PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

  • अब निजी अस्पतालमा पनि अप्रेशन बाहेकका १० प्रतिशत सेवा नि:शुल्क

    अब निजी अस्पतालमा पनि अप्रेशन बाहेकका १० प्रतिशत सेवा नि:शुल्क

    काठमाडौं : पुस १ गतेदेखि निजी अस्पतालमा शल्यक्रिया (अप्रेशन) बाहेकका १० प्रतिशत सेवा नि:शुल्क हुने भएको छ।   स्वास्थमन्त्री गगनकुमार थापाले आज पत्रकार सम्मेलन गरी निजी र सरकारी दुवै अस्पतालमा एकसाथ १० प्रतिशत शैय्या सहितको सेवा नि:शुल्क गर्न लागेको जानकारी दिए। 'आगामी पुस १ गतेबाट निजी र सरकारी अस्पतालमा एकसाथ १० प्रतिशत शैय्या र अप्रेशन थियटरसम्बन्धी बाहेक सबै सेवा नि:शुल्क…

    विस्तृतमा पढ्नुस्

  • रेखाले राजनीतिमा पनि बोलिन् फिल्मी डाइलग : तीन वर्षअघिको र अहिलेको भिडियो हेर्नुस्

    रेखाले राजनीतिमा पनि बोलिन् फिल्मी डाइलग :  तीन वर्षअघिको र अहिलेको भिडियो हेर्नुस्

    काठमाडौं : रेखा थापा फिल्मकी हिरोइन। अभिनय गर्नु उनको कला। त्यसैले फिल्मका संवादमा उनले बोल्ने विषय सबै झुट हुन् किनकि उनी त्यहाँ कुनै पात्रमात्र हुन्, रियल होइनन्। कुनै समय प्रचण्डसँग कम्मर मर्काएर चर्चा बटुल्ने उनी आजदेखि राप्रपासँग जोडिएकी छिन्। राजनीतिक विचारमा पिपलपाते छिन् रेखा। फिल्मभन्दा कम लाग्दैन उनलाई राजनीति। राजनीतिजस्तो सिरियस विषयमा पनि उनी अभिनय गर्न खप्पिस छिन्। बुलन्द रुपमा…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री भण्डारी भन्छन्- 'नेपाललाई हिन्दुराष्ट्र बनाइछाड्छौं, कांग्रेसभित्र बहस चलिरहेको छ'

    मन्त्री भण्डारी भन्छन्- 'नेपाललाई हिन्दुराष्ट्र बनाइछाड्छौं, कांग्रेसभित्र बहस चलिरहेको छ'

    काठमाडौं : वन तथा भू–संरक्षणमन्त्री शंकर भण्डारीले नेपालाई हिन्दुराज्य बनाइछोड्ने जिकिर गरेका छन्। सोमबार रिपोर्टर्स क्लब पुगेका मन्त्री भण्डारीले हिन्दु राज्य हटाएर धर्म निरपेक्ष बनाउनुपर्छ भन्ने प्रस्ताव आफ्नो पार्टी नेपाली कांग्रेसले निर्णय नै नगरेको उनको दाबी गरे।   'आजसम्म हाम्रो पार्टीमा नेपाललाई धर्मनिरपेक्षता बनाउनुपर्छ भनेर कुनै पनि बैठकमा छलफल नै भएको छैन, ०६२/६३ को आन्दोलनमा पनि धर्मनिरपेक्षताबारे कुनै एजेण्डा नै…

