PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

  • तोरीबारी रुँघ्न जाँदा हात्तीको आक्रमणबाट एकको मृत्यु

    पर्सा : पर्साको निर्मलबस्ती गाविसमा गएराति जङ्गली हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ।   वनबाट आएको हात्तीले आक्रमण गर्दा निर्मलबस्ती गाविस–४, सिकारीवास टोल निवासी ४५ वर्षीय रोघाई चौधरीको ज्यान गएको हो।   तोरीबारीमा राति बाली जोगाउन पहरा बसेका बेला वनबाट हात्तीले आक्रमण गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।   पर्सा वनजन्तु आरक्षबाट आहारा…

    विस्तृतमा पढ्नुस्

  • ​यु १९ एसिया कप : श्रीलंकाद्वारा नेपाललाई २२८ रनको लक्ष्य प्रस्तुत

    ​यु १९ एसिया कप : श्रीलंकाद्वारा नेपाललाई २२८ रनको लक्ष्य प्रस्तुत

    काठमाडौं : एसीसी युथ एसिया कपमा नेपालले श्रीलंकाविरुद्ध जितका लागि २२८ रनको लक्ष्य पाएको छ। नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको घरेलु टोली श्रीलंकाले पूरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २ सय २७ रन बनाएको हो। श्रीलंकाको लागि हासिथा बायोगाडाले सर्बाधिक ८३ रन बनाए। १०६ बल खेलेका उनले १२ चौका प्रहार गरे। त्यसबाहेक कृसान सान्जुलाले २८ रन…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रीले सम्पत्ति विवरणमा लेखे - मोटरसाइकल थियो, चोरियो!

    मन्त्रीले सम्पत्ति विवरणमा लेखे - मोटरसाइकल थियो, चोरियो!

    काठमाडौँ : मन्त्रिपरिषद्का सदस्यले बुझाएका सम्पत्ति विवरणमा केही रोचक सम्पत्ति सूची समेत भेटिएको छ। कानुनमन्त्री अजयशंकर नायकले अन्य सम्पत्ति विवरणमा आफ्ना दाजुहरुको विवरण उल्लेख गरेका छन्। उनको विवरणमा आफू कान्छो भाइ रहेको र राजनीतिमा लागेको, जेठो दाइ विजयशंकर माध्यमिक विद्यालयको अंग्रेजी शिक्षक रहेको र हाल अवकाशपछि निजी स्कुल पढाउने गरेको उल्लेख छ। माइलो दाइ कृषि पेसामा रहेको र आआफ्नो आम्दानीबाट…

    विस्तृतमा पढ्नुस्

  • अरुको उत्पादन आफ्नो भन्दै बेचेपछि रामदेवको पतञ्जलीलाई ११ लाख जरीवानाको फैसला

    अरुको उत्पादन आफ्नो भन्दै बेचेपछि रामदेवको पतञ्जलीलाई ११ लाख जरीवानाको फैसला

    हरिद्वार : योगगुरु बाबा रामदेवको कम्पनीलाई गलत तरिकाले उत्पादनको प्रचारप्रसार गरेको अभियोगमा अदालतले जरिवाना तिराउने फैसला गरेको छ।   सिटी कोर्टले पतन्जलीलाई ११ लाख भारु जरिवाना एक महिनाभित्र भुक्तान गरिसक्न आदेश दिएको हो। अरुका उत्पादनलाई गलत देखाएर आफ्ना उत्पादनहरुको बढाइचढाइ प्रचारप्रसार गरेको आरोप पुष्टि भएपछि जरिवाना गरिएको हो।   साथै अरु कम्पनीले उत्पादन गरेको बस्तुहरुलाई आफ्नो मार्का लगाएर पतञ्जलीले बिक्री…

    विस्तृतमा पढ्नुस्

  • भवन भत्किँदा मुम्बईमा ३ जनाको ज्यान गयो, १२ जना घाइते

    भवन भत्किँदा मुम्बईमा ३ जनाको ज्यान गयो, १२ जना घाइते

    नयाँदिल्ली : भारतको मुम्बईमा बिहीबार एउटा भवन भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ। घटनामा १२ जनाभन्दा बढी घाइते भएका छन्।   बिहीबार बिहान मुम्बईको महाराष्ट्र नगर क्षेत्रमा घर भत्किँदा सो घटना भएको हो। त्यहाँ तीन जनाको शव भेटिएको र घाइतेहरुलाई तत्काल अस्पताल लगिएको एक प्रहरी अधिकारीले जानकारी दिए।   स्थानीय टेलिभिजन च्यानलहरुले उद्धारकर्ताहरुले उद्धार गर्दै गरेको अवस्थाका दृश्यहरु देखाएका…

    विस्तृतमा पढ्नुस्

  • एमालेले जति नै जनता उचाले पनि संशोधन प्रस्ताव फिर्ता हुँदैन : देउवा

    एमालेले जति नै जनता उचाले पनि संशोधन प्रस्ताव फिर्ता हुँदैन : देउवा

    चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ विकास समितिलाई गाउँपालिका बनाएर अहिलेकै संरचनामा निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताएका छन्।   नेपाली कांग्रेस चितवनको सङ्गठन सुदृढीकरण एवम् जागरण अभियान २०७३ को आज उद्घाटन गर्दै उनले एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूबीच गाउँपालिकाको निर्वाचन गर्न सहमति भएको दोहोर्‍याए।   संविधान कार्यान्वयन गराउन…

    विस्तृतमा पढ्नुस्

  • प्रदूषण नियन्त्रणका लागि कार्ययोजना ल्याउने तयारीमा सरकार

    काठमाडौँ : सरकारले प्रदूषण नियन्त्रणमा समग्र दिशानिर्देश गर्न र कार्यदिशा उपलब्ध गराउन ‘राष्ट्रिय प्रदूषण नियन्त्रण रणनीति तथा कार्ययोजना’ ल्याउने भएको छ।   कार्ययोजनाको मस्यौदामाथि सरोकारवाला निकायका प्रतिनिधिसँगको छलफल एवम् सुझाव सङ्कलनका लागि वातावरण विभागले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले नयाँ कानुन निर्माणभन्दा पनि भएका कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिन सुझाव दिए।   वातावरणविद्ले अन्तर सरकारी निकायको समन्वय, अनुगमन तथा मूल्याङ्कन, दण्ड…

    विस्तृतमा पढ्नुस्

  • ​सय मेगावाटभन्दा कमका आयोजना अब सरकारले नबनाउने, ऊर्जामन्त्रीका चार घोषणा

    ​सय मेगावाटभन्दा कमका आयोजना अब सरकारले नबनाउने, ऊर्जामन्त्रीका चार घोषणा

    काठमाडौँ : ऊर्जामन्त्री जनार्दन शर्माले ‘पावर समिट २०१६’ मा केही महत्वपूर्ण घोषणा गरेका छन्। साथै उनले तत्कालै ती घोषणालाई समेटेर नीति नै परिवर्तन गर्ने दाबी समेत गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानले गरेको कार्यक्रममा शर्माले गरेका महत्वपूर्ण चार घोषणा यस्ता छन्– १) सबै विद्युत सरकारले किन्ने ऊर्जामन्त्री शर्माले अब नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रका सबै बिजुली नेपाल विद्युत प्राधिकरणले…

    विस्तृतमा पढ्नुस्

  • संशोधन प्रस्तावको विरोध : पूर्वमा हड्ताल, अर्घाखाँची अनिश्चित, रोल्पा-प्युठानमा चारदिने बन्द

    संशोधन प्रस्तावको विरोध : पूर्वमा हड्ताल, अर्घाखाँची अनिश्चित, रोल्पा-प्युठानमा चारदिने बन्द

    काठमाडौं : संविधान संशोधन प्रस्तावको विरोधमा देशका विभिन्न जिल्लामा बन्द हडताल आह्वान गरिँदा त्यहाँको जनजीवन प्रभावित बनेको छ।   पूर्वमा आन्दोलनको घोषणा गरेको सङ्घीय लिम्बुवान पार्टी नेपालले आज अरुणपूर्वका ९ जिल्लमा आमहडताल गरेको छ। जसका कारण लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन चलेका छैनन्।   प्रदेश नं ५ लाई टुक्र्याउने भएपछि झापा, मोरङ सुनसरीलाई पनि टुक्र्याउने षडयन्त्र भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • ​ब्याडमिन्टन सिरिज : नेपालबाट कुनै पनि खेलाडी सेमिफाइनल पुग्न सकेनन्, रत्नजित तीनवटै इभेन्टमा पराजित

    ​ब्याडमिन्टन सिरिज : नेपालबाट कुनै पनि खेलाडी सेमिफाइनल पुग्न सकेनन्, रत्नजित तीनवटै इभेन्टमा पराजित

    काठमाडौं : नेपाली नम्वर वन ब्याडमिन्टन खेलाडी रत्नजित तामाङ राजधानीमा जारी नेपाल इन्टरनेशल ब्याडमिनटन सिरिजको मेन्स सिंगल, मेन्स डबल्स र मिक्स डबल्समा तीनवटै इभेन्टमा पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएका छन्।   त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा भएको प्रतियोगिताअन्तर्गत रत्नजित मेन्स सिंगलको क्वाटरफाइनलमा भारतीय खेलाडी सिद्धार्थ ठाकुरसँग २१-१८, २१-१७ को सोझो सेटमा पराजित भए। यसअघि भएको दुवै भेटमा पनि रत्नजित ठाकुरसँग पराजित…

    विस्तृतमा पढ्नुस्

  • उद्योगमन्त्रीको निर्देशन- 'कागजात पुगेका उद्योग ३० घन्टाभित्र दर्ता गरिसक्नू'

    उद्योगमन्त्रीको निर्देशन- 'कागजात पुगेका उद्योग ३० घन्टाभित्र दर्ता गरिसक्नू'

    काठमाडौँ : उद्योगमन्त्री नवीन्द्रराज जोशीले कागजपत्र पुगेका उद्योगलाई बढीमा ३० घण्टाभित्र दर्ता गरिसक्न उद्योग विभागका कर्मचारीहरुलाई निर्देशन दिएका छन्। कागजपत्र पुगेको अवस्थामा अधिकतम ३० घण्टाभित्र पनि उद्योग दर्ता नभए कर्मचारीलाई कारबाही गर्ने मन्त्री जोशीले चेतावनी दिए।   ‘कागजात नपुगेको रहेछ भने केके पुगेन प्रस्ट खुलाएर सेवाग्राहीलाई भनिदिनुपर्‍यो,’ विभागको स्थलगत निरीक्षणका क्रममा बिहीबार उनले भने। त्यस्तै वैदेशिक लगानी भएका उद्योग बढीमा…

    विस्तृतमा पढ्नुस्

  • एक हप्तादेखि ताला लागेको घरमा आगलागी

    एक हप्तादेखि ताला लागेको घरमा आगलागी

    सोलुखुम्बु : जिल्लाको लोखिम–५ स्थित बृखबहादुर तामाङको घरमा गएराति आगलागी हुँदा रु एक लाख ६० हजारभन्दा बढी धनमाल र केही पुराना बहुमूल्य सामग्री जलेर नष्ट भएको छ।   घरमा एक्लै बस्दै आएका तामाङ बिरामी परेपछि एक हप्तादेखि कान्छो छोराको घरमा बस्दै आएकाले आगलागीको कारण भने खुल्न नसकेको छिमेकी राजवीर तामाङले जानकारी दिए।   आज बिहान घटनास्थल पुगेको प्रहरीले घरभित्र रहेको…

    विस्तृतमा पढ्नुस्

  • गोपाल किराँतीको चेतावनी- ‘पुरानै संरचनामा निर्वाचन गरिए बहिष्कार’

    गोपाल किराँतीको चेतावनी- ‘पुरानै संरचनामा निर्वाचन गरिए बहिष्कार’

    विराटनगर : नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँतीले पुरानै संरचनामा गराइने स्थानीय निकायको निर्वाचन अस्वीकार गर्ने बताएका छन्।   प्रेस सेन्टर नेपाल मोरङ शाखाले आज विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उनले पुनःसंरचना आयोगले बुझाउन लागेको नयाँ संरचनागत प्रतिवेदनको आधारमा निर्वाचन गराउन सरकार अग्रसर हुनुपर्नेमा जोड दिए।   नेपाली कांग्रेस, एमाले, राप्रपा र मधेस केन्द्रित दलहरु पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गराउन…

    विस्तृतमा पढ्नुस्

  • अब राजमार्गछेउ मदिरा पसल राख्न नपाइने, सर्वोच्च अदालतको यस्तो आदेश

    अब राजमार्गछेउ मदिरा पसल राख्न नपाइने, सर्वोच्च अदालतको यस्तो आदेश

    नयाँदिल्ली : भारतको सर्वोच्च अदालतले देशभरका सबै राष्ट्रिय राजमार्गको छेउछाउमा मदिरा पसल नराख्न बिहीबार आदेश दिएको छ।   राजमार्गको छेउछाउमा मादक पदार्थको बेचबिखनबाट सवारी दुर्घटना बढेको र यसलाई कम गर्ने उद्देश्यले अदालतले यस्तो आदेश दिएको अधिकारीले बताएका छन्।   भारतका प्रधानन्यायाधीश टी एस ठाकुरको इजलासले कुनै पनि राष्ट्रिय वा प्रदेशस्तरीय राजमार्गका छेउछाउमा मदिरा पसल राख्न नदिन र यसअघि अनुमतिपत्र लिएकाहरुको…

    विस्तृतमा पढ्नुस्

  • संशोधन विधेयक फिर्ता गर्न आग्रह गर्दै नेता केसीले भने- 'पारितै हुँदैन'

    संशोधन विधेयक फिर्ता गर्न आग्रह गर्दै नेता केसीले भने- 'पारितै हुँदैन'

    बागलुङ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्।   प्रगतिशील पत्रकार सङ्घले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले विधेयक पारित नहुने भएकाले फिर्ता लिन जिकिर गरे। ‘संविधान संशोधनको प्रस्ताव त्रुटिपूर्ण छ, यसलाई सच्चाउनुपर्छ,’ नेता केसीले भने, ‘सरकारले यसलाई तुरुन्त फिर्ता लिओस्, नत्र मुलुक झन सङ्कटमा फस्छ।’ विधेयकमा समावेश भएका…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्टर किन्न ८ वर्षीय बालकको अपहरण: शौचालयमा भेटियो शव

    ट्याक्टर किन्न ८ वर्षीय बालकको अपहरण: शौचालयमा भेटियो शव

    सप्तरी : ट्याक्टर किन्ने पैसा जोहो गर्न ८ वर्षिय बालक दुर्गानन्द साहको अपहरण गरी हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । चुडामणी ठाकुर, रामबाबु गुप्ता साह र कपिलदेव साहको पक्राउपछी पाँच लाख फिरौती लिएर ट्याक्टर किन्न अपहरणगरी हत्या गरेको देखिएको हो । सप्तरीको हरिपुरबाट मंसिर ११ गते अपहरणमा परेका ८ वर्षिय साहको अपहरणमा संलग्न देखिएका तीन जना पक्राउ परेपछी बालकको…

    विस्तृतमा पढ्नुस्

  • यु १९ एसिया कप : श्रीलंकासँग नेपाल १ रनले पराजित

    यु १९ एसिया कप : श्रीलंकासँग नेपाल १ रनले पराजित

    काठमाडौं : एसीसी युथ एसिया कपमा नेपाल श्रीलंकासँग १ रनले पराजित भएको छ।   जित नजिकै रहेको अवस्थामा अन्तिम ओभरको तेस्रो बलमा दिपेन्द्र सिंह ऐरी आउट भएपछि नेपाल १ रनको साँघुरो अन्तरले पराजित भएको हो। २२८ रनको लक्ष्य पछ्याएको नेपाल ३ बल बाँकी छँदा २२६ रनमा अलआउट भयो। दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ९० रन बनाएपनि उनी जित दिलाउनबाट…

    विस्तृतमा पढ्नुस्

  • थाइल्यान्ड घुम्न जाने नेपालीलाई भिषा निःशुल्क

    थाइल्यान्ड घुम्न जाने नेपालीलाई भिषा निःशुल्क

    काठमाडौं : थाइल्यान्ड सरकारले पर्यटन भिषामा आफ्नो देश घुम्न आउने  नेपालीका लागी भिषा शुल्क निशुल्क बनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार सन् २०१६ डिसेम्बर १ देखी २०१७ फेब्रुअरी २८ सम्ममा थाइल्यान्ड घुम्न आउने नेपाली नागरिकले भिषा शुल्क तिर्नु पर्दैन । परराष्ट्रले १५ दिन ढिला बिहीबार जारी गरेको विज्ञप्ती अनुसार‘ सिंगल इन्ट्रीका लागी भिषा शुल्क पूर्ण रुपमा मिनाहा गरिएको’ उल्लेख छ…

    विस्तृतमा पढ्नुस्

  • ​सांसदले दिए क्याम्पसलाई १ करोड १२ लाख रुपैयाँ

    कैलाली : कैलाली जिल्लामा रहेका चारवटा क्याम्पसलाई जिल्लाका सांसदहरुले एक करोड १२ लाख रुपैयाँ सहयोग गरेका छन्। धनगढीको कैलाली बहुमुखी क्याम्पसलाई नेपाली कांग्रेसका सांसद पुस्करनाथ ओझाले ४० लाख रुपैयाँ सहयोग गरेका छन्। वन तथा भूसंरक्षण राज्यमन्त्री दीर्घराज भाटले अत्तरियाको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसलाई पनि ४० लाख रुपैयाँ नै सहयोग गरेका छन्। नेकपा एमालेका सांसद मोहन सिंह राठौरले लम्की बहुमुखी क्याम्पसलाई २०…

    विस्तृतमा पढ्नुस्

  • सलमानलाई पछि पार्दै गुगल टप सेलिब्रेटी लिस्टमा सुशान्त सिंह राजपुत

    सलमानलाई पछि पार्दै गुगल टप सेलिब्रेटी लिस्टमा सुशान्त सिंह राजपुत

    बलिउडमा टप सेलिब्रेटिको लिस्टमा प्राय सुपरस्टार खानहरुको नाम आउँछ। तर २०१६मा भने सुशान्त सिंह राजपुतले स्टार खानहरुलाई पछी पारेका छन्। गुगलको टप ट्रेन्डिङ सेलिब्रेटिको लिस्टमा राजपुत अगाडी आएका हुन्। सुशान्तले २०१६मा टप क्रिकेटर एमएस धोनीको जीवन कथामा आधारित फिल्ममा धोनिको भूमिका निर्वाह गरेका थिए। सोही भूमिका निभाएकै कारण उनि टपमा आएका हुन त? अंकिता लोकन्देसँगको ब्रेकअप देखी फिल्मले बक्स अफिसमा बनाएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell