काठमाडौं : पूर्ण रुपमा अक्सनमा आधारित हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग डीपीएल क्रिकेट प्रतियोगिता हुने भएको छ। यसअघि देशकै सर्बाधिक ठुलो धनराशीको प्रतियोगिता होटल डिभोटी एसपीए कप र नेपालमै पहिलो पटक खेलाडी अक्सन प्रक्रियाद्वारा गरिएको धनगढी क्रिकेट लिगको मर्जर स्वरुप धनगढी प्रिमियर लिग आयोजना हुन लागेको हो। धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्चल एकेडेमी एसपीएको संयुक्त आयोजनामा हुने प्रतियोगिता चैत…
काठमाडौ : पुष्पकमल दाहाल प्रचण्ड मन्त्रीपरिषद्मा रहेका ३१ जना मन्त्रीहरुको सम्पत्ती विवरण सार्वजनिक भएसँगै कोसँग कती रकम छ, कती जिन्सी छ, को धनी को गरिब भन्ने विषयमा बहस सुरु भएको छ। उक्त मन्त्रीपरिषद्मा सम्पत्ती सार्वजनिक गर्ने मध्ये युवा तथा खेलकुद मन्त्री दलजित विके श्रीपाली ऋणमा रहेको देखिएको छ। नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका श्रीपालीले बुझाएको विवरणमा उनको ६ लाख ८०…
काठमाडौँ : एकै सरकारमा शहरी विकास र स्वास्थ्य मन्त्रीको रुपमा सहभागी अर्जुननरसिह केसी र गगन थापा नातामा ज्वाईँ ससुरा हुन् । मन्त्रिपरिषद्को निर्णयपछि मंगलबार सार्वजनिक भएको यी दुवैको सम्पत्ति विवरणमा ससुरा जग्गाप्रेमी देखिए भने ज्वाईँ शेयर प्रेमी। केसीसँग नगद मात्रै डेढ करोड शहरी विकास मन्त्री अर्जुननरसिंह केसीसँग नगद मात्रै एक करोड ७४ लाख छ। सार्वजनिक सम्पत्ति विवरण अनुसार नुवाकोटमा…
काठमाडौं : नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा प्रथम राष्ट्रिय बेसबल च्याम्पियनसिप आगामी शुक्रबारदेखि लगनखेलस्थित सैनिक शारिरीक प्रशिक्षण तथा तालिम केन्द्रमा हुने भएको छ। प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, पोखरा यती बेसबल क्लब, भक्तपुर बेसबल क्लब र गोर्खा बेसबल क्लब गरि ५ टिमको सहभागिता रहनेछ। फेब्रुअरी १४ देखि मार्च ९ सम्म पाकिस्तानको ईस्लामाबादमा आयोजना हुने पश्चिम एशिया बेसबल प्रतियोगिताको…
काठमाडौं : अन्तर क्लबस्तरिय रग्वी सेभेन्सको पुरुषतर्फको उपाधि नेपाल आर्मी 'ए' ले जितेको छ। दशरथ रंगशालामा बुधबार भएको पुरुषतर्फको फाइनल खेलमा आर्मीले गोर्खालीको पुरुष टिमलाई ५–० स्कोरले पराजित गर्दै पहिलो पटक भएको क्लबस्तरिय रग्वीको उपाधि जित्न सफल भएको हो। निकै प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा पहिलो हाफ बराबरीमा सकिएपनि अधिकांश राष्ट्रिय टिमका खेलाडी रहेको गोर्खाली क्लब दोस्रो हाफमा आर्मीसँग निरह बन्यो।…
मस्को (रसिया) : रसियाली प्रशासनिक केन्द्र क्रेमलिनले वासिङ्टन पोस्टमा छापिएको अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रसियाको हस्तक्षेप रहेको भन्ने अमेरिकी गुप्चतर संस्था सिआइएको रिपोर्ट निराधार आरोप मात्रै भएको जनाएको छ। निर्वाचनका विषयमा रसियालाई जोडेर गरेको एउटै पनि आरोप विल्कुलै आधारहीन भएको र यसलाई प्रमाणित गरेर देखाउन क्रेमलिन प्रवक्ता डिमित्री पेस्कोभले सञ्चारकर्मीसँग आग्रह गरेका छन्। ‘यी सबै आरोप विल्कुल निराधार, अनुचित…
कावासोती : ट्याक्टरले ठक्कर दिँदा नवलपरासीको कावासोती–३ मा एक जनाको ज्यान गएको छ। आज बिहान ३ बजे लु ३ त १५७० नम्बरको ट्र्याक्टरले त्रिनेत्र पेट्रोल पम्पबाट भित्री सडकमा जाने क्रममा ठक्कर दिँदा कावासोती–१६ का १४ वर्षीय सुवास विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ। ठक्कर दिने ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गोरखा : एक हजार दुई सय मेगावाट क्षमताको बन्ने बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रका बासिन्दाले मुआब्जा रकम पुनरावलोकनका लागि गृह मन्त्रालयमा निवेदन पठाएका छन्। गत मङ्सिर ११ गते जिल्ला मुआब्जा निर्धारण समितिले तोकेको मुआब्जा उचित नभएको भन्दै आन्दोलनमा उत्रिएका बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले मन्त्रालयमा मुआब्जा पुनरावलोकनका लागि निवेदन पठाएको हो। बूढीगण्डकी क्षेत्रमा पर्ने गोरखाका १४ गाविसका जग्गालाई…
काठमाडौँ : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमरी पुन्ही: अर्थात् योमरी पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ। उपत्यकाको नेवार समुदायले चार सय वर्षअघि उत्तरायण माघ १ गतेदेखि योमरी पूर्णिमाका दिनमा सारेको विश्वास गरिन्छ। जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो। यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ।…
पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोले चौथो पटक बालोन डे अरको उपाधि जितेका छन्। सन् २०१६ मा पोर्चुगललाई पहिलो पटक युरोकपको उपाधि दिलाउन भूमिका खेल्नुका साथै रियल मड्रिडले कीर्तिमानी ११ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्दा त्यसका सदस्य रहेको रोनाल्डोले लियोनल मेसीलाई पछि पार्दै यस वर्षको अवार्ड जितेका हुन्। रोनाल्डो र मेसीबाहेक फ्रेन्च खेलाडी अन्टोनी ग्रिजमन पनि अन्तिम तीनमा परेका थिए। फ्रान्स…
अल्जेरियन खेलाडी रियाद महारेजले 'बिबिसी अफ्रिकन प्लेअर अफ दि इयर'को अवार्ड जितेका छन्। गत सिजन लेस्टर सिटीलाई पहिलो पटक इंगलिस प्रिमियर लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका महारेजले पहिलो पटक यस अवार्ड जितेका हुन्। विश्वभरबाट गरिएको भोटका आधारमा महारेजले पिएरे एमरिक औवामेयाङ, याया टुरे, आन्द्रे आयु, साडियो मानेलाई पछि पारे। अवार्ड पाएपछि २५ वर्षे मिडफिल्डरले बिबिसीसँग भने, 'अवार्ड भनेको मेरो…
काठमाडौं : अर्थ मन्त्रालयले लोडसेडिङ मुक्त अभियानलाई सघाउन ऊर्जा मन्त्रालयमार्फत नेपाल विद्युत प्राधिकरणलाई सवा ५ अर्ब रुपैयाँभन्दा बढी ऋण दिने भएको छ। अर्थले लोडसेडिङ हटाउने विभिन्न उपकरण खरिदका लागि ५ अर्ब ३७ करोड रुपैयाँ ऋण दिने प्रतिबद्धता जनाएको हो। अर्थको बजेट महाशाखा प्रमुख मधु मरासिनीले प्राधिकरणले उपकरण खरिद गर्ने प्रक्रिया सुरु गरेपछि रकम निकासा गर्ने जानकारी दिए। प्राधिकरणले…
इटालियन सिरी ए अन्तर्गत सोमबार भएको खेलमा एसी मिलान रोमासँग १-० ले पराजित भएको छ। एमबाए नियाङले पहिलो हाफमा प्राप्त पेनाल्टीमा गोल गर्न नसक्दा मिलानले त्यसको मूल्य चुकाउनुपर्यो। उनको पेनाल्टी रोमाका गोलरक्षक सेज्नेले रोके। रोमाका लागि ६७ औं मिनेटमा राद्जा नाइङगोलानले निर्णायक गोल गरे। जितपछि रोमाले दोस्रो स्थानमा पनि मिलानसँग ३ अंकको स्पष्ट अग्रता बनाएको छ। १६ खेलबाट ३५ अंक…
काठमाडौँ : नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनले विभिन्न २३ वटा परियोजनाबाट करिब ३०७ मेगावाट विजुली थप उत्पादन भएकाले हाल विद्युत्भार कटौती (लोडसेडिङ) कम गर्न सम्भव भएको जनाएको छ। युनियनका अध्यक्ष रामेश्वर पौडेलले काठमाडौँ उपत्यकाको अहिलेको माग पनि त्यति नै रहेकाले विद्युतभार (लोडसेडिङ) मा कमी गर्न सम्भव भएको बताए। ओली सरकारको पालामा विद्युतभार कटौती गर्ने कार्यलाई प्राथमिकतामा राखिएको र…
काठमाडौं : जारी संसद अवरुद्ध खुलाउने र संविधान संशोधन प्रस्तावमा सहमति जुटाउने विषयमा तीन प्रमुख दलका शीर्ष नेताहरुबीच छलफल जारी छ। संसदको गतिरोध र दलहरुबीच बढ्दै गएको दुरी कम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक डाकेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो। बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेता सहभागी छन्। सरकारले संसदमा दर्ता…
काठमाडौं : काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभल (किम्फ) २०१६ मा कमलरी प्रथामाथि तयार पारिएको डकुमेन्ट्री ‘उर्मिला : माई मेमोरी इज माई पावर’ विजेता घोषित भएको छ। सुसन ग्लुथले निर्देशित डकुमेन्ट्रीले १५ सय अमेरिकी डलर जित्यो। सोमबार सकिएको १४ औं संस्करणको किम्फ समापन कार्यक्रममा निर्देशक सुसनले आफूले जितेको रकमको केही प्रतिशत सामाजिक कार्यमा खर्चिने बताएकी छिन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत…
धनवीर महतो महोत्तरी : वर्षौंसम्म घुम्टोभित्रै सीमित भएर जीवन जिउने मधेसी महिलाका लागि महोत्तरीकी सुनैना ठाकुर एक उदाहरणीय पात्र बनेकी छिन्। मिथिला चित्रकलाको सहाराले अमेरिकाको न्युयोर्कमा ‘२०१६ कमन ग्राउन्ड अवार्डस् द फेस अफ पिस’को उपाधिबाट सम्मानित भएपछि उनी मधेसी महिलाका लागि उदाहरणीय नामका चिनिएकी हुन्। जिल्लाकै सुगाभवानीपट्टिकी ३२ वर्षीया गृहिणी सुनैनालाई मधेसी महिलाका लागि चिनारीका रुपमा परिचित हुनका…
राजविराज : पूर्वी तराई–मधेसमा अत्यधिक रुपमा बढेको शीतलहर एवम् बाक्लो हुस्सुका कारण जाडोले कठ्याङ्ग्रिएर सप्तरीको गोबरगढामा गएराति एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी, हनुमाननगर योगिनीमाई नगरपालिका–८ गोबरगढा निवासी १३ वर्षीया वन्दनाकुमारी मुखिया रहेको प्रहरीले जनाएको छ। बढ्दै गएको चिसोले न्यानो कपडाको अभावमा राति सुतेको अवस्थामा ओछ्यानमै उनको मृत्यु भएको हो। केही दिनयतादेखि बढेको बाक्लो हुस्सुका कारण…
काठमाडौं: फिल्म ’डायरी’ चैत ११ मा रिलिज हुने भएको छ। यसअघि निर्माण युनिटले चैतमा प्रदर्शन हुने भने पनि मिती तोकेको थिएन । ’अन्य फिल्मको रिलिजसँग नजुधोस भनेर खाली डेट रोजेका हौं’ निर्देशक अनिल योन्जनले जानकारी दिए। फिल्ममा रेखा थापा पहिलो पटक भिलेनको भूमिकामा देखिएकी छिन्। फिल्ममा छुल्ठिम गुरुङ, सन्नी सिंह र रेखा थापाको मुख्य अभिनय छ। छुल्ठिम इन्टरटेनमेन्ट र एयर…
शाहरुख खानसित फिल्म रइसमा देखिन लागेकी पाकिस्तानी नायिका माहिरा खानले आफ्नो बाल्यकाल देखि नै शाहरुख खानसित प्रेम बसेको बताएकी छिन्। बिबिसीसँगको कुराकानीमा उनले स्कूल पढ्दादेखीनै शाहरुख जस्तै केटा खोजेको बताएकी छिन्। चलचित्र रइसमा शाहरुखसँगै देखिन लागेकी माहिरा अहिले पाकिस्तानमा छिन्। पाकिस्तानी कलाकारलाई भातरमा प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेकाले माहिरा चलचित्र प्रमोसनका लागि भारत आउने छैनन्। महाराष्ट्र नवनिर्माण सेनाका अध्यक्ष राज ठाकरेसँग…