    विस्तृतमा पढ्नुस्

  • ​एसीसी यु १९ एसिया कप : नेपालको लक्ष्य सेमिफाइनल

    ​एसीसी यु १९ एसिया कप : नेपालको लक्ष्य सेमिफाइनल

    काठमाडौं : श्रीलंकामा आगामी विहिबारबाट सुरु हुने एसीसी यु १९ एसिया कप क्रिकेटमा नेपालको लक्ष्य सेमिफाइनल पुग्नु रहेको प्रशिक्षक र कप्तानले बताएका छन्।  सोमबार नक्सालस्थित क्राउन प्लाजजमा भएको बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक विनोद दासले आफुहरु प्रतियोगितामा सहभागिता जनाउन मात्र नभई खेल जित्न जाने बताए। 'कुनै पनि प्रतियोगिता खेल्ने आशामा मात्र हामी जान्नौं, खेल जित्ने मनानसिकता साथ हामी जानेछौं। नेपाल रहेको…

    विस्तृतमा पढ्नुस्

  • प्रधानसेनापतिले भेटे चिनियाँ राजदूत

    प्रधानसेनापतिले भेटे चिनियाँ राजदूत

    काठमाडौं : प्रधानसेनापति राजेन्द्र क्षेत्री र नेपालका लागी चिनियाँ राजदूत यु हाङविच भेट भएको छ । क्षेत्री र नवनियुक्त राजदुत हाङविच सोमवार सैनिक मुख्यालयमा भेट भएको हो । भेटमा द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।  

    विस्तृतमा पढ्नुस्

  • ​युसिएल अन्तिम १६ ड्र सार्वजनिक : बार्साले पिएसजीसँग भिड्ने, आर्सनलको भेट वायर्नसँग

    ​युसिएल अन्तिम १६ ड्र सार्वजनिक : बार्साले पिएसजीसँग भिड्ने, आर्सनलको भेट वायर्नसँग

    युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक सोमबार सार्वजनिक गरिएको छ। ड्र अनुसार स्पानिस क्लब बार्सिलोना र इंगलिस क्लब आर्सनलले कठिन प्रतद्विन्दी पाएका छन्। समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको आर्सनलले पुरानै प्रतिद्वन्दै जर्मन क्लब वायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ।  बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग खेल्नेछ। यस्तै डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले इटालियन कलब नेपोली प्रतिद्वन्दै पाएको छ। पहिलो…

    विस्तृतमा पढ्नुस्

  • ६० प्रतिशत अस्पताल स्वास्थ्य मन्त्रालयको रेकर्डबाहिर, माघ मसान्तभित्र अनुमति नलिए खारेज

    ६० प्रतिशत अस्पताल स्वास्थ्य मन्त्रालयको रेकर्डबाहिर, माघ मसान्तभित्र अनुमति नलिए खारेज

    काठमाडौं : स्वास्थ्यमन्त्री गगन थापाले ६० प्रतिशत अस्पताल तथा क्लिनिकहरु स्वास्थ्य मन्त्रालयको स्वीकृतिबिना नै सञ्चालन भइरहेको तथ्यांक सार्वजनिक गरेका छन्। उनीहरुलाई आगामी माघ ३० गतेसम्मको समय दिएको भन्दै मन्त्री थापाले त्यस अवधिभित्र पनि मन्त्रालयको स्वीकृति नलिए खारेजीको चेतावनी दिए। स्वास्थ्य मन्त्रालयसँग शिक्षण अस्पतालबाहेक कुनै पनि निजी अस्पतालको तथ्यांक छैन। सरकारी अस्पताल र दुई सयभन्दा बढी शैय्याका अस्पतालको तथ्यांक मात्र मन्त्रालयमा राख्ने…

    विस्तृतमा पढ्नुस्

  • ​युरोपा लिग : म्यान युनाइटेडले अन्तिम ३२ मा सेन्ट एटिनेसँग भिड्ने, टोटनहमको प्रतिद्वन्टी जेन्ट

    ​युरोपा लिग : म्यान युनाइटेडले अन्तिम ३२ मा सेन्ट एटिनेसँग भिड्ने, टोटनहमको प्रतिद्वन्टी जेन्ट

    युरोपको दोस्रो दर्जाको क्लब फुटबल प्रतियोगिता युरोपा लिगको अन्तिम ३२ मा म्यानचेष्टर युनाइटेडले फ्रान्सेली क्लब सेन्ट एटिनेसँग खेल्ने भएको छ।  सोमबार सार्वजनिक ड्र अनुसार युनाइेटडका मिडफिल्डर पोग्बाले आफ्नै दाजु फ्लोन्टिन पोग्बासँग खेल्ने भएका छन्। फ्लोन्टिन एटिनबाट व्यावसायी फुटबल खेल्ने गर्छन। अर्को इंगलिस क्लब टोटनहम हट्सपरले अन्तिम ३२ मा बेल्जियन क्लब जेन्टसँग प्रतिस्पर्धा गर्नेछ।  युरोपा लिगको अन्तिम ३२ मा स्पानिस क्लब…

    विस्तृतमा पढ्नुस्

  • ​राष्ट्रिय कीर्तिमान बनाएका जुनियर भारोत्तोलन खेलाडी सम्मानित

    ​राष्ट्रिय कीर्तिमान बनाएका जुनियर भारोत्तोलन खेलाडी सम्मानित

    काठमाडौं : एसियाली युथ तथा जुनियर भारोत्तोलन च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल दुई नेपाली खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयले सोमबार नगदसहित सम्मान गरेको छ। नोभेम्बर ८ देखि १६ तारिखसम्म जापानको टोकियोमा भएको उक्त च्याम्पियनसिपमा पुरुषतर्फ प्रकाश केसी र महिलामा कमला श्रेष्ठले जुनियरतर्फ राष्ट्रिय कीर्तिमान बनाएका थिए। दुवै खेलाडीलाई नगद २५/२५ हजार दिने निर्णय गरिएको छ। खेलकुद मन्त्रालयका सचिव महेशकुमार दाहालले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानन्यायाधीशले न्यायाधीशलाई भनिन् : कोही अन्यायमा परे उसको श्राप लाग्छ

    प्रधानन्यायाधीशले न्यायाधीशलाई भनिन् : कोही अन्यायमा परे उसको श्राप लाग्छ

    चितवन  :  प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायधीषलाई योगीसँग तुलना गर्दै विवेक राखेर फैसला गर्न सुझाव दिएकी छिन्। जिल्ला अदालतले चितवनमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै उनले मुद्दा फैसलापछि हृदयाघात भएर मानिसको मृत्यु भएको आफैँले देखेको बताउँदै विवेक राखेर फैसला गर्न सुझाव दिएकी हुन्। 'विवेक राखेर फैसला गरिएन र अलिकति पनि तलमाथि भयो भने व्यक्तिको जीवन नै बर्बाद हुन सक्छ, परिवार बिग्रन सक्छ,…

    विस्तृतमा पढ्नुस्

  • ​पहिलोपटक क्लबस्तरिय रग्वी सेभेन्स मंगलबार हुने

    ​पहिलोपटक क्लबस्तरिय रग्वी सेभेन्स मंगलबार हुने

    काठमाडौं : नेपालमा पहिलो पटक अन्तरक्लबस्तरिय रग्वी सेभेन्स सिरिज हुने भएको छ। नेपाल रग्वी संघको आयोजनामा महिला तथा पुरुष दुवैको सेभन्स साइड रग्वी च्याम्पियनसिप हुन लागेको हो।  रग्वी संघले स्थानियस्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लबस्तरिय प्रतियोगिता गर्न लागिएको जनाएको छ। संघका अध्यक्ष टकंलाल घिसिङले रग्वी खेललाई थप विकास गर्ने योजना स्वरुप सेभेन्स ए साइड रग्वी सिरिज गर्न लागिएको बताए। प्रतियोगिताका…

