PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • सरकारद्वारा छ जिल्लामा प्रारम्भिक पढाइ कक्षा सुरु

    सरकारद्वारा छ जिल्लामा प्रारम्भिक पढाइ कक्षा सुरु

    भक्तपुर : कक्षा एकदेखि तीनसम्म अध्ययन गर्ने विद्यार्थीको पठन सीप वृद्धि गर्न सरकारले छ जिल्लाका सामुदायिक विद्यालयमा नमुनाका रुपमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सुरु गरेको छ। शिक्षा विभागले जिल्ला शिक्षा कार्यालय भक्तपुरमा आयोजना गरेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम मिडिया अभिमुखीकरण कार्यक्रममा विभागका उपनिर्देशक विष्णुप्रसाद अधिकारीले यो कार्यक्रम यसैवर्षदेखि लागू भएको जानकारी दिए। पहिलो चरणमा भक्तपुर जिल्लालगायत कास्की, कञ्चनपुर,…

    विस्तृतमा पढ्नुस्

  • एम्बुलेन्स सेवा र धर्मशाला निर्माण गर्न महायज्ञ

    राजविराज : एम्बुलेन्स सेवा र धर्मशाला निर्माण गर्ने उद्देश्यले सप्तरीको मलेकपुर गाविस–५ स्थित खुरहुरियामा बुधबारदेखि यहाँ श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ। श्रीमद्भागवत सप्ताह पुराणको पूर्वसन्ध्यामा बुधबार मलेकपुर, खुरहुरिया, छपकी, भथौला, धौनकी, अण्डीपट्टी, बाजितपुर, सिम्राहा सिङ्गियोन लगायतका गाउँबाट सहभागी महिलाले स्थानीय घोडदह नदीमा जल भरेर खुरहुरियाको रामजानकी मन्दिर, जमुनी, खरसाल हुँदै सप्तरी सदरमुकाम राजविराजको विभिन्न वडा परिक्रमा गरी…

    विस्तृतमा पढ्नुस्

  • ​स्ववियू निर्वाचन केही दिन सार्न विद्यार्थी संगठनको प्रस्ताव

    ​स्ववियू निर्वाचन केही दिन सार्न विद्यार्थी संगठनको प्रस्ताव

    काठमाडौँ :स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन सार्न विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयलाई आग्रह गर्ने भएका छन्। प्रमुख तीन विद्यार्थी संगठन नेविसंघ, अनेरास्ववियू र अखिल क्रान्तिकारीले निर्वाचन पाँच दिन सार्ने सहमति गरेका हुन्। अनेरास्ववियूका प्रवक्ता आरसी लामिछानेले पहिलोपोस्टसित भने– 'हामीले पाँच दिन सार्न भनेका छौँ। अरुले पनि एक साता सारौँ भनेका छन्। तर केही दिन सार्दा उचित हुन्छ भन्ने नै कुरा हो।'…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'रईस'को व्यवसाय: निर्मातालाई नाफा, वितरकलाई घाटा

    फिल्म 'रईस'को व्यवसाय: निर्मातालाई नाफा, वितरकलाई घाटा

    फिल्म 'रईस'ले समिक्षात्मक रुपमा सन्तोषजनक प्रतिक्रिया नपाएपनी व्यवसायिक हिसाबमा बक्स अफिसमा राम्रो रेकर्ड बनायो। जनवरी २५ देखि अझै प्रदर्शनरत फिल्म रिलिज भएको तीन दिनमै सय करोड क्लबमा प्रवेश गरेको थियो। फिल्मले व्यवसायिक रुपमा जोडिएका सबैलाई फाइदा गर्‍यो त? इन्डियाका लागि सम्पुर्ण थियटरमा डिस्ट्रिब्युशन राइट्स खरिद गरेका अनिल थादानीका अनुसार उनी अझै रईसका लागि गरेको लगानी उठाउन प्रयासरत छन्। बलिउड हंगामाले…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्प नीतिले विश्व अर्थतन्त्र भद्रगोल बनाउँछ, व्यापार पनि कमजोर हुने : विज्ञ रोष्टोस्कीको लेख

    ट्रम्प नीतिले विश्व अर्थतन्त्र भद्रगोल बनाउँछ, व्यापार पनि कमजोर हुने : विज्ञ रोष्टोस्कीको लेख

    जासेक रोष्टोस्की/ प्रोजेक्ट सिन्डिकेट वार्सा : डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति भएयताका केही हप्तामा स्पष्ट भएको छ उनी समानतावादी अग्रगामी एजेण्डाबाट पछि हट्दै छन्। यो अग्रगामी एजेण्डा 'राजनीतिक शुद्धता'सँग जोडिएको छ जुन निषेध अमेरिकामा मात्र होइन विश्वभर नै सुरु भएको छ।   ट्रम्पको ह्वाइट हाउसका दुष्ट र उग्र दक्षिणपन्थी ब्रेटब्राट न्युजका सिइओ स्टेफेन ब्याननले यो वैचारिक मार्ग लामो समयदेखि अँगालेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • अब आकाशबाटै कारमा यात्रा गर्न सकिने, हेर्नुस्, आकाशमा उड्ने चिनियाँ हाइब्रिड कार

    अब आकाशबाटै कारमा यात्रा गर्न सकिने, हेर्नुस्, आकाशमा उड्ने चिनियाँ हाइब्रिड कार

    दुवई : अब दुबईको आकाशमा कार उड्ने भएको छ। संयुक्त अरब इमेरेट्स पर्यटकीय तथा व्यापारिक हवको रुपमा विकास भएको दुवर्इको आकाशमा चिनियाँ कम्पनीले बनाएको हाइव्रिड कारको सफलतापूर्ण परीक्षण भएको छ।   चिनियाँ कम्पनीले निर्माण गरेको प्रोटोटाइप हाइव्रिड हुभर ट्याक्सी दुवर्इमा आगामी जुलाईभित्र हवाई सवारी साधन चलाउने लक्ष्यका साथ परीक्षण गरिएको हो।   सन् २०३० सम्म दुवईमा मास ट्रान्सपोर्टलाई आधा बनाउने…

    विस्तृतमा पढ्नुस्

  • ​गुन्डानाइके दावालाई हत्या प्रयासको अभियोग, उन्मुक्ति दिने एसएसपीको प्रयास असफल

    ​गुन्डानाइके दावालाई हत्या प्रयासको अभियोग, उन्मुक्ति दिने एसएसपीको प्रयास असफल

    काठमाडौं : गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ परेका गुण्डा नाईके दावा लामाविरुद्ध प्रहरीले हत्या प्रयासको अभियोगमा अनुसन्धान अगाडि बढाएको छ। बेजाभु नामक डिस्कोमा झगडा गरेको आरोपमा पक्राउ परेका उनलाई छुटाउन हालै महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा भएर आएर एसएसपी छविलाल जोशीले दरबारमार्ग बृत्तका प्रहरीलाई दवाव दिएका थिए। पक्राउ परेका लामालाई छुटाउन  दवाव आएको समाचार सार्वजनिक भएपछि प्रहरीले उनलाई अनुसन्धानको…

    विस्तृतमा पढ्नुस्

  • बायोपिकमा संजय दत्तकी आमा बन्दै मनिषा कोइराला

    बायोपिकमा संजय दत्तकी आमा बन्दै मनिषा कोइराला

    नायिका मनिषा कोइरालाले 'भूत रिटर्नस' पछि  अर्को फिल्ममा अभिनय गर्ने भएकी छिन्। सन् २०१२ मा क्यान्सरको उपचारपछि उनि मोटिभेसनल स्पिकरको रुपमा सक्रियमा ब्यस्त छिन। फिल्म गरेकी छैनन्। अब उनी अभिनेता संजय दत्तको बायोपिकमा आधारित फिल्ममा रणबिर कपुरको आमाको भुमिकामा अभिनय गर्ने भएकी छिन्। फिल्ममा अभिनेता कपूरले  दत्तको भूमिका निर्वाह गर्दैछन् ।  फिल्ममा दत्तको श्रीमतीको भुमिकामा सोनम कपूर देखिंदैछिन्। नर्गिस दत्तको रुपमा…

    विस्तृतमा पढ्नुस्

  • ​निर्विरोध भएपछि कमल थापालाई हाइसन्चो, अन्य उम्मेदवार भोट माग्ने दौडाहामा

    ​निर्विरोध भएपछि कमल थापालाई हाइसन्चो, अन्य उम्मेदवार भोट माग्ने दौडाहामा

    काठमाडौं : महाधिवेशन सुरु हुनु दुइ दिन अघि नै अध्यक्षमा निर्विरोध भएका राप्रपाका अध्यक्ष कमल थापा बिहीबार दिनभर व्यस्त भए। तर उनको व्यस्तता शुक्रबारबाट शुरु हुने महाधिवेशनका लागि हैन, निर्विरोध हुँदाको बधाई लिन थियो। शुक्रबारदेखि सुरु हुने उद्घाटन सत्रको तयारीका लागि तयारी समिति व्यस्त थियो। अन्य पदका आकांक्षी प्रतिनिधि बसेका होटल तथा अन्य ठाउँमा नमस्कार गर्दै भोट माग्न दौडादौडमा थिए।…

    विस्तृतमा पढ्नुस्

  • 'डि सिने अवार्ड'का लागि फिल्म दर्ता खुला

    'डि सिने अवार्ड'का लागि फिल्म दर्ता खुला

    काठमाडौं: छायाँछवि क्रियशनको आयोजनामा हुँदै आएको 'डि सिने अवार्ड' का लागि फिल्म दर्ता आह्वान गरेको छ। आउँदो चैत २५ सम्ममा २०७३ बैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका फिल्मले अवार्डमा सहभागिता जनाउन पाउने छायाँछवि क्रियशनले जनाएको छ। डि सिने अवार्डको नवौं संस्करण बैशाख २८ गते हेटौंडामा हुने आयोजकले बताएका छन्। अवार्डको आठौं संस्करण गत वर्ष पोखरामा गरिएको थियो। अवार्डलाई सफल…

    विस्तृतमा पढ्नुस्

  • रोटरी भवन बनाउन श्रेष्ठ दम्पतीले दिए १ करोड

    चितवन : चितवन रोटरी क्लबले निर्माण गर्न लागेको भवनका लागि यहाँका एक दम्पतीले एक करोड रुपैयाँ सहयोग गरेका छन्।   क्लबले बुधबार साँझ आयोजना गरेको कार्यक्रममा भरतपुर उपमहानगरपालिका–४ निवासी सन्तकुमार श्रेष्ठ र उनकी पत्नी निर्मला श्रेष्ठले आफ्ना बाबु आमाको नामबाट पुन्ना नारायण उजेली कार्डिया सेन्टर सञ्चालनका लागि सहयोग गरेका हुन्।   सो अवसरमा चेक हस्तान्तरणसहित सम्झौता गरिएको थियो। सम्झौताबमोजिम हिजो…

    विस्तृतमा पढ्नुस्

  • राप्रपामा एक सय ६१ सदस्यीय जम्बो कार्यसमिति बन्ने, केन्द्रीय पदाधिकारीको संख्या २७ पुर्‍याउने

    काठमाडौ : गत मंसिरमा राप्रपा र राप्रपा नेपाल एकीकरणपछि एकता महाधिवेशनमा जान लागेको राप्रपाले जम्बो कार्यसमितिको तयारी गरेको छ। एक सय ६१ सदस्यीय केन्द्रीय समिति बनाउने गरी विधान मस्यौदा गरेको राप्रपाले केन्द्रीय पदाधिकारीको संख्या मात्र २७ पुर्‍याउने प्रस्ताव गरेको छ।   'पाँच उपाध्यक्ष, तीन महामन्त्री, पाँच सहमहामन्त्री, सात सहायक महामन्त्री र एक कोषाध्यक्ष रहने व्यवस्था विधान मस्यौदामा गरेका छौ, 'विधान…

    विस्तृतमा पढ्नुस्

  • जस्टिन बिबरको 'पर्पोज टूर' इन्डियामा

    जस्टिन बिबरको 'पर्पोज टूर' इन्डियामा

    पप स्टार जस्टिन बिबर आउँदो मेमा इन्डिया आउने भएका छन्। उनले 'बेबी' गीत गाएर १६ वर्षको उमेरमै चर्चित गायकको पहिचान बनाए। २२ वर्षीय गायक आफ्नो कन्सर्टका लागि इन्डिया आउन लागेका हुन्। मे १० तारिखमा मुम्बईको डी वाई पाटिल स्टेडियममा उनको कार्यक्रम हुँदैछ। सो कार्यक्रम उनको 'पर्पोज वल्ड टूर' अन्तर्गतको कन्सर्ट हो। आफ्नो चौथो एल्बम 'पर्पोज'को प्रचारका लागि उनी संसारका विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • संकटा र एपीएफ बीचको मैत्रीपूर्ण खेलसँगै सर्लाहीमा बुद्धि विकास खेल मैदानको उद्घाटन हुने

    संकटा र एपीएफ बीचको मैत्रीपूर्ण खेलसँगै सर्लाहीमा बुद्धि विकास खेल मैदानको उद्घाटन हुने

    काठमाडौं : ए डिभिजन क्लबद्वय सिएमजी संकटा र सशस्त्र प्रहरी बलको एपीएफ क्लब मैत्रीपूर्ण फुटबल खेलसँगै सर्लाहीको बुद्धि विकास खेल मैदानको उद्घाटन हुने भएको छ। बुद्दि विकास खेल मैदान विकास समितीको संयोजनामा उक्त मैत्रीपूर्ण खेल हुने विहिबार आयोजिक कार्यक्रममा सांसद तथा सिएमजी क्लबका प्रवन्ध निर्देशन नरेन्द्र शाहले जानकारी दिए। दुवै क्लबका खेलाडी बुढासुब्बा गोल्डकप खेल्न गएको र उतैबाट खेलाडीहरु सर्लाही…

    विस्तृतमा पढ्नुस्

  • पश्चिमी वायुको प्रभावले मौसम बदली, पानी भने नपर्ने

    काठमाडौँ : पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आंशिक बदली भएको छ। उक्त वायुले बदली गराए पनि वर्षात् हुने सम्भावना नरहेको मौसमविद् सुभाष रिमालले जानकारी दिए।   'बुधबारदेखि सुरु भएको पश्चिमी वायुले दिउँसोको तापक्रममा कमी ल्याउनेछ, यो प्रणाली अझै दुई/तीन दिन जारी रहन्छु', उनले भने।   मौसमविद् रिमालका अनुसार पश्चिमी वायुमा जलवाष्पको मात्रा कम भएकाले वर्षा गराउने…

    विस्तृतमा पढ्नुस्

  • युवा संघको छुट्टै महाधिवेशन गर्ने तयारीमा माधव नेपाल समूह

    युवा संघको छुट्टै महाधिवेशन गर्ने तयारीमा माधव नेपाल समूह

    काठमाडौं : नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल माधव नेपाल पक्षधरले आफूहरुले अघि सारेका मागहरु एक हप्ताभित्र सम्बोधन नगरिए छुट्टै महाधिवेशन गर्ने चेतावनी दिएको छ।   रिपोर्टर्स क्लबमा बिहीबार नेपाल पक्षधरले पत्रकार सम्मेलन गरेर संघको नेतृत्व र पार्टीका जिम्मेवार नेताहरूले संघलाई हुकुमी प्रमाङ्गीको शैलीमा संचालन गर्नु, गराउनु गैर–राजनीतिक चरित्र भएको भन्दै एक हप्ताभित्र जायज मागहरू सम्बोधन नगरिए ०७४ वैशाख…

    विस्तृतमा पढ्नुस्

  • ​शेयर बजार चुल्याउने तीन कारण , सूचक १३१४ अंकबाट १३४४ अंकमा पुग्यो

    ​शेयर बजार चुल्याउने तीन कारण , सूचक १३१४ अंकबाट १३४४ अंकमा पुग्यो

    काठमाडौं : गत साता झरेको बजारमा शेयर उठाएकाहरुले यस पटक १०/१५ प्रतिशत नाफा कमाएका छन्। उनीहरुले गत साता किनेको शेयर धमाधम बेच्न थालेपछि १३३८ अंक पुगेको बजार १३१४ अंकसम्म झर्यो। त्यसपछि भने केही सम्हालिएको बजार निरन्तर बढेर १३४४ अंक हाराहारीमा बन्द भएको छ। साताको अन्तिम कारोबार दिन किनबेच रकममा पनि सुधार देखिएको छ। दिनभरीमा १४५ कम्पनीको ६५ करोड ७१ लाख…

    विस्तृतमा पढ्नुस्

  • दुर्गा तिवारी हत्या प्रकरण : हत्यारा नखुलेपछि छानबिन समितिले लुसुक्क प्रतिवेदन बुझायो

    दुर्गा तिवारी हत्या प्रकरण : हत्यारा नखुलेपछि छानबिन समितिले लुसुक्क प्रतिवेदन बुझायो

    काठमाडौं : युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याबारे अनुसन्धान गर्न गठन गरिएको छानबिन समितिले लुसुक्क प्रतिवेदन बुझायो। अनुसन्धानका लागि गृह मन्त्रालयले गठन गरेको समितिले एक महिना लगाएर छानबिन गर्दासमेत हत्यामा को संलग्न हो ठोस प्रमाण केही पेला नपरेपछि उसले गृहमा चुपचाप प्रतिवेदन बुझाएको हो। स्रोतका अनुसार हत्यारा को हो? प्रतिवेदनमा उल्लेख छैन। घटना भएको केही घन्टामै प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • पत्रकार धर्मेन्द्र झा ‘विकास पत्रकारिता सम्मान-२०७३’ बाट सम्मानित

    पत्रकार धर्मेन्द्र झा ‘विकास पत्रकारिता सम्मान-२०७३’ बाट सम्मानित

    काठमाडौँ : नेपाल पत्रकार महासङ्घका पूर्व सभापति धर्मेन्द्र झा ‘विकास पत्रकारिता सम्मान–२०७३’ बाट सम्मानित भएका छन्।   विकास पत्रकारिताको क्षेत्रमा योगदान पुर्‍याउनुका साथै विकास पत्रकारितालाई सुरुदेखि नै अभियानका रुपमा सञ्चालन गर्दै आएका उनलाई व्यवस्थापिका–संसद्अन्तर्गत विकास समितिका सभापति रवीन्द्र अधिकारीले आज काठमाडौँमा आयोजित कार्यक्रममा सम्मान गरे। सम्मानित पत्रकार झाले आफूले विकास पत्रकारिताविना विकास सम्भव नभएको कुरालाई सुरुदेखि नै उठाउँदै आएको र…

    विस्तृतमा पढ्नुस्

  • नेक्सस कप यू-१६ राष्ट्रिय क्रिकेट हुने

    नेक्सस कप यू-१६ राष्ट्रिय क्रिकेट हुने

    भक्तपुर : नेक्सस क्रिकेट एकेडेमी (एनसिए)को आयोजनामा नेक्सस कप यू–१६ इन्टर एकेडेमी टी–२० राष्ट्रिय क्रिकेट टुर्नामेन्ट हुने भएको छ।   रफत सञ्चार क्लबमा विहिबार गरिएको कार्यक्रममा आयोजक एनसिएले आगामी चैत १५ देखि वैशाख ५ गतेसम्म प्रतियोगिता गर्न लागेको हो।   शोभाज स्पोर्टस प्रालिको सहकार्यमा हुन लागेको प्रतियोगिता लिगकम नकआउटको आधारमासंचालन गरिने छ।   हाल देशभर निजी एवं सामुदायिकस्तरबाट सञ्चालित क्रिकेट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell