काठमाडौँ : नेकपा एमालेले सरकारले निर्वाचन तयारीमा उदासिनता देखाएको ठहर गरेको छ। एमाले पोलिटब्युरो बैठकले तत्काल तीनै तहको निर्वाचनको मिति घोषणा गर्न र निर्वाचनका लागि आवश्यक कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। सरकारको उदासिनताले गम्भीर र सशङ्कित बन्नु पर्ने अवस्था आएको एमालेले जनाएको छ। स्थानीय तहको सीमा र सङ्ख्या निर्धारण आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न र निर्वाचन क्षेत्र निर्धारण आयोग…
काठमाडौं : राजधानीमा आजदेखि तेस्रो राष्ट्रिय पुस्तक मेला सुरु भएको छ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघले संयुक्त रुपमा आयोजना गरेको मेलामा विभिन्न स्टलहरु राखिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक वर्ष २०७३ को उपलक्ष्यमा आयोजित यस मेलाको आज प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गरेका छन्।
एक सात वर्षकी बालिकाले गुगल कम्पनीमा जागिरका लागि आवेदन दिएकी छिन्। बेलायती बालिका क्लो ब्रिजवाटरले गुगलमा जागिरका लागि त्यसका सिइओ सुन्दर पिचाइलाई निवेदन पठाएकी हुन्। उनले निवेदनमा कम्प्युटर, ट्याब र रोबोट मन पर्ने उल्लेख गर्दै गुगलमा काम गर्न इच्छुक रहेको उल्लेख गरेकी थिइन्। सात वर्षकी बालिकाको निवेदनलाई पिचाइले अवज्ञा गरेनन्। उनले पनि प्रतिउत्तरमा पत्र पठाएर मिहेनतका साथ पढ्न हौसला दिँदै उनको…
भारत तामिलनाडुको अन्नाद्रमुक पार्टीकी महासचिव शशिकलाले तामिलनाडुकी मुख्यमन्त्री हुने सपना देखिन् तर उनलाई मुख्यमन्त्रीको कुर्सी हैन जेलको चिसो छिँडी मिल्यो। आम्दानीभन्दा बढी सम्पत्ती रहेको मुद्धामा सर्वोच्च अदालतले उनलाई जेल सजाय सुनाएपछि उनी अहिले बेंग्लोरको जेलमा छिन्। अहिले उनको परिचय कुनै दलको महासचिव हैन, बेंग्लोरको जेलमा रहेको महिला सेलको कैदी नम्बर ९२३५ हो। फर्स्टपोस्टका अनुसार उनलाई जेल प्रशासनले टिभी, फ्यान दिएको…
पोखरा ; कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा निर्माण गर्न लागिएको विशाल महादेवको मूर्ति निर्माणका लागि मङ्गलबारदेखि सुरु भएको महायज्ञमा उत्साहजनक सहयोग सङ्कलन हुन थालेको छ। महायज्ञको दोस्रो दिन बुधबारसम्म रु तीन करोडभन्दा बढी सहयोग सङ्कलन भइसकेको महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले जानकारी दिए। उनका अनुसार प्रसिद्ध उद्योगपति मुरलीधर रुङ्गटाले रु ५० लाख नगद सहयोग गरेका छन्। समाजसेवी दाताद्वय कलावती बराल…
काठमाडौँ : बेल्जियममा भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालको हवाई उड्डयनमा युरोपियन युनियनले लगाएको प्रतिबन्ध हटाउन युनियनका उच्च अधिकारीसँग आग्रह गरेका छन्। युरोपियन युनियनको विदेश तथा सुरक्षा नीतिसम्बन्धी उच्च प्रतिनिधि फेडरिका मोगरिनीसँग बुधबार भएको भेटवार्तामा मन्त्री डा. महतले सो आग्रह गरेको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए। युनियनले नेपाली उडानहरुमा हवाई सुरक्षा मापदण्ड पूरा नभएको भन्दै विगत केही…
काठमाडौंँ : स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनका सम्बन्धमा प्राप्त गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले संघीय लोकतान्त्रिक मधेसी मोर्चाका नेतासँग छलफल गरेको छ। सिंहदरबारस्थित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा भएको उक्त छलफल आयोगको प्रतिवेदनका सम्बन्धमा विशेषगरी २ नं प्रदेशमा देखिएका गुनासा सम्बोधन गर्न केन्द्रित थियो। सो अवसरमा समितिका संयोजक एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज…
काबुल : अफगानिस्तानमा सुरक्षा कारबाहीमा परी कम्तीमा २६ जना लडाकूको मृत्यु भएको छ। कारवाहीमा अन्य आठ जना घाइते भएका छन्। ‘गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा विद्रोहीविरुद्ध सरकारी सेनाले गरेको सुरक्षा कारबाहीमा २६ जना मारिएका छन्, थप आठ जना घाइते भएका छन’, रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। मृत्यु भएकामध्ये २२ जना इस्लामिक स्टेट (आईएस) आवद्ध लडाकू रहेको विज्ञप्तिमा…
इलाम : जिल्लामा खेलकुदका गतिविधि सुस्त हुन थालेपछि इलामको बरबोटेमा डेढ करोडको लगानीमा बहुउद्देश्यीय कभर्ड हल निर्माण भइरहेको छ। एक वर्षदेखि धमाधम निर्माण भइरहेको कभर्ड हलको दोस्रो चरणको काम भइरहेको छ। क्रिकेट, टेबुलटेनिस लगायतका भित्री खेलका प्रतियोगिता सञ्चालन गर्न सकिने कभर्ड हल निर्माणका लागि जिल्ला खेलकुद विकास समितिले क्रमागत रूपमा रु १० लाख, माइभ्याली फुटवल क्लब इलामले रु १५ हजार…
एजेन्सी : मलेसियन प्रहरीले उत्तर कोरियाली नेता किम जोङ् उनका दाजु किम जोङ् नेमको हत्यामा संलग्न रहेको आरोपमा थप एक महिला पक्राउ गरेको छ। प्रहरीले शंकास्पद मानेका दुईमध्ये एक महिला बुधबार नै पक्राउ परेकी थिइन। शंकास्पद दोस्री महिलालाई मलेसियन प्रहरीले बिहीबार पक्राउ गरेको हो। मलेसियाको सरकारी समाचार एजेन्सी बर्नामा’ले प्रहरी प्रमुख खालिद अबु बकारको भनाई उद्रृत गर्दै दोस्रो शंकास्पद…
चितवन : भरतपुर उपमहानगरपालिका–१० रिजाल चोकमा मिनी बसको ठक्करबाट गएराति एकजना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थान निवासी ५२ वर्षीय रामबहादुर बयलकोटी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार पूर्वी चितवनको भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बा ३ ख २२७५ नंको लोकल रुटको मिनी बसले बयलकोटीलाई बुधबार साँझ ६ बजेको समयमा ठक्कर दिएको थियो। ठक्कर…
युरोपियन च्याम्पियन्स लिग (युसिएल)अन्तर्गत अन्तिम-१६ को पहिलो लेगमा खेलमा बुधबार वायर्न म्युनिख र रियल मड्रिड विजयी भएका छन्। जर्मन क्लब वायर्नले इंगलिस क्लब आर्सनलमाथि ५-१ को शानदार जित हासिल गर्दा स्पानिस क्लब रियलले इटालियन क्लब नेपोली विरुद्ध कमब्याक जित हासिल गर्यो। रियलले एक गोलले पछि परेको अवस्था उल्टाउँदै नेपोलीलाई ३-१ ले हरायो। रियलको घरेलु मैदानमा सान्टियागो बर्नाबेउमा आठौं मिनेटमै लेरेन्जो…
वीरगन्ज : पर्सा प्रहरीले तस्करी गरी नेपाल ल्याउँदै गरेको चार लाख रुपैयाँ बराबरको चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। वीरगन्ज छपकैया–३ बस्ने ५० वर्षीय बाबुलाल साहलाई चाँदीसहित पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए। बुधबार दिउँसो करिव १ बजे भारत रक्सौलबाट मोटरसाइकलको सिटमुनि चाँदीको गहना लुकाई वीरगन्ज आउँदै गर्दा वीरगन्ज भन्सार नजिक रजतजयन्ती चोकमा प्रहरीले साहलाई…
धनुषा : जनकपुरमा विकास निर्माणका लागि विभिन्न माग गर्दै आमरण अनशनमा बसेका अनशनकारीको स्वास्थ्य अवस्था विग्रिँदै गएकोप्रति तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)को गम्भीर ध्यानाकर्षण भएको छ। विगत १४ दिनदेखि शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा पनि नेपाल सरकारको कुनै पनि निकायले वास्ता नगरेको भन्दै थर्ड एलायन्स केन्द्रीय कार्यालयका मानवअधिकार अधिकृत किरणकुमार कर्णले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। बृहत्तर जनकपुर विकास परिषद्का…
खोटाङ : जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने टुवाखोला–पञ्चमीबजार सडक सञ्चालनमा आएको छ। सगरमाथा राजमार्गमा पर्ने गाईघाट–दिक्तेल सडकखण्डको बतासेस्थित टुवाखोला र स–छितापोखरीको पञ्चमीबजार जोड्ने १४ किलोमिटर सडक सञ्चालनमा आएको हो। जिविस, गाविस तथा सामुदायिक वनको आर्थिक सहयोगमा चार वर्ष लगाएर निर्माण गरिएको सडक हालैदेखि सञ्चालनमा आएको निर्माण उपभोक्ता समितिका सचिव लोकेन्द्र राईले बताए। फरक–फरक आर्थिक वर्षमा जिविसबाट प्राप्त रु १५…
काठमाडौं : गेमले जुराएको जोडी। किशोर उमेरमा रोपिएको प्रेमले जुटाइदिएको साहस। हल्ला चल्दा चल्दै टुसाएको प्रेम अनी बाल्यकालमै आमाले छानिदिएकी बुहारीप्रतिको दिवानापन। सन् २०१७ को भ्यालेन्टाइन्स डे मा हामीले यही चार कोणका चार रोचक प्रेम यात्रा पस्कियौ। पहिलो प्रेमिल जोडी थियो फुटबलर असिमजंग कार्की र पौडिबाज सोनिरा विष्टको। जसको प्रेम दक्षिण कोरियाको इन्चोकमा टुसायो अनी नेपालमा फक्रियो। भारतको गुवाटीमा पुगेर…
काठमाडौँ : तीन दिनदेखि देशका सबै स्थानीय निकाय ठप्प भएपछि सेवाग्राही सेवा पाउनबाट बञ्चित भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय निकायका प्रतिनिधिबीच मंगलवार वार्ता गरी निष्कर्ष निकाल्ने भने पनि वार्ता नभएपछि सेवाग्राही सेवा पाउनबाट बञ्चित हुनुपरेको हो। सरकारले स्थानीय निकायका कर्मचारीलाई निजामती र अन्य निकायमा काम गर्ने कर्मचारी सरह समान पदको लागि समान अवसर प्रदान गर्नुपर्ने…
काठमाडौँ : स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनको सम्बन्धमा प्राप्त गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले २ नं प्रदेशका सांसद्सँग परामर्श गरेको छ। समितिले सिंहरबारस्थित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा आइतबार, सोमबार र मङ्गलबार गरी २ नं प्रदेशका आठ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँग प्रतिवेदनको सम्बन्धमा प्राप्त गुनासा सम्बोधन गर्न परामर्श गरेको हो। समितिले मंगलवारसर्लाही, पर्सा, बारा र…
काठमाडौँ : नेपाली दूतावास कुवेतले वैदेशिक रोजगारीका क्रममा मुत्यु भएका २८ नेपाली नागरिकको क्षतिपूर्तिबापत रु पाँच करोड पाँच लाख ९९ हजार ७११ रकम परराष्ट्र मन्त्रालयमा पठाएको छ। नेपाली दूतावास कुवेतले आर्थिक बर्ष २०७२/७३ र आ.व. २०७३/७४ को हालसम्मको क्षतिपूर्ति रकम पठाएको हो। कुवेतमा विगतका वर्षहरुमा मृत्यु भई क्षतिपूर्ति लिन बाँकी रहेका नेपाली नागरिकको क्षतिपूर्ति प्राप्तिका लागि दूतावासले कानुन व्यावसायीको मद्दत…
राजविराज : सप्तरीको पोर्ताहा–५ मा मङ्गलबार साँझ आगलागी हुँदा रु पन्ध्र लाखको क्षति भएको छ । स्थानीयवासी चन्द्रदेव खिडहरी यादवको घरबाट सल्केको आगोले निजको एउटा घर, छिमेकी जुगाई खिडहरी यादवको एक र शङ्कर खिडहरीको एक गरी तीनवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ। आगलागी विद्युत् सर्ट भएर भएको प्रहरीले बताएको छ। आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा,…