    विस्तृतमा पढ्नुस्

  • सातौं राष्ट्रिय खेलकुद : तीन क्षेत्रबाट स्क्वास खेलाडी छनोट

    काठमाडौं : सातौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चल, मध्यपश्चिमाञ्चल र पूर्वाञ्चलबाट स्क्वास खेलाडी छनोट भएका छन्। तीनै क्षेत्रबाट समान ४/४ पुरुष खेलाडी छनोट भएका हुन्। मध्यमाञ्चलबाट ललितपुरका सुदीपबहादुर सिंह, काठमाडौंका प्रकाश प्रधान, ललितपुरका विनोदरत्न शाक्य र काभ्रेका अमिर ब्लोन छनोट भए। मध्यपश्चिमाञ्चलबाट बर्दियाका ज्ञानु चौधरी, राजेशमणि घिमिरे र सञ्जय चौधरी तथा जाजरकोटका नवीनकुमार शाही छानिए। यस्तै सुनसरीका निशान्त अग्रवाल, तेह्रथुमका वीरबहादुर…

    विस्तृतमा पढ्नुस्

  • बृहत् हात्ती महोत्सव मङ्सिर २८ देखि बर्दियामा

    बर्दिया : बर्दियाको ठाकुरद्वारामा चौथो बृहत् हात्ती महोत्सवको आयोजना हुने भएको छ। यही मङ्सिर २८ र २९ गते दुई दिने हात्ती महोत्सवको आयोजना बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गत रहेको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानले संयुक्तरुपमा गर्न लागेको हो।   महोत्सवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन मद्दत पुग्ने र महोत्सवमा वैदिक विधिअनुसार हात्ती पूजा समेतको सुरुवात गरिने जानकारी चोरी शिकार नियन्त्रण युवा…

    विस्तृतमा पढ्नुस्

  • वैकल्पिक शिक्षा लिएपछि रोल्पाका बालबालिका विद्यालय भर्ना

    रोल्पा : वैकल्पिक शिक्षामार्फत दक्षिण रोल्पाका ३५१ बालबालिका विद्यालय भर्ना भएको एक तथ्याङ्कले देखाएको छ।   मानव अधिकार सचेतन केन्द्र रोल्पाले हालै दक्षिण रोल्पाका जौलिपोखरी, जेद्वाङ, करेटी, कोर्चवाङ, तालावाङ, गैरीगाउँ र घर्तीगाउँ गाविसमा गरेको सर्वेक्षणले यस्तो नतिजा देखाएको हो।   यद्यपि सो क्षेत्रमा अझै विद्यालय उमेरका ११५ बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्कले देखाएको छ। यसरी विद्यालय बाहिर रहेका बालबालिकामध्ये अधिकांश…

    विस्तृतमा पढ्नुस्

  • विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग आइतबारदेखि सर्वसाधारणका लागि खुला

    जेनेभा (स्वीट्जरल्यान्ड) : विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्ग सर्वसाधारणका लागि आइतबारदेखि सेवामा आएको छ।   स्वीस एल्पसको जुरिचदेखि लुगानोसम्म फैलिएको विश्वकै सबैभन्दा लामो सुरुङ रेलमार्गको औपचारिक रुपमा जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सेली राष्ट्रपति फ्राँस्वा अलान्दले उक्त रेलमार्ग यात्रा गरेर गत जुनमा उद्घाटन गरे थिए। उक्त रेलमार्ग सर्वसाधारणका लागि भने खुला गरिएको थिएन।   करिब १७ वर्ष लगाएर निर्माण गरिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यान युनाइटेडले टोटनहमलाई हरायो, लिभरपुल बराबरीमा रोकियो

    प्रिमियर लिग : म्यान युनाइटेडले टोटनहमलाई हरायो, लिभरपुल बराबरीमा रोकियो

    हेनरिख मिखतार्यनले गरेको एक मात्र गोलको मद्वतमा म्यानचेष्टर युनँइटेडले प्रिाियर लिगमा टोटनहमलाई १-० ले पराजित गरेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा मिखातार्यनको यो पहिलो गोल हो भने युनाइेटडको लागि दोस्रो हो।युरोपा लिगमा उनले युनाइटेडका लागि पहिलो गोल गरेका थिए। युनाइटेडलाई जित दिलाउन मिखतार्यनले २९ औं मिनेटमा गोल गरे। आन्द्रे हेरेराले उपलब्ध गराएको पासमा मिखतार्यनले गोल गरेका हुन्।  नितपछि पनि १५…

    विस्तृतमा पढ्नुस्

  • पुष्पा बस्नेत सिएनएन सुपर हिरो

    पुष्पा बस्नेत सिएनएन सुपर हिरो

    काठमाडौँ : पुष्पा बस्नेत सिएनएन सुपर हिरो बनेकी छिन्। अमेरिकी समाचार च्यानल केबल न्युज नेटवर्क (सिएनएन) ले पछिल्लो १० वर्षमा सिएनएन हिरो चयन भएकाहरुबाट सुपर हिरो चयन गरेको हो।सुपर हिरो बनेसँगै उनले ५० हजार अमेरिकी डलर समेत पाउनेछिन्। सुपर हिरो बनेकी बस्नेतले नेपालमा बालबालिकाको स्याहार केन्द्र सञ्चालन गर्दै आएकी छिन्। बस्नेतको संस्था 'अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर'ले जेलभित्र बस्न बाध्य बालबालिकालाई बाहिर…

    विस्तृतमा पढ्नुस्

  • आर्थिक संकटमा फसेको साझा प्रकाशनलाई सरकारले दिने भयो ३० करोड

    आर्थिक संकटमा फसेको साझा प्रकाशनलाई सरकारले दिने भयो ३० करोड

    काठमाडौँ : आर्थिक संकटमा फसेको सरकारी स्वामित्वको साझा प्रकाशनलाई सरकारले रु ३० करोड निकासा गर्ने निर्णय गरेको छ ।   मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले रु १० करोड अनुदान र २० करोड ऋण गरी रु ३० करोड प्रदान गर्ने निर्णय गरेको शिक्षामन्त्री धनीराम पौडेलले जानकारी दिए। प्रकाशनले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई तिर्नुपर्ने रकम पनि सोही रकमबाट व्यवस्थापन गर्नेगरी रकम निकासा…

    विस्तृतमा पढ्नुस्

  • चिसोले कठ्याङ्ग्रिएर महोत्तरीमा एक वृद्धाको ज्यान गयो

    महोत्तरी : शीतलहर एवम् हुस्सुको कारण जाडोले कठ्याङ्ग्रिएर महोत्तरीको गौशालामा एक जना वृद्धाको मृत्यु भएको छ।   गएराति गौशाला नगरपालिका–५ का ६५ वर्षीया वृद्धा शलवदेवी सदाको कठ्याङ्ग्रिएर मृत्यु भएको हो।   क्रमिक रुपमा बढ्दै गएको चिसोको समयमा न्यानो कपडाको अभावमा राति सुतेकै अवस्थामा उनको ज्यान गएको स्थानीय लालु सदाले बताए।   बाक्लो हुस्सु एवम् शीतलहरको समयमा सम्बन्धित निकायले दाउराको व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • खोलाबाट अवैध सामग्री निकासी गर्ने निर्माण सेवालाई ६५ लाख रुपैयाँ जरिवाना

    कावासोती : नवलपरासीको कावासोतीस्थित केरुङ खोलाबाट स्टक सामग्री भन्दै ‘अवैध’ रुपमा खोलाजन्य सामग्री निकासी गर्दै आएको सवृद्धि निर्माण सेवालाई रु ६५ लाख जरिवाना गर्ने जिल्ला अनुगमन समितिले निर्णय गरेको छ।   प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको अध्यक्षतामा बसेको अनुगमन समितिले अहिलेसम्मको खोलाको दोहनको प्राविधिक मूल्याङ्कनका आधारमा उक्त जरिवाना गरेको हो।   खोलाको प्राविधिक मूल्याङ्कनमा १६ लाख २५ हजार घनफिट खोलाजन्य…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell