भक्तपुर : उच्च माध्यामिक शिक्षा परिषद्ले सञ्चालन गरेको कक्षा ११ को परिक्षामा ५१ दशमलव ७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परिक्षाफल अनुसार दुई लाख ६६ हजार एक सय तीन सहभागी भएकामा एक लाख ३७ हजार ६०५ परीक्षार्थी उत्तीर्ण भएका छन् । गत वर्षभन्दा यस वर्ष २ दशमलव ५१ प्रतिशत परीक्षार्थी बढी उत्तीर्ण भएका हुन्…
आर्सनलले प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा उकलने मौका गुमाएको छ। मंगलबार भएको खेलमा एक गोलको अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा आर्सनल एभरटनसँग २-१ ले पराजित भयो। खेलको २० औं मिनेटमै एलेक्सिस सानचेजले गोल गर्दै आर्सनलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफ सकिन एक मिनेट अगाडी एभरटनका सेमस कोलमनले गोल गर्दै पहिलो हाफमै खेल बराबरी गरे। एभरटनलाई घरेलु…
बेरुत (लेबनान) : सिरियामा जारी गृहयुद्धका कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख १२ हजार पुगेको बेलायतस्थित सिरियाली मानवअधिकारवादी संस्थाले जनाएको छ। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कमा युद्धका कारण तीन लाख १२ हजार व्यक्तिको मृत्यु भएको र यसमध्ये ९० हजार सर्वसाधारणको मृत्यु भएको जनाइएको छ। सन् २०११ मा यहाँको सरकारविरोधी आन्दोलन सुरु भएपछि करिब १६…
रामेछाप : रामेछापमा गएराति टिपर दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। रामेछापको खाँडादेवी गाविस- १ चोप्राङमा बा २ ख ६८८८ नम्बरको टिपर दुर्घटनामा परेको हो। दुर्घटनामा परी मृत्यु हुनेहरुमा सिन्धुपाल्चोक तातोपानीका कुमार विक, सर्लाहीका विकास पौडेल, सिन्धुली कपिलकोटका रुपेश भण्डारी र ललितपुर चापागाउँका किरण डाँगी छन्। टिपर चालक विकसहित तीन जनाको घटनास्थलमै र डाँगीको उपचारका लागि अस्पताल…
वीरगन्ज : केही दिनयता मध्यतराईमा बढेको चिसोका कारण बारा र पर्सा जिल्लामा कठ्याङ्ग्रिएर दुई जनाको मृत्यु भएको छ भने जनजीवन कष्टकर बन्दै गएको छ। अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर बारा मनहरवा–८ बस्ने ४० वर्षीय सुकेश्वर माझी तथा पर्सा जिल्लाको सेढवा–१ का ४५ वर्षीय प्रभुराम चमारको कठ्याङ्ग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ । निरन्तर हुस्सु लाग्नुका साथै शीतलहर चल्ने…
गौशाला : जिल्लाको दुई स्थानबाट कालोबजारी गरेको आरोपमा दुई वटा सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको सोनौल–४ बस्ने सीता कृषि सहकारी संस्थाका अध्यक्ष सीताप्रसाद भगत र रामगोपालपुर–९ बस्ने शिवाजी सहकारी संस्थाका अध्यक्ष गणेश राउत कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए। पक्राउ परेका अध्यक्षद्वयमाथि किसानलाई सहुलियत दरमा बिक्री गर्ने उद्देश्यले सरकारी…
लमजुङ : लमजुङलाई ‘हाइड्रो मोडेल नमुना जिल्ला’ घोषणा गर्ने तयारी गरिएको छ। जलविद्युत् निर्माणमा लगानीमैत्री वातावरण बनेको भन्दै हाइड्रो मोडेल जिल्ला घोषणा गर्न विशेष पहल थालिएको हो। पाँचौ लमजुङ महोत्सवका अवसरमा गरिन लागिएको जलविद्युत्सम्बन्धी कार्यशाला गोष्ठीबाट जिल्लालाई हाईड्रो मोडेल जिल्ला घोषणा गर्न लागिएको हो। बैठकमा सहभागी सांसद्, नेता, प्रशासक तथा अन्य सरोकारवालाले जिल्लालाई हाइड्रो मोडल जिल्ला घोषणाका लागि सरकारसँग…
बैतडी : दार्चुलाको शङ्करपुर घर भएका एक स्रोतव्यक्तिको हिँड्दाहिँड्दै अकस्मात् मृत्यु भएको छ। मृत्यु हुनेमा शङ्करपुर–३ सातचौरीका ४८ वर्षीय किसनसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए। प्रहरी निरीक्षक चन्दका अनुसार बिहान घरबाट मालिकार्जुन स्रोतकेन्द्र जाने बेलामा मंगलबार उनको मृत्यु भएको हो। ‘विद्यालय गइरहेका धामी घर नजिकै रहेको पानीको धाराछेउमा मृत भेटिएका हुन्,’ चन्दले भने।…
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक फिर्ता गर्नुपर्ने आफ्नो बटमलाइन कायम रहेको बताएका छन्। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई भेट्न भक्तपुरस्थित उनकै निवास पुगेका ओलीले संविधान संशोधन विधेयक फिर्ता हुनुपर्ने अडानमा यथावत् रहेको जानकारी बिजुक्छेलाई गराएका हुन्। प्रमुख तीन दलसँग मंगलबार भएको बैठकमा निर्वाचनको मिति घोषणा गर्ने र विधेयक अगाडि बढाउने…
काठमाडौं : 'लुट टू'को ठमेल बजार गीतको भिडियोबाट चर्चामा आएकी मोडल एलिशा राई नयाँ गीतको भिडियोमा देखिएकी छिन्। गायक पवन थिङको एल्बम ‘साइनो’मा समावेश नेपाली लोक पप शैलीको ‘साइनो’ को म्युजिक भिडियोमा पनि उनी देखिएकी छिन्। प्रिमियर समारोहमा गायक थिङले पश्चिम नेपालको लोकलयमा आधारित साइनो गीतको भिडियो सार्वजनिक गरेका हुन्। प्रिमियर गरिएको गीतमा गायक थिङकै शब्द समावेश छ भने प्रेम…
काठमाडौं : ट्याक्सी चालक राजकुमार लामाको मृत्यु प्रकरण छानबिन गर्न बनेको समितिले मदिराका कारण नभई उनको हत्या नै भएको पुष्टि गरेको छ। आज अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै छानबिन समितिका संयोजक महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले अनुसन्धानमा लामाको हत्या नै भएको पुष्टि गरे। जोरपाटीस्थित नयाँबस्तीमा रहेको प्रहरी चौकीका प्रहरीले भने प्रारम्भिक अनुसन्धानमा अत्यधिक मदिरा पिएर उनको मृत्यु…
काठमाडौँ : दरबारमार्गमा रहेको याक एन्ड यती होटलले कर तिर्न अटेर गरेपछि काठमाडौँ महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ। अन्य तारे होटल करको दायरामा आइसक्दा पनि याक एन्ड यतीले अहिलेसम्म सबै शीर्षकमा कर तिर्न आलटाल गरेपछि कारबाहीको प्रक्रिया सुरु गर्न लागेको महानगरपालिकाले जानकारी गराएको छ। स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा १६५ (२) बमोजिम पहिलो चरणमा…
काठमाडौँ : दर्ताबिना तथा नवीकरणबिना सञ्चालित स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउन निर्देशिका संशोधन गर्न लागिएको छ। स्वास्थ्य संस्था स्थापना, सञ्चालन, गुणस्तरमापन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० संशोधन गरी पुस महिनाभित्र छुट्टै एकाइ बनाएर ती स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याइने मन्त्रालयलको योजना छ। नेपालमा बहुसङ्ख्यक निजी अस्पताल, क्लिनिक, पोलिक्लिनिक लगायतका स्वास्थ्य संस्थाले मन्त्रालय र जिल्ला जनस्वास्थ्य कार्यालयमा सञ्चालन अनुमतिपत्र…
चितवन : परराष्ट्रमन्त्री डा प्रकाशरण महतले संसद्मा पेस भएको संविधान संशोधन प्रस्तावलाई एमाले लगायतका विपक्षी दलले देश नै विखण्डनतर्फ जाने गरी अतिरञ्जिन गरेको बताएका छन्। पत्रकारसँग कुराकानी गर्दै उनले कांग्रेसले तत्कालीन लाभलाई थाती राखेर मुलुकलाई निकास दिनका लागि संशोधन प्रस्तावलाई समर्थन गरेको बताए। ‘चित्त नबुझ्दा नबुझ्दै पनि देशले निकास पाउँछ, मधेस आन्दोलन रोकिन्छ भनेर संशोधन प्रस्ताव पेस गरिएको हो,’…
काठमाडौं : स्थानीय तह पुनर्संरचना आयोगका सदस्य सुनीलरञ्जन सिंहले २ नम्बर प्रदेशको संयोजक पदबाट राजीनामा दिएका छन्। प्रदेशको जिल्ला-जिल्लामा गएर राजनीतिक दलहरुबीच स्थानीय तह पुनर्संरचना गराउने कार्यमा अत्यधिक प्रयास गर्दा पनि सम्भव नभएकाले राजीनामा दिएको उनले उल्लेख गरेका छन्। २ नम्बर प्रदेशका सांसदहरुसँग स्थानीय तहको खाकामाथि छलफल हुँदा समेत दलबीचमै सहमति हुन नसकेको सिंहको भनाइ छ। ‘स्थानीय तह…
लहान : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा हुने बताएका छन्। प्रेस सेन्टर नेपाल सिरहाले लहानमा गरेको पत्रकार सम्मेलनमा उनले यसबारे तीन दलबीच गम्भीर रुपमा छलफल भइरहेकाले सहमतिमा छिट्टै मिति घोषणा हुने बताए। प्रधानमन्त्री दाहालले सरकारको सम्पूर्ण ध्यान संविधान कार्यान्वयनप्रति केन्द्रित भएको बताउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन सरकार क्रियाशील रहेको बताएका छन्। ‘सकेसम्म मधेस, पहाड,…
काठमाडौं : राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत शुक्रबारबाट क्वाटरफाइनल खेल सुरु हुने भएको छ। नेपाली फुटसल इतिहासमै सर्वाधिक पुरस्कार राशिको लिगमा समूह ए बाट किकअफ फुटसल, बानेश्वर फुटसल रिक्रियसन सेन्टर, ढुकु फुटसल हव र ह्वाइट हर्स फुटसल अन्तिम आठमा पुग्न सफल भएका छन् भने समूह बी बाट शंखमूल फुटसल, सामाखुसी फुटसल, कुमारी फुटसल र ताहाचल फुटसल क्वाटरफाइनल पुगेका छन्। क्वाटरफाइनलमा…
काठमाडौं : नेपालका रत्नजित तामाङ र शिक्षा श्रेष्ठ राजधानीमा जारी नेपाल इन्टरनेशनल ब्याडमिन्टन सिरिजको सिंगल्सतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन्। रत्नजित मेन्स सिगंल र शिक्षा वुमन्स सिंगलतर्फको खेल जित्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन्। यस्तै रत्नजित र दिपेश धामीको जोडी मेन्स डबल्सतर्फको क्वाटरफाइनमा प्रवेश गरेका छन्। रत्नजितले भारतीय खेलाडी खेलाडी अमन कुमारलाई २१-१३, २१-१९ को सोझो सेटमा पराजित गरे। यता रत्नजित र दिपेशको…
चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयन हुन नसके देशमा जे पनि हुन सक्ने भएकाले पुरानै संरचनामा निर्वाचन गर्ने तयारी थालिएको बताएका छन्। नेपाल महिला सङ्घ केन्द्रीय समितिले आयोजना गरेको निर्वाचन तथा महिला अधिकारसम्बन्धी नेतृत्व विकास तालिमको उद्घाटन गर्दै उनले यसबारेमा आफूले नेकपा (एमाले) का अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेको बताए। २०७४ माघभित्र तीनै…
काठमाडौं: फिल्म ‘म यस्तो गीत गाउँछु’को माघ २१ गतेबाट फ्लोरमा उत्रने भएको छ। फिल्मका लागि यूनिट फाइनल भए लगत्तै निर्माणपक्षले सुटिङ सुरु हुने मिती फाइनल गरेको हो। लभस्टोरी जनराको फिल्ममा नायक पल शाह र नायिका पूजा शर्माको प्रमुख भूमिका रहनेछ। फिल्मलाई नायिका पूजाका प्रेमी सुदर्शन थापाले निर्देशन गर्न लागेका हुन्। फिल्मका बारे बोल्दै पूजाले भनिन्,'मेरो भूमिका च्यालेन्जिङ छ तर सक्दो…