PahiloPost

Mar 20, 2025 | ६ चैत्र २०८१

  • प्रचण्ड-देउवालाई मोर्चाको प्रश्न : तपाइकै नेता एमालेसँग मिलेर आन्दोलन गरिरहेका छन्, चाला के हो ?

    प्रचण्ड-देउवालाई मोर्चाको प्रश्न : तपाइकै नेता एमालेसँग मिलेर आन्दोलन गरिरहेका छन्, चाला के हो ?

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आन्दोलनका कारण संसदमा पुगेर अड्किएको संविधान संशोधन प्रस्ताव के हुन्छ ? जिज्ञासा बोकेर शनिवार प्रधानमन्त्री निवास बालुवाटार पुगेका मधेसी मोर्चाका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई उनीहरुकै दलका नेताको गतिविधीबारे प्रश्न राखे । बैठकमा मोर्चाका नेताले प्रधानमन्त्री प्रचण्ड र देउवालाई सोधे ‘तपाईकै दलका नेताहरु एमालेसँग मिलेर आन्दोलन गरिरहेका छन्,…

    विस्तृतमा पढ्नुस्

  • बढ्दैछ चिसो : काठमाडौं अधिकतम १९, न्युनतम ५

    काठमाडौं : काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दै गएको छ । विन्टरमा ‘सिजनल इफेक्ट’ का कारण उपत्यकासहित धेरै स्थानमा चिसो महसुस भएको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । काठमाडौँमा तुलनात्मकरुपमा शनिवार बढी चिसो महसुस गरिएको छ । उनका अनुसार अधिकतम तापक्रम घटेका कारण चिसो बढेको हो । यो अझै निरन्तर घट्ने क्रममा छ ।  अधिकतम २२ डिग्री सेल्सियस रहेकामा अहिले १९…

    विस्तृतमा पढ्नुस्

  • करिष्मा मानन्धरलाई हरितारा चलचित्र पुरस्कार

    करिष्मा मानन्धरलाई हरितारा चलचित्र पुरस्कार

    काठमाडौँ : कलाकारिता क्षेत्रबाट चलचित्र क्षेत्रमा योगदान पु¥याएबापत तीन कलाकारले ‘हरितारा चलचित्र पुरस्कार’ पाएका छन् ।  नायिका करिष्मा मानन्धरलाई ‘हरितारा चलचित्र पुरस्कार–२०७२’ तथा चलचित्र पत्रकार शान्तिप्रिय र डिजाइनर सुन्दर श्रेष्ठलाई ‘हरितारा चलचित्र पुरस्कार–२०७३’ बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशि जनही २५ हजार रुपैंया रहेको छ ।        कला क्षेत्रमा काम गर्ने कलाकारलाई २०५२ सालदेखि सो पुरस्कार प्रदान गरिँदै…

    विस्तृतमा पढ्नुस्

  • विनोद चौधरीका कान्छा छोराले रोजे भारतीय व्यापारीकी छोरी

    विनोद चौधरीका कान्छा छोराले रोजे भारतीय व्यापारीकी छोरी

    काठमाडौं। डलर अर्वपति विनोद चौधरीका कान्छा छोरा वरुणको भारतीय व्यापारीकी छोरीसँग विहिवार इन्गेजमेन्ट भएको छ। भारतमा जेम्सको कारोवार गर्ने राजकुमार तोङ्ग्या तथा अनिता तोङ्ग्याकी छोरी अनुश्रीसँग वरुणको इन्गेजमेन्ट भएको हो। चौधरीको निवासमा विहिवार सामान्य पारिवारिक कार्यक्रमसहित इन्गेजमेन्ट भए पनि वरुण र आज्ञाश्रीको विवाहको मिति भने तय भएको छैन्। स्रोतकाअनुसार यी दुईको सम्भवत मार्चपछि मात्रै विवाह हुनेछ। गत फेब्रुअरीमा विनोदका पिता…

    विस्तृतमा पढ्नुस्

  • ​एसीसी युथ एसिया कप : दोस्रो खेलमा नेपालले अाज भारतसँग प्रतिस्पर्धा गर्ने

    ​एसीसी युथ एसिया कप : दोस्रो खेलमा नेपालले अाज भारतसँग प्रतिस्पर्धा गर्ने

    काठमाडौं : श्रीलंकामा भइरहेको एसीसी युथ एसिया कप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनल पुग्ने लक्ष्यका साथ श्रीलंका पुगेको नेपाल पहिलो खेलमै विहिबार आयोजकसँग १ रनले पराजित भएपछि दबाब बढेको छ।  तर छनोट प्रतियोगिता बिना नै र छोटो तयारीमै एसिया कप खेल्न पुगेको नेपाली युवा टोलीले पहिलो खेलमा श्रीलंका विरुद्ध उत्कृष्ट प्रदर्शन गर्यो। खेल जित्न…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ-मुग्लिन सडक पुस ७ देखि दैनिक ४ घन्टा बन्द हुने

    नारायणगढ-मुग्लिन सडक पुस ७ देखि दैनिक ४ घन्टा बन्द हुने

    काठमाडौं : नारायणगढ -मुग्लिन सडक निर्माणका लागि पुस ७ गतेदेखि  प्रत्येक दिन चार घन्टा आवागमन बन्द गरिने भएको छ। सडक निर्माणलार्इ तीव्रता दिन बाटो बन्द गर्ने निर्णय गरिएको नारायणगढ -मुग्लिन सडक आयोजनाले जनाएको छ।   आयोजनाका अनुसार प्रत्येक दिन ११ बजेदेखि ३ बजेसम्म यो सडकखण्ड बन्द हुनेछ। ठेक्का दिँदा २०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता थियो तर भूकम्प र…

    विस्तृतमा पढ्नुस्

  • ट्रयाक्टरको ठक्करबाट हिँडिरहेकी ८ वर्षीया बालिकाको मृत्यु

    बैतडी : ट्याक्टरले किच्दा अछाममा एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा धमाली–५ नारखोलाकी आठ वर्षीया मनिसा विक रहेको प्रहरी निरीक्षक गणेश महतले जानकारी दिए।   कमलबजारबाट बेलखेततर्फ गइरहेको भे१त ७५०२ नं ट्याक्टरले नारखोला भन्ने स्थानमा पैदल हिँडिरहेकी बालिकालाई किच्दा घटनास्थलमा उनको ज्यान गएको हो। ट्याक्टर चालक दैलेख घर भएका धनबहादुर विक फरार रहेको र ट्याक्टरलाई इलाका प्रहरी कार्यालय कमलबजारले…

    विस्तृतमा पढ्नुस्

  • ५ नम्बर प्रदेश टुक्र्याउन लागिएको भन्दै पाल्पामा दुईदिने आमहडताल

    ५ नम्बर प्रदेश टुक्र्याउन लागिएको भन्दै पाल्पामा दुईदिने आमहडताल

    पाल्पा : ५ नम्बर प्रदेश टुक्रयाउन नहुने माग राख्दै पाल्पामा आह्वान गरिएको आमहडतालका कारण बिहानदेखि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सवारीसाधन, शौक्षिक संस्था, पसल खुल्न सकेका छैनन्।   सङ्घर्ष समितिले शुक्रबार र शनिबार दुईदिने पाल्पा बन्दको आह्वान गरेको हो। यसअघि पनि मङ्सिर १४ देखि २५ गतेसम्मको लामोबन्दले जनजीवन कष्टकर बनेपछि बन्द फिर्ता लिइएको थियो।   पाल्पा जिल्लालाई तराईबाट अगल गरी…

    विस्तृतमा पढ्नुस्

  • एनसेलको रोमिङमा ५ हजार तिरे एक जिबी डेटा प्याक, ट्रान्जिटमा इन्टरनेट

    एनसेलको रोमिङमा ५ हजार तिरे एक जिबी डेटा प्याक, ट्रान्जिटमा इन्टरनेट

    काठमाडौं : एनसेलले विदेश भ्रमणमा जाने ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’नामक दुई  सेवा सुरु गरेको छ।   साप्ताहिक रोमिङ् डेटा प्याकअन्तर्गत एनसेलका ग्राहकले विदेश भ्रमणमा रहेका बेलामा प्रति एमबी ५ रुपैयाँसम्मको न्युन शुल्कमा डेटा लिन सक्नेछन्।   ट्रान्जिट पासले ग्राहकलाई प्रमुख ट्रान्जिट गन्तव्यमा रहेका समयमा डेटा सेवा पाउने जानकारी पनि कम्पनीले दिएको…

    विस्तृतमा पढ्नुस्

  • अवैध सम्बन्ध राखी जन्मिएको शिशु हत्या गर्ने देवर-भाउजू थुनामा

    अवैध सम्बन्ध राखी जन्मिएको शिशु हत्या गर्ने देवर-भाउजू थुनामा

    फलेवास (पर्वत) : वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका पारेर आफ्नै देवरसँग अवैध गर्भधारण गरी शिशुलाई जन्म दिएर हत्या गर्ने देवरभाउजू पुर्पक्षका लागि थुनामा परेका छन्।   पर्वतको लिमिठाना–८ की मीना क्षेत्री र विजयराज क्षेत्रीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। ३१ वर्षीया मीना र विजयराज एकाघरका देवरभाउजू हुन्। मीनाले श्रीमान् कुलबहादुर क्षेत्रीलाई ढाकछोप गरेर…

    विस्तृतमा पढ्नुस्

  • धादिङ जीप दुर्घटनामा मृत्यु हुने तीन जनाकै पहिचान खुल्यो

    धादिङ जीप दुर्घटनामा मृत्यु हुने तीन जनाकै पहिचान खुल्यो

    काठमाडौं : धादिङको पृथ्वी राजमार्गमा पर्ने भुमिस्थान- ६ कोइराले भन्ने स्थानमा आज बिहान स्कोरपियो जीप दुर्घटनामा ज्यान गुमाएका तीन जनाकै पहिचान खुलेको छ। लमजुङबाट काठमाडौंं आइरहेको ग २ च ४५७२ नम्बरको जीप दुर्घटनामा परेको थियो। मृतकहरुमा चालक लमजुङ गाउँसहरका २५ वर्षीय माधव धिताल, लमजुङ चण्डीस्थान-७ का ३१ वर्षीय विष्णुबहादुर राउत र लमजुङ बेसीसहर नगरपालिकाकी ३५ वर्षीया निर्मला भण्डारी रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • मुस्ताङका पूर्वराजा जिग्मेको उपचार क्रममा निधन

    मुस्ताङका पूर्वराजा जिग्मेको उपचार क्रममा निधन

    काठमाडौं : मुस्ताङका पूर्वराजा जिग्मे पलबर विष्टको ८६ वर्षको उमेरमा निधन भएको छ। चाबहिलस्थित ओम अस्पतालमा आज बिहान एक बजेतिर उनको निधन भएको अपतालका चिकित्सक लवनरसिंह जोशीले पहिलोपोस्टलाई जानकारी दिए। श्वासप्रस्वासमा समस्या देखिएपछि जिग्मेलाई गत मंगलबार अस्पताल भर्ना गरिएको थियो। छातीको संक्रमणले थलिएका उनमा पछिल्लो समय उच्च रक्तचाप र युरिक एसिडको समस्या थियो। २०६२/०६३ सालको जनआन्दोलनसम्म उपल्लो मुस्ताङको शासन सत्तामा शक्तिशाली रहँदै…

    विस्तृतमा पढ्नुस्

  • ​रोनाल्डोको ५ सयौं क्लब करिअर गोल, कुन क्लबविरुद्ध कति?

    ​रोनाल्डोको ५ सयौं क्लब करिअर गोल, कुन क्लबविरुद्ध कति?

    बालोन डे अरको अवार्ड जितेको एक साता नबित्दै पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अर्को सफलता हात पारेका छन्। जापानमा भइरहेको क्लब वर्ल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनलमा क्लब अमेरिका विरुद्ध गोल गर्दै रोनाल्डोले क्लब करियरमा ५ सयौं गोल पुरा गरेका हुन्। स्पानिस जायन्ट रियल मड्रिडलले २-० ले जितेको उक्त खेलमा रोनाल्डो र करिम बेन्जामाले १/१ गोल गरे। रोनाल्डोले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज : प्रचारबिनाका दुई फिल्म, प्रदर्शन भदौ भन्दै देखाइयो पुसमा

    फ्राइडे रिलिज : प्रचारबिनाका दुई फिल्म, प्रदर्शन भदौ भन्दै देखाइयो पुसमा

    काठमाडौं : यो हप्ता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्।  प्रचारबिनै सार्वजनिक भएका 'प्रेमी' र 'तिमीबिना बाँच्नु छैन' सिंगल थिएटर मार्फत सार्वजनिक भए। दुई फिल्ममध्ये  प्रेमीले प्रचारका लागि काठमाडौंका सर्वजनिक भित्ताहरुमा पोस्टर त टाँसेको छ। तर ती पोस्टरमा रिलिज मिति भदौ १० गते उल्लेख गरिएको छ। प्रेमकथामा आधारित भनिएको प्रेमीलाई विवेक थापाले निर्देशन गरेका हुन्। थापाकै कथामा तथा…

    विस्तृतमा पढ्नुस्

  • एमालेलाई प्रचण्डको जवाफ- अाफूले गर्दा राष्ट्रवादी, अरु सबै राष्ट्रघाती?

    एमालेलाई प्रचण्डको जवाफ- अाफूले गर्दा राष्ट्रवादी, अरु सबै राष्ट्रघाती?

    पोखरा : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा कुनै पनि दलले विमति राख्नुपर्ने कारण नै नभएको बताएका छन्। प्रेस सेन्टर नेपाल कास्की शाखाले शुक्रबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले विगतमा प्रतिपक्षी दलले नै अघि सारेको प्रस्तावलाई संसदमा लगिएको बताए। ‘यसमा विगतमा सबै दलहरु सहमत थिए, अहिले त्यही प्रस्तावको विरोध गर्नुको कुनै अर्थ छैन,’…

    विस्तृतमा पढ्नुस्

  • ​युथ एसिया कप : नेपालले दियो भारतलाई १ सय ७३ रनको चुनौती

    ​युथ एसिया कप : नेपालले दियो भारतलाई १ सय ७३ रनको चुनौती

    काठमाडौं : एसीसी युथ एसिया कप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले भारतलाई १७३ रनको लक्ष्य दिएको छ।  श्रीलंकाको कालोम्वोस्थित कोलोम्वो क्रिकेट क्लब ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतीमा १७२ रन बनाएको हो। अन्तिम ओभरमा रोहित कुमार पौडेलले ३ चौका र २ छक्काको मद्वतमा २४ रन जोडेपछि नेपालले भारत विरुद्ध गतिलो स्कोर…

    विस्तृतमा पढ्नुस्

  • दरबार छोडेर काठमाडौं आएका 'राजा', जो घाम नउदाउँदै अस्ताएर गए

    दरबार छोडेर काठमाडौं आएका 'राजा', जो घाम नउदाउँदै अस्ताएर गए

    काठमाडौं : आज बिहान घाम नउदाउँदै मुस्ताङी जनतामाझ लोकप्रिय पूर्वराजा जिग्मे पलबर विष्ट अस्ताएका छन्। चाबहिलस्थित ओम अस्पतालमा बिहान एक बजेतिर ८६ वर्षको उमेरमा उनको निधन भएको हो। पछिल्लो समय उच्च रक्तचाप र युरिक एसिडको समस्या थियो उनमा। श्वासप्रस्वासले पनि सताएपछि उनलाई मंगलबार अस्पताल पुर्‍याइयो। चार दिनको उपचारले पनि बचाउन नसकिएको चिकित्सक लवनरसिंह जोशीले पहिलोपोस्टलाई जानकारी दिएका छन्।  २०६२/०६३ सालको…

    विस्तृतमा पढ्नुस्

  • 'खारेज' भएको 'बिस' नै राष्ट्र बैंकको नयाँ नोटमा, वर्णविन्यासमा झन् अन्योल

    'खारेज' भएको 'बिस' नै राष्ट्र बैंकको नयाँ नोटमा, वर्णविन्यासमा झन् अन्योल

    काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले अहिले चलनचल्तीमा रहेको शब्दकोश खारेज गरी नयाँ निर्माण गर्ने निर्णय गरेसँगै नेपाली भाषा विवाद अलि मत्थर भएको छ। भाषाका प्रयोक्ता कुरिरहेका छन्- नयाँ शब्दकोश कहिले आउला? फूल कि फुल, शहीद कि सहिद, बीस कि बिस जस्ता अन्योलले धेरैलाई सताएको छ। आजैबाट नेपाल राष्ट्र बैंकले बजारमा ल्याएको २० रुपैयाँ दरका नयाँ नोटले भने यो अन्योललाई थपिदिएको…

    विस्तृतमा पढ्नुस्

  • पिँजडाको सिक्वेलमा पनि आउँदैछन् निखिल उप्रेती

    पिँजडाको सिक्वेलमा पनि आउँदैछन् निखिल उप्रेती

    काठमाडौं : पवन मैनाली निर्देशित निखिल उप्रेतीको डेब्यु फिल्म 'पिँजडा'को सिक्वेल बन्ने भएको छ। निखिलकै अभिनयमा रहने 'पिँजडा ब्याक अगेन' घोषणा भएको हो।   द्वन्द्व निर्देशक हिमाल केसीको निर्देशनमा बन्न लागेको फिल्ममा निखिलको अपोजिटमा सारा शिर्पाली देखिने भएकी छिन्। सारा फिल्म 'रुद्र'मा पनि मुख्य अभिनेत्रीको रुपमा देखिँदै छिन्।   फिल्म निर्देशनमा केसीको यो दोस्रो प्रोजेक्ट हो। यसअघि उनको निर्देशनमा 'किल्ला'…

    विस्तृतमा पढ्नुस्

  • ​युथ एसिया कप : नेपाल भारतसँग ६ विकेटले पराजित, सेमिफाइनल पुग्ने सम्भावना समाप्त

    ​युथ एसिया कप : नेपाल भारतसँग ६ विकेटले पराजित, सेमिफाइनल पुग्ने सम्भावना समाप्त

    काठमाडौं : एसीसीयुथ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको १७३ रनको लक्ष्य भारतले ३३.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‌यो। भारतको जितमा दुई खेलाडीले अर्धशतक पुरा गरे। सुवमन गिलले सर्बाधिक ५७ रन बनाए भने हिमाशुं रानाले ५१ रन जोडे। प्रियाम गार्ग ३६ तथा सल्मान खान १९ रनमा नटआउट रहे।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell