PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

  • ​विद्यार्थीकै कारण स्ववियु निर्वाचन प्रभावित, आजदेखि उम्मेदवार मनोनयन प्रक्रिया सुरु

    ​विद्यार्थीकै कारण स्ववियु निर्वाचन प्रभावित, आजदेखि उम्मेदवार मनोनयन प्रक्रिया सुरु

    काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीका बारेमा काठमाडौँ उपत्यकाका क्याम्पस प्रमुखसँग छलफल गरेको छ।  त्रिविले स्ववियु निर्वाचन तयारी कसरी गर्न सकिन्छ भनेर उपत्यकाका २० क्याम्पसका क्याम्पस प्रमुखलाई बोलाएर मङ्गलबार छलफल गरेको त्रिविका रजिस्ट्रार डिल्लीप्रसाद उप्रेतीले जानकारी दिए।  उनले छलफलका क्रममा केही क्याम्पस प्रमुखले क्याम्पसमा तालाबन्दी रहेको अवस्थामा निर्वाचन गर्न सम्भव…

    विस्तृतमा पढ्नुस्

  • बेपत्ता युवतीको हत्या, शव खाल्डो पुरिएको अवस्थामा भेटियो

    धनगढी : धनगढी उपमहानगरपालिका–१२ जगेडाबाट छ दिनअघि बेपत्ता भएको भनिएकी १६ वर्षीया अञ्जली सिंहलाई मङ्गलबार मृत फेला पारिएको छ।  हत्या गरेर घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा प्रहरी टोलीले मङ्गलबार अञ्जलीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले बताउनुभयो ।  यही माघ २७ गतेदेखि छोरी बेपत्ता रहेकाले खोजी गरिदिन युवती पक्षबाट मङ्गलबार जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • उत्तरी सिरियामा दुई जिहादी समूहबीच भएको झडपमा ७० लडाकूको मृत्यु

    उत्तरी सिरियामा दुई जिहादी समूहबीच भएको झडपमा ७० लडाकूको मृत्यु

    बेरुत : उत्तरी सिरियामा औपचारिक रूप रहेका दुई जिहादी समूहबीच गत २४ घण्टायता भएको झडपको क्रममा करिब ७० लडाकूको मृत्यु भएको छ । मानव अधिकारी समूहले मङ्गलबार सो जानकारी दिएको छ।  कुनै बेला अल कायदा समूहसँग आवद्ध फतेह अल शाम र कट्टर जिहादी समूह जुन्द अल आक्साबीच सोमबार बिहानबाट सो झडप सुरु भएको थियो। सिरियाको उत्तर पश्चिमी प्रान्त इद्लिबमा सो…

    विस्तृतमा पढ्नुस्

  • ​गाउँपालिकाको नेतृत्व उपसचिवले गर्ने, जिल्लासभामा समन्वय अधिकारी रहने

    ​गाउँपालिकाको नेतृत्व उपसचिवले गर्ने, जिल्लासभामा समन्वय अधिकारी रहने

    काठमाडौं : संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले संविधानको संक्रमणकालीन व्यवस्था अनुसार स्थानीय तहको नेतृत्व र कार्यविभाजनको मोडालिटी तयार पारेको छ। विस्तृत मोडालिटीमा आधारित रहेर स्थानीय तहहरुको कार्यविभाजन र दायित्वसम्वन्धी कानुनी व्यवस्था समेत मन्त्रालयले प्रस्ताव गरेको छ। स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन कार्यान्वयनमा आएसँगै मन्त्रालयले प्रस्ताव गरेको कार्यविधिमा थप निर्णय भई कानुनी प्रक्रिया अघि बढ्नेछ। मन्त्रालयले कार्यविधि अनुसार स्थानीय निकाय स्वायक्त…

    विस्तृतमा पढ्नुस्

  • युसिएल : बार्सिलोनामाथि पिएसजीको शानदार जित

    युसिएल : बार्सिलोनामाथि पिएसजीको शानदार जित

    एन्जल डि मारियाले दुई गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा पेरिस सेन्ट जर्मेनले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ। फ्रान्सेली क्लब पिएसजीले बार्सिलोनालाई घरेलु मैदानमा ४-० ले स्तब्ध पार्यो। पिएसजीको जितमा एन्जल डि मारियाले २ तथा एडिनसन कभानी र युलियन ड्राक्सलरले १/१ गोल गरे। आफ्नो २९ औं जन्मदिनमा डि मारियाले १८ औं मिनेटमा फ्रिकिकमार्फत…

    विस्तृतमा पढ्नुस्

  • तेस्रो राष्ट्रिय पुस्तक मेला बिहीबारदेखि, ६० प्रतिशतसम्म छुट दिइने

    तेस्रो राष्ट्रिय पुस्तक मेला बिहीबारदेखि, ६० प्रतिशतसम्म छुट दिइने

    काठमाडौं : तेस्रो राष्ट्रिय पुस्तक मेला (नेसनल बुक फेस्टिभल) फागुन ५ बाट नेपाल प्रज्ञाप्रतिष्ठानको परिसरमा हुँदैछ।   नेपाल पुस्तक विक्रेता तथा प्रकाशक संघ र नेपाल प्रज्ञा प्रतिष्ठनको संयुक्त आयोजनमा हुन लागेको मेलाको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।   नेपाली पुस्तकको प्रवर्द्धन तथा पठन संस्कृतिको विकासमा टेवा पुर्‍याउने उद्देश्यले नेपाल पुस्तक बिक्रेता तथा प्रकाशक संघले २०७० बाट पुस्तक मेला आयोजना…

    विस्तृतमा पढ्नुस्

  • फेमिली स्टोर उद्घाटन गर्न सुष्मा कार्की, सृ्ष्टि श्रेष्ठदेखि विल्सनविक्रमसम्म

    फेमिली स्टोर उद्घाटन गर्न सुष्मा कार्की, सृ्ष्टि श्रेष्ठदेखि विल्सनविक्रमसम्म

    काठमाडौं : काठमाडौंको भीमसेनगोलामा ‘कलेक्टिभ फेमिली स्टोर’ सञ्चालनमा आएको छ। नेपाली फिल्म तथा सांगीतिक क्षेत्रका कलाकारहरुले यो स्टोरको उद्घाटन गरे।   स्टोर उद्घाटनका लागि नायिका सुष्मा कार्की, पूर्व मिसनेपाल तथा नायिका सृष्टि श्रेष्ठ, गायक बाबु बोगटी, हिमाल सागर, गायिका जुना प्रसाई, नायक गौरव पहारी, हास्यकलाकार विल्सन विक्रम राई स्टोर पुगेका थिए।   लिङ्देन ब्रान्डका सम्पूर्ण सामान पाइने यो स्टोरमा परिवारका…

    विस्तृतमा पढ्नुस्

  • पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबल : विभागीय टिम पुलिस र आर्मी विजयी

    विभागीय टिम नेपाल पुलिस क्लब र नेपाल आर्मीले दोश्रो पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन्।  ताप्लेजुङ नगरपालिकास्थित भानु जन उच्च मावीको कोेर्टमा भएको उद्घाटन खेलमा नेपाल पुलिसले आयोजक पूर्वाञ्चललाई ३–० को सोझो सेटमा हरायोे। पुलिसले पूर्वाञ्चलमाथी २५–१८,२५–१३ र २५–१४ को सेटमा सहज जित निकाल्यो। राउण्ड रोबिनका आधारमा संचालन भएको प्रतियोगिताको अर्को खेलमा आर्मीले मध्याञ्चललाई ३–० को…

    विस्तृतमा पढ्नुस्

  • चाबहिलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा २५ वर्षे युवक घाइते

    काठमाडौं : काठमाडौंको चाबहिलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवक घाइते भएका छन्।   बिहान सवा ४ बजे बा ८१ प ७१४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोरङ पथरी-२ घर भई हाल मैतिदेवी बस्ने चालक २५ वर्षीय विकास लुइँटेल घाइते भएका छन्।   उनको ओम अस्पताल चाबहिलमा उपचार भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • ​स्ववियु निर्वाचनको कार्यतालिका परिमार्जन हुने, फागुन १४ गतेको चुनाव यथावत

    ​स्ववियु निर्वाचनको कार्यतालिका परिमार्जन हुने, फागुन १४ गतेको चुनाव यथावत

    काठमाडौं : फागुन १४ गतेका लागि निर्धारित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको आन्तरिक कार्यतालिका हेरफेर हुने भएको छ। विद्यार्थी संगठनकै विवादका कारण मनोनयन सुरु हुँदासमेत आधा क्याम्पसहरुमा तालाबन्दी कायम रहेपछि राजनीतिक दलहरुसँगको परामर्शमा त्रिभुवन विश्वविद्यालयले आन्तरिक कार्यतालिका परिमार्जन गर्ने लागेको हो ।  अनेरास्ववियु महासचिव ऐन महरले आन्तरिक कार्यतालिका हेरफेर गर्न प्रधानमन्त्री उपकुलपतिलाई निर्देशन दिएको बताए। महरले १४ गतेको निर्वाचन कार्यतालिका…

    विस्तृतमा पढ्नुस्

  • डडेलधुरामा जिप दुर्घटना : ५ जनाको मृत्यु, ६ घाइते

    डडेलधुरामा जिप दुर्घटना : ५ जनाको मृत्यु, ६ घाइते

    डडेलधुरा : डडेलधुरामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। भागेश्वर गाविसबाट सदरमुकामतर्फ आइरहेको से १ ज ८३३ नम्बरको जिप अमरगढी नगरपालिका-३ स्थित ठूलोखोलामा दुर्घटना भएको हो।    जिपमा सवार पाँच यात्रुहरुको घटनास्थलमै ज्यान गएको हो। मृतकहरुको पहिचान हुन सकेको छैन। सो दुर्घटनामा ६ जना घाइते भएका छन्। उनीहरुको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ। गाडीमा…

    विस्तृतमा पढ्नुस्

  • म दयाहाङकै कान्छी नहुन सक्छु : अभिनेत्री श्वेता खड्का

    म दयाहाङकै कान्छी नहुन सक्छु : अभिनेत्री श्वेता खड्का

    काठमाडौं: नायिका स्वेता खड्काको निर्माणमा फिल्म 'कान्छी' बन्ने खबर सार्वजनिक भयो। 'दयाहाङकी कान्छी बन्ने' भन्दै सार्वजनिक खबर स्वेता आफैले वा फिल्म युनिटले आधिकारीक रुपमा घोषणा नगरेको उनको दाबी छ। पहिलोपोस्टसँग कुरा गर्दै उनले भनिन्,'फिल्म बन्ने साँचो हो तर फिल्ममा 'कान्छी' दयाहाङ राईको बन्ने हो वा अरु कसैको यो बारे युनिट बाहेक कसैलाई जानकारी छैन।'  उनले स्रोत नखुलाई फिल्म बारे जानकारी…

    विस्तृतमा पढ्नुस्

  • धितोपत्र बोर्डले गर्‍यो लगानीकर्ताका लागि सजिलो व्यवस्था, अब खाताको विवरण अनलाइनमा

    धितोपत्र बोर्डले गर्‍यो लगानीकर्ताका लागि सजिलो व्यवस्था, अब खाताको विवरण अनलाइनमा

    काठमाडौं : नेपाल धितोपत्र बोर्डले लगानीकर्तालाई आफ्नो खाताको विवरण अनलाइनमा हेर्न पाउने व्यवस्था गरेको छ।   अब शेयर लगानीकर्ताले आफ्नो डिपी खातामा कुन कुन कम्पनीको शेयर छ भनेर आफैंले अनलाइनमा हेर्न सक्नेछन्।   बोर्डको २७ माघको बैठकले सिडिएस एन्ड क्लियरिङ लिमिटेडको धितोपत्र केन्द्रीय निक्षेप सेवा (दोस्रो संशोधन) विनियमावली २०७३ र धितोपत्र कारोबार राफसाफ तथा फर्छ्यौट (दोस्रो संशोधन) विनियमावली २०७३ पारित…

    विस्तृतमा पढ्नुस्

  • जुनियर फुटबल क्याम्पको लागि एसी मिलानबाट ६ जना नेपाल आउने

    जुनियर फुटबल क्याम्पको लागि एसी मिलानबाट ६ जना नेपाल आउने

    काठमाडौं : इटालीको राट्रिय फुटबल टीम तथा एसी मिलानबाट खेलिसकेका खेलाडीसहित ६ सदस्यीय टोली एसी मिलान जुनियर फुटबल क्याम्पको लागि नेपाल आउने भएका छन्। एटलान्टिक स्पोर्ट्स म्यानेजमेन्ट एएसएमको सहकार्यमा आगामी अप्रिल १० मा नेपालमा उक्त क्याम्प सञ्चालन हुँदैछ। एएसएमले बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त जानकारी दिएको हो। एएसएएमको यो पहिलो प्रोग्राम हो भने नेपालमा विदेशी क्लबको प्रोग्राम हुन…

    विस्तृतमा पढ्नुस्

  • तोकिएको मितिमा स्ववियु चुनाव नभए उपकुलपतिको गाडी जलाउने विद्यार्थी नेताको चेतावनी

    तोकिएको मितिमा स्ववियु चुनाव नभए उपकुलपतिको गाडी जलाउने विद्यार्थी नेताको चेतावनी

    काठमाडौं : केन्द्रीय क्याम्पस कीर्तिपुरका विद्यार्थी संगठनका नेताहरूले तोकिएको समयमा स्ववियु निर्वाचन नभए उपकुलपतिको गाडी जलाउने चेतावनी दिएका छन्।   बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी विभिन्न विद्यार्थी संगठनका नेताहरूले यस्तो चेतावनी दिएका हुन्। नेपाल विद्यार्थी संघ केन्द्रीय क्याम्पस कीर्तिपुरका नेता योगेन्द्र रावलले त्रिविले विद्यार्थीको हितविपरीत काम गरिरहेको आरोप लगाए।   उनले भने, ‘त्रिभुवन विश्वविद्यालय गौचरनमा परिणत हुँदैछ, विद्यार्थीहरूको…

    विस्तृतमा पढ्नुस्

  • रिब्राण्डिङपछि नयाँ भर्सनमा आउँदैछ 'नोकिया ३३१०' मोबाइल

    रिब्राण्डिङपछि नयाँ भर्सनमा आउँदैछ 'नोकिया ३३१०' मोबाइल

    काठमाडौं : कुनै समय निकै चर्चित रहेको नोकियाको ३३१० मोडेलको मोबाइल फोन फेरि बजारमा आउने भएको छ। माइक्रोसफ्टसँग एक्वायर भएपछि नोकियाले पहिलोपटक एन्ड्रोइड ओएस भएको स्मार्टफोन पनि बजारमा ल्याउने जनाएको छ।   नोकियाको नोकिया ३, नोकिया ६, नोकिया ५ लाई यही फेब्रुअरीमा स्पेनको बार्सिलोनामा हुने मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्युसी) मा सार्वजनिक गर्ने कार्यक्रम छ।   नोकियाको ३३१० मोडेलको मोबाइल सन्…

    विस्तृतमा पढ्नुस्

  • 'बाहुबली २' मा देखिने छैनन् शाहरुख खान

    'बाहुबली २' मा देखिने छैनन् शाहरुख खान

    केहि समय अघि हिन्दी फिल्म समीक्षकहरु शाहरुख खानलाई 'बाहुबली २' मा देख्न सकिने सम्भावना रहेको बताएका थिए। समिक्षकहरुको आशङ्काका आधारमा बलिउड मिडियाले गसिप पनि बनाए। तर बाहुबली युनिटले सो खबर गलत भएको जानकारी दिएको छ। बाहुबलीको अफिसियल ट्विटर ह्याण्डलबाट फिल्ममा शाहरुख खानको कुनै भूमिका नभएको जानकारी सार्वजनिक भएको हो। ट्विट मार्फत युनिटले शाहरुखको भूमिका बारे चलेको अनावश्यक हल्ला मात्र भएको…

    विस्तृतमा पढ्नुस्

  • डडेलधुरा जिप दुर्घटना : मृतक सात जनाकै सनाखत, घाइते पाँचको उपचार हुँदै

    डडेलधुरा जिप दुर्घटना : मृतक सात जनाकै सनाखत, घाइते पाँचको उपचार हुँदै

    डडेल्धुरा : डडेलधुरामा आज भएको जिप दुर्घटनामा मृत्यु हुने सात जनाको सनाखत भएको छ। सो दुर्घटनामा पाँच जना घाइते भएका छन्।   भागेश्वर गाविसबाट सदरमुकामतर्फ आउँदै गरेको से१ज ८३३ नम्बरको जिप अमरगढी नगरपालिका– ३ ठूलोखोला नजिकै दुर्घटनामा परेको थियो। सो दुर्घटनामा भागेश्वर गाविस–४ सतिगाउँका लक्ष्मण भट्ट, सोही स्थानका जयानन्द भट्ट, भागेश्वर–८ का गणेश सार्की, सोही गाविस–५ का नरपती पाण्डेय र…

    विस्तृतमा पढ्नुस्

  • उसेन बोल्टले जिते चौथो पटक लउरेस स्पोर्ट्स अवार्ड

    उसेन बोल्टले जिते चौथो पटक लउरेस स्पोर्ट्स अवार्ड

    जमैकन धावक उसेन बोल्टले चौथो पटक लउरेस स्पोर्ट्स अवार्ड जितेका छन्। मोनाकोमा मंगलबार सम्पन्न लउरेस वर्ल्ड स्पोर्ट्स अवार्ड समारोहमा बोल्टले फुटबलर क्रिस्टियानो रोनाल्डो, विश्व नम्वर वन टेनिस खेलाडी एण्डी मुरे र बास्केटबल खेलाडी लिब्रोन जेम्सलाई पछि पार्दै वर्ल्ड स्पोर्ट्सम्यान अफ दि इअर अवार्ड जिते। चौथो पटक अवार्ड जितेसँगै बोल्टले सर्वाधिक अवार्ड जित्ने टेनिस लेजेण्ड रोजेर फेडररसँग बराबरी गरेका छन्। बोल्टले…

    विस्तृतमा पढ्नुस्

  • फेसबुक पेजमा १६ जिबीको अश्लील भिडियो

    फेसबुक पेजमा १६ जिबीको अश्लील भिडियो

    काठमाडौं : फेसबुक मार्फत सेक्स र्‍याकेट चलाएको आरोपमा पक्राउ परेका सुरज बस्नेतको फेसबुक पेजमा प्रहरीले १६ जिबीको अश्लील भिडियो फेला पारेको छ।   असम्बन्धित २३ जना युवतीको फोन नम्बर राखेको अभियोगमा पक्राउ परेका उनले अश्लील साइटमा विभिन्न युवतीसँगका अश्लील कुराकानी, फोटो र भिडियो राखेका थिए।   दुई वर्ष अमेरिका बसेर नेपाल आएका उनले फेसबुक पेजमा राखेको २३ वटा नम्बरमध्ये एक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell