विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैधानिक सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव संसदबाटै पारित हुने दाबी गरेका छन्। विराटनगर विमानस्थलमा प्रेस सेन्टर मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले संसदमा दर्ता भएको प्रस्तावलाई पारित गर्ने या परास्त गर्ने भन्ने विषय संसदले टुंगो लगाउने बताए। कोही कसैले गैरसंसदीय र गैरलोकतान्त्रिक चरित्र प्रदर्शन गरेर संसद अवरुद्ध पार्नु नहुने उनको भनाइ…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिधै प्रतिनिधि सभाको निर्वाचनको बहस उठाउनुलाई ‘संविधान कार्यान्वयनमा बाधा खडा गर्नु’ को रुपमा अर्थ्याएका छन्। नेकपा एमालेको स्थायी समितिको बैठकले सरकार स्थानीय तह र निकायको बहसमा अल्झेको र समय समेत घर्किएकाले अब प्रतिनिधि सभा निर्वाचनतर्फ जानुपर्ने आवश्यकता देखिएको निष्कर्ष गएको साता निकालेको थियो। प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रममा २०७४ माघ ७ सम्म तीन तहको निर्वाचन…
काठमाडौं : सभामुख ओनसरी घर्तीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग सोमबार बिहान छलफल गर्ने भएकी छिन्। संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव र निर्वाचन कानुनको कार्यसूची तय गर्ने बारे बिहान ११ बजे उनले नेताहरुलाई डाकेकी हुन्। यसअघि कार्यसूचीमा संशोधन प्रस्तावको विषय राख्नेबारे विवाद हुँदा सूचना टाँस गरी संसद स्थगित भएको थियो। बिहान नेताहरुसँगको छलफलपछि भोलि दिउँसो १ बजेदेखि संसद…
गौशाला : उखु उत्पादन सङ्घ महोत्तरीले विभिन्न छ बुँदे माग राख्दै जिल्लाको एभरेष्ट सुगर मिल रामनगरमा शनिबारदेखि आन्दोलन सुरु गरेका छन्। करिब एक सयको सङ्ख्यामा किसानले चिनी मिलले उचित मूल्य कायम गर्नुपर्ने माग अघि सार्दै मिलको मुख्य गेटमा धर्नामा बसेका छन्। किसानले उखुको मूल्य प्रतिक्विन्टल रु ६०१ कायम हुनुपर्ने, मिलले उखु खरिद गरेको मितिले १५ दिनभित्र भुक्तानी दिनुपर्ने,…
काठमाडौं : श्रीलंकामा भइरहेको एसीसी युथ एसिया कप अन्तर्गत समूह चरणमा अन्तिम खेलमा मलेसियालाई नेपाललाई १५४ रनको लक्ष्य दिएको छ। टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको मलेसियाले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनाएको हो। मलेसियाको लागि कप्तान भिरनदिप सिंहले सर्बाधिक ७५ रन बनाए। यस्तै हासिफ नुरहाइजनले २१ तथा शैफुल्लाहले मलिकले ११ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो…
सल्यान : राप्ती राजमार्गको दाङ– सल्यान सडक खण्डमा ट्रयाक्टर दुर्घटना हुँदा एक युवाको ज्यान गएको छ। धनवाङ-१ अरिंगाले फेदीमा भे १ त ५२९२ नंको ट्रयाक्टर दुर्घटनामा परी मुसीकोट नगरपालिका-१ रातामाटा निवासी २० वर्षीय दीपक परियारको मृत्यु भएको हो। शनिबार राति दुर्घटना भए पनि आइतबार बिहान मात्र च्यापिएको अवस्थामा शव निकालिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। ट्रयाक्टर दुर्घटनाको…
श्रीलंकामा जारी एसीसी युथ एसिया कप क्रिकेटमा अफगानिस्ताले सिंगापुरलाई सहजै ९ विकेटले हरायो। समूह बी अन्तर्गतको खेलमा सिंगापुरले दिएको ७३ रनको सामान्य लक्ष्य अफगानिस्तानले ४.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो। अफगानी टोलीलाई चाँडै जित दिलाउन दरविस रसोलीले विस्फोटक ब्याटिङ गर्दै १५ बलमा नटआउट ५३ रन बनाए। उनले ९ चौका र २ छक्का प्रहार गर्दै तीव्र गतिमा अर्धशकत…
जाकार्ता : इन्डोनेसियामा आईतबार सेनाको विमान दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। टीमीका सहरबाट उडेको हेरकुलेस सी १३० विमान निर्धारित तालिकानुसार अवतरण हुन नसकी पूर्वी क्षेत्रमा आपत्कालिन अवतरण हुन परेपछि दुर्घटना भएको अधिकारीहरुले बताएका छन्। 'स्थानीय समयानुसार विहान करिब ६ बजे देखि विमान सम्पर्क बिहिन भएको प्राविधिकहरुले बताएका छन्,' हवाई सेना प्रमुख अगुस सुप्रियत्नले भने। विमान स्थानीय समयअनुसार विहान…
फेसबुकमा फेक (गलत) न्युजको समस्याले अहिले ठूलै रुप लिइसकेको छ। अमेरिकामा राष्ट्रपति निर्वाचनको परिणाममै असर पार्नेदेखि लिएर नेपालमा समेत फेक न्युजको प्रभाव देखा परेको छ। यो समस्यालाई ठूलो रुपमा लिँदै जर्मनीको सोसल डेमोक्रेटिक पार्टीका अध्यक्ष थोमस अोप्परम्यानले नयाँ उपाय सुझाएका छन्। उनका अनुसार एउटा त्यस्तो कानुन बनाउनु पर्छ जस अन्तर्गत फेसबुक जस्ता कम्पनीले देशमा कार्यालय खोल्नुपर्नेछ र त्यसैले फेक न्युज…
काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रचण्ड सरकारले भोली संसदमा नेकपा एमालेसित भिडन्त गर्ने खबर आफूले पाएको बताएका छन्। एमाले भातृ संगठन यूवा संघले राजधानीमा आयोजना गरेको कार्यक्रममा गौतमले भने – 'भोली संसदमा प्रचण्ड सरकारले एमालेसित भिडन्त गर्ने खबर आएको छ।' संसदको बैठक आइतबार एक बजे बस्दैछ। संविधान संशोधन विधेयक संसदमा पेश हुनै नदिने एमालेले अडान राख्दै आएको छ…
काठमाडौं : श्रीलंकामा भइरहेको एसीसी युथ एसिया कप अनतर्गत समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ। समूह चरणको अघिल्ला दुई खेलमा हार बेहोरेको नेपालले मलेसियालाई हराउँदै सान्त्वना जित हासिल गरेको छ। मलेसियाले दिएको १५४ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर पुरा गरेको हो। नेपालको जितमा अनिल कुमार शाहले सर्बाधिक ३२ रन बनाए। ६६ बल…
क्यालिफोर्निया (अमेरिका): क्यालिर्फोनियाको विटिएर सहरमा शनिबार भइरहेको विवाह पार्टीमा एक भीषण रुख ढल्दा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य पाँच घाइते भएका लस एन्जेलस काउन्टी अग्नी नियन्त्रण विभागले जानकारी दिएको छ। शनिबार अपराह्नमा भएको यस घटनामा परी घाइते भएका दुई व्यक्तिको अवस्था गम्भीर भएको जनाइएको छ। अन्य घाइतेहरूको अवस्था भने सामान्य रहेको छ। नगर समाचार सेवाका समाचारदाताहरूका अनुसार…
काबुल : पश्चिमी अफगानिस्तानको प्रमुख राजमार्ग भएको एक सडक दुर्घटनामा १४ अफगान नागरिकको मृत्यु भएको छ। सर्वसाधारणको एक बस तेलको ट्याङ्करसँग ठोक्किँदा सो घटना भएको छ। फराह प्रान्तमा प्रान्तीय गभर्नरका प्रंवक्ता मोहमद नसेर मेहरीका अनुसार आइतबार भएको यस दुर्घटनामा ४० भन्दा बढी व्यक्ति घाइते भएका छन्। पश्चिमी हेरातबाट अफगानिस्तानको राजधानी काबुलतर्फ गइरहेको यस बस दुर्घटनामा परी घाइते भएका मध्य…
काठमाडौं : नेपालले सूचनाको हकको कार्यान्वयनको पक्षमा १२ शिर्षकमा शुन्य अंक पाएको छ । क्यानडामा रहेको सेन्टर फर ल एन्ड डेमोक्रेसीले सूचनाको हक सम्बन्धी कानुन लागु गरेका देशमा कार्यान्वयनको अवस्थाको विश्लेषण गर्दै १२ शिर्षकमा शुन्य अंक दिएको हो । सरोकार राख्ने हरेक ब्यक्तिले चाहेको सूचना पाउनुपर्ने अन्तराष्ट्रिय मान्यता विपरित नेपालले नेपाली नागरिकले मात्रै सूचनाको अधिकार पाउने कानुनी प्रावधान राखेकाले त्यसको…
काठमाडौँ : चिनियाँ राजनीतिक नेतृत्वका टप २५ नेतामध्ये एकमा पर्ने चिनियाँ कम्युनिस्ट पार्टीका हाइ र्याङ्किङ नेता यतिबेला नेपाल भ्रमणमा छन्। नेपाल भ्रमणका क्रममा आजै काठमाडौँ आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीको प्रोपोगान्डा (प्रचार) विभागका प्रमुख लिउ छिपाओले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसित भेट गरेका छन्। राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार भेटका अवसरमा नेपाल र चीनबीच रहदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने विषयमा…
सूर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल इस्टर्न गल्फ टुर भोलीदेखि धरानमा हुँदैछ।यस्तै यस सिजन दुई टुर थप गरी कुल ८ टुर्नामेन्ट आयोजना गरिनेछ। सोमबार देखि बुधबारसम्म चल्ने गल्फ टुर धरानस्थित निर्वाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा हुनेछ। ५४ होल्समा हुने प्रतियोगितामा स्थानिय चारसहित कुल ३१ प्रो गल्फरले भाग लिनेछन्। नेपालका टस गल्फर शिवराम श्रेष्ठ,…
क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्वतमा घरेलु क्लब कसिमा एन्ट्लर्सलाई पराजित गर्दै स्पानिस जायन्ट रियल मड्रिडले दोस्रो पटक क्लब वर्ल्ड कपको उपाधि जितेको छ। सोमबार जापानको योकोहोमा इन्टरनेशनल स्टेडियममा भएको फाइनलमा युरोपियन च्याम्पियन रियलले एक्स्ट्रा टाइममा अन्ट्लर्सलाई ४-२ ले पराजित गरेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछि ३० मिनेट थप गरिएको थियो। जहाँ रोनाल्डोले दुई गोल गर्दै रियललाई जित…
जोर्डन : जोर्डनको दक्षिणी क्षेत्रमा रहेको एक प्रहरी कार्यालयमा अज्ञात समूहको आक्रमणमा परी पाँच जनाको ज्यान गएको छ । अज्ञात समूहको आक्रमणमा परेर चार प्रहरी र एक क्यानडेली पर्यटककोे मृत्यु भएको हो । घटना जोर्डनको राजधानी अम्मानबाट १२० किलोमिटर दक्षिणमा अवस्थित पर्यटकीय सहरमा भएको थियो । घटनामा नौ जना घाइते भएका छन् । जोर्डनको धार्मिक एवम् पर्यटकीय महत्वको काराक क्षेत्रमा…
काठमाडौं : खेल पर्यटनको विकास गर्ने उद्देश्यले ओखलढुंगामा विराज कप खुल्ला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। विराज समाज काठमाडौं र जलदेवी समाजसेवी युवा क्लब जन्तरखानी ओखलढुंगाले संयुक्त रुपमा आयोजना गर्न लागेको प्रतियोगिता यही पुस ११ देखि १३ गतेसम्म ओखढुंगा गाविसको जन्तरखानी गाविसमा हुनेछ। प्रतियोगिताको विजेताले नगद २५ हजार कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै दोस्रो हुनेले १५…
विराटनगर : यही पुस ८ देखि १५ गतेसम्म पूर्वाञ्चलका विभिन्न जिल्लामा हुने सातौं राष्ट्रिय खेलकुदको सम्पूर्ण तयारी पुरा भएको राखेपले बताएको छ। आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै राखेपका सदस्य सचिव केशवकुमार विष्टले बृहत खेलकुदका लागि सबै तयारी पुरा भएको बताए। इटहरीमा शनिबार पूर्वाञ्चल र मध्यमाञ्चलको क्षेत्रीय बक्सिङ छनोट प्रतियोगिताको सकिएसँगै सातौंको लागि सम्पूर्ण क्षेत्रको छनोट प्रतियोगिता सम्पन्न भइसकेको राखेपले जनाएको…