्त पुस्तकमा सङ्कट सञ्चार तथा प्राकृतिक विपद्को स्थिति, आमसञ्चार माध्यममा विपद् सूचना प्रवाह, विपद् सुरक्षा चासो तथा भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण, विपद् पत्रकारिता नैतिकता, विपत्मा सञ्चारको महत्व…
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन राजधानीमा सुरु भएको छ। राजधानीको प्रदर्शनीमार्गमा भएको उद्घाटन समारोहमा प्रमुख दलका शीर्ष नेताहरुले संसदको चौथो ठूलो शक्ति राप्रपालाई शुभकामना मात्र दिएनन् आफ्नो पक्षमा पार्ने प्रयत्न पनि गरे। संविधान संशोधनका लागि आवश्यक दुई तिहाईको गणितका लागि पक्षमा वा विपक्षमा खडा हुने भन्ने स्पष्ट नगरेको राप्रपालाई विपक्षी एमाले र सत्तापक्ष माओवादी केन्द्र र कांग्रेसले फकाउने…
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा केन्द्रीय सदस्य नायिका रेखा थापाले मोबाइल खेलाएर र प्रशंसकहरुसँग सेल्फी खिचेर दिन बिताइन्। माओवादी केन्द्र छाडेर 'मन मिल्ने पार्टी' भन्दै राप्रपामा प्रवेश गरेकी उनले मञ्चमा ठाउँ पाइनन्। मञ्चमुनि उनले दर्शकको बीचमा छेउतिर कुर्सीमा बसेर दिन कटाइन्। नेपाली फिल्म नगरीकी कहलिएकी नायिका मञ्च तल बस्नुपर्दाको झ्याउलो उनको मुहारमा झल्किएको थियो। कोही फोटो खिच्न आउँदा उनी हाँसेझै गर्थिन्। फोटो खिच्ने…
काठमाडौं : वह चली वह चली, रघुपती राघव राधा राम लगायतका चर्चित हिन्दी गीतका गायक निरज श्रीधर काठमाडौं आएका छन्। उनी शनिबार हुने एक च्यारिटी कन्सर्टका लागि नेपाल आएका हुन्। बम्बे भाइकिङ्ग्स समूहका उनी 'वह चली वह चली, रघुपती राघव राधा राम, तुम्ही हो बन्धु, पापा जग जाएगा, ट्विस्ट, क्यारेक्टर ढिला है जस्ता चर्चित गीतका गायक हुन। शुक्रबार कन्सर्टबारे जानकारी…
काठमाडौं : त्रिविले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । स्ववियु निर्वाचनको मिति सारिएपछि नयाँ कार्यतालिका सार्वजनिक गरिएको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए। यही फागुन १४ गते हुने भनिएको निर्वाचन फागुन १८ गते सारिएपछि त्रिविले निर्वाचनका लागि पुनः नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । उनले नयाँ कार्यतालिकानुसार अब स्ववियु निर्वाचन प्रक्रिया सुरु गरिने बताउँदै नयाँ निर्वाचन…
कृष्णराज गौतम काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनका लागि देशका विभिन्न स्थानबाट काठमाडौँमा ५० प्रतिशतभन्दा बढी प्रतिनिधि आइसकेका छन्। देशका विभिन्न स्थान तथा प्रवासबाट समेत महाधिवेशनमा सहभागी हुन प्रतिनिधि आउने क्रम सुरु भएको हो। देशभरबाट तीनहजार तीनसय १५ प्रतिनिधि छनोट भएका छन्। धुम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा अहिले पार्टीका नेता तथा कार्यकर्ताको चहलपहल बढेको छ। पार्टीका…
बुटवल : १९ औं तिलोत्तमा गोल्डकपमा १० टिमको सहभागिता हुने भएको छ। यहि फागुन १२ गतेदेखि एन्फा टेक्निकल सेन्टर, बुटवलको मैदानमा हुने लागेको प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित दुई विदेशी टोलीले सहभागी जनाउनेछन्। प्रतियोगिताको खेल तालिका केही दिन मै प्रकाशित गर्ने रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष दिर्घ बहादुर केसी (कुमार) ले जानकारी दिए। प्रतियोगिताको विजेताले नगद ५ लाख ५१ हजार…
द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसीसीआई)ले इन्डियन प्रिमियर लिग (आइपिएल)को दशौं संस्करणको खेल तालिका सार्वजनिक गरेको छ। तालिका अनुसार यस सिजनको पहिलो खेल आगामी अप्रिल ५ मा हैदरावादस्थित राजिव गान्धी इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ। उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन सनराइजर्स हैदारावाद र गत संस्करणको उप विजेता रोएल च्यालेन्जर्स बैंगलोरबीच हुनेछ। ४७ दिन सम्म सञ्चालन हुने प्रतियोगिता विभिन्न १०…